Health News Nepal

Health News Nepal Health News, Information, and Wellness Portal from Nepal

मुसहर समुदायबाटै पहिलो डाक्टर बन्दै पवन देव  महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका  पवनदेव एमबीबीएसको फूल स्कलरसीपमा नाम...
02/01/2026

मुसहर समुदायबाटै पहिलो डाक्टर बन्दै पवन देव

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव एमबीबीएसको फूल स्कलरसीपमा नाम निकाल्न तीन वर्षदेखि कसिएका थिए । दुईपटक प्रवेश परीक्षा पास भएपनि स्कलरसीपमा परेनन । फेरि कस्सिएर अध्ययन गरि फूल स्कलरसीपमै नाम निकाल्न सफल भएका छन् । तर पवन देव अहिले होस्टेल खर्चसमेत ब्यवस्थापन गर्न नसक्ने अवस्थामा छन ।

सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद-बिक्री सम्झौताकैलाली, १८ पुस २०८२ सुदूरपश्च...
01/01/2026

सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद-बिक्री सम्झौता

कैलाली, १८ पुस २०८२ सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद्यखाना विकास समितिबीच चिकित्सालयको फार्मेसीमा सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेद औषधीहरू खरिद-बिक्री गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको उपस्थितिमा प्रादेशिक आयुर्वेद चिकित्सालयसँग सम्झौता भएको चिकित्सालयले जनाएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओमप्रकाश कलौनीले निःशुल्क औषधीहरूसँगै सःशुल्क पाउने औषधीहरू समेत खरिद गर्ने सम्झौता भएको बताउनु भयो। अब यो सङ्गै सिंहदरबार वैद्यखानाका गुणस्तरीय आयुर्वेद औषधीहरू प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको फार्मेसीमा सुपथ मूल्यमा उपलब्ध हुने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले समेत सिंहदरबार वैद्यखानामा उत्पादित विभिन्न आयुर्वेद औषधी खरिद गरि सुदूरपश्चिम प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थामा बितरण गरिने डा. कलौनीले बताए।

कैलाली, १८ पुस २०८२ सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद.....

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्दमुस्ताङ, १८ पुस २०८२ जाडोयाम बढेसङ्गै मौसमसँगै अत्यधिक चिसोका कारण म...
01/01/2026

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ, १८ पुस २०८२ जाडोयाम बढेसङ्गै मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन्। माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा संञ्चालन गर्न बेसी झर्छन भने यहाँको तल्लो मुस्ताङ र मध्यमुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा बन्द हुन्छन्। अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए। लामिछानेका अनुसार यहाँस्थित माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कात्तिक अगावै घुम्ती कक्षा चलाउन बेसी झरेको र यहाँको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द भएको छ।...

मुस्ताङ, १८ पुस २०८२ जाडोयाम बढेसङ्गै मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक...

01/01/2026

स्वास्थ्य मन्त्रालयका सचीव डा. बिकास देवकोटा ज्यू आफ्नो भनाई राख्दै

खोप तथा खोप जन्री सामग्रीहरुको सुची
01/01/2026

खोप तथा खोप जन्री सामग्रीहरुको सुची

ग्लोबल अन्कोलोजी क्षेत्रमा नेपाली वैज्ञानिक डा. विशाल ज्ञवालीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। ScholarGPS को पछिल्लो ...
01/01/2026

ग्लोबल अन्कोलोजी क्षेत्रमा नेपाली वैज्ञानिक डा. विशाल ज्ञवालीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। ScholarGPS को पछिल्लो र्‍याङ्किङ अनुसार उहाँ ग्लोबल अन्कोलोजीमा विश्वकै पहिलो स्थानमा पर्न सफल हुनुभएको हो। ३०० भन्दा बढी अनुसन्धान लेख र ८ हजारभन्दा बढी उद्धरणसहित क्यान्सर अनुसन्धानमा उहाँको योगदान विश्वस्तरमै प्रभावशाली मानिएको छ। यस उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा चिनाएको छ र नेपाली युवाहरूका लागि प्रेरणा बनेको छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्थापना गरिएको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा आएको छ । काठमा...
01/01/2026

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्थापना गरिएको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा आएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)ले आइतबारदेखि ओपीडी सेवा सुरु गरेको हो ।

बुढानीलकण्ठ नगरपालिकामा रहेको अस्पतालमा दुई हप्ताभित्र इन्डोर सेवा सुरु गर्ने तयारी छ । हाल ५० भन्दा बढी बेड रहेको अस्पताललाई ६ महिनाभित्र १०० र एक वर्षभित्र २०० बेडमा विस्तार गर्ने लक्ष्य लिइएको छ। Healthnewsnepal.com

01/01/2026

अंग्रेजी नयाँ बर्ष २०२६, राष्ट्रिय टोपि दिवस तथा पोसाक दिवसको सबैलाई शुभकामना!🙏🙏

कलैया अस्पतालमा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपिडि शुरुबारा, १७ पुस २०८२ प्रादेशिक अस्पताल कलैयामा इकोकार्...
31/12/2025

कलैया अस्पतालमा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपिडि शुरु

बारा, १७ पुस २०८२ प्रादेशिक अस्पताल कलैयामा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपीडी सेवा सुरु भएको छ। मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायले फागुन १६ गते एक कार्यक्रमबीच ती सेवाहरूको औपचारिक उद्घाटन गरेका हुन्। नयाँ सेवाहरू सुरु भएसँगै स्थानीय बिरामीहरूले आधुनिक र गुणस्तरीय स्वास्थ्य परीक्षण तथा उपचार सुविधा आफ्नै क्षेत्रमा पाउने अवसर बढेको कार्यवाहक मेडिकल सुपरीटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिनुभयो। …...

बारा, १७ पुस २०८२ प्रादेशिक अस्पताल कलैयामा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपीडी सेवा सुरु भएको छ। म.....

31/12/2025

स्वास्थ्य सचिब डा. बिकास देवकोटा ज्यू।

31/12/2025

कोशिस संस्थाका कार्याकारी निर्देशक मातृका प्रसाद देवकोटा ज्यू मानसिक स्वास्थ्य बारे प्रकाश पार्दै

31/12/2025

मानसिक स्वास्थ्यको बारेमा आफ्नो धारणा राख्दै स्वास्थ्य मन्त्री डा. सुधा शर्मा ज्यू

Address

Anamnagar
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Health News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health News Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram