Gen-Z Bhumi

Gen-Z Bhumi now it's time to weak up for beautiful rise of our country nepal
(1)

बाथ रोग भनेको शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । त्यसैले यसलाई अटो इम्युन डिजिज भनिन्छ । बाथरोगलाई सामान्यतया गम्भीर रोग मानिन्छ, किनभने यो रोगले मानिसलाई निरन्तर सताउँछ र दीर्घरोगको रुपमा रहिरहन्छ । तर यसको समयमै पहिचान गरी उपचार गर्न सकियो भने शरीरको हड्डी र जोर्नीहरु बचाउन सकिन्छ ।
नेपालमा अहिले यो रोगीको संख्यामा ह्वात्तै बढेको छ । यो रोग विशेषगरी पुरुषको तुल

नामा महिलालाई बढी हुने गरेको छ । प्रत्येक तीनजनामा २ जना महिलालाई बाथ रोग देखिने भएकाले यो रोग महिलालाई मात्र हुने होकी भन्ने भ्रम पनि छ । तर, यो रोग बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई लाग्छ ।

बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनुे, बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठ हुने र करकर खाने हो । यि प्रारम्भिक लक्षणहरु हुन् । बाथरोगका एक सय भन्दा बढि प्रकारका हुने भएकोले शरीरमा कुन प्रकारको एण्टीबडी देखिन्छ, त्यसको आधारमा मात्र रोग र लक्षणको बर्गीकरण गर्न सकिन्छ ।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये नेपालमा धेरै देखिने गठिया बाथ अर्थात प्यालोटोइड आथर्राइटिस हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर पुर्याउँछ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिएपनि बालकदेखि वृद्ध, महिला एवं पुरुषलाई पनि यो रोग हुन्छ ।

नेपालमा प्रायः मानिसलाई देखिएका बाथरोग
१. गठिया बाथ अर्थात प्यालोटोइड आर्थराइटिस सयभन्दा बढी प्रकारका बाथ रोग मध्ये नेपालमा धेरै देखिने गठिया बाथ अर्थात प्यालोटोइड आथ्र्रराइटिस हो । गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर पुर्याउँछ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गरेको देखिएपनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसको जोखिम रहन्छ ।

२.र्यूमाटाइड आर्थराइटिस बयस्क र बढ्दो उमेरमा देखिने र्यूमाटाइड आर्थराइटिस लामो समयसम्म रहिरहने भएकोले यसलाई कडा बाथरोगका रुपमा लिइन्छ । शुरुको अवस्थामा हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने र अरठ्ठो भएपनि समयमै उपचार गर्न सकिएन र रोग छिप्पिँदै गएपछि सबै जोर्नीहरु जाम हुने, बाङ्गिने, बिग्रिने र कामै नलाग्ने अवस्थामा पुग्छन् । र शरीरका भित्री अंगहरु किड्नी, फोक्सो, मुटु लगायत अंगमा हानी पुर्याएर बिरामीको मृत्यु हुने गर्छ ।

३. स्पोण्डिलो आर्थराइटिस (ढाडको वाथ) ढाडको जोर्नीहरुमा सुजन भएर हुने यस्तो बाथले दीर्घरोगको रुपमा रहन्छ । यसले फिलाभित्रको जोर्नीलाई पनि आक्रमण गर्छ । विशेषगरी यसले पुरुषलाई बढि मात्रामा असर गर्छ । यसलाई वंशाणुगत बाथ रोगको रुपमा पनि लिइन्छ ।

४. लुपस बाथ यो रोगले बिशेषगरी जवान महिला र पुरुषलाई बढि सताउने गर्दछ । लामो समयसम्म रहिरहने भएकोले यो दीर्घरोगको रुपमा रहन्छ । अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने र बाँकी प्रारम्भिक लक्षणहरु देखा पर्दछन् । समयमै उपचार भएन भने शरीरका भित्री अंगहरु किड्नी, फोक्सो, मुटु लगायत अंगमा असर पुगेर बिरामीको मृत्युसम्म हुने गर्दछ ।

५. स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ) वयस्क र बढ्दो उमेरका महिलाहरुमा बढि देखिने छाला बाक्लो हुने बाथले हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने र चिसो पानिमा हातगोडा भिजाउँदा क्रमशः सेतो, निलो र रातो हुने गर्दछ । यदि समयमै उपचार गर्न सकिएन भने रगतका नशाहरु, फोक्सो र मिर्गौलामा असर गरी हातका औंलाहरुमा घाउ आउने, छाती पोल्ने, दम बढ्ने समस्या देखिने गर्दछ ।

६. ओस्टियो आथ्र्रराइटिस ( जोर्नी खिइने बाथ) बढ्दो उमेरका मोटो मानिसहरुमा देखिने जोर्नी खिइने बाथले जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुन्छ । यस किसिमको बाथले मूख्यत घँुडा, गर्दन, कम्मरको मेरुदण्ड, हातका औंलाहरु र नितम्बका् जोर्नीमा बढि असर गर्दछ । बढेदो उमेर, मोटोपन, भिटामीन डी, क्याल्सियमको कमी, थाइराइड आदिका कारण जोर्नी खिइने बाथ हुने गर्दछ ।

७. गाउट (यूरिक एसिडको बाथ) रगतमा यूरिक एसिडको मात्रा बढेपछि गोडाको बुढि औंला वरपर र पछि जोर्नीमा जम्न जान्छ र एक्कासी जोर्नीहरु दुख्ने, सुन्निने र रातो हुंदै जानुलाई यूरिक एसिडको बाथ भनिन्छ । तर यूरिक एसिड हुंदैमा सबैलाई बाथ हुंदैन । यदि समयमै उपचार गनै सकिएन भने जोर्नी बाङ्गिने, बिग्रिने र कामै नलाग्ने अवश्थामा पुग्छन् । यूरिक एसिडका डल्लाहरु ठाँउ ठाँउमा जम्ने र मिर्गौलामा पत्थरी भई फेलसमेत हुन्छ ।

८. जुभेनाइल आथ्र्रराइटिस ( बालबालिकामा हुने बाथ) बालबालिकामा हुने बाथ बिशेषगरी २ किसिमका हुन्छन । एउटा मुटुमा हुने ज्वरो (र्यूमटिक फिभर) र अर्को जुभेनाइल आथ्र्रराइटिस । यी दुबै रोगलाई समयमै उपचार गर्न सकिएन भने हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने, हिंडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा बिभिन्न दागहरु आउने र आँखामा असर देखिन्छ ।

समग्रमा देखिने लक्षणहरू
हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन् ।
यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ ।
साथै, जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ ।
छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन् ।

बाथ रोगका लाग्नुका कारण
बाथरोग एक सय भन्दा बढि प्रकारका हुने भएकोले शरीरमा कुन प्रकारको एण्टिबडि रगतमा देखिन्छ, त्यसको आधारमा मात्र कारण देखिन्छ । यो वंशाणुगत पनि हुन्छ । साथै, वातावरण प्रदूषण, चुरोटको धूवाँले हर्मोनको गडबडी आदी कारणले यस्तो बाथलाई बढाउने देखिन्छ ।

कसरी थाहा पाउने बाथ रोग ?
बिरामीले देखाउने प्रारम्भिक लक्षण र जोर्नीहरूको जाँच गनेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न रगतको परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ । धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन । तर, यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन । तसर्थ वाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गरी सक्नुपर्छ ।

औषधिः
बाथ रोग लागेको समय अनुसार औषधि सेबन गर्नु पर्ने हुन्छ यदी रोग लागेको १ वर्ष भएको छ भने २-३ महिना औषधि खानु पर्दछ।

29/04/2026

Jaai b***n sarkar B***n

14/04/2026

13/04/2026

Lasssa dekhi ayo ni 😂😂 ゚

13/04/2026

Samay Raina ゚

12/04/2026

🤣🤣🤣🤣 ゚

11/04/2026

Kya dami kura garnu vako
Sunda ni aananda lagyo ni barai ゚

09/04/2026

Views ko Lagi j ne nagaram hai Sathi ho.

07/04/2026

😲अन्ततः योगेन्द्र भाईले न्याय पाएका छन्।अमेरिका पुगेकी पत्नी रश्मी पनेरुबाट धो'का पाएका योगेन्द्र भाटले न्याय पाएका छन्।...
07/04/2026

😲अन्ततः योगेन्द्र भाईले न्याय पाएका छन्।
अमेरिका पुगेकी पत्नी रश्मी पनेरुबाट धो'का पाएका योगेन्द्र भाटले न्याय पाएका छन्। रश्मीले हालेको डि'भोर्सको मु'द्दामा अब उनले सम्पत्ति दिनु नपर्ने साथै बाहिर पठाउन लागेको पैंसा पाउने भनेर सहमति भएको छ। रश्मीका बुवाले उक्त सहमति गरेका हुन्। साथै रश्मीका बुवाले छोरीलाई अमेरिका पठाउँदा योगेन्द्रले दिएको १८ लाख पनि चेकमार्फत फिर्ता गरेका छन्।

न्याय पाएपछि खुसी हुँदै योगेन्द्रले भने - "म अब त्यसलाई नराम्रो सपना सम्झेर भुल्नेछु।" यो सँगै योगेन्द्र - रश्मीको यो प्रकरण सकिएको छ। सामाजिक सञ्जालबाट न्याय माग्दै रोएका उनले अन्ततः धेरै प्रयासपछि न्याय पाएका छन्। यसलाई भन्छन् सामाजिक सञ्जालको शक्ति।

पुरुषले न्याय पाएको यो समाचार विरलै देख्न पाइन्छ त्यसैले सबैले यो भाइलाई बधाई दीम् त। 🙏

06/04/2026

Reminder: आज देखि सरकारी कार्यलयहरु बिहान ९ देखि साँझ ५ बजे सम्म खुल्ने छन्!

05/04/2026

Aba dekhe Nepal ko visa pauna Lai Sanskrit Maa 8 lyanu parne xa haii 😂😂 ゚

Address

Butwal- Palpa Road
Kathmandu
44600

Telephone

+9779866455400

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Bhumi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gen-Z Bhumi:

Share