23/04/2020
कोभिड–१९ विरुद्ध लड्न सहयोगी पोषक तत्व
कोरोना भाइरसले उत्पन्न गरेको महामारीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई महासङ्कटमा पारिरहेको छ । बुढ्यौली, रोगी र जीर्ण शरीर तथा रोगसँग लड्ने क्षमता कमजोर भएका मानिस कोभिड–१९ को जोखिममा अधिक छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को उपचारमा कुनै निर्दिष्ट औषधि अहिलेसम्म नभएका कारण हामीले आप्mनो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु नै श्रेयष्कर हुन्छ, जुन अन्य रोग र अवस्थाका लागि समेत हीतकर नै छ ।
रोगको बाटो पहिले नै छेक्नु राम्रो हो । यसमा हाम्रो आदर्श आहारबिहारले सबल हुने प्रतिरक्षा प्रणालीको मुख्य योगदान रहन्छ ।
यसै कारण हामीले आप्mनो शरीरमा निम्न बमोजिमका पोषक तत्वको पर्याप्तता बनाइराख्नु पर्दछ ।
भिटामिन सी
शरीरमा प्रतिरक्षा प्रणाली सुदृढ बनाउनमा भिटामिन सीको ठूलो योगदान रहन्छ । यो एक शक्तिशाली एन्टिअक्सिडेन्ट पनि हो । यसले शरीरमा एन्टिबडी र सेता रक्तकोष उत्पादनलाई प्रेरित गर्दछ । अमिला फलपूmल तथा ब्रोकाउली, पालुङो, गाँजर र अमलामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ ।
भिटामिन ई
एन्टिअक्सिडेन्ट गुणयुक्त भिटामिन ई को मात्रा शरीरका अन्य कोषभन्दा प्रतिरक्षा प्रणालीका कोषमा बढी पाइएको छ । भाइरल सङ्क्रमणको अवस्थामा भिटामिन ईले भाइरस मार्ने प्रतिरक्षा प्रणालीका कोषहरुलाई मद्दत पुर्याउने क्लिनिकल अनुसन्धानहरुमा देखिएको छ । साथै भिटामिन ई कम भएमा मांसपेशी कमजोर पर्ने र सङ्क्रमणको जोखिम बढ्ने गर्छ ।
गेडागुडी, बदाम, सूर्यमुखीका विउ, पिस्ता, फर्सीको विउ, कटुस र काजु भिटामिन ईका प्रमुख स्रोत हुन् ।
भिटामिन ए
वनस्पतिमा हुने यौगिक बिटा क्यारोटिनलाई शरीरले भिटामिन ए मा रुपान्तरित गर्दछ । यो भिटामिन आँखाका लागि धेरै राम्रो मानिएको छ । तर भिटामिन ए ले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउन योगदान गर्छ । गाँजर, फर्सी, मेवा आदि भिटामिन ए का मुख्य स्रोत हुन् ।
भिटामिन डी
शरीरमा क्याल्सियम अवशोषण र हड्डी बलियो बनाउन सहयोगी हुने भिटामिन डी ले भाइरस, ब्याक्टेरियाविरुद्ध शरीरले देखाउने प्रतिक्रियामा सहयोगी भूमिका खेल्दछ । सङ्क्रमणको अवस्थामा समेत यो भिटामिन काम लाग्छ ।
खाद्य वस्तुमा भिटामिन डी बिरलै पाइन्छ र यसको मुख्य स्रोत भनेको घाम नै हो । तर अन्डा, काँचो दूध, साल्मन माछा, जौ आदिमा केही मात्रामा भिटामिन डी पाइन्छ ।
फोलेट
बी कम्प्लेक्स भिटामिन फोलेटका रुपमा परिचित छ । शरीरको प्रतिरक्षा प्रणाली, मेटाबोलिज्म र डिएनए सङ्श्लेषणमा यस भिटामिनको महत्वपूर्ण भूमिका रहन्छ । कोषको वृद्धि र विकासमा समेत यसले योगदान गर्दछ । हामीले ब्रोकाउली, एभोकादो, गेडागुडी, कन्दमूल, हरिया सागपात खाएर यो भिटामिन प्राप्त गर्न सक्छौँ ।
फलाम
रगतको एक अवयव हेमोग्लोबिनको एक प्रमुख भाग हो फलाम तत्व । हेमोग्लोबिनले शरीरमा अक्सिजन ओसार्ने काम गर्छ । फलाम तत्वले सेता रक्तकोषको उत्पादनमा सहयोग गरेर प्रतिरक्षा प्रणाली प्रवद्र्धन गर्दछ ।
माछा, मासु, गेडागुडी, सागपात, काजु, ब्रोकाउली, जौ, बदाम आदि फलामका मुख्य स्रोत हुन् ।
सेलेनियम
सेलेनियमले शरीरमा आन्तरिक क्षति पुग्नबाट रोक्छ । यसले फ्रि रेडिकलहरुका कारणले कोषमा क्षति पुग्न दिँदैन । जस कारण हामीलाई जीर्ण रोग लाग्नबाट बच्न मद्दत मिल्छ । सेलेनियममा भाइरसविरुद्धको गुण हुन्छ । यसले दम र श्वासप्रश्वासका अन्य समस्यासँग जुभ्mन महत्वपूर्ण योगदान गर्दछ ।
गेडागुडी, सिमी, तेलीय माछा, अप्रशोधित दुग्ध पदार्थ, फलपूmल, सादा दही, जौ, च्याउ आदिमा सेलेनियम पाइन्छ ।
जिङ्क
शक्तिशाली एन्टिभाइरल र एन्टि–इन्प्mलामेटरी गुण भएको पोषक तत्वका रुपमा जिङ्क परिचित छ । यसले रुघाखोकी, निमोनिया र श्वासप्रश्वासका अन्य सङ्क्रमणको जोखिम तथा असर अवधि कम गर्ने क्षमता राख्छ ।
माछामासु, गेडागुडी, सिमी, अप्रशोधित चिज, काँचो दूध, र सादा दही जिङ्कका मुख्य स्रोत हुन् ।
Medi Nepal