31/12/2025
🕯️ भावपूर्ण श्रद्धाञ्जली 🕯️
स्व. धर्मध्वज थापा ज्यू,
शंकरापुर अस्पतालका संस्थापक सेयर सदस्य श्री कुशल थापा ज्यू तथा यस संस्थाकै सेयर सदस्य एवं फ्लोर प्रबन्धक श्री शहदेव थापा ज्यूका पुजनीय पिता हुनुहुन्थ्यो।
उहाँको असामयिक निधनले शंकरापुर अस्पताल परिवारलाई गहिरो शोक, पीडा र स्तब्धतामा डुबाएको छ। सरल, अनुशासित र प्रेरणादायी जीवन बिताउनुभएका उहाँप्रति हाम्रो सम्मान सदैव अमिट रहनेछ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
उहाँको सम्झना सधैं हाम्रो मनमा जीवित रहनेछ। 🙏
शंकरापुर अस्पताल परिवार