Hamro Sambandha Medical Hall & Labrotory Clinic

Hamro Sambandha Medical Hall & Labrotory Clinic Medical Company

A Hamrosambandha is a health care facility that provides both general and specialist examinations and treatments for a wide variety of diseases and injuries to outpatients and is usually independent of a hospital.

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?  Dr. Dr. Navin Kumar Mishra,  Pulmonologist Navin Mishr...
03/06/2025

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?
Dr. Dr. Navin Kumar Mishra, Pulmonologist Navin Mishra भन्नुहुन्छ।

चुरोटले शरीरलाई धेरै तरिकाले हानि पुर्‍याउँछ । यो यस्तो बानी हो । जसले मृत्युको मुखमा पुर्‍याउन सक्छ । चुरोटका क.....

ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ? जानिराखौ================================(जानकारी शेयर गर्ने गर्नुहोला ता...
11/04/2025

ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ? जानिराखौ
================================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
================================
डा. हेमराज कोइराला

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
Gastric-Ulcer-4-300x296
उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

09/01/2024
जाडोमा निमोनिया र फ्लु,चिसो ,एलर्जि विरुद्ध खोप लगाउनुहोस !!!हाम्रो क्लिनकमा आउन नभ्याए हामी  तालिम प्राप्त रजिस्टरड स्व...
22/12/2023

जाडोमा निमोनिया र फ्लु,चिसो ,एलर्जि विरुद्ध खोप लगाउनुहोस !!!
हाम्रो क्लिनकमा आउन नभ्याए हामी तालिम प्राप्त रजिस्टरड स्वास्थ्य कर्मि तपाइको घरमै आएर खोप लगाइदिने पनि व्यवस्था छ।
यो खोप कति महत्वपुर्ण छ र फ्लु र निमोनिया बाट कति मानिसहरु ग्रसित छन् यसको जानकारि लिन तल दिएको लिकंमा जानुहोला।

खोपका लागि सम्झनुहोस् : ०१-५१०७०६२ | ९८६२८६१६५८ | ९८४१३८४१००
इमेल : nirmalghimire0@gmail.com

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता

More information :
https://www.worldlifeexpectancy.com/nepal-influenza-pneumonia


Pneumonia and Influnza vaccine Available💉💉

दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधिकाठमाडौं- दशैंको बेला घर जाँदा हवाईजहाज र बस दुई किसिमका यातायातका साधनमा गरिन्छ। त...
16/10/2023

दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि

काठमाडौं- दशैंको बेला घर जाँदा हवाईजहाज र बस दुई किसिमका यातायातका साधनमा गरिन्छ। त्यसमा पनि अधिकांश बसको यात्रा नै गर्ने गर्छन्। बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ।

अनि पेट उमठेर बान्ता हुने हुन्छ। बसको यात्रामा त्यस्तो समस्या हुने मान्छेले अदुवा खाने, पानी खाने, अनि हल्का (साधारण) खाना खाएर यात्रा गर्नु राम्रो हुन्छ।

यात्राको बेलामा विभिन्न कारण बिरामी पर्ने पनि हुन्छ। जस्तो: बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्। यी समस्या समाधानका लागि आफैंले औषधि बोक्न सकिन्छ। यस्ता छन् यात्राका क्रममा बोक्दै पर्ने औषधि:

बान्ता रोक्ने ओषधि (मेटोकोलोप्राइमिड)
बसको यात्रा गर्दा बान्ता हुने व्यक्तिले जहिले पनि बस चढ्नु एक/डेढ घण्टाअघि बान्ता रोक्ने औषधि सेवन गर्नुपर्छ। यस्तो औषधि एक दुई पत्ता बोक्न जरुरी हुन्छ किनभने आफूलाई बान्ता नआए पनि छेउमा बसेको व्यक्तिलाई आउन सक्छ।

ग्याष्ट्रिकको औषधि
यात्राका क्रममा लामो समयसम्म खान पाइँदैन। अर्थात् खानपानको समय नमिल्न सक्छ। खानपान नमिल्दा पेटमा ग्याष्ट्रिक हुन सक्छ। पहिलादेखिकै ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई त झनै गाह्रो हुन सक्छ। त्यसैले यात्रा गर्दा ग्यास्ट्रिकको औषधि बोक्न अनिवार्य छ।

जीवनजल
यात्राका बेलामा कहिलेकाहीँ खानपान नमिल्दा पखाला पनि लाग्न सक्छ। पखाला रोक्नका लागि जीवनजलले अति महत्वपूर्ण काम गर्छ। पखाला लागेको बेलामा शरीर एकदमै कमजोर भइरहेको हुन्छ। जीवनजलले शरीरलाई शक्ति पनि दिन्छ।

मास्क
धुलो-धुवाँ, रुघाखोकी, भाइरल लगायत विभिन् नखाले संक्रमणजन्य रोगबाट बच्न मास्कको प्रयोग अनिवार्य छ। मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि पनि मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। यात्राको क्रममा मास्क झनै आवश्यक वस्तु हो। भीडभाडमा मास्कको प्रयोगले विभिन्नखाले संक्रमणबाट जोगाउनुका साथै धुलो-धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी समस्या हुन दिँदैन।

प्राथमिक उपचारका सामग्री
लामो यात्रा गर्दा जहिले पनि प्राथमिक उपचारका लागि सामग्री बोक्न आवश्यक छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामाग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैं गर्न सकिन्छ।

बच्चाको डाइपर र स्यानिटरी प्याड
यात्राको क्रममा साथमा साना बच्चाहरू छन् भने बच्चाले प्रयोग गर्ने डाइपर बोक्न अनिवार्य हुन्छ। बच्चाहरुले बेलाबेलामा दिसापिसाब गर्दा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

यस्तै महिलाले यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो। महिनावारीको समय नजिकिँदै छ भने झनै छुटाउनै हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। त्यस कारण आफूलाई आवश्यक नपरे पनि छेउछाउका अन्य व्यक्तिहरुले बोक्न बिर्सिँदा प्रयोग गर्न सजिलो हुन्छ।

बिरामीको नियमित औषधि
कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन। नियमित औषधि छुट्यो भने आफूले प्रयोग गरिरहेको औषधि सबै ठाउँमा पाइन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो नियमित औषधि भने छुटाउनै हुँदैन।

हाम्रो सेवा साथै सेवा दिने स्वास्थ्यकर्मिहरु।।
24/09/2023

हाम्रो सेवा साथै सेवा दिने स्वास्थ्यकर्मिहरु।।

VACANCY ANNOUNCEMENT!ASSISTANT PHARMACIST We are looking for a qualified customer-focused pharmacist to support our phar...
23/06/2023

VACANCY ANNOUNCEMENT!

ASSISTANT PHARMACIST
We are looking for a qualified customer-focused pharmacist to support our pharmacy & sales department.

• Salary: Negotiable

• Job Location: Kathamndu -6 Bouddha,Munal chowk
• Qualification: Diploma in Pharmacy with NPC registered
• Experience: Minimum 1 year of professional experience
•Time 10 am to 6 Pm
JOB SPECIFICATIONS:
• Instruct customers on how and when to take products & medications
• Keep accurate records of customers and products
• Remove outdated and damaged drugs from the inventory
• Ensure a safe and clean working environment
• Performing other administrative tasks when needed
• Maintain full control over delivering, stocking, and labeling products
• Comply with all applicable legal rules, regulations, and procedures

Interested candidates can share their CV’s at nirmalghimire0@gmail.com or call on 01-5107062,9841384100

Address

Near (divya Hospitality Pvt. Ltd. ) By Foot 3min
Kathmandu

Opening Hours

Monday 06:30 - 21:00
Tuesday 06:30 - 21:00
Wednesday 06:30 - 21:00
Thursday 06:30 - 21:00
Friday 06:30 - 21:00
Saturday 06:30 - 21:00
Sunday 06:30 - 21:00

Telephone

015107062

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sambandha Medical Hall & Labrotory Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro Sambandha Medical Hall & Labrotory Clinic:

Share

Category