29/04/2026
अलि फरक विचार, तर एकपटक घोत्लिएर सोच्नुपर्ने ।😲😲😲😲 Workplace Violence against healthcare workers!
स्वास्थ्यकर्मीमाथि हिंसा हुँदा हाम्रो प्रतिक्रिया पनि पेशा अनुसार फरक देखिन्छ।
- डाक्टरमाथि हिंसा भयो, आवाज अलि ठूलो हुन्छ ।चेतावनी अलि कडा हुन्छ ।😮.
- Paramedics माथि हिंसा भयो, आवाज अलि मधुरो हुन्छ । चेतावनी अलि कमजोर हुन्छ । 🥲.
- नर्समाथि हिंसा भयो, आवाज झन् मधुरो हुन्छ । चेतावनी असाध्यै कमजोर हुन्छ । 🥲🥲.
- यी बाहेकका अरु स्वास्थ्यकर्मीहरु माथि हुने हिंसा त विरलै हाइलाइटमा आँउछन् । 🥲🥲🥲.
प्रश्न के हो भने:
हामी स्वास्थ्यकर्मीहरूबीच नै एकता कमजोर देखिन्छ। जबसम्म हामीले यसलाई “डाक्टरको समस्या”, “paramedics को समस्या”, “नर्सको समस्या” भनेर छुट्याइरहन्छौं, तबसम्म समस्या दोहोरिरहन्छ।.
हाम्रो भर्खरै गरिएको नेपालकै सबैभन्दा ठूलो sample size भएको workplace violence in healthcare setting सम्बन्धी अध्ययनले देखाएको छ कि १० मा ६ जना भन्दा बढी स्वास्थ्यकर्मी कार्यस्थलमा हुने हिंसाबाट पीडित छन्। .
त्यसैले यो कुनै एक पेशाको मात्र समस्या होइन।
यो समग्र स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान, र स्वास्थ्य प्रणालीको समस्या हो।.
आवाज पनि छुट्टाछुट्टै होइन, सँगै उठ्नुपर्छ।
डाक्टर, नर्स, paramedics, lab, pharmacy, admin, support staff—सबैको सुरक्षा उत्तिकै महत्वपूर्ण छ।.
स्वास्थ्य संस्था सुरक्षित नभएसम्म स्वास्थ्य सेवा सुरक्षित हुँदैन।.
Note: यो समस्यालाई हेर्ने एउटा angle हो । स्वास्थ्यकर्मीमाथि हुने हिंसाका कारण बहुआयामिक छन्। त्यसैले समाधान पनि बहुआयामिक नै चाहिन्छ: कानुनी सुरक्षा, hospital security, communication protocol, grievance handling, accountability, र स्वास्थ्य प्रणालीप्रतिको जनविश्वास सबै सँगसँगै सुधारिनुपर्छ।.
मननयोग्य भए सेयर गर्न सक्नुहुन्छ । 🙂.
करिब ५ बर्ष देखि स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाको अध्ययनमा घोत्लिरहेको एक अध्ययनकर्ता । ✍️Mukesh Adhikari
Ministry of Health and Population-Nepal
Swasthya Khabar Patrika
Doctor Story Nepal