Bageshwari hospital Pvt. Ltd

  • Home
  • Bageshwari hospital Pvt. Ltd

Bageshwari hospital Pvt. Ltd Qualify health services

09/11/2015

बागेश्वरी अस्पताल, सतुंगल, काठमाडौँ का orthopaedic surgeon,Medical Director तथा संचालक सदस्य डा. दिपक दत्त तथा pharmacy र x- ray संचालक श्री संजय दत्त को बुवा को आज भएको असमायिक निधन प्रति बागेश्वरी अस्पताल परिवार दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार लाई यस दुखद घडीमा धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरुन भन्ने कामना गर्दछ।

08/10/2015

Q.NO. 3) मलाई घर बस्दा, साँझ तिर र राति सुतेको बेला एकदम पिसाब लगिरहन्छ। के कारणले होला? -(A)

->>> यदि पिसाब छिन- छिन मा लाग्नुको साथै धेरै भोक लग्ने धेरै मुख सुके जस्तो हुने, शरिर गल्ने जस्तो हुन्छ भने , यो मधुमेह ( daibetise) रोग को लक्षण हो। जुन तपाईको रगत र पिसाब जाँच पछि पत्ता लाग्छ।
तर अरू लक्षण नभएमा तपाईलाई िपसाब संक्रमण भएको हुनसक्छ। यो पनि पिसाब जाँच पछि नै प्रस्ट हुन्छ।
शरीरमा रहेको अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्किन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्वारा शरीरमा रहेका विकारपदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया पिसाब हो । पिसाब महसुस भएको एक, दुई मिनेटभित्रै फ्याँक्नुपर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायुप्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ ।
सामान्यतया एक दिन अर्थात् चौबीस घण्टाको अवधिमा स्वस्थ मानिसको शरीरमा १५ सय देखि २ हजार मिलिलिटर पिसाब बन्छ । तर, पानी कम खाने वा धेरै खानेमा यो संख्यामा केही तलमाथि हुनसक्छ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सयदेखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेवित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सोझो अर्थमा हेर्दा पनि औसतमा १५ सय एमएल पिसाब निस्कने मानिसहरुले दैनिक पाँचपटक पिसाब फेर्नुपर्ने हुन्छ ।
एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर, त्योभन्दा धेरै र कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ । पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ । सामान्यतया पिसाबको रंग हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । तर, एकभन्दा बढी दिन यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।
पिसाब थैली तथा नलीमा संक्रमण हुँदा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गैहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गन्हाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राती सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालयमा जाँदा थोरै मात्र आउने जस्ता लक्षण देखा पर्छ । पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक रहेको तथा पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो भएका कारण महिलालाई धेरै सताउँछ ।
त्यसैले एकचोटि अस्पतालमा आएर देखाउदानै राम्रो हुन्छ। हाम्रो अस्पतालको फोन नं- ०१४३१४१९४ / ०१४३१५९३०मा फोन गरेर जनरल सर्जरी अथवा स्त्रिरोग को डाक्टरको समय मागी देखाउनुहोला।

08/10/2015

Q.NO. 02) मलाई ज्यादै रिस उठ्छ, कसरी िरस कम गर्न सकिएला? A

->>> रिस ज्यादै शक्तिशाली भाव हो । मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका छन । कहिले काँही त कसरी धेरै यति ठूलो घटना भयो भन्नेसम्म पनि रिसाएको मानिसलाई थाहा पाउँदैन । रिसकै कारण पारिवारिक कलह, झगडा, वेमेल, पारपाचुके जस्ता परिमाण हुन्छ । झगडाको नकारात्मक असर बच्चाबच्चीमा समेत पर्छ ।
धेरै मानिसहरुलाई लाग्छ होला रिस त अलिकति हुनै पर्छ । रिस नै भएन भने अरूले हेपी हाल्छन नी । नेपाली समाजमा भनाई नै छ, रिस खा आफुलाई अर्थात रिसले सबैभन्दा बढी नोक्सान आफुलाई नै गर्छ भन्ने कुरा धेरैलाई थाहा छ । हामी रिसाउँदा खेरी हाम्रो मश्तिस्कबाट धेरै किसिमका रासायनिक तत्वहरु निस्कन्छन र त्यस्तै गरेर शरीरबाट एड्ररेनलीन र कर्टि«सोल जस्ता रासायनिक पदार्थहरु निस्कन्छन ।
यी पदार्थहरुले मुटुको धड्कन बढाउछन, रक्तचापलाई बढाउछन र शरीरलाई लड्न वा भाग्नको लागि तयार गर्छन । हजारौ वर्ष पहिले जब मानिसहरु जंगलमा बस्थे र जंगली जनावरको शिकार गरेर आफ्नो पेट भर्दथे त्यसवेला जनावरहरुसँग लड्न सक्थे, मार्न सक्थे वा ज्यान बचाएर भाग्न सक्ने क्षमताको वास्तविक आवश्यकता थियो । प्रकृतिले मानवलगायत सम्पूर्ण जीवहरुमा बाँच्ने आधारका लागि लड्ने वा भाग्ने व्यवस्था गरेको हुनुपर्छ । सभ्याताको विकाससंगै आजकल सामान्यतयः लड्ने वा भाग्ने अवस्था आउदैन तर रिसाएको बेलामा शरीरलाई लड्न वा भाग्न तयार पार्ने काम पहिले जस्तै नै हुन्छ । रिसाएको बेलामा निस्कने विभिन्न रासायनिक पदार्थहरु निस्कन्छन र तिनले नराम्रो असर पार्दछन ।
रिसका किसिमहरु
(१) कडा रिस
यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।
(२) आबेस
अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।
(३) प्यासिभ रिस
रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।
(४) आफैमा पोख्ने रिस
रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।
(५) सकारात्मक रिस
रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने ।
रिसले निम्त्याउने रोग
रिसले टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाको रोगहरु हुने वा लागु पदार्थ वा मद्यपानको सेवन जथाभावी गर्ने हुनसक्छ ।

रिसको व्यवस्थापन
रिसको व्यवस्थापन गर्नको लागि रिस कुन ठाउँवाट उठ्छ भन्ने जान्नु आवश्यक छ । लिम्बीक सिस्टमको एमिगडेला भन्ने ठाउँबाट रिस उठ्छ । एमिगडेलामा उठेको रिस ठिक होइन भन्ने सुझाव प्रिफ्रोन्टल कर्टेक्सले दिन्छ । रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने विचार मनमा ल्याउन सक्यो भने प्रिफ्रोन्टल कर्टेक्स एक्टीव हुन्छ र रिसलाई कट्रोल गर भन्ने निर्देशन एमिगडेलालाई दिन्छ । अर्थात रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने याद गर्ने र ४/५ पटक लामो स्वास लिने र छोड्ने गर्ने वानी ग¥यो भने रिस कम भै हाल्छ । रिस कम हुनु भनेकै आफुलाई र अरुलाई हानी नोक्सानी हुने काम नगर्नु हो र आफुलाई लाग्न सक्ने विभिन्न रोगहरुबाट वच्ने राम्रो उपाए पनि हो ।

08/10/2015

Q.NO. 01) मलाई एकदम टाउको दुखिरहन्छ, के मलाई माइग्रेन (Maigrine ) भएको हो? - Aayushna

->>> कहिलेकाही टाउको दुख्दैमा माइग्रेन नै हो भन्न मिल्दैन। माइग्रेनलाई एकापट्टिको टाउको दुखाई हुने रोगका रुपमा पनि चिनिन्छ । टाउको दुखाई हाम्रो शरीरको धेरै मात्रामा देखिने शारिरिक समस्या मध्येको एक हो । यद्यपी यो एक सामान्य समस्या हो, कहिलेकाँही टाउको दुखाई विशेष समस्या भई चिन्ताको विषय पनि हुन सक्छन् । टाउको दुखाईका विभिन्न कारणहरुमध्ये सवैभन्दा धेरै देखिने कारण तनाव नै हो । तनावका कारण हुने टाउको दुखाई खास गरी मानसिक अथवा शारीरिक धपेडीको कारणले हुन्छ । धपेडी अथवा तनाव विभिन्न किसिमका हुन्छन् । तनाव सबैका आ–आफ्नै खालका हुन्छन् । ती सबैखालका तनावले मानव शरीरलाई विस्तारै कमजोर बनाउँदै लान्छ र टाउको दुखाई प्रमुख लक्षणको रुपमा देखापर्छ । तनावका कारण हुने टाउको दुखाईपछिको अर्को टाउको दुखाईको प्रमुख कारण ‘माइग्रेन’ हो । माइग्रेन टाउको दुखाईको प्रमुख कारण हो र यो कहिलेकाँही ज्यादै पीडादायक र कष्टकर पनि हुन सक्छ । माइग्रेन भन्नाले अकस्मात टाउको दुखाई सुरु भएर घण्टौंसम्म र कहिलेकाँही लगातार केही दिनसम्म टाउको दुख्ने र त्यसपछि विस्तारै आराम हुँदैजाने समस्यालाई बुझिन्छ ।
माइग्रेनको प्रमुख कारण टाउको भित्रको रक्तनलीको चाल नै हो । टाउको भित्रको रक्तनली सामान्यरुपले फुल्ने र खुम्चिने गर्छ । तर कुनै कारणले यो ज्यादै खुम्चने र चल्ने भएमा त्यसपछि टाउको दुखाई सुरु हुन्छ । मानव शरीरमा पाइने ‘हर्मोन’को कारणले पनि माइग्रेन हुन्छ । जसको शरीरमा हर्मोनको सन्तुलन गडबड छ अथवा जसले अन्य हर्मोन औषधिको प्रयोग गरेको छ, त्यस्तो व्यक्तिलाई माइग्रेन हुने सम्भावना ज्यादा हुन्छ । हर्मोनयुक्त परिवार नियोजनका चक्की र सुई पनि माइग्रेनको कारण बन्नसक्छ ।
आजभोलि माइग्रेनको टाउको दुखाई बढ्दो मात्रमा देखिएको छ । त्यसको कारण आधुनिक रहनसहन, खानपिन र वातावरणीय हो । कहिलेकाँहीं माइग्रेनको टाउको दुखाई र तनावको टाउको दुखाई एकैचोटी मिश्रित रुपमा पनि देखिनसक्छ । त्यसबाहेक रुघाखोकी, पिनास, ज्वरो, सामान्य टाउकोको चोट आदिले पनि टाउको दुख्छ । यी सबैखाले टाउको दुखाई साधारण अथवा खतरा नभएका टाउको दुखाईहुन् र सामान्य उपचारले ठीक हुन्छन् । यी वाहेक अरु अलि खतरापूर्ण टाउको दुखाई पनि हुन्छन् । टाउकोमा पानी जमेर, रगत जमेर, ट्युमर पलाएर, गहिरो चोट लागेर खतरनाक टाउको दुखाईको समस्या आइपर्न सक्छ । यी कारणहरु शरीरको लागि हानिकारक हुन सक्छन् र तीबाट बच्न विशेष उपचारको आवश्यकता पर्नसक्छ ।
लक्षणहरु
माइग्रेनको टाउको दुखाई अचानक सुरु भई अलि लामो समयसम्म जान्छ र ज्यादै मात्रमा पीडाजनक हुन्छ र पछि विस्तारै कम भएर जान्छ । माइग्रेन एक कडा टाउको दुखाइको कारण हो । टाउको दुखाई कम पछि केही समयसम्म वा केही दिनदेखि केही हप्ता, आराम हुन्छ । यस्तो लाग्दछ कि बिरामीलाई केही भएकै छैन । त्यसपछि फेरि टाउको दुखाई सुरु हुन्छ र कसैकसैलाई टाउको फुट्ला जस्तो गरी दुख्न थाल्छ । कसैलाई सामान्य औषधिले दुखाई कम हुन्छ भने कसैलाई कुनै औषधि वा उपायले पनि ठीक हुँदैन । यसै क्रमले टाउको दुखाई विस्तारै विस्तारै बढ्दै जान्छ र हप्तामै २÷३ चोटीसम्म वा हरेक दिन टाउको दुख्ने हुन्छ । टाउको दुखाई बाहेक माइग्रेनमा उल्टी हुनु अर्को लक्षण हो । प्रायः मानिसलाई उल्टी भएपछि टाउको दुखाई आराम भएर आउँछ । कसैलाई उल्टी नभए पनि वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने पनि हुन्छ । कसैकसैलाई टाउको दुख्नु अघि बेग्लै किसिमको लक्षण पनि देखिन्छ, जसलाई अंग्रेजीमा औरा भनिन्छ । औराका लक्षणहरु मन्द टाउको भारी हुने, आँखाको गेडा दुख्ने, आँखा तिरमिर भएर हेर्न गाह्रो हुने, आँखा खोल्न गाह्रो हुने आदि । त्यसपछि विस्तारै टाउको दुख्ने बढ्दै जान्छ ।
कतिपयमा माइग्रेनको दुखाई बढ्नुमा अन्य कारण पनि हुन्छन् । खाना माइग्रेन बढ्नुको एक प्रमुख कारण हो । तयारी टीनमा राखिएका खानेकुराहरु, फ्रिजमा धेरै लामो समयसम्म राखिएका खानेकुराहरु, बासी खानेकुरा, खाँदेर बनाइएका खानेकुरा जस्तै गुन्द्रुक, सिसिको अचार आदिले माइग्रेनलाई बढाउँछ । त्यस्तै अल्कोहलयुक्त पेय पदार्थ, फिज आउने पेय पदार्थ जस्तैः कोक, फ्यान्टा, दही, आइस, क्रिम, चक्लेट, चिज, पनिर आदिले पनि टाउको ज्यादै दुखाउँछ । त्यसो भए एउटा प्रश्न उठ्न सक्छ कि यी खानेकुराहरु कसैले पनि खानु हुन्न त? अथवा यी खानेकुराहरु खाएमा माइग्रेन हुन्छत? होइन, यी खानेकुराले माइग्रेन गराउँदैन । तर जसलाई माइग्रेन छ, उसलाई भने यी खानेकुराले टाउको अत्यधिक दुख्न सक्छ ।
माइग्रेन प्रायजस्तो महिलामा बढी मात्रामा हुन्छ । यसको कारण हो, शरीरमा हुने हर्मोनको अवस्था । पुरुषमा भन्दा महिलामा हर्मोनको अवस्था बढी असन्तुलित हुन्छ । महिलाहरुमा सानो नानी हुँदाको अवस्थामा हर्मोनको अवस्था फरक हुन्छ । त्यसपछि विस्तारै वयस्क हुँदै जाँदा हर्मोनको अवस्था फरक पर्छ । त्यसपछि महिनावारी सुरु हुन थाल्छ र फेरी प्रत्येक महिना हर्मोनको अवस्था फरक हुन्छ । विवाहपछि र विशेषगरी पेटमा बच्चा आएपछि फेरी हर्मोनको अवस्था फरक हुन्छ र बच्चा पाएपछि फेरी परिवर्तन हुन्छ । अन्त्यमा ४०÷५० बर्ष पुगेपछि महिनावारी सुक्न थाल्छ र फेरी हर्मोनको अवस्था परिवर्तन हुन्छ । त्यसको दाँजोमा पुरुषहरुमा जीवनभर हर्मोनको अवस्था स्थिर रहन्छ । त्यसैले गर्दा प्रत्येक महिना माइग्रेन भएको महिलाहरुमा महिनावारी सुरु हुनुभन्दा केही दिन अघिदेखि टाउको दुखाई सुरु हुन्छ र महिनावारी हुँदै गएपछि टाउको दुखाई पनि कम हुँदै जान्छ । यसै क्रममा अर्को प्रश्न उठ्न सक्छ कि माइग्रेन लोग्ने मान्छेलाई हुँदैन त? त्यसो होइन । माइग्रेन लोग्ने मान्छेलाई पनि हुन सक्छ । तर महिलालाई भन्दाकम । जो लोग्ने मानिस अधिकतम धुम्रपान र मदिरा पान गर्दछ उसलाई माइग्रेन ज्यादा हुने सम्भावना हुन्छ । माइग्रेनका अन्य कारणहरुमा बढी मात्रमा टेलिभिजन र कम्प्युटरको प्रयोग गर्नु पनि हो । सुक्ष्म काम ज्यादा गर्नु, आँखालई बढी असर पर्ने काम गर्नुले पनि माइग्रेनको टाउको दुखाई बढाई दिन्छ । घाममा ज्यादा हिंड्नु वा चर्को घाममा बस्नुले पनि माइग्रेन बढाउँछ ।
उपचार
प्रायः जसो मानिसहरुमा माइग्रेन ठीक हुँदैन भन्ने भ्रम भएको पाइन्छ । त्यसमाथि हाम्रो नेपाली जनमानसमा डाक्टरले भनेको कुरालाई पूर्णतः पालना गर्ने चलनको पनि कमी देखिन्छ । त्यती मात्रै नभई विशेषज्ञ डाक्टरले भनेकोभन्दा अन्य व्यक्तिहरुले जस्तै साथीभाई, परिवार सदस्य, औषधि बेच्ने फर्मासिस्ट, फिजियोथेरापी सिकाउने टेक्निसियन, आधुनिक चिकित्सा पद्दती बाहेक अन्य चिकित्सकीय सेवा प्रदान गर्ने व्यक्ति जसमा सम्बन्धित विशेषज्ञमाभन्दा ज्ञान र अनुभव कम हुन्छ, ती व्यक्तिहरुले भनेको कुरामा बढी विश्वास राख्ने चलन छ । जसले गर्दा माइग्रेन मात्र होइन अन्य स्वास्थ्य समस्याको बारेमा पनि भ्रम भएको देखिन्छ ।
सही तरीकाले उपचार गरेमा माइग्रेन निको मात्रै होइन निर्मुल पनि हुन्छ । ठीक हुन्छ या हुन्न भन्ने कुरा व्यक्ति र शरीरको अवस्था अनुसार पनि फरक पर्ने कुरा हो । माइग्रेनको उपचारका तरीकाहरु विभिन्न छन् । औषधिको प्रयोग त्यसमध्ये एक प्रमुख उपाय हो । यदि कसैलाई महिनाको १÷२ चोटी मात्र हल्का टाउको दुख्छ भने उसलाई आवश्यक परेमा औषधिको सेवन गरे पुग्छ । तर यदि कसैलाई हप्ताकै २÷३ चोटी वा हरेक दिन टाउको दुख्छ भने नियमित औषधि खानुपर्छ । कसलाई कुन, कस्तो र कति औषधि दिने भन्ने कुरा विशेषज्ञ डाक्टरको निर्णय हो । नियमित औषधि खानुपर्ने अवस्था आएमा कम्तिमा केही महिना औषधिको सेवन गर्नुपर्दछ र डाक्टरको सल्लाह बमोजिम विस्तारै औषधि बन्द गर्दै जानुपर्दछ । ठीक भयो भन्दैमा एकैचोटी औषधि बन्द गरेमा फेरि माइग्रेन बल्झिन्छ र त्यसलाई झन् कडा र उच्च डोजको औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
प्रायः माइग्रेनको विरामीहरुले केही हप्ता औषधि खाएपछि ठीक भएको महसुस गर्छन् र औषधि बन्द गर्छन् । त्यसको केही समय त आरामै होला तर पछिफेरि टाउकोको दुखाई ज्यादै भएर आउने गर्दछ । त्यसैले नियमित औषधि सेवा माइग्रेनबाट बच्ने र छुटकारा पाउने राम्रो उपाय हो । त्यसबाहेक अन्य कुराहरु जसले माइग्रेनबाट बचाउन सहयोग गर्दछ यी चिजहरुबाट टाढा रहेर पनि माइग्रेनलाई ठीक पार्न सकिन्छ । जस्तै माथि उल्लेखित खानेकुराहरु बार्ने, हर्मोनयुक्त औषधिको प्रयोग नगर्ने, लामो समयसम्म टिभी, कम्प्युटर, भिडियो गेम प्रयोग नगर्ने, अल्कोहलयुक्त पेय पदार्थको सेवन नगर्ने, घाममा लामो समय नबस्ने आदि उपायहरुको अबलम्वन गर्नुपर्दछ । यती उपचार गर्दागर्दै पनि कसै कसैलाई माइग्रेन ठीक नहुन सक्छ । त्यस्तो व्यक्तिलाई आवश्यकता अनुसार औषधि मिलाउँदै गए निश्चय पनि राम्रो हुन्छ ।
माइग्रेनको जाँच
माइग्रेन समस्यामा जाँच पड्तालको खासै ठूलो महत्व हुँदैन । तर साधारण जनरल चेकअपको लागि एक्स–रे, रगत अथवा पिसावको जाँच गराईराख्नु राम्रो हुन्छ । जसलाई टाउको दुखाई अत्यधिक मात्रमा हुन्छ र औषधि सेवन गर्दा पनि टाउको दुखाई कम हुँदैन । त्यस्तो व्यक्तिले टाउकाको सिटी स्क्यान अथवा एमआरआई जाँच गरी टाउको भित्र अरु कुनै नराम्रो खराबी छ छैन भनी जाँच गर्नु राम्रो हुन्छ । विशेषज्ञ डाक्टरसँग राम्ररी सल्लाह गरी उहाँको उपचार र सुझावको पालना गरौं । रोगसम्बन्धी अन्धविश्वास हटाई त्यसको सत्यतथ्य ज्ञान हासिल गरौं । त्यसो गरेमा माइग्रेन मात्र होइन शरीरका हरेक समस्याबाट आफु बच्न र अरुलाई बचाउन सकिन्छ ।

डा. प्रवीण श्रेष्ठ, कन्सलटेण्ट न्युरोसर्जन

07/10/2015

किन फुल्छ कपाल अल्पायुमै ? -डा.अनिलकुमार झा

बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ । कपाल मुख्य चार कारणले फुल्ने गर्दछ । पहिलो कारण वंशाणुगत हो अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ । दोश्रो कारण भने बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि हो । कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने सम्भावना हुन्छ । तेस्रो कारणमा कपालमा प्रयोग गरिने केमिकल हो । केमिकलको कारण पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने हुन्छ । चौथो कारण हो, कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग । कपाललाई चाहिने भिटामिनहरु पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ ।
यदि कपाल फुल्ने कारण वंशाणुगत हो भने यसलाई रोक्न सकिदैन । पौष्टिक आहारको कारणले गर्दा हो भने बच्चालाई सन्तुलित भोजन गराउनु पर्छ । पौष्टिक आहारले मात्र हँुदैन, सन्तुलित भोजनको पनि त्यत्ति नै जरुरी हुन्छ । कुनैकुनै बच्चाले खाना खान रुचाउदैनन् जसको कारण आइरनको कमि हुन जान्छ । बच्चा मात्र होइन, युवाले पनि हरियो साग सब्जीहरु रुचाउदैनन् । त्यस्तो समयमा आइरनको अभाव हुन जान्छ र कपाल फुल्ने हुन्छ । तसर्थ सन्तुलित पौष्टिक आहारको व्यवस्था हुन सकेमा कम उमेरमा कपाल फुल्ने समस्याको रोकथाम गर्न सकिन्छ । त्यसैगरी केमिकल्सहरु अनावश्यक रुपमा कपालमा लगाउन रोकेमा पनि कपाललाई फुल्नबाट बचाउन सकिन्छ । जन्डीस, क्षयरोग अथवा अन्य दीर्घ रोगले गर्दा पनि शरीरमा भिटामिनको कमि हुन्छ र कपाल फुल्छ । त्यसैले कुनै पनि रोगको समयमै उपचार गर्न सकियो भने पनि अल्पायुमै कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ ।
अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार एलोपेथिकमा छैन । तर पनि कपाल फुल्ने कारण पत्ता लगाई निवारण भने गर्न सकिन्छ । यसका लागि वायोटिन या भिटामिन ‘ई’ को प्रयोग अथवा क्याल्सीयम प्यान्थोनेट भन्ने पदार्थ(जुन ‘बी’ कम्प्लेक्समा पाइन्छ)को प्रयोग गर्न सकेमा केही न केही सुधार हुन्छ । सेतो दुबी भएको समयमा पनि कपाल फुल्ने सम्भावना धेरै हुन्छ । यदि सेतो दुबी टाउकोमा आयो वा शरीरमा आएको छ भने त्यस ठाँउमा भएका कपाल फुल्ने सम्भावना बढी हुन्छ ।

07/10/2015

........... दुध िचयी िक कालो िचया???..............,

दुध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दुध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनु हसदैन । चिया पिउनै परे सबैभन्दा राम्रो छनोट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्धत गर्छ । यसमा एन्टिअक्सिडन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । सिधै चियापत्ति राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषकतत्व नष्ट हुन्छ । दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा रगत जम्न (क्लट) हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एशिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनि अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउदा फाइदा गर्छ । त्यसैले दुध चिया भन्दा कालो चियाले फाइदा गर्छ ।
– म पनि डाक्टर पुस्तकबाट

06/10/2015

किन पोल्छ पिसाब ? -डा. दीपक रौनियार

शरीरमा रहेको अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्किन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्वारा शरीरमा रहेका विकारपदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया पिसाब हो । पिसाब महसुस भएको एक, दुई मिनेटभित्रै फ्याँक्नुपर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायुप्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ ।

सामान्यतया एक दिन अर्थात् चौबीस घण्टाको अवधिमा स्वस्थ मानिसको शरीरमा १५ सय देखि २ हजार मिलिलिटर पिसाब बन्छ । तर, पानी कम खाने वा धेरै खानेमा यो संख्यामा केही तलमाथि हुनसक्छ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सयदेखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेवित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सोझो अर्थमा हेर्दा पनि औसतमा १५ सय एमएल पिसाब निस्कने मानिसहरुले दैनिक पाँचपटक पिसाब फेर्नुपर्ने हुन्छ ।

एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर, त्योभन्दा धेरै र कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ । पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ । सामान्यतया पिसाबको रंग हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । तर, एकभन्दा बढी दिन यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।

पिसाब थैली तथा नलीमा संक्रमण हुँदा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गैहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गन्हाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राती सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालयमा जाँदा थोरै मात्र आउने जस्ता लक्षण देखा पर्छ । पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक रहेको तथा पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो भएका कारण महिलालाई धेरै सताउँछ ।

संक्रमणका कारण पिसाब थैलीको भित्रको म्युकोज (थैलीको भित्रपट्टी रहेको छालाजस्तो भाग) मा घाउ बनेको हुन्छ । सामान्यतया पिसाब एसिडिक हुने हुँदा उक्त घाउमा पिसाब पर्दा पोल्ने समस्या देखिन्छ । पिसाबको माध्यमबाट बाहिर निस्कने विकार (क्रिस्टल) सियोजस्ता हुन्छन् । कम पानी सेवन गरेमा उक्त क्रिस्टलले पिसाब थैलीमा घोच्छ र दुख्न थाल्छ । उक्त घोचाइ बढ्दै जाँदा घाउ हुन्छ र थप समस्या निम्तिने गर्छ ।

पिसाब थैली तथा नलीमा हुने कुनै पनि संक्रमणले थैली र नलीको भित्तामा घाउ बनाउने हुँदा उक्त घाउमा एसिडिक पिसाब पर्दा पोल्ने र दुख्ने समस्या हुन्छ । सामान्यतया जुनसुकै संक्रमणका कारण संक्रमण भएको क्षेत्र र वरपर रातो हुने, सुन्निने, तातो हुने, दुख्ने र सामान्य कार्यमा अवरोध सिर्जना हुन्छ । पिसाबको संक्रमणमा पनि यही समस्या देखापर्ने हो ।

सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ । पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछन् र संक्रमणले तुरुन्तै समातिहाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गन्हाउने समेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ । संक्रमणले नाइटोमुनि समेत दुखाउँछ ।

पिसाबमा रगत आउनुको कारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर नै हो । रगत नै आउने अवस्थामा आएका बिरामीले चिकित्सककहाँ पुगेर उपचार थालिहाल्नुपर्छ । पिसाबमा रगत आएको छ तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ ।

पिसाब नली तथा थैलीमा संक्रमण हुनुको कारणमा व्यक्तिगत सरसफाइको कमी, यौनांगको सफाइमा ध्यान नदिनु, यौन सम्पर्क, अन्य संक्रमण, पानीको कम सेवन, अशुद्ध पानीको सेवन, पिसाब फेरिसकेपछि पूरै ननिस्कनु नै हो । संक्रमण गराउने ब्याक्टेरिया आकाश तथा पातालबाट आउने नभई पिसाब तथा पिसाब थैलीबाट नै आउने हो । सामान्यतया एक मिलिलिटर पिसाबमा एक सयदेखि एक हजार ब्याक्टेरिया छ भने त्यसले कुनै असर गर्दैन तर त्यो संख्या बढेर पाँच गुणा बढी भयो भने समस्या निम्तिने गर्छ । पानीको सेवन कम गर्दा पनि ब्याक्टेरियाको संख्या बढ्ने खतरा रहन्छ । त्यस कारण गर्मी क्षेत्रमा डिहाइड्रेसनको समस्या भयो भने पनि पिसाबको संक्रमण हुन्छ । मानिसहरुमा विभिन्न समस्याका कारण रोगप्रतिरोधात्मक क्षमता कम भएको समयमा पिसाबको संक्रमण बढी हुन सक्छ । यसका साथै मिर्गौला तथा पिसाब थैलीमा हुने पत्थरी, गर्भवती, मेनोपोज भएका महिला, मधुमेह, क्याथेटर राखिएको मानिस, जन्मजात समस्या तथा विभिन्न केमिकलको प्रयोगका कारणले पनि पिसाबमा समस्या निम्त्याउन सक्छ ।

पिसाबको संक्रमणबाट जोगिनका लागि प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै कागती, मौसम, सुन्तला खाने । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्न सहयोग गर्छ । यस्तै यौनांगको सरसफाइसँगै व्यक्तिगत सफाइमा ध्यान दिने, शुद्ध पानी पिउने, नुहाउँदा तेल लगाएर नुहाउने तथा पिसाबको विभिन्न समयमा जाँच गर्ने गर्नुपर्छ । पिसाब पोलेकोजस्तो अनुभव हुनेवित्तिकै मानिसहरु आफूखुसी एन्टिबायोटिक खान्छन् । त्यो सरासर गलत काम हो । पिसाबको संक्रमणलाई सामान्य रुपमा लिएर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिने खतरा रहन्छ । यस्तो समस्या भएमा पिसाबको ल्याब परीक्षण गराउने र चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि खाने गर्नुपर्छ ।

06/10/2015

जानकारीका लागि: अण्डाका फाइदाहरू!!!

– अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ ।
– शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
– अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पु¥याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ ।
– अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् ।
– बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ ।
– अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पु¥याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।

बागेश्वरी हस्पिटलले सदैव मानव स्वास्थ्य सेवामा  समर्पित् रहि पटक पटक नि:शुल्क स्वास्थ्य  सिविर आयोजना गर्ने गरेको कुरा अ...
05/10/2015

बागेश्वरी हस्पिटलले सदैव मानव स्वास्थ्य सेवामा समर्पित् रहि पटक पटक नि:शुल्क स्वास्थ्य सिविर आयोजना गर्ने गरेको कुरा अवगत नै छ । महा भुकम्प पश्चात पनि अस्पतालले धेरै सेवाग्राहीलाई नि:शुल्क उपचार सेवा प्रदान गरेको थियो। त्यसै गरी अस्पतालद्वारा आफ्नो कर्तब्य बोध गरी यही मिति २०७२ साल अाश्विन १७ गते यस अस्पतालका संस्थापक सदस्य श्री सुशील चन्द्र शर्मा ज्यूको हातबाट काठमाडौं स्थित नागढुंगामा भूकम्प पीडित ब्यक्तिहरुलाई राहत स्वोरुप ब्लान्केट प्रदान् गरियो।
People seems happy :)

06/01/2015
20/11/2014
25/07/2014

Address

Satungal-08

44600

Telephone

+97714315930

Website

Alerts

Be the first to know and let us send you an email when Bageshwari hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bageshwari hospital Pvt. Ltd:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram