Dr.A K Yadav

Dr.A K Yadav Page के like आ follow करु ताकि स्वास्थ सम्बन्धी हरेक जानकारी अपने भाषा मे लसकी 🙏

स्क्रब टाइफसबारे जानकारी :स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइब...
22/08/2024

स्क्रब टाइफसबारे जानकारी :
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi ) भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

स्क्रब टाइफसका लक्षणहरु
- धेरै जवरो आउनु ( काम ज्वरो समेत आउन सक्छ )
- धेरै टाउको दुख्नु
- पसिना धेरै आउनु
- आँखा रातो हुनु
- झाडापखाला लाग्नु
- किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु

स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
- खेतवारीमा काम गर्दा वनजंगल /झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने
- घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
- सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने
- सकेसम्म घाँसवारी र चउरमा नबस्ने
- चउरमा,वारी ,झाडी,घाँस तथा धुरान बढ्न नदिने
- मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre

12/08/2024

स्वास्थ्य बीमा अन्तर्गत पाउने सुविधा बारे बुझ्नु पर्ने महत्त्वपूर्ण जानकारी

13/06/2024

"गर्मीमा उच्च तापमान र डिहाइड्रेशनको(शरीरमा पानीको कमी) प्रतिकूल प्रभाव र व्यवस्थापनमा सार्वजनिक जागरूकता"🔥🔥

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू मह...
20/05/2024

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )

शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षणहरु के-के हुन् ?
• एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
• उज्यालोमा हेर्न नसक्नु
• आँखा दुख्नु
• उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
• आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापूको रोकथामा कसरी गर्ने ?
• सेतो पुतलीको संसर्गबाट टाढै रहने
• धेरै उज्यालो सेतो बत्ती नबाल्ने
• साँझ र राती झ्याल ढोका बन्द गर्ने
• सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
• सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं ।

01/02/2024

सर्दी मे होव वला बोखार सुखा खोकी बारेमे किछ जानकारी

02/11/2023

यही २०८० कार्तिक १७ र १८ गते ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाऔँ!
जनहितमा जारी!
Credit:Sagun's Blog

17/09/2023
05/09/2023

Tetanus रोग सम्बन्धी किछ महत्वपूर्ण जानकारी।

28/08/2023

Rabies
(कुकुर 🐕, बिलाई 🐈, नरहिया 🦊 वा जङ्गली जनावर सब के कटलाप कोन injection केना लेव के छई ओइके बारेमें सम्पूर्ण जानकारी)

25/08/2023

Low blood pressure के बारेमे जरुरी जानकारी सब।

23/08/2023

High Blood pressure बारे कीछ अत्यन्त जरुरी जानकारी सब

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr.A K Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share