02/11/2023
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुराहरु
१) जाडो बढ्दै गएको छ । अति बिहानै हिँड्नुभन्दा घाम लागेर जमिन हल्का तातेपछि हिँड्न थाल्नु राम्रो हुन्छ ।
२) बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसको ३० मिनेटपछि मात्रै हिँड्न थाल्नुस् ।
३) दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फर्टेबल हुन जरुरी छ । यसरी दौडनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।
४) दौडनुअघि शरीरलाई दायाँ-बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सनु हुँदैन । दौडन सुरु गर्ने बित्तिकै स्पिड बढाउनु हुँदैन । दौडन सुरु गरेको ५-७ मिनेटपछि मात्र गति बढाउनुपर्छ ।
५) दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ ।
६) दौडनु सुरु गरेको हरेक १०-१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।
(डा. रोशन झा, फिजिसियन, सशस्त्र प्रहरी अस्पताल)