31/07/2024
सहर😢
याे सहर साच्चै सुन्दर छ !शान्त अनि साैम्य छ,तर हेर्दा मात्र सुन्दर देखिएकाे छ ।।
यहाँ प्रत्येक काेठा- काेठा बिच कथा फरक छ ।
ब्याथा फरक छन ।।😢😢
सहर शान्त देखिएर के गर्नु ?
भित्र भित्रै आगाे दन्केकाे छ😢
राप छ,ताप छ,मनमा गहिराे छाप छ !
रहर अपुरा अनि अधुरा छन ।।
पैसामा बिक्ने गरिबी नटिक्ने याे सहर हेर्दा मात्र सुन्दर छ।।
याे सहरमा बाच्न लाई फाेक्साेमा सास हाेईन ।।
बैकमा ब्यालेन्स् हुनुपर्छ ।।😢
बैंकमा ब्यालेन्स् सकिए पछि
फाेक्साेमा सास हुदाहुदै मर्छ ।।
फाेक्साेमा सास भए पनि बैंकमा ब्यालेन्स् नहुने मुर्दाहरुले
भरिएकाे याे मसानघाट जस्तो सहरमा
बैंकको ब्यालेन्सले मात्र हाेईन
मनकाे भावनाले पनि जिउँदै मारेकाे छ ।।😢
हर्क साउद 💔
बिरानाे सहर हाल काठमाडौं काेटेश्वार ।।