
14/03/2024
फार्मेसी सञ्चालन निर्देशिका तयार गर्न महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ।
महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ। समितिको सदस्यमा फर्मासिस्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन छन्। कार्यदललाई सात दिनको समय दिइएको छ।
“यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन्। यीमध्ये चालु आर्थिक वर्षमा महानगर आफैँले पाँच वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ। गुणस्तरीय र दिगो कार्यक्रम यसको न्यूनतम आधार रेखा हो,” परियारले भने।