01/08/2022
डिप्रेशनको औषधि !
=====================
जागीरबाट सेवानिवृत भएका कुनै ब्यक्ति डिप्रेशनले पीडित थिए । उपचारको लागि उनकी पत्नीले प्रतिष्ठित काउन्सेलर चिकित्सककोमा लिएर गइन ।
चिकित्सकले काउंसलिंग शुरू गरे।
ति सज्जनकी पत्नीलाई बाहिर पठाएर केही व्यक्तिगत कुरा पनि सोधपुछ गरे ...!
सज्जन बोल्दै गए;
धेरै दुखमा छु...
चिन्ता लागिरहन्छ..
नोकरी पनि सकियो ...
बच्चाबच्चीको पिर........
ठुलो रोग लागे कसरी उपचार होला ......
श्रीमतीको कचकच...
खानै मन लाग्दैन...
निद्रा पनि कम छ...
आदि ईत्यादि........
पुरा जीवनको किताब नै खोलिदिए।
विद्वान काउन्सेलरले केही सोचे र भने;
"SLC कून स्कूलबाट पास गर्नुभएको हो?"
सज्जनले स्कूलको नाम र ठेगाना बताए।
काउन्सेलरले भने,
"तपाई त्यो स्कूलमा जानुहोस्।
तपाईसंगै पढेका साथीहरूको पुरा लिष्ट बनाउनुहोस्।
साथीहरू कहाँ कहाँ छ्न्, के गरेर बसेका छ्न्।
सबैको जानाकारी लिएर १५ दिनपछि मलाई भेट्नुहोला।"
सज्जन स्कूल गए,
प्रधानाध्यापकसग आफ्नो कुरा राखे र रजिस्टर मांगे,
भूलेका साथीहरू समेतको नाम टिपे।
५० जना एउटै क्लासका साथी थिए।
सबैको जानाकारी लिने कोशिश गरे।
मुश्किलले ४० जनाको बारेमा पत्ता लाग्यो।
आश्चर्य!!!
५ जना त मरिसकेछ्न्...
७ जना गरीबीमा जिईरहेका...
३ जना दीर्घरोगी भै घरमै बसेका..
३ जना लौरोको सहारामा यताउती...
५ जना जति विदेशमा छोराछोरीसंग...
१ जना परिबन्धमा परि जेलमा गएका...
८ जना गाउँमै सामान्य जीवन-यापन गर्दै...
८ जना नोकरीबाट रिटायर्ड भै शहरमा कतै...
जो धेरै संपन्न छ्न् !
तिनका छोराछोरी गुन्डा, आवारा... यस्तै यस्तै !
उनी १५ दिनपछि सबै साथीहरूको विवरण लिएर काउन्सेलर कहाँ हाँजिर हुन पुगे।
काउन्सेलरले सोधे,
"अब बताउनोस्, के पाउनु भयो?"
सज्जनलाई थाहा भयो कि,
*उनलाई डिप्रेसन नै रहेनछ*
- आफ्नो बस्ने घर छ,
- खानेकुराको अभाव छैन,
- आफ्नो र परिवारका सदस्यको स्वास्थ्य पनि ठिकै छ,
- कचकच गरेपनि श्रीमती ठिकै छिन्,
- पुलिस-वकीलको चक्कर पनि त छैन,
- बच्चाबच्ची पनि पढेलेखेर केही गरेकै छ्न्,
- आफन्त र इष्टमित्र पनि छदैछन्,
सज्जनलाई यो पनि महसूस भयो,
"आफ्नो समकालीन साथीहरूमा मेरो राम्रो नै रहेछ !
बहुसंख्यक साथीहरू भन्दा मै सुखी र भाग्यशाली रहेछु !"
अरुको देखेर हुदैन !
व्यवहार कल्पना गरे जस्तो हुदैन !
रिस, ईष्र्या र तृष्णा गरेर हुदैन !
आफ्नो लगाव, मेहनत अनुसार,
प्रारब्धले दिएको कुरा पक्कै पाइन्छ।
आदरणीय साथीहरू,
तपाईलाई पनि आफ्नो जीवनबारे तनाव र डिप्रेशन छ भने,
आफू पढेको स्कूलमा गएर साथीहरूको लिष्ट लिनुहोस् र हालखबर बुझ्न् आजै शुरू गर्नुहोस् ! तुरुन्तै ठिक हुन्छ । कसो !
श्रोत : सामाजिक सन्जाल