01/12/2025
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशहरु न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासले मुख्यमन्त्री सरोजकुमार यादबलाई २४ घन्टाभित्र विश्वासको मतको प्रस्ताव पेश गराउन परमादेश दिएको हो । यदी उनले विश्वासको मत नपाएमा संविधानको धारा १६८(२) अनुसारको सरकारको गठनको विकल्प हुने सर्वाेच्चको फैसलामा उल्लेख छ ।