Dr.Amrit kumar yadav

Dr.Amrit kumar yadav Page के like आ follow करु ताकि स्वास्थ सम्बन्धी हरेक जानकारी अपने भाषा मे लसकी 🙏

स्क्रब टाइफसबारे जानकारी :स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइब...
22/08/2024

स्क्रब टाइफसबारे जानकारी :
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi ) भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

स्क्रब टाइफसका लक्षणहरु
- धेरै जवरो आउनु ( काम ज्वरो समेत आउन सक्छ )
- धेरै टाउको दुख्नु
- पसिना धेरै आउनु
- आँखा रातो हुनु
- झाडापखाला लाग्नु
- किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु

स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
- खेतवारीमा काम गर्दा वनजंगल /झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने
- घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
- सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने
- सकेसम्म घाँसवारी र चउरमा नबस्ने
- चउरमा,वारी ,झाडी,घाँस तथा धुरान बढ्न नदिने
- मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre

12/08/2024

स्वास्थ्य बीमा अन्तर्गत पाउने सुविधा बारे बुझ्नु पर्ने महत्त्वपूर्ण जानकारी

13/06/2024

"गर्मीमा उच्च तापमान र डिहाइड्रेशनको(शरीरमा पानीको कमी) प्रतिकूल प्रभाव र व्यवस्थापनमा सार्वजनिक जागरूकता"🔥🔥

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू मह...
20/05/2024

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )

शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षणहरु के-के हुन् ?
• एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
• उज्यालोमा हेर्न नसक्नु
• आँखा दुख्नु
• उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
• आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापूको रोकथामा कसरी गर्ने ?
• सेतो पुतलीको संसर्गबाट टाढै रहने
• धेरै उज्यालो सेतो बत्ती नबाल्ने
• साँझ र राती झ्याल ढोका बन्द गर्ने
• सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
• सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं ।

01/02/2024

सर्दी मे होव वला बोखार सुखा खोकी बारेमे किछ जानकारी

02/11/2023

यही २०८० कार्तिक १७ र १८ गते ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाऔँ!
जनहितमा जारी!
Credit:Sagun's Blog

17/09/2023
05/09/2023

Tetanus रोग सम्बन्धी किछ महत्वपूर्ण जानकारी।

28/08/2023

Rabies
(कुकुर 🐕, बिलाई 🐈, नरहिया 🦊 वा जङ्गली जनावर सब के कटलाप कोन injection केना लेव के छई ओइके बारेमें सम्पूर्ण जानकारी)

25/08/2023

Low blood pressure के बारेमे जरुरी जानकारी सब।

23/08/2023

High Blood pressure बारे कीछ अत्यन्त जरुरी जानकारी सब

21/08/2023

Blood में चीनी के मात्रा कम भेलास कि भसकैया ओइके बारेमे किछ जानकारी सब

Send a message to learn more

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Amrit kumar yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram