18/09/2025
                                            नेपालको स्वास्थ्य क्षेत्रमा अब परिवर्तनको खाँचो छ। हामीलाई चाहिएको नेता यस्तो हुनुपर्छ, जसले मात्र कुर्सी धान्ने  हैन, जनताको पीडा महसुस गर्न सकोस् र समाधानका लागि आँटका साथ अघि बढोस्।
डा. प्रदिश पौडेल यस्तै पुस्ताको आवाज हुनुहुन्छ: युवा, सक्षम र अन्तर्राष्ट्रिय अनुभवले सम्पन्न। कर्णालीदेखि काठमाडौँसम्म, ग्रामीण चौकीदेखि विश्वव्यापी मञ्चसम्म, उहाँले स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन लगातार काम गर्दै आउनुभएको छ।
उहाँ नयाँ पुस्ताको प्रतिनिधि मात्र हैन, विश्वव्यापी दृष्टिकोणका साथ सोच्न सक्ने र नेपालकै स्वास्थ्य प्रणालीमा आवश्यक परिवर्तन ल्याउन सक्ने व्यक्तित्व हुनुहुन्छ।
डा. प्रदिश आफ्नै २० को दशकदेखि नेपाल स्वास्थ्य कोर्प्स (Nepal Health Corps) स्थापना गरेर नेपालको स्वास्थ्य क्षेत्रमा असाधारण योगदान दिदै आउनु  भएको छ। सन् २०१९ देखि निरन्तर सक्रिय यस संस्थाले आज देशकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मीहरूको सञ्जालका रूपमा कार्य गर्दै आएको छ। दुर्गम र पहुँच कठीन भएका क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउँदै स्वास्थ्य असमानता अन्त्य गर्ने र सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, अर्थात् Universal Health Coverageलाई दीर्घकालीन रूपमा मजबुत बनाउन उहाँको यो पहल योगदान मूल्य छ।
आज डा. प्रदिश हार्वर्डजस्तो विश्वकै प्रतिष्ठित शैक्षिक संस्थामा हुनु भए पनि उहाँको मन र आत्मा नेपालमै अडिग छ। शारीरिक रूपमा अमेरिका भए पनि, उहाँको मानसिक शान्ति र धड्कन सधैं मातृभूमिकै लागि धड्किरहेको छ।  उहाँ निरन्तर सोचिरहनु हुन्छ :कसरी हाम्रो देशको अवस्था सामान्य होस्, कसरी शान्ति र स्वास्थ्य स्थायी रूपमा कायम रहोस्?  
विदेशको सर्वोच्च स्तरसम्म पुगे पनि, उहाँको लक्ष्य भने यही नेपाल फर्केर आफ्नो ज्ञान, अनुभव र सीप देशकै सेवामा लगाउने हो। उहाँ एक डाक्टर मात्र होइनन, सच्चा देशभक्त हुन् , र यो बीसम परिस्थिति मा हामीलाई उहा जस्तो युवाको निकै खाचो छ ! 
डा. प्रदिश, जन्मभूमि ले हजुरलाई बोलाउदै छ, आएर मलम पट्टि गर्दिनुहोस!
  
  
 
https://instakhabar.com/news/50208/?fbclid=IwZXh0bgNhZW0CMTEAAR5qyZq6ugbdwGE8rNqVExkn_9G8qwRHA0ZtneZCvz_zIRXH7RGD4BEbKlGSCQ_aem_vl0u2XbaUEYWvFh-4Zu_ag                                        
काठमाडौं – असोज २०७५ अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि एक युवाको नाम ....