17/09/2024
अहिले देखिएको सहकारी समस्या भनेको तिसौ बर्ष आलो पालो सत्तामा रहेर काङ्ग्रेस एमालेले देखाएको अकर्मण्यताको वाइ पोर्डक्ट हो , सहकारी मात्र किन? लघुबित्त, मिटर ब्याज जस्ता पनि त समस्या उठेका हुन हैन र? अझ भनौन त्यस्तो एउटा क्षेत्र बताउन गाह्रो छ जसलाई काङ्ग्रेस एमालेले कुनै न कुनै रुपबाट दोहन गरेका नहोउन , हो अब समय आइसकेको छ जनताले यावत कुराको हिसाब खोज्ने। कतिपय चतुर नेताहरूले यसको भनक पाइ सकेका छन , त्यसैले त नेपालको राजनीतिमा नया शक्तिको उदय सँग यी तिलमिलाउछन । यसको ताजा उदाहरण हुन रवी लामिछाने र रास्वपा , गएको चुनावमा सामान्य तयारी बाट पनि 21 शिट ल्याउन सफल भए पछि ठूला भनाउदा पार्टी हरू हर हालमा रास्वपा लाई रोक्न चाहन्छन। कहिले विहेको कुरा, कहिले पासपोर्टको विषय, कहिले नागरिक्ता को विषय, कहिले के कहिले के ... भएन छोटो समय मै दुई दुई पटक उनै रवी लाई गृहमन्त्री बनाउ छन, फेरि कसरी आ-आफै (काङ्ग्रेस एमाले) मिलेर अचम्म पार्छन । यावत घटनालाई नियालेर हेरौ त यो त अब भष्टाचारीहरुको
समय सकिएको सङ्केत हो, बरु आउनुहोस छलफल गरौ भष्टाचारी लाई सजाय मृत्युदण्ड सम्म वनाउनु पर्छ भन्ने बिषयमा।