Medico Health

Medico Health स्वास्थ्य लोकसेवा सम्बंधी सम्पूर्ण सूचना ,online exam and Notes को लागि contact गर्नुहोला ♥️🇳🇵
Admin: Pawan Yadav
(1)

स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन सङ्‍घीय मामिला...
03/04/2026

स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ ।

स्वास्थ्यकर्मीहरुमा विनम्र अनुरोधका साथै जानकारी सम्बन्धमा 👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩...
01/04/2026

स्वास्थ्यकर्मीहरुमा विनम्र अनुरोधका साथै जानकारी सम्बन्धमा
👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️👨‍⚕️👩‍⚕️

सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुले आफु कार्यरत हस्पिटलमा नर्सिङ प्रोटेस्ट पश्चात निर्धारण गरिए बमोजिम तलब पाउनु भएको छैन भने ,
कार्यरत हस्पिटलको नाम र रहेको स्थान सहित मेरो What’s up Number 9847884630 मा SMS मार्फत जानकारी दिन विनम्र अनुरोध गर्दछु र साथै बोन्डिङमा काम गरिरहनु भएका साथीहरुले पनि आफ्नो सेवा सुविधा पाउनुभएको छैन भने पनि जानकारी दिन सक्नुहुनेछ ।
सेवा मुस्कानसहित प्रदान गर्नुहोस् र पारिश्रमिक लिँदा आफ्नो अधिकारसहित लिनुहोस् ।
अधिकारबाट वञ्चित हुनुहुन्छ भने जानकारी गराउनु होला, स्वास्थ्य मन्त्रालय सङ्ग आवश्यक सहकार्य र समन्वय गरी कार्यान्वयन हुनेछ 🇳🇵👩‍⚕️
नोट : तपाइको नाम गोप्य राखिने छ 🙏
हस्पिटलको नाम र प्रशासनको नम्बर सहित मलाई सम्पर्क गर्नु ल।

-RN Khima BK

उ बेला माननीय सविता गौतमले अन्तर प्रदेश सरुवा सम्बन्धी व्यवस्था गर्न राखेको संशोधन प्रस्ताव !अब केही होला त ?
30/03/2026

उ बेला माननीय सविता गौतमले अन्तर प्रदेश सरुवा सम्बन्धी व्यवस्था गर्न राखेको संशोधन प्रस्ताव !
अब केही होला त ?

28/03/2026

सरकारले २०४८ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र अधिकारसम्पन्न समिति बनाउने निर्णय गरेको छ।

28/03/2026

B***n सरकारले संघीय मन्त्रालयको संख्या घटाएर/गाभेर १७ वटा मात्रै बनाउने भएको छ। 😲

28/03/2026

१० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दावी नगरेको रकम राज्यकोषमा ल्याउने भएको छ।😮

28/03/2026

शिक्षक तथा राष्ट्रसेवक कर्मचारीको कुनै दलसँग आबद्धता भए कडा विभागीय कारबाही गर्ने !🙏

28/03/2026

कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम, बढुवा तथा अवकाससम्मको व्यवस्था अनुमानयोग्य र स्वचालित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन महिनाभित्र कर्मचारी व्यवस्थापन सूचना प्रणाली (Personnel Management Information System- PMIS) को आर्किटेक्चर तयार गर्ने।

28/03/2026

It's 100 ❤️🙏
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची छोटकरीमा

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

28/03/2026

सरकारले संघीय निजामती सेवा विधेयक ४५ दिनभित्रै तर्जुमा गर्ने भएको छ। 🙏

बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त !२०८२ चैत्र १३ ।
27/03/2026

बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त !
२०८२ चैत्र १३ ।

Address

Kathmandu

Telephone

+9779704514452

Website

Alerts

Be the first to know and let us send you an email when Medico Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medico Health:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram