Jeevan Vigyan

Jeevan Vigyan Jeevan Vigyan is a complete spirituality center dedicated to the overall development of human life.

Life (Jeevan) is the reservoir of infinite knowledge, love, affluence, beauty and mystery that exists as a seed within us. Science (Vigyan) is the body of knowledge that is free from all dogmas, faiths, assumptions, and preconceptions. Jeevan Vigyan is the eternal and melodious flow of truthful, simple and liberating knowledge.

जीवन विज्ञान सत्संग - सीता जयन्ती विशेष१२ बैशाख २०८३
25/04/2026

जीवन विज्ञान सत्संग - सीता जयन्ती विशेष
१२ बैशाख २०८३

1 like. "जीवन विज्ञान सत्संग"

जीवन विज्ञान सत्सङ्ग
25/04/2026

जीवन विज्ञान सत्सङ्ग

आरोग्यपूर्ण जीवनका सात आयाम
24/04/2026

आरोग्यपूर्ण जीवनका सात आयाम

आरोग्यपूर्ण जीवनका सात आयाम || Ramesh Nepal | Episode 3403

लोकतन्त्र दिवसकाे शुभकामना !
23/04/2026

लोकतन्त्र दिवसकाे शुभकामना !

International  Wellness Day L P Bhanu Sharma At United Nation Headquarters, New York 17th April 2026
23/04/2026

International Wellness Day L P Bhanu Sharma At United Nation Headquarters, New York 17th April 2026

International Wellness Day L P Bhanu Sharma At United Nation Headquarters, New York 17th April 2026

ऊर्जाध्यानको साधनाबाट आफूभित्रको गहन शान्ति र शून्यतालाई अनुभव गर्ने ‘मौन रहस्य विज्ञान’ २०८२ चैत २९ गते सम्पन्न भएको छ ...
23/04/2026

ऊर्जाध्यानको साधनाबाट आफूभित्रको गहन शान्ति र शून्यतालाई अनुभव गर्ने ‘मौन रहस्य विज्ञान’ २०८२ चैत २९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीले सात दिनको मौन साधनाबाट आफ्नो जीवनलाई पूर्णरूपमा हेर्न सकेको अनुभव सुनाए । जीवनलाई बुझ्न चाहनेले मौन साधनामा सहभागी हुनै पर्ने उनीहरूको भनाइ थियो ।
जीवन विज्ञान चाबहिलमा भएको एकसाता लामो कार्यक्रममा श्रद्धेय गुरुदेवद्वयले मौनका विभिन्न रहस्यको प्रयोग र अभ्यास गराउनु भएको थियो ।
जीवन विज्ञानद्वारा प्रतिपादित लय विज्ञान सम्पन्न गरेका साधकले मात्र सहभागिता हुन पाउने यस आवासीय कार्यक्रममा ३७ जना सहभागी थिए ।

काठमाडौँको बानेश्वरमा २०८२ चैत्र २२ गतेदेखि सुरु भएको ‘चक्र विज्ञान’ कार्यक्रम चैत २८ गते समापन भएको छ ।चक्र विज्ञानमा स...
21/04/2026

काठमाडौँको बानेश्वरमा २०८२ चैत्र २२ गतेदेखि सुरु भएको ‘चक्र विज्ञान’ कार्यक्रम चैत २८ गते समापन भएको छ ।
चक्र विज्ञानमा सहभागी भएपछि आफूमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट र साहस बढेको महसुस भएको सहभागीले बताए । उनीहरूले खुसी, सुख, शान्त र समृद्ध जीवन जिउने कला सिकेको बताएका छन् ।
सातदिने कार्यक्रममा मानव शरीरमा सूक्ष्म ऊर्जा केन्द्रका रूपमा रहेका चक्र सक्रिय र सन्तुलित बनाउन श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग र ध्यानका वैज्ञानिक र प्रयोगात्मक अभ्यास तथा विधिहरूको प्रयोग गराउनु भयो ।
बानेश्वर स्थित आनन्द इभेन्ट्समा भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न तहका कर्मचारी, उद्योगी, व्यवसायी, विद्यार्थी साथै विभिन्न पेशामा आवद्ध विभिन्न स्थान र क्षेत्रका करिब ५०० जनाको सहभागिता थियो ।

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयको आयोजनामा हात्तीवन–चम्पादेवी पदमार्गमा ‘स्वजागरण’ सगैँ ‘...
21/04/2026

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयको आयोजनामा हात्तीवन–चम्पादेवी पदमार्गमा ‘स्वजागरण’ सगैँ ‘आरोग्य पदयात्रा’ सम्पन्न भएको छ ।
पदयात्रामा परराष्ट्र सचिव अमृतबहादुर राईले स्वागत गर्नुभयो । उहाँले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेसँगै नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटन’ को गन्तव्यका रूपमा विकास गर्ने सरकारको नीतिबारे प्रकाश पार्नुभयो ।
पदयात्रा सुरु हुनु अगाडि सहभागीहरूलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले ‘स्वजागरण’ ध्यान विधिको अभ्यास गराउनुभयो ।
पदयात्रामा काठमाडौँस्थित ३५ भन्दा बढी देशका राजदूतहरू, कूटनीतिक नियोगका अन्य सदस्यहरू तथा सरकारका उच्च पदाधिकारीहरूको सहभागिता थियो ।

मानव जीवन ऊर्जाहरूको गहन आदान प्रदानबाट निर्मित छ । यस कार्यक्रममा आफूभित्र रहेको कुण्डलिनी शक्तिका चक्ररूपी सात ऊर्जा क...
20/04/2026

मानव जीवन ऊर्जाहरूको गहन आदान प्रदानबाट निर्मित छ । यस कार्यक्रममा आफूभित्र रहेको कुण्डलिनी शक्तिका चक्ररूपी सात ऊर्जा केन्द्रलाई सक्रिय गरी खेर गइरहेको जीवन ऊर्जालाई सकारात्मक मार्गमा रूपान्तरण गर्ने व्यावहारिक प्रयोग गरिन्छ । यी चक्रहरू निष्क्रिय रहनु नै रोग, अशान्ति र असफलताको कारण हो भने चक्रहरू सक्रिय गरेर स्वास्थ्य, शान्ति र सफलता सिर्जना गर्न सकिन्छ। हाम्रो मेरुदण्डमा सूक्ष्म कायाका रूपमा रहेका सात वटा चक्रहरूले जीवनी या कुण्डलिनी ऊर्जालाई प्रवाहित गर्दछन् । ध्यान, योग साधनामा रहस्यमयी सूत्रहरूको प्रयोगबाट कुण्डलिनी ऊर्जा र चक्रहरूलाई सक्रिय एवं स्वस्थ बनाउन सकिन्छ ।

चक्र विज्ञानः २०८३ वैशाख १३ गतेदेखि १९ गतेसम्म
स्थानः सिद्धार्थ कटेज, धनगढी , वडा नं. २

सहभागी फारम खुला भइसकेको छ।
सिमित स्थान रहेकाेले बेलैमा आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
https://jeevanvigyan.org/schedules/schedule-details?id=SC108lQuYJ

सुख, शान्ति र समृद्धिसहितको आरोग्य जीवनशैली अपनाउने मार्गदर्शनका लागि जीवन विज्ञानले योग, ध्यान र आरोग्यका अभ्यास गर्दै ...
20/04/2026

सुख, शान्ति र समृद्धिसहितको आरोग्य जीवनशैली अपनाउने मार्गदर्शनका लागि जीवन विज्ञानले योग, ध्यान र आरोग्यका अभ्यास गर्दै आएको छ । ती प्रयोगशालाहरूमा लाखौँ व्यक्तिले आरोग्य लाभ गरिरहेका छन् । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा जीवन विज्ञानका ५ सय बढी प्रयोगशलाहरूले आयोजना गरेका कार्यक्रमको प्रतिनिधिमूलक तस्विरहरू
भाग–२

सुख, शान्ति र समृद्धिसहितको आरोग्य जीवनशैली अपनाउने मार्गदर्शनका लागि जीवन विज्ञानले योग, ध्यान र आरोग्यका अभ्यास गर्दै ...
20/04/2026

सुख, शान्ति र समृद्धिसहितको आरोग्य जीवनशैली अपनाउने मार्गदर्शनका लागि जीवन विज्ञानले योग, ध्यान र आरोग्यका अभ्यास गर्दै आएको छ । ती प्रयोगशालाहरूमा लाखौँ व्यक्तिले आरोग्य लाभ गरिरहेका छन् । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा जीवन विज्ञानका ५ सय बढी प्रयोगशलाहरूले आयोजना गरेका कार्यक्रमको प्रतिनिधिमूलक तस्विरहरू
भाग–१


Address

Ganesh Marg, Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jeevan Vigyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jeevan Vigyan:

Share