Dr Bijaya Kharel, ENT Head and Neck Surgeon डा. विजय खरेल ,ईएनटी सर्जन

  • Home
  • Nepal
  • Kathmandu
  • Dr Bijaya Kharel, ENT Head and Neck Surgeon डा. विजय खरेल ,ईएनटी सर्जन

Dr Bijaya Kharel, ENT Head and Neck Surgeon डा. विजय खरेल ,ईएनटी सर्जन Health related information sharing

26/02/2025

Check out डा विजय खरेल’s video.

22/02/2025
22/02/2025

.

https://www.facebook.com/share/p/1ARdpwpMNW/?mibextid=wwXIfr
07/02/2025

https://www.facebook.com/share/p/1ARdpwpMNW/?mibextid=wwXIfr

कोक्लियर इम्प्लान्ट: सुन्न सक्ने नयाँ आशा !
कोक्लियर इम्प्लान्ट आधुनिक प्रविधिमा आधारित एक शल्यक्रियामार्फत लगाइने मेडिकल उपकरण हो, जसले गहिरो श्रवण गुमाएका बहिरा व्यक्तिहरूलाई सुन्ने क्षमता प्रदान गर्छ। यो पारम्परिक हियरिङ एड (श्रवणयन्त्र) भन्दा फरक हुन्छ, किनभने यसले ध्वनिलाई विद्युतीय संकेतमा रूपान्तरण गरी मस्तिष्कसम्म पुर्‍याउँछ।

कोक्लियर इम्प्लान्ट कसका लागि?

कोक्लियर इम्प्लान्ट विशेषगरी ती व्यक्ति वा बालबालिकाका लागि उपयुक्त हुन्छन् जसलाई गहिरो बहिरोपनको समस्या छ र हियरिङ एडले कुनै सुधार ल्याउन सकेको छैन। योग्य उम्मेदवारहरूमा निम्न समावेश छन्:

✅ जन्मजात बहिरोपन भएका बालबालिका
✅ कुनै कारणले श्रवण शक्ति गुमाएका वयस्क
✅ श्रवण यन्त्रले कुनै फाइदा नपुर्‍याएका व्यक्ति
✅ श्रवण तन्तु (कोक्लिया) स्वस्थ भए पनि सुन्न नसक्ने व्यक्ति

तर, हरेक बिरामीको अवस्था फरक हुने भएकाले विशेषज्ञ डाक्टरको परामर्श अनिवार्य हुन्छ।

कोक्लियर इम्प्लान्ट कसरी गरिन्छ?

यो एउटा सर्जिकल प्रक्रिया हो, जसमा कानको पछाडि सानो चिरा काटेर भित्र इलेक्ट्रोडहरू प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण पछि बाहिरी प्रोसेसर (स्पीच प्रोसेसर) कानमा लगाइन्छ, जसले ध्वनिलाई इलेक्ट्रोनिक संकेतमा रूपान्तरण गरेर श्रवण तन्तुमा पठाउँछ।

शल्यक्रिया पछिको पुनःस्थापना (रिह्याबिलिटेशन):
शल्यक्रिया सफल भइसकेपछि पनि प्रभावकारी रूपमा सुन्न सिक्न समय लाग्छ। पुनःस्थापना प्रक्रियामा निम्न कुराहरू समावेश छन्:

▶ स्पीच थेरापी: बिरामीलाई सही रूपमा आवाज चिन्न र बुझ्न सिकाइन्छ।
▶ अडियोलोजी सेसन: प्रोसेसरको सेटिङ्ग समायोजन गरिन्छ ताकि बिरामीले ध्वनि स्पष्ट रूपमा सुन्न सकून्।
▶ नियमित फलो-अप: इम्प्लान्टको कार्यक्षमता जाँच गर्नका लागि डाक्टरसँग भेटघाट आवश्यक हुन्छ।

कोक्लियर इम्प्लान्ट बहिरोपन भएका व्यक्तिहरूको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रविधि हो। यसले विशेषगरी बालबालिकालाई सामान्य वातावरणमा बोल्न र सुन्न सक्षम बनाउँछ। यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई गहिरो श्रवण समस्या छ भने, विशेषज्ञ डाक्टरसँग परामर्श लिएर कोक्लियर इम्प्लान्टको सम्भावनाबारे सोच्न सकिन्छ।

थप जानकारीको लागि कृपया वीर अस्पताल, नाक कान घाँटी विभागमा सम्पर्क गर्नुहोला।

10/12/2024
18/11/2024

डेंगी रोग
डेंगी रोग एडीस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडीस जातका लामखुट्टेले प्रायः गरेर दिनमा टोक्दछन् । विशेष गरी साँझ र बिहान यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी होशियार हुनुपर्छ ।

डेंगी रोग सार्ने लामखुट्टे वृद्धि विकास हुने स्थानहरु
एडीस लामखुट्टेले सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ । प्रायः पानी जम्ने प्लास्टिकका बोत्तल, टायर, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, प्लास्टिकका खोल, सिसी, पानीका ट्यांकी , टिनका डब्बाहरु ,अन्डाको बोक्रा, जस्ता पानी जम्ने भाँडा तथा छाना, कौसी, बरन्डा, ढल, नाली, आदि स्थानहरुमा फुल पार्छ र यो लामखुट्टेको वृद्धि विकास हुन्छ ।

यस रोगका लक्षणहरुः
• एक्कासि उच्च ज्वरो आउने
• टाउको, आँखाको गेडी, मांसपेशी तथा जोर्नी दुख्ने
• वाकवाकी लाग्ने वा बान्ता हुने
• थकान महसुस हुने
• आफ्नो दैनिकी जस्तै खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने

डेंगी ज्वरोको उपचार
• डेंगीको जटिल लक्षणहरु देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । डेंगी रोग भएका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती तथा सुत्केरीहरुलाई विशेष ध्यान दिनुपर्छ ।
• पानी तथा झोलिलो, पोषिलो खाने कुरा प्रशस्त मात्रामा खानेगर्नुपर्छ ।
• उच्च ज्वरो कम गर्न पारासिटामोल खाने तर दुखाई कम गर्ने अन्य औषधीहरु नखाने ।
• आराम गर्ने ।

डेंगी रोगबाट बच्ने उपायहरु
डेंगी ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । यसको लागि
• बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
• पूरा बाहुला भएको पुरा शरीर ढाक्ने लुगा लगाउने ।
• लामखुट्टे धपाउने विधिहरु अपनाउनेः जस्तैः मच्छड ९लामखुट्टे० धुप बाल्ने, लामखुट्टे भगाउने मलम लगाउने, लिक्विड बाल्ने ।
• घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने ।

डेंगी रोगबाट बच्न लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्नुपर्छ । यसको लागि
• आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्नुपर्छ ।
• पानी जमिहालेको खण्डमा हप्तामा २ पटक जमेको पानी फाल्नुपर्छ ।
• दैनिक प्रयोजनको लागि राखेको पानी लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
• कुलरमा रहेको पानी हप्तामा २ पटक सफा गर्नुपर्छ ।
• गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा २ पटक फालेर प्लेट सफा राख्ने, त्यस्तै भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ ।
• घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने गर्नुपर्छ
• टायर ,काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, प्लास्टिकका सामाग्री, आदिमा पानी जम्न नदिने गरी विसर्जन गर्नुपर्छ ।
• लामखुट्टेको बृद्धि विकास हुने स्थान नष्ट गर्नुपर्छ

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी रोगबाट बच्ने मुख्य उपाय हो

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्

18/11/2024

Neglected Foreign body
PS : Consent taken from patient

21/10/2024

Foreign body cockroach insect

05/09/2024

Address

Maharajgunj
Kathmandu

Opening Hours

Monday 15:00 - 17:00
Wednesday 17:00 - 18:00

Telephone

+977 984-1851158

Website

Alerts

Be the first to know and let us send you an email when Dr Bijaya Kharel, ENT Head and Neck Surgeon डा. विजय खरेल ,ईएनटी सर्जन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category