04/02/2026
आयोडिनको अत्यधिक सेवन पनि हानिकारक हुन सक्छ भन्ने कुरा के तपाईंलाई थाहा छ?
१. विश्व स्वास्थ्य संगठन (WHO) ले किशोर र वयस्कहरूका लागि दैनिक १५० माइक्रोग्राम आयोडिन सेवन सिफारिस गरेको छ।
२. विभिन्न अनुसन्धान अध्ययनहरूले नेपालमा पाइने आयोडिनयुक्त नुनमा सिफारिसभन्दा बढी आयोडिन रहेको देखाएका छन्। राष्ट्रिय सूक्ष्मपोषक तत्व स्थिति सर्वेक्षण २०१६ अनुसार १० मध्ये ९ नुनका नमूनामा आयोडिनको मात्रा १५ पीपीएमभन्दा बढी थियो र ६८% नुनका नमूनामा ४० पीपीएमभन्दा बढी आयोडिन पाइयो, जुन WHO को सिफारिसभन्दा धेरै उच्च हो।
३. ६–९ वर्ष उमेर समूहका बालबालिकामा मध्य मूत्र आयोडिन सान्द्रता (median urinary iodine concentration; mUIC) ३०० माइक्रोग्राम प्रति लिटरभन्दा बढी पाइएको थियो, जसले अत्यधिक आयोडिनको संकेत गर्छ (२०१६ को प्रतिवेदन; हालसालैका mUIC सम्बन्धी प्रतिवेदन फेला परेका छैनन्)।
४. २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) अनुसार ९८% घरधुरीले आयोडिनयुक्त नुन उपभोग गर्छन्।
५. विश्वव्यापी अनुसन्धान अध्ययनहरूले पहिले आयोडिनको कमी भएको जनसंख्यामा सानो मात्रामा आयोडिन सेवन बढ्दा पनि (