01/09/2025
२०८२ साल भाद्र २२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ११ मिनेट मा सुरु भएर राति १ बजेर ४१ मिनेट मा सकिने छ। बृद्ध, अशक्त आतुर बाहेक अन्य लाई दिउँसो १:११ बजे पछाडि भोजन निषेध गरिएको छ । यो ग्रहण मेष, बृष, कन्या र धनु राशी वालाहरूको लागि लाभ दायक रहने छ भने अन्य राशी वालाहरुलाई केहि प्रतिकुल रहने छ । ग्रहण को समय विशेष गरी मंत्र सिद्धि र भगवान को स्तोत्र पाठ को लागी अति उत्तम मानिन्छ ।।