बाथरोग: आयुर्वेदिक उपचार

बाथरोग: आयुर्वेदिक उपचार बाथ रोग भनेको शरीरको रोग निरोधक शक्ति?

बाथ रोग भनेको शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । त्यसैले यसलाई अटो इम्युन डिजिज भनिन्छ । बाथरोगलाई सामान्यतया गम्भीर रोग मानिन्छ, किनभने यो रोगले मानिसलाई निरन्तर सताउँछ र दीर्घरोगको रुपमा रहिरहन्छ । तर यसको समयमै पहिचान गरी उपचार गर्न सकियो भने शरीरको हड्डी र जोर्नीहरु बचाउन सकिन्छ ।
नेपालमा अहिले यो रोगीको संख्यामा ह्वात्तै बढेको छ । यो रोग विशेषगरी पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ । प्रत्येक तीनजनामा २ जना महिलालाई बाथ रोग देखिने भएकाले यो रोग महिलालाई मात्र हुने होकी भन्ने भ्रम पनि छ । तर, यो रोग बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई लाग्छ ।

बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनुे, बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठ हुने र करकर खाने हो । यि प्रारम्भिक लक्षणहरु हुन् । बाथरोगका एक सय भन्दा बढि प्रकारका हुने भएकोले शरीरमा कुन प्रकारको एण्टीबडी देखिन्छ, त्यसको आधारमा मात्र रोग र लक्षणको बर्गीकरण गर्न सकिन्छ ।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये नेपालमा धेरै देखिने गठिया बाथ अर्थात प्यालोटोइड आथर्राइटिस हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर पुर्याउँछ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिएपनि बालकदेखि वृद्ध, महिला एवं पुरुषलाई पनि यो रोग हुन्छ ।

नेपालमा प्रायः मानिसलाई देखिएका बाथरोग
१. गठिया बाथ अर्थात प्यालोटोइड आर्थराइटिस सयभन्दा बढी प्रकारका बाथ रोग मध्ये नेपालमा धेरै देखिने गठिया बाथ अर्थात प्यालोटोइड आथ्र्रराइटिस हो । गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर पुर्याउँछ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गरेको देखिएपनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसको जोखिम रहन्छ ।

२.र्यूमाटाइड आर्थराइटिस बयस्क र बढ्दो उमेरमा देखिने र्यूमाटाइड आर्थराइटिस लामो समयसम्म रहिरहने भएकोले यसलाई कडा बाथरोगका रुपमा लिइन्छ । शुरुको अवस्थामा हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने र अरठ्ठो भएपनि समयमै उपचार गर्न सकिएन र रोग छिप्पिँदै गएपछि सबै जोर्नीहरु जाम हुने, बाङ्गिने, बिग्रिने र कामै नलाग्ने अवस्थामा पुग्छन् । र शरीरका भित्री अंगहरु किड्नी, फोक्सो, मुटु लगायत अंगमा हानी पुर्याएर बिरामीको मृत्यु हुने गर्छ ।

३. स्पोण्डिलो आर्थराइटिस (ढाडको वाथ) ढाडको जोर्नीहरुमा सुजन भएर हुने यस्तो बाथले दीर्घरोगको रुपमा रहन्छ । यसले फिलाभित्रको जोर्नीलाई पनि आक्रमण गर्छ । विशेषगरी यसले पुरुषलाई बढि मात्रामा असर गर्छ । यसलाई वंशाणुगत बाथ रोगको रुपमा पनि लिइन्छ ।

४. लुपस बाथ यो रोगले बिशेषगरी जवान महिला र पुरुषलाई बढि सताउने गर्दछ । लामो समयसम्म रहिरहने भएकोले यो दीर्घरोगको रुपमा रहन्छ । अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने र बाँकी प्रारम्भिक लक्षणहरु देखा पर्दछन् । समयमै उपचार भएन भने शरीरका भित्री अंगहरु किड्नी, फोक्सो, मुटु लगायत अंगमा असर पुगेर बिरामीको मृत्युसम्म हुने गर्दछ ।

५. स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ) वयस्क र बढ्दो उमेरका महिलाहरुमा बढि देखिने छाला बाक्लो हुने बाथले हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने र चिसो पानिमा हातगोडा भिजाउँदा क्रमशः सेतो, निलो र रातो हुने गर्दछ । यदि समयमै उपचार गर्न सकिएन भने रगतका नशाहरु, फोक्सो र मिर्गौलामा असर गरी हातका औंलाहरुमा घाउ आउने, छाती पोल्ने, दम बढ्ने समस्या देखिने गर्दछ ।

६. ओस्टियो आथ्र्रराइटिस ( जोर्नी खिइने बाथ) बढ्दो उमेरका मोटो मानिसहरुमा देखिने जोर्नी खिइने बाथले जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुन्छ । यस किसिमको बाथले मूख्यत घँुडा, गर्दन, कम्मरको मेरुदण्ड, हातका औंलाहरु र नितम्बका् जोर्नीमा बढि असर गर्दछ । बढेदो उमेर, मोटोपन, भिटामीन डी, क्याल्सियमको कमी, थाइराइड आदिका कारण जोर्नी खिइने बाथ हुने गर्दछ ।

७. गाउट (यूरिक एसिडको बाथ) रगतमा यूरिक एसिडको मात्रा बढेपछि गोडाको बुढि औंला वरपर र पछि जोर्नीमा जम्न जान्छ र एक्कासी जोर्नीहरु दुख्ने, सुन्निने र रातो हुंदै जानुलाई यूरिक एसिडको बाथ भनिन्छ । तर यूरिक एसिड हुंदैमा सबैलाई बाथ हुंदैन । यदि समयमै उपचार गनै सकिएन भने जोर्नी बाङ्गिने, बिग्रिने र कामै नलाग्ने अवश्थामा पुग्छन् । यूरिक एसिडका डल्लाहरु ठाँउ ठाँउमा जम्ने र मिर्गौलामा पत्थरी भई फेलसमेत हुन्छ ।

८. जुभेनाइल आथ्र्रराइटिस ( बालबालिकामा हुने बाथ) बालबालिकामा हुने बाथ बिशेषगरी २ किसिमका हुन्छन । एउटा मुटुमा हुने ज्वरो (र्यूमटिक फिभर) र अर्को जुभेनाइल आथ्र्रराइटिस । यी दुबै रोगलाई समयमै उपचार गर्न सकिएन भने हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने, हिंडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा बिभिन्न दागहरु आउने र आँखामा असर देखिन्छ ।

समग्रमा देखिने लक्षणहरू
हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन् ।
यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ ।
साथै, जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ ।
छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन् ।

बाथ रोगका लाग्नुका कारण
बाथरोग एक सय भन्दा बढि प्रकारका हुने भएकोले शरीरमा कुन प्रकारको एण्टिबडि रगतमा देखिन्छ, त्यसको आधारमा मात्र कारण देखिन्छ । यो वंशाणुगत पनि हुन्छ । साथै, वातावरण प्रदूषण, चुरोटको धूवाँले हर्मोनको गडबडी आदी कारणले यस्तो बाथलाई बढाउने देखिन्छ ।

कसरी थाहा पाउने बाथ रोग ?
बिरामीले देखाउने प्रारम्भिक लक्षण र जोर्नीहरूको जाँच गनेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न रगतको परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ । धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन । तर, यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन । तसर्थ वाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गरी सक्नुपर्छ ।

औषधिः
बाथ रोग लागेको समय अनुसार औषधि सेबन गर्नु पर्ने हुन्छ यदी रोग लागेको १ वर्ष भएको छ भने २-३ महिना औषधि खानु पर्दछ।

20/05/2025

बाथ रोग को उपचार - पाल्पा - जरेपिपल

बाथ (अर्थराइटिस) को प्राकृतिक समाधान! कहिल्यै नसकिने भन्ने रोग पनि आयुर्वेदले जित्न सक्छ ❤️🚨 यदि तपाईंले यी लक्षणहरू महस...
11/05/2025

बाथ (अर्थराइटिस) को प्राकृतिक समाधान! कहिल्यै नसकिने भन्ने रोग पनि आयुर्वेदले जित्न सक्छ ❤️

🚨 यदि तपाईंले यी लक्षणहरू महसुस गर्नुभयो भने, यो पोष्ट तपाईंको लागि नै हो:
✔️ घुँडा, कन्धा, वा साना जोर्नीहरूमा निरन्तर पीडा
✔️ उठ्दा जोर्नीको अकडन
✔️ हातखुट्टा सुन्निने वा चल्न गाह्रो हुने

चिन्ता नगर्नुहोस्!हामीले सयौं बिरामीहरूलाई आयुर्वेदिक उपचार बाट पूर्ण रूपमा निको बनाएका छौं। यो उपचार:
🌿 १००% प्राकृतिक (कुनै पनि केमिकल वा हानिकारक साइड इफेक्ट छैन)
🔥 पीडा तत्काल कम गर्छ
💪 हड्डी र स्नायु बलियो बनाउँछ
⏳ दीर्घकालीन राहत दिन्छ (बारम्बार दुखाई फर्किदैन)

✍️ हामी विश्वास गर्छौं कि "प्रयोग नगरीकन आफूलाई रोगी ठान्नु अन्याय हो।"
एकपटक यो उपचार प्रयोग गरेर हेर्नुहोस् — तपाईंको जीवन सजिलो हुनेछ!

📞 अहिलै निःशुल्क परामर्शको लागि सम्पर्क गर्नुहोस्:
*फोन/WhatsApp: 984-9120573

👉 कमेन्ट गर्नुहोस् "मलाई जानकारी चाहियो" वा इनबक्समा सन्देश पठाउनुहोस्।** हामी तुरुन्तै तपाईंसँग कनेक्ट गर्छौं!

03/05/2025

बाथकाे (अर्थराइटिस) समाधान अब आयुर्वेदबाट!

के तपाईं घुँडाको पीडा, हातखुट्टाको जोर्नी दुखाई, बाथरोग वा कुनै पनि प्रकारको अर्थराइटिसबाट पीडित हुनुहुन्छ?

अब चिन्ता लिनु पर्दैन — हाम्रो प्रभावकारी आयुर्वेदिक उपचारले सयौं बिरामीहरूलाई पूर्ण रूपमा निको बनाएको छ।
यो उपचार प्राकृतिक जडीबुटीबाट तयार गरिएको हो, जुन बिना साइड इफेक्ट काम गर्छ।

मुख्य फाइदाहरू:

जोर्नीको सुजन र पीडा कम गर्छ

हड्डी र स्नायुलाई बलियो बनाउँछ

नियमित प्रयोगले दीर्घकालीन राहत मिल्छ

विशेष प्रस्ताव:
हामीसँग सिधा सम्पर्क गरी निःशुल्क परामर्श लिनुहोस्। तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो।

अब एकपटक प्रयास गरेर हेर्नुहोस् — तपाईंको जीवन फेरिन सक्छ।

सन्देश पठाउनुहोस् वा कमेन्ट गर्नुहोस्, हामी तपाईंलाई सम्पर्क गर्छौं। सम्पर्क काे लागी। 984-9120573 यो नम्बर मा फोन अथवा ह्वाट्सएपमा मेसेज गर्नुहोला।

12/02/2025

??

Address

Kathmandu

Telephone

+9779866455400

Website

Alerts

Be the first to know and let us send you an email when बाथरोग: आयुर्वेदिक उपचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बाथरोग: आयुर्वेदिक उपचार:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram