Dr Sanduk Ruit

Dr Sanduk Ruit Dr Sanduk Ruit
This page is managed by the Ruit Foundation.

Dr. Sanduk Ruit, Founder & Executive Director of the Tilganga Institute of Ophthalmology, is a globally celebrated ophthalmologist, renowned for pioneering the small-incision cataract surgery (SICS) technique and establishing the outreach microsurgical eye camp model. His work has brought affordable and high-quality eye care to underserved communities across the developing world. Over his career, he has personally restored vision to over 150,000 individuals, transforming millions of lives and advancing global eye health equity.

प्रिय शुभचिन्तकहरु,भदौ २३ र २४ मा "जेन-जी" ले नेपालमा व्याप्त राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको विरोध प्रदर्श...
15/09/2025

प्रिय शुभचिन्तकहरु,

भदौ २३ र २४ मा "जेन-जी" ले नेपालमा व्याप्त राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुको परिवारलाई यो असिम शोकको घडीमा समवेदना प्रकट गर्दछु । प्रदर्शनकै क्रममा घाइते हुनुभएका सबैको शिर्घ स्वास्थ्यलाभको कामना गर्दछु ।

लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनुभयो । मलाई भोलीका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविदा छैन ।

मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् ।

हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।

अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।

धन्यवाद

डा. सन्दुक रुईट

विशेष अनुरोधपरिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असह...
09/09/2025

विशेष अनुरोध

परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं ।

सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।

धन्यवाद

डा. सन्दुक रुईट

अहिले नेपालको राजधानी काठमाडौँ लगायत देशभर युवाहरू अझ विशेष गरेर "जेन्-जी" पुस्ता शासनसत्ताको भ्रष्ट आचरण, जवाफहीन व्यवह...
09/09/2025

अहिले नेपालको राजधानी काठमाडौँ लगायत देशभर युवाहरू अझ विशेष गरेर "जेन्-जी" पुस्ता शासनसत्ताको भ्रष्ट आचरण, जवाफहीन व्यवहार र आफ्नालाई मात्रै पोस्ने रवैयाको खुलेर विरोध गर्न सडकमा उत्रिएका छन् । सोमबार देश, माटो र झण्डाको इज्जत जोगाउन सडकमा उत्रिएका निहत्था युवाहरूको जुन रूपमा राज्यले हत्या गऱ्यो त्यसको जतिसुकै कठोर शब्दमा निन्दा गरेपनि कम हुन्छ । हिजोको घटनाले मलाई अत्यन्तै दुखित बनाएको छ । म यो पीडा शब्दमा बयान गर्न सक्दिन। नविन सोचले प्रेरित भएका देशप्रेमी सपुत गुमाउने सबै आमाबुवा प्रति म हृदयको अन्तरमनबाट समवेदना प्रकट गर्दछु।

कुनैपनि व्यक्तिको घर परिवारले बन्छ । त्यही व्यक्ति र परिवार मिलेर राज्य बन्छ । कुनै व्यक्तिको परिवार उजाड्ने अहिलेको सरकारको व्यवहारले कस्तो राज्य बन्ला ? भाद्र २३, सोमबारको दिन अब इतिहासमा "कालो सोमबार"का रूपमा दर्ज भइसकेको छ । अहिले असान्दर्भिक जस्तै भइसकेका कुनैपनि नेताको दोष निहत्था युवाको रगतले पखालेर पखालिँदैन । आफ्नो भविष्यका लागि चिन्तित "जेन्-जी" पुस्ताले सुरु गरेको यो विरोध र यो आन्दोलनले दुर्गामी अर्थ राख्नेछ भन्नेमा कुनै दुईमत छैन ।

आफ्नो सुनौलो भविष्यको सपना कुल्चिएर अगाडि बढिरहेको शासनसत्ताको विरोध गर्नु कुनै अपराध होइन । तर आफ्नो भावनालाई सडकमा मुखरित गर्ने अबोध केटाकेटीको हत्या गर्नु अक्षम्य अपराध हो । त्यही अपराधी मनोवृत्तिले शासनसत्ता चलाइरहन सकिन्छ भन्ने सोच कसैले राख्नु हुँदैन ।

अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन् । अबको परिवर्तन रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुनेछ भन्ने अपेक्षा म र मजस्तै धेरै अभिभावकहरुले लिएका छौं । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।

डा. सन्दुक रूईट

डा. सन्दुक रुईट र तिलगंगा अस्पतालका आँखा विशेषज्ञ टोलीले सन् २०१६ मा कालिम्पोङ पुगेर त्यहाँ दृष्टिमा समस्या भएकाहरुको उप...
04/09/2025

डा. सन्दुक रुईट र तिलगंगा अस्पतालका आँखा विशेषज्ञ टोलीले सन् २०१६ मा कालिम्पोङ पुगेर त्यहाँ दृष्टिमा समस्या भएकाहरुको उपचार गर्नुभएको थियो । ती मध्ये भालुखोप कालिम्पोङकी ५४ वर्षीया चन्द्र माया राईको दुवै आँखामा मोतियाबिन्दु भएकै कारण दृष्टिविहिन हुनुहुन्थ्यो । शल्यक्रिया पछि पुनः देख्न भएसँगै उहाँ निकै हर्षित हुनुभएको थियो । सँगै डा. रुईट पनि निकै खुशी हुनुभयो ।

Photo by : Michael Amendolia

𝐅𝐫𝐨𝐦 𝐚𝐫𝐜𝐡𝐢𝐯𝐞 : The Chepangs are a marginalized community living in the mid-hills of Nepal, where a majority of the popul...
21/08/2025

𝐅𝐫𝐨𝐦 𝐚𝐫𝐜𝐡𝐢𝐯𝐞 : The Chepangs are a marginalized community living in the mid-hills of Nepal, where a majority of the population live in abject poverty with little to no access to quality health care. Bir Bahadur Praja, Sun Maya Praja and Shakti Man Praja, three siblings from the Chepang community were cured of blindness by Dr. Sanduk Ruit at an outreach camp organized in collaboration with the Hetauda Community Eye Centre in 𝐌𝐚𝐫𝐜𝐡 𝟐𝟎𝟐𝟑.

Here, we see an iconic moment when Dr. Ruit readies to perform surgery on sister Sun Maya Praja's, while Shakti Man Praja, her brother waits for his turn for surgery.

नेपाल आँखा कार्यक्रम अन्तर्गत संचालनमा रहेको हेटौंडा सामुदायीक आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरपछि बिरामीहरुको साथ...
07/08/2025

नेपाल आँखा कार्यक्रम अन्तर्गत संचालनमा रहेको हेटौंडा सामुदायीक आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरपछि बिरामीहरुको साथमा डा. सन्दुक रुईट । काठमाडौंमा स्थापना गरिएको तिलगंगा आँखा अस्पताल जस्तै काठमाडौं बाहिर समुदायस्तरमा पनि गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्नका लागि १७ वर्ष अगाडि हेटौंडा सामुदायीक आँखा अस्पतालको स्थापना गरिएको थियो ।

Photo By :

Dr Ruit passes through his patients as he makes his way to the operating room in Indonesia during an outreach microsurgi...
23/07/2025

Dr Ruit passes through his patients as he makes his way to the operating room in Indonesia during an outreach microsurgical eye clinic in 2013.

Image: Michael Amendolia

Sometimes, the greatest reward is a smile like Chewang Dhundup’s. Sixty-year-old Chewang Dhundup lives in the remote hig...
16/07/2025

Sometimes, the greatest reward is a smile like Chewang Dhundup’s.

Sixty-year-old Chewang Dhundup lives in the remote highlands of Gorkha. Two years ago, cataracts robbed him of his sight, and with it, his sense of purpose. At his lowest, Chewang even contemplated ending his life - but his wife always believed a miracle would arrive.

In April 2025, a screening team from the Tilganga Institute of Ophthalmology diagnosed Chewang’s cataracts, and his surgery was performed by Dr Ruit during an outreach in Gorkha. The next day, when his eye patches were removed, Chewang saw the world again – and with it - found his smile again.

नेपाल प्रहरी स्टाफ कलेजमा 'मास्टर्स अफ पुलिस साइन्स' (एमपीएस) मा अध्ययनरत १७ जना प्रहरी नायव उपरीक्षकहरुलाई 'सर्भिङ सोसा...
06/07/2025

नेपाल प्रहरी स्टाफ कलेजमा 'मास्टर्स अफ पुलिस साइन्स' (एमपीएस) मा अध्ययनरत १७ जना प्रहरी नायव उपरीक्षकहरुलाई 'सर्भिङ सोसाइटी थ्रु भिजन : लिडरसिप इन ह्युमेनेटेरियन सर्भिस' विषयमा सञ्चालित अन्तरक्रियात्मक कक्षामा कार्यपत्रसहित आफ्‌नो अनुभव सुनाउनु हुँदै डा. सन्दुक रुइट ।

'The worst is telling parents nothing can be done for a blind child because they have left it too long before they tried...
03/07/2025

'The worst is telling parents nothing can be done for a blind child because they have left it too long before they tried to get help. There is nothing worse than that. Nothing worse. It spurs me on to work even harder that day to give sight to everyone else that I possibly can.'
-The Barefoot Surgeon

Dr. Ruit opening the bandage day after the eye surgery at Phullari Gumba. He always loves to hear about his patients and...
29/06/2025

Dr. Ruit opening the bandage day after the eye surgery at Phullari Gumba. He always loves to hear about his patients and how their lives have turned out after the operations.

Dr. Ruit is always admired by the young generations. This photo was clicked while at recent Outreach Microsurgical Eye C...
24/06/2025

Dr. Ruit is always admired by the young generations.

This photo was clicked while at recent Outreach Microsurgical Eye Clinic held at Phullari Gumba, Kapan, from 13–15 June 2025.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Sanduk Ruit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Sanduk Ruit:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category