Jeevan Vigyan

Jeevan Vigyan Jeevan Vigyan is a complete spirituality center dedicated to the overall development of human life.

Life (Jeevan) is the reservoir of infinite knowledge, love, affluence, beauty and mystery that exists as a seed within us. Science (Vigyan) is the body of knowledge that is free from all dogmas, faiths, assumptions, and preconceptions. Jeevan Vigyan is the eternal and melodious flow of truthful, simple and liberating knowledge.

हामी किन काम भन्दा नाम र पहिचानको पछाडि भाग्छौँ ?
22/08/2025

हामी किन काम भन्दा नाम र पहिचानको पछाडि भाग्छौँ ?

हामी किन काम भन्दा नाम र पहिचानको पछाडि भाग्छौँ ?...Discourse By: L P Bhanu SharmaPublished Date: 2082-05-06, 2025-08-22Published by: Jeevan Vigyan Foundatio...

जीवन विज्ञान गुरुकुल संरक्षक श्रद्धेय देवी गुरुमाले महिलाहरूलाई तीजजस्ता साँस्कृतिक पर्वले एकजुट बनाउने बताउनुभयो। जीवन ...
21/08/2025

जीवन विज्ञान गुरुकुल संरक्षक श्रद्धेय देवी गुरुमाले महिलाहरूलाई तीजजस्ता साँस्कृतिक पर्वले एकजुट बनाउने बताउनुभयो।

जीवन विज्ञान प्रतिष्ठानमा २०८२ भदौ ४ गते आयोजना गरिएको ‘तीज विशेष उत्सव’ मा श्रद्धेय गुरुमाले तीजको महत्त्व साँस्कृतिक र धार्मिक मात्र नभएर आध्यात्मिक र महिलाहरूको सशक्तीकरणका लागि पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले एक आपसमा खुसी साट्न तीजको महत्व भएकाले यसलाई आफूभित्र रहेको खुसीको स्रोत खोज्ने पर्वका रूपमा मनाउनु पर्ने बताउनुभयाे । गुरुदेवले तीजको धार्मिक, साँस्कृतिक र मनोवैज्ञानिक महत्व भएकाले यसलाई परम्पराका रूपमा मात्र नभएर आफूभित्रको व्यक्तित्व, नेतृत्व र खुसीको क्षमता साटासाट गर्ने पर्वका रूपमा मनाउनु पर्ने बताउनु भएको हो ।

जीवन विज्ञान गुरुकुल संरक्षक श्रद्धेय देवी गुरुमा र जननी मातेश्वरीको सान्निध्यमा भएको कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक, साधक र विभिन्न क्षेत्रका महिलाहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रममा महिला दिदीबहिनीले तीजको गीतमा गाउँदै-नाच्दै उत्सव मनाएका थिए ।

मौनमा छ सम्पूर्ण प्रश्नको उत्तर
19/08/2025

मौनमा छ सम्पूर्ण प्रश्नको उत्तर

मौनमा छ सम्पूर्ण प्रश्नको उत्तर.....Discourse By: Ramesh NepalPublished Date: 2082-05-03, 2025-08-19Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmand...

श्रद्धेय भानु गुरुदेवको सन्देश – ‘हृदय ईश्वर बस्न लायक बनाउनु पर्दछ ।’ श्रीकृष्ण जन्माष्टमीका अवसरमा २०८२ साउन ३१ गते आय...
17/08/2025

श्रद्धेय भानु गुरुदेवको सन्देश – ‘हृदय ईश्वर बस्न लायक बनाउनु पर्दछ ।’
श्रीकृष्ण जन्माष्टमीका अवसरमा २०८२ साउन ३१ गते आयोजित ‘श्रीकृष्ण जन्माष्टमी विशेष सत्सङ्ग’मा गुरुदेवले साधना मार्फत भाव र हृदयलाई पवित्र बनाउनु पर्ने बताउनुभयो । उहाँले भागवान श्रीकृष्णलाई सम्झन जीवन जिउनु पर्ने बताउँदै हृदयमा कृष्णलाई धारण गर्ने व्यक्ति विश्वात्मा बन्ने बताउनु भयो । आफूभित्रको चेतनाको विकास नै श्रीकृष्णको सम्झना भएको उहाँको भनाइ छ ।
कार्यक्रममा मधुसुदन आचार्य र रोशनी पराजुलीले श्रीकृष्ण विशेष भक्ति सङ्गीत प्रस्तुत गर्नुभएको थियो ।
आनन्द इभेन्टस् एण्ड मिटिङस्मा भएको कार्यक्रममा साधकसाधिकाको उत्साहजनक सहभागिता थियो ।

योग र ध्यानका विभिन्न विधिमार्फत मानव शरीरमा सूक्ष्म ऊर्जा केन्द्रका रूपमा रहेका चक्र सक्रिय र सन्तुलित बनाउने ‘चक्र विज...
17/08/2025

योग र ध्यानका विभिन्न विधिमार्फत मानव शरीरमा सूक्ष्म ऊर्जा केन्द्रका रूपमा रहेका चक्र सक्रिय र सन्तुलित बनाउने ‘चक्र विज्ञान’ कार्यक्रम २०८२ साउन ३१ गतेदेखि काठमाडौँमा सुरू भएको छ ।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले चक्र सक्रिय र सन्तुलित बनाउने योग र ध्यानका वैज्ञानिक र प्रयोगात्मक अभ्यास तथा विधिहरूको प्रयोग गराउनु हुनेछ ।
आनन्द इभेन्टस् एण्ड मिटिङस्मा सुरू भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न तहका कर्मचारी, उद्योगी, व्यवसायी, विद्यार्थी साथै विभिन्न पेशामा आवद्ध विभिन्न स्थान र क्षेत्रका करिब ५०० जनाको सहभागिता छ ।

जीवन विज्ञान प्रतिष्ठानकी संरक्षक देवी गुरुमाले रोग लाग्न नदिनका लागि हरेक दिन योगासन, प्राणायाम र ध्यान गर्नुपर्ने बताउ...
16/08/2025

जीवन विज्ञान प्रतिष्ठानकी संरक्षक देवी गुरुमाले रोग लाग्न नदिनका लागि हरेक दिन योगासन, प्राणायाम र ध्यान गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्स स्थापनाको हीरक जयन्तीको अवसरमा जीवन विज्ञान तारकेश्वर नगर परिषदको संयोजन र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा २०८२ साउन ३० गते तारकेश्वरमा भएको ‘महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा सचेतना’ कार्यक्रमको उद्घाटन गर्दै गुरुमाले बेलैमा रोगको परीक्षणले सम्भावित खतरालाई टार्न सकिने बताउँदै रोग लाग्न नदिनेतर्फ जोड दिनुपर्ने बताउनु भएको हो । उहाँले रोग लाग्न नदिनका लागि योगासन, प्राणायाम र ध्यान गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि मर्हजनले मानिसलाई निरोगी बनाउनु राज्यको दायित्व भएको बताउँदै स्थानीय सरकारका तर्फबाट आफूले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्यका लागि नगरपालिका सधैँ साथमा रहने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वरका विभिन्न स्थानका महिलाहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

श्रद्धेय भानु गुरुदेवको दिव्य सन्देश–‘हरेक व्यक्तिले आफूभित्रको ऊर्जा चिन्नु पर्दछ ।’ नेपाल विद्युत प्राधिकरणको ४० औँ वा...
16/08/2025

श्रद्धेय भानु गुरुदेवको दिव्य सन्देश–‘हरेक व्यक्तिले आफूभित्रको ऊर्जा चिन्नु पर्दछ ।’
नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवमा श्रद्धेय गुरुदेवले व्यक्तिले आफूभित्रको ऊर्जा चिनेपछि सहकार्य र कार्यक्षमता बढ्ने बताउनु भयो । उहाँले विद्युत प्रधिकरणले बाहिरी संसार उज्यालो बनाउने काम गरेजस्तै जीवन विज्ञानले मानिस भित्रको उज्यालो खोजी रहेको बताउनु भयो ।
उहाँले आध्यात्मिक व्यक्तिले संस्थाको नेतृत्व गरे संस्थाले उचाइ दिने बताउँदै संस्था सबै व्यक्ति आध्यात्मिक भए सहकार्य र संस्थाको उत्पादकत्वमा बृद्धि हुने उहाँको भनाइ छ ।
कार्यक्रममा गुरुदेवले स्वजागरण ध्यानविधिको अभ्यास गराउँदै हरेक व्यक्तिले योग र ध्यान दैनिक अभ्यास गरे मानिसले आफूभित्रको जीवन ऊर्जा चिन्ने, निरोगी, ऊर्जाशील र आनन्दित जीवन बाँच्ने बताउँनु भयो ।

नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयमा स्वजागरण कार्यक्रम सम्पन्न
16/08/2025

नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयमा स्वजागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । श्रावण ३० गते शुक्रवार , नेपाल बिधुत प्राधिकरण को वार्षिकोत्सव को अवसरमा बिधुत प्राधिकरण केन्द्रिय क...

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !

Address

Ganesh Marg, Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jeevan Vigyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jeevan Vigyan:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram