BPH

BPH Mnemonics and MCQ relared to loksewa entrance exam related to HA,SN,CMA,ANM

08/04/2026
08/04/2026

''स्वास्थ्य बीमा सुरु भएको दशौं वर्ष पुरा: जनताका अपेक्षा अझै अपुरा''
दशौं स्वास्थ्य बीमा दिवस २०८२ को शुभकामना।

HA License Online Preparation क्लास चैत्र 13 गते बेलुका 7: 30 देखि सञ्चालन हुन गईरहेकोले सम्पर्क गर्नु होला। Offer Free ...
24/03/2026

HA License Online Preparation क्लास चैत्र 13 गते बेलुका 7: 30 देखि सञ्चालन हुन गईरहेकोले सम्पर्क गर्नु होला। Offer Free only Rs. 3000, No. 984-0353334

FOR LOKSEWA PREPARATION AHW ANM HA SN LA LT DPH

14/03/2026

राष्ट्रिय जनगणना २०७८ बारे संक्षिप्त जानकारी
~~~~~~~~~~~~~~~~~~~~~~~

• नेपालको जनसंख्या : २,९१,६४,५७८
• महिला : ५१.१३ प्रतिशत
• पुरुष : ४८.८७ प्रतिशत
• लैङ्गिक अनुपात: प्रति १०० जना महिलामा पुरुष ९५.५९
• औसत जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
• सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला : भक्तपुर
• सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला : रामेछाप
• जनसंख्या वृद्धिदर ऋणात्मक र धनात्मक भएका जिल्लाको संख्या: ऋणात्मक ३४ र धनात्मक ४३
• जनघनत्व : १९८ जना प्रति वर्ग किलोमिटर
• जनघनत्व सबैभन्दा धेरै भएको जिल्ला काठमाडौं
• जनघनत्व सबैभन्दा कम भएको जिल्ला : मनाङ
• जनघनत्व सबैभन्दा धेरै भएको प्रदेश मधेस
• जनघनत्व सबैभन्दा कम भएको प्रदेश: कर्णाली
• १५-५९ वर्ष समूहको जनसंख्या ६१.९६ प्रतिशत
• १४ वर्ष वा सो भन्दा कम उमेरको जनसंख्या २७.८३ प्रतिशत
• ६० वर्ष वा सो भन्दा माथिको उमेरको जनसंख्या १०.२१ प्रतिशत
• परिवारको औसत आकार : ४.३७ जना
• परिवारको औसत आकार सबैभन्दा धेरै र कम भएको जिल्ला क्रमशः रौतहट र दोलखा
• नगरपालिकामा बसोबास गर्नेको जनसंख्या ६३.१९ प्रतिशत
• गाउँपालिकामा बसोबास गर्नेको जनसंख्या : ३६.८१ प्रतिशत
• सबैभन्दा धेरै जनसंख्या भएका ५ जिल्ला काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी
• सबैभन्दा कम जनसंख्या भएका ५ जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
• तराईको जनसंख्या : ५३.६१ प्रतिशत
• हिमालको जनसंख्या : ६.०८ प्रतिशत
• पहाडको जनसंख्या : ४०.३१ प्रतिशत
• सबैभन्दा धेरै र कम जनसंख्या भएको प्रदेश क्रमशः बागमती र कर्णाली
• जनसंख्याको आधारमा प्रदेशको क्रम (धेरैबाट थोरै) बागमती, मधेस, लुम्बिनी, कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली)
• साक्षरता दर : ७६.२ प्रतिशत
• पुरुष साक्षरता दर : ८३.६ प्रतिशत
• महिला साक्षरता दर ६९.४ प्रतिशत❤️🙏

14/03/2026

लोकसेवामा नाम निकाल्ने 15 वटा मूल मन्त्रहरु❣️🙏
=================================
१. "किन?" को उत्तर खोज्नुहोस् – लक्ष्य केवल जागिर होइन, जिम्मेवारी हो, आफूलाई दिनहुँ सम्झाउनुहोस् – तपाई किन लोकसेवा पास गर्न चाहनुहुन्छ ? केवल पैसा र प्रतिष्ठाका लागि हो ? कि समाज परिवर्तनका लागि ? स्पष्ट उद्देश्यले तपाईको तयारीमा गहिरो इन्धन दिन्छ ।

२. किताब होइन, सेलेबस पढ्नुहोस्: धेरै किताब होइन, पाठ्यक्रम (syllabus) प्राथमिक हो । हरेक पढाइको सुरुवात सिलेबस हेरेर गर्नुहोस् । त्यसले तपाईंलाई गन्तव्य नछुट्ने बनाउँछ ।

३. Toppers को वा अरुको होइन, आफ्नो strategy बनाउनुहोस्: अरूको विधि सिक्नुहोस्, तर अन्धानुकरण नगर्नुहोस् । तपाई कुन समय पढ्दा productive हुनुहुन्छ ? कुन विषय कमजोर छ ? त्यही अनुसार time-table बनाउनुहोस् ।

४. Limited Resources + Multiple Revisions = Success: १० किताब होइन, २ वटा राम्रो नोट्सलाई ५–७ पटक revise गर्नुहोस् ।गहिरो दोहोऱ्याइँले नै परीक्षामा ठिक उत्तर दिन सक्छ ।

५. Answer Writing: तयारीको दिल ज्ञान मात्र होइन, अभिव्यक्ति पनि हरेक हप्ता कम्तिमा २-३ वटा यसले time management, प्रश्नको उत्तर लेख्ने बानी बसाल्नुहोस् । presentation र clarity दिन्छ ।

६. Current Affairs: Life-line of Loksewa दैनिक समाचार, मासिक म्यागजिन, र सरकारी वेबसाइट अपडेट गरिराख्नुहोस्। बुझेर पढ्नुहोस् – याद गरेर होइन, logic मिलाएर ।

७. Mock Test: डर हटाउने औषधि Mock परिक्षामा समय अनुसार लेख्ने बानी बनाउनुहोस् । यसले तपाईंलाई परीक्षा को वास्तविक अनुभव दिन्छ ।

८. कमजोरी लेखेर झुण्ड्याउनुहोस् – नजरपर्दा सुधार हुन्छ तपाईका कमजोर विषय, कमजोर आदतहरू लेखेर पढ्ने ठाउँमा टाँस्नुहोस् । दिनहुँ याद गर्दा सचेत र सजग रहन सकिन्छ ।

९. Self-discipline > Motivation मोटिभेसन एक दिनको कुरा हो, डिसिप्लिन जीवन बदल्ने कुरा । हरेक दिन निश्चित घण्टा बिनाबाधा पढ्ने आदत बसाल्नुहोस् ।

१०. "No Zero Days" – हरेक दिन केही न केही पढ्नुहोस् जे भए पनि, दिनमा कम्तिमा १ घण्टा पढ्नुहोस् । निरन्तरता नै JUL सफलता हो ।

११. Study + Reflection = Real Learning पढेपछि ५ मिनेट त्यही कुरा सम्झिनुहोस् - "के सिके आज ?" रिविजन गर्न सजिलो र दीर्घकालीन सम्झनामा राख्न सहयोग गर्छ ।

१२. साथी बनाऊँ – किताबलाई, मोबाइललाई होइन: मोबाइल, टिकटक, गेम्सको लतलाई पर राख्नुहोस् । किताब, नोट्स र ज्ञानवर्धक कुरा तपाईका साथी हुन् ।

१३. Failure is not opposite of succ success, it's part of it. असफलताले सिकाउँछ – किन पछि परियो, के सुधार गर्ने ? गिरनु अपराध होइन, उठेर लड्नु गौरव हो ।

१४. Meditation + Exercise = Sharp Mind: दिनको १० मिनेट ध्यान र ३० मिनेट हिँडडुलले मानसिक ऊर्जा बढाउँछ ! तनाव घटाउँछ, फोकस बढाउँछ ।

◎ १५. "Result मेरो होइन, प्रयास मेरो हो" भन्ने mindset राख्नुहोस्: परिणाम तपाईको हातमा छैन, तर प्रयास तपाईको नियन्त्रणमा छ । हरेक दिन इमानदार तयारी गर्नुहोस्, सफलता तपाईं पछ्याउँछ ।

यसरी माथि उल्लेखित 15 वटा विधि मा बाधिएर आफ्नो अध्ययन मा गहनता ल्याउन अवस्य सक्षम हुनुहुनेछ ! सबैको सपना पुरा होस् ! शुभकामना !❤️

14/03/2026

Some Strategies are:-
Triage-START strategy

Stroke-FAST strategy

Alcoholism -CAGE strategy

Tobacco-MPOWER strategy

Trochoma-SAFEstrategy

Hypertension -DASH strategy

To fix Objective-SMART strategy

25/11/2025

Aashirwad hospital Kalaiya pvt ltd मा Gynae department को लागि 3 जना experience staff ( PCL nursing staff or ANM ) चाहिए को छ, इच्छुक व्यक्तिले apply गर्नु होला l satisfactory salary पाउनु हुनेछ l SBA trained staff लाई first priority दिइनेछ l

सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा...
15/11/2025

सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा उपलब्ध हुनेछ। साथै Master CEE, लोकसेवा तथा काउन्सिल preparation क्लास भइरहेकोले सम्पर्क गर्नु होला। 9840353334
https://chat.whatsapp.com/CAXz9192QxmGen7KB5qKdq

Address

Kathmandu

Telephone

+9779840353334

Website

Alerts

Be the first to know and let us send you an email when BPH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to BPH:

Share

Category