Nepal Mind Tech

Nepal Mind Tech हामी एन्जाइटी, डिप्रेसन्, अनिन्द्रा,फ?

यस केन्द्रमा साइकोथेरापि, हिपनोसिस्, एन.एल. पि., डाइनेटिक्स्, अकुपोइन्ट थेरापि, योग्, प्राणायाम, मेडिटेसन्, न्युरो साइकोथेरापी..........जस्ता सेवाहरु उपलब्ध छन ।

महिलाहरूमा महीनावारी रोकने बेलामा देखिने अस्वाभाविक लक्षणहरू ब्याबस्थापन गर्नको लागी सम्पर्क:9851136598
16/06/2025

महिलाहरूमा महीनावारी रोकने बेलामा देखिने अस्वाभाविक लक्षणहरू ब्याबस्थापन गर्नको लागी सम्पर्क:9851136598

16/06/2025
27/05/2025

टाउको दुख्ने ३५ बर्ष पूरानो समस्याबाट मुक्त भए पछीको अनुभव उहाकै शब्दमा। सम्पर्क:9851136598

27/05/2025

डर लाग्ने, आतीने,तर्सिने,छट्पटी लाग्ने, निद्रा नलाग्ने टाउको दुखने समश्याबाट बिना औषधि उपचारबाट मुक्त हुनुभएको चंद्रजीको अनुभव उहाकै शब्दमा ।सम्पर्क:9851136598

जीबन मा अगाडी बढ्दै जादा आनन्द, खुशी, आत्मविश्वास आदी जिवनको उत्कृष्ट क्षण हराउदै गएर डर महशुस गर्नु, रचनात्मक कृयाकलाहर...
26/05/2025

जीबन मा अगाडी बढ्दै जादा आनन्द, खुशी, आत्मविश्वास आदी जिवनको उत्कृष्ट क्षण हराउदै गएर डर महशुस गर्नु, रचनात्मक कृयाकलाहरु घट्दै जानु, जिवनमा केही अपुरो महशुस हुनु,त्रसित हुनु, बिना कारण रुन मन लाग्नु, खुशी हुन नसक्नु, मानिस हरु प्रती नराम्रो भावाना आउनु, आफुले चाहे जसरी बोल्न र काम गर्न नसक्नु, आफ्नो काममा उत्प्रेरित हुन नसक्नु , निराशा आइरहनु र त्यस लाई अभिब्यक्त्त गर्न नसक्नु , बिना कारण रिस उठ्नु , उदास भई रहनु, एक्लै बस्न मन लाग्नु, आफ्नो आधारभुत ब्यक्तित्व हराउनु , आफ्नो प्राकृतिक क्षमताको प्रयोग गर्न नसक्नु .................आदी मानसिक बिचलन का लक्षण हरु हुन । बेलैमा उचित परामर्श लिन सके यी समस्या हरु सजिलै समाधान हुन्छन

बिस्तृत जानकारीको लागि
सम्पर्क : +977-9851066492 (WhatsApp )
युगल आरोग्य सदन
जयबगेश्वोरी -८,काठमाडौँ

तनाव व्यवस्थापन कसरी गर्ने ?तनाव भन्नाले व्यक्तिले मानसिक र भावनात्मक दबाबलाई सामना गर्न नसकेर मन र भावनाको लयमा परिवर्त...
20/05/2024

तनाव व्यवस्थापन कसरी गर्ने ?

तनाव भन्नाले व्यक्तिले मानसिक र भावनात्मक दबाबलाई सामना गर्न नसकेर मन र भावनाको लयमा परिवर्तन भई देखिने अस्वभाविक विचलन हो। सबै जसो मानिसहरुमा केही न केही तनाव हुनु स्वभाविक मानिन्छ । कसैले त्यसलाई सहजै व्यवस्थापन गरिरहेका हुन्छन भने कसैले व्यवस्थापन गर्न नसकेर समस्या परिरहेको हुन्छ। यसलाई व्यवस्थापन गर्न नसक्दा व्यक्तिमा दीर्घकालीन असरहरू पर्न जान्छन्। कार्यक्षमतामा पनि हा्स आउछ ,व्यवहारगत परिवर्तनहरू देखिन थाल्छन्।
⚜️ तनावको बेलामा देखिने लक्षणहरु...
१) भावना र संवेगसंग सम्बन्धित लक्षणहरु
↔️निरासा तथा बेखुसी
↔️एक्लोपनाको महसुस
↔️भारीपनाको महसुस
↔️छट्पटी, बेचैनी हुने
↔️झर्किने
↔️छिटो रिसाउने
↔️झोक्कीने
२) शारीरिक लक्षणहरु
↔️शरीरको विभिन्न भागमा दुखाइ महसुस हुने
↔️पखाला लाग्ने वा दिसा कब्जियत हुने
↔️वाकवाकी लाग्ने
↔️रिंगठा लाग्ने
↔️ छाती भारी हुने
↔️मुटुको धड्कन बढ्ने
↔️यौन इच्छामा कमी हुने
३) व्यवहारिक लक्षणहरु
↔️खानामा घट बढ हुने
↔️ आत्तिने
↔️जिम्मेवारी पूरा गर्न ध्यान नदिने
↔️आनन्द लिन रक्सी,चुरोट,औषधि प्रयोग गर्ने
↔️आफुलाई अरुबाट टाढा राख्ने
↔️ निन्द्रामा गडबडी ( निन्द्रा अति लाग्ने वा कम लाग्ने)


⚜️तनाव व्यवस्थापन गर्ने तरिकाहरु

१) आफ्ना मनो भावनाहरु र आफूलाई परेका समस्याहरु आफ्ना शुभचिन्तक तथा नजिकका आफन्त वा साथीहरूसँग भन्ने बानी गरौ जसले मन र भावनाहरुलाई हलुका बनाउँछ।

२) आफ्नो धरातल अनुसार संभव हुने र वास्तविक कुराहरु प्रति आशा र भरोसा राखौ र असंभव अवास्तविक कुराहरूमा आशा र भरोसा नगरौं।

३) आफूले नसक्ने वा आफूबाट संभव नहुने कार्यहरूको प्रस्ताव आएमा स्पष्ट रुपमा नाइ( No) भन्ने बानी बसालौं जसले आफ्नो अन्तर्मनमा उत्पन्न हुने स्वदवाव उत्पन्न हुन दिँदैन।

४) आफू प्रति र आफ्नाहरु प्रतिको दृष्टिकोण सकारात्मक बनाउ।हरेक व्यक्तिको हरेक उमेरमा केही न केही प्राप्ति भएकै हुन्छ। कुनै न कुनै राम्रो गुण अवश्य हुन्छ।आफूभित्रका प्राप्त गर्न बाँकी चिज हेर्नु भन्दा प्राप्ति भइसकेको चिज र आफूभित्रका राम्रा गुणहरुलाई हेर्ने,नियाल्ने र मनन गर्ने गरौ।

५) आफुले आफ्नो केयर गर्ने बानी बसालौं। हामीले धेरै समय अरूको केयरमा बिताइरहेका छौ वा पेशा,व्यवासाय, समाज आदिमा व्यस्त भएर यदि आफ्नो केयर गर्न भुलिरहेका त छैनौं भनि आफुले आफुलाई विश्लेषण गरौं र आफ्नो केयर आफै गरौँ।

६) आफ्नो दैनिकीलाई अस्तव्यस्तता तरिकाले प्रयोग नगरौ। एकैपटक धेरै कार्यहरुमा हात नहालौ। एकपछि अर्को गर्दै व्यवस्थित रुटिन (तालिका) अनुसार कार्य गर्ने बानी वसालौ।

७) घरायसी काम तथा परिवारिक छलफलमा सहभागी बन्ने बानी बसालौ।

८) घर परिवार बाट टाढा भए परिवारका सदस्यहरूसँग नियमित सम्पर्कमा रहने र आफ्ना साथीहरु र आफन्त जससँग कम्तिमा हप्तामा एक पटक सम्पर्कमा रहु।

९) आफ्नो रुचिको कार्य के छ त्यसको लागि निश्चित समय छुट्याउने गरौ। जस्तै गीतसंगीत सुन्ने वा गाउने, नाच्ने, खेल्ने, सिनेमा हेर्ने,पुस्तक पढ्ने, चित्र कोर्ने, लेख्ने, खाना बनाउने.... आदि

१०) दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यवस्थित र सक्रिय बनाउ।

११) पर्याप्त मात्रामा सुत्ने गरौ। व्यास्तताको कारणले सुत्ने समय कटौती नगरौ ।वरु वाँकी समयलाई रुटिन बनाएर व्यवस्थापन गरौं।

१२) कुनै प्रकारको व्यायाम,खेलकुद वा योगको अभ्यास नियमित गरौं जसले शरीर फूर्तिलो र लचकदार बनाउन मद्दत गरोस्।

१३) गहिरो र लयबद्ध स्वास प्रस्वास गर्ने बानी वसाउ जसले मस्तिष्कमा अक्सिजनको मात्रा भरपुर बनाई राखोश।

१४) बिहान उठ्ने बित्तिकै र बेलुकी सुत्नुभन्दा अगाडि नियमित ध्यान गर्ने बानी बसाउ।

१५) समाजिक सञ्जालको प्रयोग गर्ने निश्चित समय छुट्यऔ, र अधिक समय सामाजिक संजालको प्रयोग गर्ने बानी छ भने यसलाई हटाउ। हप्तामा एक दिन सामाजिक सञ्जाल प्रयोगवाट छुट्टै बसौ।

१६) माथिका विधिहरु प्रयोग गरेर पनि तनाव व्यवस्थापन गर्न सकिएन भन्ने मनोविद् संग परामर्श लिउ।

Address

Chabel
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779851136598

Alerts

Be the first to know and let us send you an email when Nepal Mind Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Mind Tech:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram