Your Mental Health Doctor

Your Mental Health Doctor Mental Health Matters

08/01/2026
05/01/2026

समाजले के भन्छ अरुले के सोच्छन भन्ने डरले आफ्नो कति सपनाहरुको त्याग गर्नु परेको छ कहिल्यै सोच्नु भएको छ?

मानसिक स्वास्थ्य समस्या: पहिचान र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममिति: २०८२ पौष १८ गते, शुक्रबार, समय: बिहान ११:००...
31/12/2025

मानसिक स्वास्थ्य समस्या: पहिचान र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

मिति: २०८२ पौष १८ गते, शुक्रबार, समय: बिहान ११:०० देखि १२:०० बजेसम्म

उक्त कार्यक्रममा सहभागी हुन चाहनुहुने महानुभावहरूले तल दिइएको Zoom Link मा क्लिक गरी जोडिन सक्नुहुनेछ।

29/12/2025
29/12/2025
27/12/2025

कतै तपाइहरु पनि अरुको लागि बाच्दा बाच्दै , अरुलाइ खुसी बनाउने चक्करमा आफ्नै वेवस्ता गर्नु भएको त छैन? अरुको आँसु पुछन खोज्दा आफ्नै आँसु बगिरहेको त छैन ??

26/12/2025

Overthinking कमजोरी हैन यो दिमागको सुरक्षा प्रणाली हो । सबै सोच सत्य हुदैन धेरै सोछ त Anxiety ले बनाएको Noise मात्र हुन्छ । आउनुहोस यस्लाइ कम गर्ने तरिकाबारे बुझौं ।

25/12/2025

देश बनाउने जिम्मा अब जनताको हातमा छ ।
©Thenaturetrails

कसैले अपमान गर्‍यो, बेवास्ता गर्‍यो, या उक्सायो भने शरीर पहिला चल्छ। धड्कन बढ्छ शरीर तन्किन्छ शब्दहरू हतारिन्छन्।यो Amyg...
24/12/2025

कसैले अपमान गर्‍यो, बेवास्ता गर्‍यो, या उक्सायो भने शरीर पहिला चल्छ। धड्कन बढ्छ शरीर तन्किन्छ शब्दहरू हतारिन्छन्।
यो Amygdala ले चलाएको अवस्था हो।
एकछिन रोकिनुहोस एक सास लिनुहोस । मनमै भावना नामाकरण गर्नुहोस: रिस, दुख, डर। यही सानो कदमले नियन्त्रण prefrontal cortex तिर सार्छ।
अब मनमा एक आदेश दिनुहोस:
“मलाई अन्त्यमा के चाहिएको हो?”
बदला होइन। क्षणिक राहत होइन। परिणाम।
महसुस गरेकोभन्दा ढिलो बोल्नुहोस । आवाज तल राख्नुहोस ।छोटो वाक्य प्रयोग गर्नुहोस। प्रतिक्रियाले क्षणिक सान्त्वना दिन्छ।उत्तरले दीर्घकालीन शक्ति बनाउँछ।
रोक्ने अभ्यास गर्नुहोस। त्यही रोक नै भावनात्मक बुद्धिमत्ता हो।

“ मानसिक स्वास्थ्य सचेतना अभियान २०८२”स्कुल हेल्थ नर्सहरुलाइ मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण  कार्यक्रममा जोडिन जुम...
21/12/2025

“ मानसिक स्वास्थ्य सचेतना अभियान २०८२”
स्कुल हेल्थ नर्सहरुलाइ मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जोडिन जुम लिंक स्क्यान गर्नुहोस् |
“मनको कुरा गरौ”
Ministry of Health and Population-Nepal Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre

तनावका विभिन्न सामाजिक-आर्थिक, व्यावसायिक, शैक्षिक, रोगसँग सम्बन्धित, व्यक्तिगत, पारिवारिक र वातावरणीय कारणहरू हुन्छन्। ...
20/12/2025

तनावका विभिन्न सामाजिक-आर्थिक, व्यावसायिक, शैक्षिक, रोगसँग सम्बन्धित, व्यक्तिगत, पारिवारिक र वातावरणीय कारणहरू हुन्छन्। परामर्शको लागि ११६६ मा सम्पर्क गरौ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal

सोच (Thought) भनेको के हो?हामीलाई थाहा छ कि हाम्रो मस्तिष्कभित्र एउटा छुट्टै संसार हुन्छ, जहाँ अरबौँ साना कोशिकाहरू हुन्...
19/12/2025

सोच (Thought) भनेको के हो?

हामीलाई थाहा छ कि हाम्रो मस्तिष्कभित्र एउटा छुट्टै संसार हुन्छ, जहाँ अरबौँ साना कोशिकाहरू हुन्छन्; ती कोशिकाहरूलाई 'न्युरोन' भनिन्छ। ती न्युरोनहरूले एक–अर्कालाई छोइरहन्छन् र सधैँ एक-आपसमा कुरा गरिरहेका हुन्छन्। जब हामी केही देख्छौँ, सम्झन्छौँ वा कुनै कुरा मनमा आउँछ, तब पहिले एउटा न्युरोनमा सानो बिजुलीको सङ्केत दौडिन थाल्छ र त्यसपछि त्यसले रासायनिक पदार्थ (केमिकल) छोड्छ, जुन अर्को न्युरोनसम्म पुग्छ। यसरी एक न्युरोनबाट अर्को न्युरोनमा सन्देश प्रवाह हुँदै जान्छ। जब धेरै न्युरोनहरूले एकैचोटि बिजुली र केमिकल प्रयोग गरेर आपसमा कुरा गर्छन्, त्यसपछि मस्तिष्कभित्र एउटा विशेष ढाँचा बन्छ र त्यही ढाँचालाई नै ‘सोच’ भनिन्छ। सरल शब्दमा भन्नुपर्दा, सोच भनेको मस्तिष्कभित्र हुने बिजुली र रासायनिक प्रतिक्रिया हो।

यो कुरा एउटै व्यक्तिले पत्ता लगाएको होइन। सोचको बारेमा कुरा गर्दै गर्दा, हामीले तीन महान् व्यक्तित्वहरूलाई भुल्नुहुँदैन:

१) लुइजी गाल्भानी
यिनले स्नायुमा बिजुलीको भूमिका हुन्छ भनेर प्रमाणित गरे।

२) सान्तियागो रामोन इ काजाल
यिनले मस्तिष्क न्युरोनबाट बनेको हुन्छ भनेर प्रमाणित गरे।

३) ओटो लोवी
यिनले न्युरोनहरूबीच रासायनिक पदार्थ प्रयोग भएर सन्देश जान्छ भन्ने कुरा देखाए।

यी सबै वैज्ञानिकहरूको संयुक्त योगदानबाट आज हामी सोच के हो भन्ने कुराको वैज्ञानिक बुझाइमा पुगेका हौँ।
BY : Sanjiwan Pradhan

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Your Mental Health Doctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram