Prof. Dr. Rajiv Jha

Prof. Dr. Rajiv Jha A Neurosurgeon who deals with Surgical Neurology which includes Brain, Spine and Peripheral Nerve Diseases

P10. Surgical corridorI have walked heremore than on any treadmill,steps filled with purpose,fatigue, and silent hope.Th...
08/05/2026

P10. Surgical corridor
I have walked here
more than on any treadmill,
steps filled with purpose,
fatigue, and silent hope.

The gait is steady,
sometimes calm,
sometimes heavy with stress,
while patients come and go
some with fear in their eyes,
some returning with smiles.

The scrub area
my holy place.
Where water cleans the hands,
and prayer cleans the mind.

Scrub time is sacred time,
to recapitulate every plan,
to pray for the patient,
to pray for success,
and to ask for strength
when challenges arrive uninvited.

Wheelchairs and trolleys move past
like their own strange melodies,
echoing through bright halls
under special lights
that create another world entirely.

And the colorful scrubs
blue, green, and every shade between—
make the corridor feel
like a garden of healing.

P9.विशाल हिमालयकोसानो प्रतिबिम्ब, अनेकौ मौन कथाहरूकोसाक्षि छ यो पहाड।अटल छ, अनि हेर्दा कठोर पनि तर मुटुभरि स्पर्श छ ति स...
25/04/2026

P9.
विशाल हिमालयको
सानो प्रतिबिम्ब,
अनेकौ मौन कथाहरूको
साक्षि छ यो पहाड।

अटल छ,
अनि हेर्दा कठोर पनि
तर मुटुभरि स्पर्श छ
ति साना बुट्‌यान र
आफ्नो छातिमा हुर्किएका रुख बिरुवाको
अनि त्यहि पहाड‌मा स्थिर छन अनेकौ जीवन
पहाडको चेप छिचोल्दै ।

अनवरत यात्रामा मग्न छ नदी,
कहिले उर्लदै त कहिले शान्त भएर ।
पछाडि फर्कदैन नदि
न त आफ्नो किनार नै छोड्छ;
उसलाई थाहा छ, आफ्नो गन्तव्य ।
आफ्नो चौडा छाति फैलाउदै
सिंचित गर्दै छ मानव सभ्यता
ऊ बगिरहेछ आफ्नै लयमा ।
नदीको मध्य भागको
त्यो स्थिर थुम्को
सदियौं देखि भोगिरहेछ
अनेकौँ छाल र बहाव ।
र हामि सिकिरहेछौं सभ्यता
निस्फ्रिकि बगिरहने विशाल नदिसँग
अनि स्थिर थुम्को सँग ।

साच्चै जीवन अनि प्रकृति
प्रकृति पुरक छन ।
हामी पहाड जस्तै अटल हुने कोशिशमा छौं,
नदिको बोल्ने बाटोले साहस र आँट नाप्छ ।
जस्तै उथल पुथलमा पनि,
बढ्छ आत्मविश्वास र साहस ।
अनि जन्मन्छ एक विश्वास :
प्रकृति सँगको विश्वास ।
जीवन संर्घषको विश्वास ।

नेपालमा न्यूरोसर्जरीका पिता भनेर चिनिनुहुने एक महान् शल्य चिकित्सकको निधनले अपूरणीय क्षति पुर्‍याएको छ। तर उहाँका योगदान...
21/04/2026

नेपालमा न्यूरोसर्जरीका पिता भनेर चिनिनुहुने एक महान् शल्य चिकित्सकको निधनले अपूरणीय क्षति पुर्‍याएको छ। तर उहाँका योगदानहरू, उहाँले रोप्नुभएको ज्ञान र मार्गदर्शन, आज पनि हाम्रो हरेक कदममा जीवित छन्। उहाँको नाम केवल सम्झनामा मात्र होइन, हाम्रो दैनिक अभ्यास, हाम्रो सोच र हाम्रो सेवामा सधैं जीवित रहन्छ।

उहाँ केवल एक चिकित्सक मात्र होइन, एक दूरदर्शी मार्गदर्शक हुनुहुन्थ्यो, जसले नेपालमा न्यूरोसर्जरीको आधार निर्माण गर्नुभयो। उहाँको समर्पण, अनुशासन र दृष्टिले असम्भवलाई सम्भव बनायो र एउटा नयाँ युगको सुरुवात गर्‍यो।

उहाँ शारीरिक रूपमा हामीबीच नहुनु भए पनि, उहाँको प्रेरणा, मूल्य र आदर्शहरू सधैं हाम्रो साथमा छन्। उहाँले देखाएको बाटोमा अघि बढ्दै, हामी उहाँको योगदानलाई प्रत्येक दिन सम्मान गरिरहेका छौं।🙏

P8. नयाँ वर्षको शुभकामना🎤तपाईं सबैलाई नयाँ वर्षको शुभकामना,हासोले भरियोस् जीवनका प्रत्येक क्षणप्रत्येक दिन उज्यालो बनोस्...
14/04/2026

P8. नयाँ वर्षको शुभकामना🎤

तपाईं सबैलाई नयाँ वर्षको शुभकामना,
हासोले भरियोस् जीवनका प्रत्येक क्षण
प्रत्येक दिन उज्यालो बनोस्,
प्रत्येक रात शान्त र मधुर बनोस्

स्वास्थ्य सधैं साथ रहोस्,
आशा र शक्ति कहिल्यै नटुटोस्
मनमा शान्ति, साथमा खुशी,
समृद्धिले भरियोस् जीवनको दिशा

नयाँ वर्ष,नयाँ सुरुवात,
सपना बुन्ने सुन्दर अवसर साथ
ठूलो सोच, राम्रो संकल्प,
आफ्नै उत्कृष्ट रूप बन्ने प्रयास

बिर्सिदिनु दुःखका ती पलहरू,
अँगाल्नु नयाँ भोलिका उज्याला सपनाहरू।
हरेक अन्त्य एक नयाँ सुरुवात हो,
हरेक बिहानी नयाँ अवसर हो।

आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,
जीवनका उपहारहरू स्वीकार्नुहोस्।
नयाँ वर्ष भन्छ फेरि सुरु गरौँ🙏

यो केवल एक झल्को मात्र हो,एक शल्यचिकित्सकको मनबाट निस्किएको सानो अभिव्यक्ति. कृपया यसलाई एकपटक पढ्नुहोस
08/04/2026

यो केवल एक झल्को मात्र हो,एक शल्यचिकित्सकको मनबाट निस्किएको सानो अभिव्यक्ति. कृपया यसलाई एकपटक पढ्नुहोस

साप्ताहिक २ दिन बिदा प्रणाली स्वास्थ्यकर्मीका लागि सकारात्मक कदम हो, तर स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पूर्ण ब...
07/04/2026

साप्ताहिक २ दिन बिदा प्रणाली स्वास्थ्यकर्मीका लागि सकारात्मक कदम हो, तर स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पूर्ण बन्द उपयुक्त हुँदैन। त्यसैले सन्तुलित, योजनाबद्ध र घुम्ती प्रणाली मार्फत मात्र यसको प्रभावकारी कार्यान्वयन सम्भव छ।
🇳🇵

P7. नुन र मरिचपहिलो सेतो रेखा देखिँदामन अलि हल्लिन्छ,समय बग्दैछ भन्नेशान्त संकेत जस्तो लाग्छएकछिन असहजता हुन्छ,जस्तो कि ...
04/04/2026

P7. नुन र मरिच

पहिलो सेतो रेखा देखिँदा
मन अलि हल्लिन्छ,
समय बग्दैछ भन्ने
शान्त संकेत जस्तो लाग्छ

एकछिन असहजता हुन्छ,
जस्तो कि युवावस्थाले
ढोका ढकढक्याएर
बिस्तारै विदा माग्दैछ

तर समय रोकिन्न,
हामी पनि रोकिन्नौँ

बिस्तारै अरू सेता रेशा आउँछन्
अब ती अजनबी होइनन्,
साथी बन्छन्।
हरेकले बोकेको हुन्छ कथा,
अनुभव, संघर्ष,
र जितको अनुभूति

जे पहिले गुमेजस्तो लाग्थ्यो,
अब त्यो उपस्थितिजस्तो लाग्छ

ऐनामा अनुहार बदलिन्छ,
तर दृष्टि बदलिन्छ अझ बढी
शान्त,
स्थिर,
र आत्मविश्वासी।

21/03/2026

P 6
कस्तो पृथ्वीमा हामी बाँचिरहेका छौं?
हामीले हावालाई मात्र होइन, मौसमलाई पनि बदल्यौं,
आकाशलाई टुक्र्यायौं, सीमाहरू कोर्यौं।

कस्तो पृथ्वीमा हामी बाँचिरहेका छौं?
महासागरलाई मात्र होइन,
धर्मलाई पनि विभाजन गर्यौं,
मानवतालाई सानो घेराभित्र कैद गर्यौं।

कस्तो पृथ्वीमा हामी बाँचिरहेका छौं?
जहाँ चरा भन्दा धेरै क्षेप्यास्त्र उड्छन्,
जहाँ गीतभन्दा धेरै युद्धका आवाज गुञ्जिन्छन्,
जहाँ शान्ति खोज्ने हातहरू थाकेका छन्,
र संघर्ष चाहने मनहरू अझै जागिरहेका छन्।

कस्तो पृथ्वीमा हामी बाँचिरहेका छौं?
जहाँ प्रयास शान्तिका लागि कम छ,
तर द्वन्द्वका लागि उत्साह धेरै छ
जहाँ प्रेम भन्दा घृणा छिटो फैलिन्छ।

बुद्ध, राम, अल्लाह, र येशू
हेर्दै होलान् हामीलाई भारी मनले,
जब सुम्पिएका थिए हामीलाई यो पृथ्वी,
त्यो यस्तो थिएन ,यस्तो कहिल्यै थिएन।

अब पनि समय छ,
आकाशलाई फेरि खुला बनाउन,
समुद्रलाई फेरि एउटै बनाउन,
र मनलाई फेरि मानव बनाउन।
किनकि यो पृथ्वी हाम्रो हो,
तर जिम्मेवारी पनि हाम्रो नै हो।

मेलाटोनिन 🧠र मन❤️
14/03/2026

मेलाटोनिन 🧠र मन❤️

मस्तिष्कको ठीक बीच भागमा एउटा सानो मटरकोसाको दानाजस्तो ग्रन्थी छ । यसको आकार ज्यादै सानो छ, तर यसले रातको अँध्यार....

P5. परिवर्तनपरिवर्तन त जीवनको नियम हो,यसलाई स्वीकार्न सिकौँ।बगिरहेको समयसँगैआफूलाई पनि बदल्न सिकौँ।आकाश फेरि निलो बन्दैछ...
09/03/2026

P5. परिवर्तन

परिवर्तन त जीवनको नियम हो,
यसलाई स्वीकार्न सिकौँ।
बगिरहेको समयसँगै
आफूलाई पनि बदल्न सिकौँ।

आकाश फेरि निलो बन्दैछ,
आशाका बादलहरू हट्दैछन्।
यो देश अझै जवान छ,
सपना र सम्भावनाले भरिँदैछ।

युवाको जोश र कर्मले
नयाँ बाटो बनाउँछ,
अनुभवको ज्ञानले
त्यसलाई सही दिशा देखाउँछ।

सुनौलो दिन अवश्य आउँछन्,
यदि हामीले विश्वास गर्‍यौँ भने|
किनकि परिवर्तनको सुरुवात
हामीबाटै हुनुपर्छ
हामी, नेपालका महान् जनताबाट। 🇳🇵

Address

Norvic International Hospital And National Academy Of Medical Sciences, Bir Hospital
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Prof. Dr. Rajiv Jha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category