Midwifery students,NAMS

Midwifery students,NAMS This page is designed
to advocate midwifery in nepal...

मिडवाइफहरू प्रति समर्पित कविता!❤️
05/05/2023

मिडवाइफहरू प्रति समर्पित कविता!❤️

औशीको अध्यारोलाई पूर्णिमाको उज्यालोले परास्त गर्दै डरको अघिल्तिर जित पिडालाई हर्षमा बदलिदिएर नया जिवन सृष्टि ग...

05/05/2023

“मिडवाइफ “

गुलाबी पोशाक
साथमा मन्द मुस्कानमा
सजिएकि उनी
सेवालाई धर्म को मर्म भनि
अहोरात्र सेवामा खटिएकि छिन!

किशोरी, गर्भवती, प्रसब र सुत्केरी
एउटा महिलाको जीवन चक्रका
बिशेष पलहरूको सारथी,
सल्लाहकार अनि सेवा प्रदायक!

प्रसवको आशु र
प्रसव पछिको हासोको साक्षी
दर्दनाक पिडामा
तड्पिएकि महिलाको ढाडस
साहारा र सहानुभूतिको विम्ब
हिम्मतको खुराक
न आत्तिने न अत्तालिने
शान्त, शालिन-सौम्य
उनि
आमा बन्दै गरेकी
आमाको
आमा!

प्रसुति गृहमा
प्रसव यात्राको सहयात्री
एउटा आम महिलाबाट
आमा बन्दै गरेकी,
बनिसकेकी
महान नारीलाई
जिवन र जन्मको मूल्य सिकाउने,
उनको शरीरको अंश,
मुटुको टुक्रालाई छातिमा टसाउदै
मातृत्वको आभास दिलाउने
दुधको पहिलो घुट्को
अमृत पिलाएर नवजात शिशुमा
प्राण भरिदिने!
काध थपथपाउने
आशुमा सुम्सुमाउने
हासोमा आफै गदगदाउने
सबैलाई सम्मान गर्ने
समानता सिकाउने
समतामूलक, सरलीकृत
सुरक्षित र
सम्मान्जनक मातृत्व
सेवामा समर्पित!

महिला माथि
अन्यायको बज्र खस्न नदिन
सचेतनाको विगुल बोकेर
प्रसुति जन्य हरेक हिंसा
बिरूद्द वकालत गर्ने
आवाज विहिनहरुको
तिख्खर आवाज!!

डर र कौतूहलताले गाजिएका कुरूवालाई
सान्तवनाको ओखती दिएर
अस्पतालमा
अभिभावकत्व महशुस गराउने
प्रकृतिको उपहार
खुसीको बहार
हातमा थमाउदै
शव्दका गुलदस्ताहरुले
सन्तान सुखको
पहिलो बधाईको दिने
हर्षको संबाहक…

स्वस्थ आमा,स्वस्थ बच्चा
अनि स्वस्थ देशकै आधार
मातृत्वको सुखद यात्रापूर्वको
प्रसव पिडामा पोलिएकी
मर्दा मर्दै बाचेकि
अनि ब्रह्माण्डका सबै खाले पिडा
प्रत्येक श्वास स्वासमा
महसुह गरिरहेकि
काली, कपालीनी
महा दूर्गा भएर
बेदनाका हरेक प्रहारहरुमा
हिम्मतको वज्र लिएर लडिरहेकी
एउटा महान योद्धाको
सहयात्री उनि!

औशीको अध्यारोलाई
पूर्णिमाको उज्यालोले
परास्त गर्दै
डरको अघिल्तिर जित
पिडालाई हर्षमा बदलिदिएर
नया जिवन सृष्टि गर्दाको
जिवनपर्यन्त
सकारात्मक अनुभव बटुलिदिने
एक मिडवाइफ हुन उनी!
बिना शिवा ✍️

Address

Baudha
44600

Website

Alerts

Be the first to know and let us send you an email when Midwifery students,NAMS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Midwifery students,NAMS:

Share