Master Godangel

Master Godangel Master Godangel is a spiritual master, humanitarian, voice for the voiceless, philosopher of Lovism,

Godangel Bani 9 May 2026प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा र...
09/05/2026

Godangel Bani 9 May 2026
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा राख्न चाहन्छु ।

एक किसानको खच्चड इनारमा खस्छ,किसानले के गर्ने भनेर सोच्दै गर्दा त्यो खच्चड घण्टौं सम्म दयनीय रूपमा रुँदै इनार भित्र रहन्छ । अन्ततः किसानले निर्णय गर्छ कि इनारलाई जसरी पनि पुर्नु नै छ, खच्चड पनि बुढो भैसक्यो अब इनार संगै यो बूढो खच्चडलाई पनि यही पुरी दिन्छु, किनकि यो खच्चड निकाल्नुको कुनै अर्थ छैन ।

किसानले आफ्ना सबै छिमेकीहरूलाई मद्दत गर्न आउन निम्तो दिन्छ, छिमेकीहरू सबैले एउटा बेल्चा लिएर इनारमा माटो खन्याउन थाले । सुरुमा त खच्चडले मलाई पुर्न लागेको भनेर झन् आत्तिएर रुँदै बेस्सरी करायो, किसानले छिमेकीहरु संग मिलेर निरन्तर इनार पुरी रहे । किसानका छिमेकीहरूले खच्चड माथि माटो फाल्न जारी राख्दा खच्चडले यस्तो जुक्ति लगायो कि जति माटो खस्छ उति आफ्नो ढाडको माटोलाई हल्लाउँदै भुँइमा खसाल्दै एक पाइला माथि उठ्छ । त्यसपछि सबैलाई अचम्मित पार्दै खच्चड शान्त रहन्छ ।

केही समयको निरन्तर माटो खसाई पछि किसानले अन्ततः इनार तल हेरे । उसले जे देख्यो त्यसमा ऊ छक्क पर्यो । खच्चडको ढाडमा खसेको प्रत्येक बेल्चा माटो खच्चडले केही अचम्मको काम गरि रहेको थियो, उसले त्यसलाई हल्लाउँथ्यो र एक पाइला माथि उठाउँथ्यो । किसानका छिमेकीहरुले इनारमा माटो निरन्तर खनाए झन् चाँडै नै खच्चड इनारको किनारमा चढ्यो र खुसी साथ त्यहाँ बाट बाहिर निस्कियो, इनार पुर्ने सबै जना छक्क परे !

प्रियजन कथाले हामीलाई यो नैतिक शिक्षा दिइरहेको छ कि जसरी एउटा खच्चड जीवनमा आत्तिनु छाडेर शान्त पुर्वक आफू माथि बर्सिएको माटोलाई हल्लाउँदै भुँइमा झार्दै त्यसैलाई एक पाइला माथी टेक्दै इनारको गहिराई बाट किनारा हुँदै बाहिर निस्कन सफल भयो, त्यसैगरी हामी पनि अनेकौं कठिन समय बाट गुज्रि रहेको जो कोहीको लागि समस्या बाट बाहिर निस्कने तरिका यही हो । रुँदै आत्तिएर वा समस्या बाट हार मानेर होइन तर जस्तै चुनौती पुर्ण समस्या आइपरे पनि शान्त रहेर विवेक पुर्ण त्यो समस्याहरुलाई अवसरमा बदल्न हरपल संघर्ष गर्न कहिले थाक्नु हुन्न, कहिले हार मान्नु हुन्न, हार नमानी संघर्ष गर्नु भनेको एक पाइला माथि उठाउनु हो । हाम्रा प्रत्येक समस्याहरू एउटा पाइलाको ढुङ्गा हुन् जहाँ हामी सिंडी बनाएर माथि उठ्छौं, हामी गहिरो समस्या बाट बाहिर निस्कन सक्छौं केवल समस्यामा संघर्ष छेड्न नरोकेर, कहिल्यै हार नमानेर ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel bani 2 May 2026प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश ...
02/05/2026

Godangel bani 2 May 2026
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

हामीले भगवानलाई कसरी चिनेका छौं भन्ने सवालमा व्याख्या गर्दै छौ, त्यो भन्दा अगाडि एउटा सानो कथा सुनौं । एकदिनको कुरा हो एउटा ठुलो हात्ती हुन्छ अनि त्यो हात्ती चै कस्तो हुन्छ भनेर गाउँमा खैलाबैली मच्चिएछ । त्यहाँ पाँच जना मान्छेहरु चाहि आँखा नदेख्नेहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले हात्ती कस्तो हुने रहेछ हामी पनि जाउ छामेर हेरौं भन्दै जानु भएछ । जब हात्ती भएको ठाँउमा पुगेर एकजनाले हात्तीलाई छाम्छ उहाँको हात सुढमा परेछ र उहाँले भन्नु भएछ हात्ती त केराको थम्बा जस्तो पो हुदो रहेछ, फेरि अर्को जनाले खुट्टा छाम्नु भएछ हैट हात्ती त त्यस्तो होइन हात्ती त खम्बा जस्तो रहेछ, फेरि तेस्रो ब्यक्तिले छाम्दा कान छाम्नु भएछ अनि भनेछ हात्ती त नाङलो जस्तो हुँदो रहेछ, चौंथो ब्यक्तिले छाम्न पुग्छ उहाँको हात शरीरमा परेछ अनि उहाँले भन्नु भएछ हात्ती त भित्ता जस्तो हुँदो रहेछ र अन्तिममा पाँचौ ब्यक्तिले छाम्नु हुन्छ त्यो बेला उहाँको हात हात्तीको पुच्छरमा पर्छ अनि भन्नु हुन्छ हैन हात्ती त डोरी जस्तो पो हुँदो रहेछ ।

कसैले भित्ता जस्तो, कसैले खम्बा जस्तो, कसैले नाङलो जस्तो, कसैले केराको थम्बा जस्तो र कसैले डोरी जस्तो हुन्छ भन्दै उहाँहरु एक-अर्कामा पुरा झगडा गर्न थाल्नु भएछ । आ–आफ्नो धारणा अनुसार आफ्नो कुरामा उहाँहरु अडिक भएर झगडा गर्न थाल्नु भएछ । हात्तीको विषयमा यहाँ नैतिकता सकियो, उहाँहरुको झगडा चर्की रहेको थियो त्यही समयमा एकजना समाजदार ब्यक्ति आएर सम्झाउदै हात्तीको बारेमा बुझाउनु भयो कि हजुरहरु सबै सही हुनुहुन्छ हजुरहरुले हात्तीको जुन-जुन भाग छुनु भयो त्यही भाग जस्तो लाग्यो तर हात्ती त्यति मात्र होइन नि, हात्तीको सर्वाङ्ग भाग हजुरहरुले छाम्नु भएको भए हरेकको कुरा मिल्थ्यो भनी सके पछि ती आँखा नदेख्ने पाँच जना ब्यक्तिहरुको बिबाद त्यही सामाधान भयोे ।

यहाँ यो कथा बाट हामीले सिक्नु पर्ने कुरा सरल छ, भगवान के हो ? कसैको लागि एकल धार्मीक, कसैको लागि वहु धार्मीक, कसैको लागि भगवान सरस्वति हो आमाको रुपमा हुनुहुन्छ, भगवान बाबाको रुपमा हुनुहुन्छ । भगवान आ-आफ्नै परम्परा , संस्कार र धर्मबाट बुझ्ने आ-आफ्नै तरिका छ । जसरी दृष्टि बिहिन ब्यक्तिहरु मैले छामेको सहि हो, म सही छु भनेर जुन प्रकारको आफ्नो तर्क राख्दै बिबाद गर्नु भयो त्यसैगरी हामीले पनि भगवानको बृहत्तलाई नबुझेर एक अर्कामा लडाइ लडिरहेका छौ ।

हामी भगवानको विषयमा भगवान यो हो, त्यो हो भनेर जसरी बझ्ने प्रयत्न गर्‍यो अनि त्यसैको आधारमा धर्म, संस्कार बनायौ र त्यही आधारमा फेरी झगडा गर्न थाल्यौं कि सबैभन्दा मेरो धर्म ठुलो, सबै भन्दा मेरो संस्कार उत्कृष्ट हो । यसैको कारणले गर्दा आज हामी एक-अर्का बीचमा घृणाभाव जागेको छ, धर्मको नाममा लडाइ झगडा हुनु भैरहेको छ । प्रेमवाद दर्शनले भन्छ भगवान जसरी जपेका छौ जुन प्रकारले बुझेका छौ त्यो गलत नभएको हुन सक्छ तर भगवानको कुनै भाग मात्र बुझेको हुन सक्छौ, भगवानको एउटा अंश मात्र बुझेका हुन सक्छौ, भगवानको बृहत्तलाई बझ्ने हो भने त्यो भन्दा गहिराई छ ।

यसर्थ हामी यो धर्म त्यो धर्म, यो संस्कार त्यो संस्कार भन्दै बिबाद गर्न छोडौं, जसले जसरी बुझेको भए पनि भगवानलाई बुझ्न गहिराईमा जाने हामीले प्रयास गर्नु पर्छ । प्रेमवाद दर्शनले भन्दछ , भगवानलाई बुझ्नको लागी हामीले शुन्यतालाई बुझ्नु पर्दछ । जसरी अक्षर पढ्न नजान्नेको लागी कालो अक्षर भैँसी बराबर भने झै हामी गर्छौ त्यस्तै , शुन्यताको विषयमा ज्ञान नहुदा हाम्रो लागी भगवान भनेको कालो लक्षर भैँसी वरावर नै हुनेछ ।
जय प्रेम !
With love and blessings
Guruhajur

Happy Budha purnima !बुद्ध पूर्णिमाको यस पवित्र दिनमा बुद्धको ज्ञानको प्रकाशले हामीलाई शान्ति, करुणा र ज्ञानतर्फ डोऱ्याओ...
01/05/2026

Happy Budha purnima !

बुद्ध पूर्णिमाको यस पवित्र दिनमा बुद्धको ज्ञानको प्रकाशले हामीलाई शान्ति, करुणा र ज्ञानतर्फ डोऱ्याओस् । सत्य र दयाको मार्गमा हिँडौं । हामी सबैले हामी भित्रको बुद्धलाई जगाउने प्रयास गरौं । तपाईंलाई सुमधुर र आनन्दमय बुद्ध पूर्णिमाको कामना! सबैलाई आशीर्वाद ।
जय प्रेम !

On this sacred day of Buddha Purnima, may the light of Buddha's wisdom guide us towards peace, compassion, and enlightenment. Let us walk the path of truth and kindness. May we all strive to awaken the Buddha within us. Wishing you a harmonious and joyous Buddha Purnima. Blessings to all.
Master Godangel
Jai prem

Godangel Bani,25 April 2026प्रिय आमा-बाबा,युवा नानुहरु यहाँहरु सबैको कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवे...
25/04/2026

Godangel Bani,
25 April 2026
प्रिय आमा-बाबा,युवा नानुहरु यहाँहरु सबैको कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

प्रियजन हामी गन्तब्यमा पुग्नको लागि जसरी हामीले आफ्नै पाइला बाट यात्रा सुरु गर्नु पर्छ, त्यसरी नै संसारमा दिगो शान्ति स्थापित गर्नको निम्ति पनि हामी बाट नै सुरु हुनु पर्छ, गन्तव्यमा पुग्न हामीले पहिलो पाइला चाले जस्तै शान्तिको लागि हाम्रो पहिलो पाइला चै हामी आफू पहिला प्रेममा जिउनु थाल्नु हो । यो संसारमा दिगो शान्तिको फल लाग्नुको लागि प्रेमको फुल फुल्नु पर्छ, कारण प्रेम जरा हो भने शान्ति चै वृक्ष हो, जसरी वृक्ष जरा बिना रहन सक्दैन त्यसरी नै शान्ति पनि प्रेम बिना शान्ति भएर खडा हुन सक्दैन, शान्ति एउटा प्रेमको उपज हो, तसर्थ प्रत्येक परिवारमा एक अर्कालाई प्रेमले अंगाल्न सक्नु पर्दछ। विश्वमा शान्ति ल्याउनको लागि एकजना ब्यक्तिले यो गर्न सक्छ की विश्व शान्तिको निम्ति एउटा सुरुवाती पाइला चाली संसारमा दिगो शान्तिको ढोका खोल्न सक्छ, जसले आफ्नो परिवारलाई प्रेम गर्न थाल्छ, परिवारमा प्रेम हुनु नै संसारमा प्रेमको पाइला चाल्नु हो । प्रेमले जस्तै घृणाको पहाड, रीसको पहाड र घमण्डको पहाडलाई पनि ढाल्दछ । प्रेम यस्तो हतियार हो जसले समाजमा निहत्था समाजको उत्थान गर्दछ। मर्न लागेको समाज लाई पनि फेरि प्रेमको श्वासले ब्युँत्याउछ, मर्न लागेकाहरुलाई प्रेमले बचाएर मर्न बाट बचेकाहरु बाट नै फेरि मर्न लागेकाहरुलाई बचाइनेछ । यसर्थ हामीले संसारमा शान्ति खोज्नु अगाडि आफै भित्र शान्तिको बीजारोपण गर्नु पर्छ, त्यो शान्तिको बीज भनेको प्रेम हो जुन प्रेम प्रथमतः आफै भित्र उमार्नु पर्छ, जब आफै भित्र प्रेमको टुसा पलाउँछ अवस्य संसारमा दिगो शान्ति स्थापित हुनेछ ।
Jai Prem !
With love and blessings
Guruhajur,

Godangel Bani 18 April 2026,प्रिय आमा,बाबा युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी ...
18/04/2026

Godangel Bani 18 April 2026,
प्रिय आमा,बाबा युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी एउटा कथा मार्फत राख्ने अनुमति चाहन्छु।

एउटा गाउँमा एक आमा र छोरा बस्नु हुन्थ्यो, छोरा सानो हुँदै बाबाको मृत्यु भएको कारण आमा एक्लैले ठुलो दु:ख संघर्ष गर्दै छोराको लालनपालन गर्नु हुन्छ। आफ्नो भोक-निन्द्रालाई त्यागेर रातदिन मिहिनेत गर्दै छोरालाई उच्च शिक्षा सम्म अध्यन गराउनु हुन्छ। आमाले आफ्नो भावनात्मक संघर्ष र कठिनाइहरू प्रति कहिल्यै गुनासो गरिनन् बरु छोरालाई सकेसम्म उत्तम जीवन दिनको लागि आफ्नो ज्यान दिएर काम गर्छिन्।

छोराको उच्च शिक्षा पछि छोराले आमालाई भन्नु भयो आमा! हाम्रो साथीहरू संग हामी केही दिनको लागि टाढा घुम्न जाँदैछौ, त्यसको लागि मलाई पैसा चाहिन्छ, आमाले छोराको इच्छामा हुन्न भन्न सक्नु भएन चुपचाप सहमति जनाए तर आमालाई पैसा जोहो गर्न निक्कै सकस थियो। आमाले छोराको इच्छा पूरा गर्नको लागि धेरै ठाँउ हात जोड्नु भयो तर पैसा जुटाउनु सक्नु भएन, छोरा रीसाउदै भन्नु हुन्छ "आमा मेरो एउटा इच्छा पनि पूरा गर्नु सक्नु भएन, मेरो ब्यवास्ता गर्नु भयो हजुरले, ठिकै छ म आफै कमाएर रमाउछु म आजै शहर जान्छु।

छोराको कुरा सुनेर आमाले आँसु झार्दै छोरालाई शहर जान बाट रोक्न खोज्नु हुन्छ तर छोराले आमाको कुरा नसुनी आफ्नो बाटो लाग्छ। छोराले शहरमा निक्कै दु:ख संघर्ष गर्दा पनि हातमुख जोड्न कठिन हुन्छ, दिनभर फ्याक्ट्रीमा काम गरेर थकित भएर आफ्नो कोठामा आउँदा ती आमाले तातो खाना पकाएर दिएको सम्झन्छ।

एक दिनको कुरा आमा लामो समय बिरामी भए पछि बित्नु हुन्छ, आमा बितेको खबर छोरा सम्म पुग्छ, शोकले भरिएको छोरा घर फर्किन्छ। छोराले बेडको साइड टेबलमा आमाले छोडेर गएको एउटा नोट भेट्छ, जसमा केही औषधि पनि भेटिन्छ, त्यो नोटमा लेखिएको थियो कि "प्रिय मेरो छोरा मलाई थाहा छ तिमी रोए पछि तिम्रो टाउको दुख्ने छ, तिमीलाई सजिलै रुघा लाग्ने छ त्यो समयमा यी चक्की (औषधी) तिमीले खानु है।"

प्रियजन यो कथा बाट आमाको सन्तान प्रतिको प्रेम-करुणा र त्याग स्पष्ट झल्किन्छ,आमाको माया साहसी निःशर्त हुन्छ, हामीलाई मार्गदर्शन र सुरक्षा गर्न सधैं तत्पर हुन्छिन्। आफ्नो गाँस काटेर आफ्नो सन्तानलाई खुवाउछिन्। अन्तिम घडीको स्वास फेर्ने पीडामा पनि आफ्नो सन्तानको चिन्ता गर्नु हुन्छ, त्यस्तो महान आमाको बलिदानको सधै हामीले कदर गर्नु पर्छ किनकि आमाको माया-करुणा बहुमुल्य रत्न भन्दा पनि अमूल्य हुन्छ। आमाहरु भगवानको एक प्रतिरुप हुनुहुन्छ, हामीले उहाँहरुको कहिले अनादर गर्नु हुन्न, आमाको करुणाको तपस्वी बन्नु पर्छ, भनिन्छ स्वर्ग पनि आमाको पैताला मुनि हुन्छ।
Jai Prem !
With love and blessings
Guruhajur,

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा संसार भरका सम्पूर्ण प्रिय आमाहर...
17/04/2026

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा संसार भरका सम्पूर्ण प्रिय आमाहरूको सुस्वास्थ्य, दीर्घायु र सुख-शान्तिको हार्दिक मंगलमय शुभकामना! हामीलाई जन्म दिनु हुने ममता र स्नेहको खानी ममतामयी आमाहरु प्रति श्रद्धा र सम्मान छ, सबैभन्दा ठूलो खुशी भनेको आमाको अनुहारमा मुस्कान देख्नु हो, आमा त्यो धागो हुन् जसले सम्पूर्ण परिवारलाई एकतामा बाँध्दछ।

आमाको माया,ममता शब्दमा व्यक्त गर्न सकिँदैन
आमाको काख भन्दा सितल अरु कोही छाँया हुँदैन
आमाको मन पृथ्वीको सबै भन्दा सुन्दर ठाउँ हो
आमा संसारमा निःशर्त ममताको प्रतिरुप हो ।

आमाको ममता अमृत भन्दा पनि उच्च हुन्छ
आमा हाम्रो हरेक पीडाको औषधि हुनुहुन्छ
आमा जीवनको सबै भन्दा पहिलो गुरु हुनुहुन्छ
आमा जीवनको अन्धकार हटाउने ज्योति हुनुहुन्छ ।

आमाको माया,ममता हाम्रो ठुलो शक्ति हो
आमा भन्दा असल साथी अरु कोही हुन सक्दैन
आमाको काखमा जतिको शान्ति कतै मिल्दैन
आमाको आशीर्वाद सबैभन्दा ठूलो धन अरु हुदैन ।

संसारको सबै खुशी आमाको काखमा हुन्छ
आमा बिनाको घर शुन्य-शुन्य खाली लाग्छ
आमा बिना जीवन सुखै भए पनि अधुरो हुन्छ
आमाको काखमा स्वर्गको अनुभुती मिल्छ ।
Jai Prem !
With love and blessings
Guruhajur

Godangel Bani 11 April 2026प्रिय आमा-बाबा युवा नानुहरु,हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी त...
11/04/2026

Godangel Bani 11 April 2026
प्रिय आमा-बाबा युवा नानुहरु,
हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु।

एका शहरमा एक जना धनढ्य ब्यापारी रहनु हुन्थ्यो, उहाँको एक मात्र छोरा थिए, ती छोरालाई बुबाले असाध्यै माया गर्नु हुन्थ्यो, छोराको अर्को हप्ता स्नातक हुन लागेका थियो। केही हप्ता अघि उसले एउटा शोरुममा धेरै सुन्दर स्पोर्ट्स कारहरु देखे र त्यो कार आफ्नो बुबाबाट स्नातकको उपहार स्वरुप लिन चाहन्थे। जुन दिन उसले शोरुममा त्यो कार देख्यो घर फर्कनु अघि ऊ भित्र गएर डिलर र कारको विवरण पनि बुझे।

छोरा साँच्चै उत्साहित थिए किनकि उसले आफ्नो बुबा बाट त्यो कार उपहार पाउने अपेक्षा गरिरहेको थियो, किनभने उसले सधैं आफ्नो बुबा बाट जे चाहना राखे पनि बुवाले पूरा गरि दिनु हुन्थ्यो।अन्ततः स्नातकको दिन आयो बुबाले उसलाई आफ्नो अध्ययन कक्षा बोलाउनु भयो र बुबाले सुन्दर एक बक्स उपहार दिदै भन्नु भयो यति असल छोरा पाउँदा म अत्यन्तै गर्व गर्छु, छोरा तिमीलाई मेरो धेरै माया अनि आशिर्वाद सहित यो उपहार दिदैछु।

छोराले धेरै खुसी हुँदै बक्स खोल्यो भित्र स्पोर्ट्स कारको साँचो देख्ने आशामा तर उसले एउटा किताब पायो। स्पोर्ट्स कारको साँचो नभएको र किताब मात्र देखेर ऊ धेरै निराश भए र रिसाएर उसले ठूलो स्वरमा आफ्नो बुबालाई भन्यो, "तपाईंको सबै पैसाले मलाई यो किताब मात्रै आयो?" छोराले किताब छोडेर घरबाट बाहिर निस्कियो। छोरा यति रिसायो कि उसले आफ्नो बुबाको जवाफ नपर्खीकन आफ्नो बुबाको घर छोड्यो र कहिल्यै फर्केर नआउने निर्णय गर्यो।

धेरै वर्ष बितिसकेको थियो छोरा घर नफर्किएको, त्यो छोरा पनि आफ्नो बुबा जस्तै सफल व्यवसायी बनिसकेका थिए। स्नातकको दिन देखि उसले आफ्नो बुबालाई देखेको थिएन। एक दिन उसले आफ्नो बुबाको मृत्यु भएको खबर पाउँछ, बुबाको मृत्यु सुन्न साथ उनी आफ्नो बुबाको घरमा पुग्छ अनि उसले त्यहाँ आएर आफ्नो बुबाले छोडेका सामानहरू सबै नियाल्छ। उनको मनमा दुःख र पश्चातापले भरिएको महसुस हुन्छ। उनले आफ्नो बुबा सँग अन्तिम पटक कुरा गरेको कोठामा जान्छ त्यहाँ उनले सामानहरू मिलाउन थाल्छ। सामानहरु मिलाउने क्रममा एउटा दराजमा उसले त्यही किताब भेटाउछ जुन उसको बुबाले उसलाई स्नातकको दिनमा दिएका थिए। एकैछिनमा उसका सबै सम्झनाहरू फर्किए। ऊ त्यही कुर्सीमा बस्यो आँसु बगाउँदै, उसले त्यही बुबाले दिनु भएको किताब खोलेर पाना पल्टाउन थाल्यो।

केही पाना पल्टाए पछि उसले किताबको बीचमा एउटा प्वाल भेट्टायो जसमा कारको चाबी थियो साथमा त्यसमै ट्याग पनि थियो, र ट्यागमा लेखिएको थियो..."मेरो प्यारो छोराको लागि यो माया जसले मलाई बुबा हुनुमा यति गर्व गरायो.."

नैतिक शिक्षा:

जीवनमा धेरै पटक हामीले भेट्ने मानिसहरू र जीवनमा अनुभव गर्ने कुराहरूलाई पूर्वाग्रही रूपमा हेर्छौं किन भने तिनीहरू हामीले अपेक्षा गरे अनुसार हुँदैनन्, त्यसैले हामी गलत धारणा, भ्रम पुर्ण आधार खडा गर्छौ। तसर्थ रिसको समयमा हामीले कुनै व्यक्ति वा परिस्थितिको बारेमा कठोर निर्णय गर्नु अघि एक क्षण रोकिएर सोच्नु पर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा ढिलो हुनु अघि नै हामीले क्षमा गर्न सिक्नु पर्छ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 4 April 2026प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवे...
04/04/2026

Godangel Bani 4 April 2026
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

आज संसारमा शान्ति देखिन्दैन, समाजमा शान्ति छैन, परिवारमा शान्ति छैन र शान्ति नहुनुको एउटै कारण स्वार्थ हो, म मात्रै बाचौं अरु नबाँचोस्, मलाई मात्रै सम्मान होस, अरुलाई नहोस्, यस्तै कारण संसार टुक्रेको छ। यो घडीमा प्रेम जतिको शक्तिशाली बाटो अरु कुनै छैन। प्रेमको भावनाले संसारलाई एक ठाँउमा ल्याउँछ, प्रेमले संसारको सारा मान्छेहरुलाई एउटै परिवारको भावना सृजना गर्छ। यो संसारमा हामी कति दिन पो रहन्छौं? तर जति बाच्छौ राम्रो विचारले बाँचौ, एक अर्कालाई सम्मान गरौ, यदि प्रेमको भावनाले हामी बाच्यौं भने समाज, राष्ट्र हुँदै संसारमा शान्ति छाउँछ किनकि प्रेममा घृणा हुँदैन, प्रेममा आफ्नोपना हुन्छ यसर्थ प्रेमको भावनाले संसारमा दिगो शान्ति स्थापित हुन्छ।

प्रेमवाद दर्शनको उदेश्य नै शाश्वत प्रेमको लागि हो, जहाँ एउटा मात्रै धर्म भन्ने कुरा आउँदैन, जहाँ सबै एक भन्ने आउँछ, मान्छे भन्ने कुरा पहिला आउँछ, दर्शनको मान्यता सारा धर्म एकै हो, यो धर्म ठुलो त्यो धर्म सानो भन्ने भावना गर्नु हुदैन, सबै धर्मले सिकाउने कुरा भनेको प्रेम हो। प्रेमको भावनामा जिउनु पर्छ, सारा धर्मलाई आफ्नै ठान्नु पर्छ, हाम्रो संस्कार आ-आफ्नै फरक-फरक होला तर संस्कार भनेको फुल जस्तै हो, फुलमालामा विभिन्न रंगको फुल उन्दा जसरी सुन्दर माला देखिन्छ त्यस्तै जति धेरै संस्कार संस्कृति हुन्छ उति धेरै राम्रो देखिन्छ, अत: हामीले एक अर्काको धर्म, संस्कार, संस्कृति लाई सम्मान गर्नु पर्छ।

धर्मको नाममा एक-अर्कालाई घृणाभाव गर्दा संसारमा मानवता खल्बलिन्छ। यसले युद्ध जन्माउछ, संसारमा हामीले मान्छेको भावनाले जिउनु पर्छ, एउटै परिवारको भावना गर्नु पर्छ। यो धर्म र यो धर्म, यो ठुलो जात र त्यो सानो जात भन्ने भावनाले संसारलाई टुक्राउँछ, यो ईश्वरले होईन मान्छेले छुट्टाएको हो, यो सबै मान्छेले सिमाना बनाएको हो, यो कुरा छुट्नु पर्छ, प्रेमको भावानाले जिउन सके यो सबै बोडर लाइन हट्नेछ, घृणाभावले होइन प्रेम-करुणाको भावनाले सबैलाई जोड्दछ।

मान्छे जतिसुकै भौतिकतामा रमाउन प्रयास गरे पनि एकदमै क्षणिक हुन्छ, भौतिक कुरा प्राप्त गर्नु नै हाम्रो उदेश्य बनाउनु हुँदैन, हाम्रो क्षणिक जीवन छ, हामीले बडोभाग्यले मनुष्य जीवन पाएका छौ, यतिखेर हामीले उदेश्य के बनाउने? जुन धन सम्पत्ति कामाउने उदेश्य बनाउछौ भने हाम्रो उदेश्य आफैमा क्षणिक छ। हामीलाई भौतिक सम्पत्तिले मात्रै कहिले शान्ति दिन सक्दैन।

सांसारिक बन्धन अर्थात परिवारमा फसेको भएपनि उहाँहरुले केही समय निकाल्नु पर्छ, ध्यान चिन्तनको लागि केही समय निकाल्नु जरुरी छ, आफुले आफैलाई सोंचौ मेरो जीवन वास्तवमा के हो? म यो संसार बाट बिदा भैसके पछि के हुन्छु ? मेरो जीवनको अर्थ के हो? म किन बाँचिरहेको छु? यो खाल्को चिन्तन गर्दा मान्छेहरुलाई एकासी आध्यात्मिकतामा ढल्काउँछ साथै प्रेममा पनि ढल्काउछ अनि आफुलाई खुशी आनन्द पनि प्राप्त हुन्छ।
Jai Prem !
With love and blessings
Guruhajur,

हेभेन्ली निर्भाणा पाथ नेपालको आयोजनामा परम पूज्य गुरुहजुरको जन्मदिनको पावन अवसरमा आयोजित “रक्तदान तथा विशिष्ट व्यक्तित्व...
31/03/2026

हेभेन्ली निर्भाणा पाथ नेपालको आयोजनामा परम पूज्य गुरुहजुरको जन्मदिनको पावन अवसरमा आयोजित “रक्तदान तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम” झापा, कमल–५ स्थित प्रेमवादी सामुदायिक भवनमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ।
यस रक्तदान कार्यक्रममा जम्मा ११६ पिन्ट रक्त (Blood Units) सफलतापूर्वक सङ्कलन गरिएको थियो, जसले समाजमा मानवीय सेवा, परोपकार र समर्पणको उज्वल उदाहरण प्रस्तुत गरेको छ।
उक्त अवसरमा संघले मानवीय सेवामा निरन्तर रूपमा समर्पित विशिष्ट व्यक्तित्वहरूलाई परम पूज्य गुरुहजुरबाट दोसल्ला ओढाई तथा सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरू तपशिलका अनुसार रहेका छन्—
डा. विपिन नेपाल – वरिष्ठ रक्तसञ्चार विशेषज्ञ, काठमाडौँ
डा. भगवान कोइराला – वरिष्ठ मुटुरोग विशेषज्ञ, काठमाडौँ
श्री प्रेमसागर कर्माचार्य – अध्यक्ष, रक्तदान समाज तथा सामाजिक अभियन्ता
MJF श्री शंकर कुमार सागर (२०२४/२५ डिस्ट्रिक गभर्नर) – सामाजिक अभियन्ता
श्री रमेश कुमार पाण्डे – सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
कार्यक्रम अन्तर्गत रक्तदानजस्तो महान् कार्य सम्पन्न हुनुका साथै समाजमा निरन्तर योगदान पुर्‍याइरहेका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो।
हेभेन्ली निर्भाणा पाथ नेपाल, झापा जिल्ला शाखाद्वारा सह–आयोजित यो कार्यक्रम अत्यन्तै प्रेरणादायी, उपस्थितिपूर्ण र सफल रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सबै सम्मानित व्यक्तित्वहरू तथा ११६ जना महानुभाव रक्तदाताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
जय प्रेम !

Godangel Bani 28 March 2026,प्रिय आमा-बाबा, युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्न...
28/03/2026

Godangel Bani 28 March 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु।

एक समयको कुरा हो एकजना महात्मा गुरु एउटा गाउँमा रहनु हुन्थ्यो। मानिसहरू टाढा-टाढा बाट उहाँको सहयोग ज्ञान् प्राप्तिको लागि आउँथे। उहाँले सबैलाई जीवन जिउने कला सिकाउनु हुन्थ्यो र ज्ञान प्राप्तिको बाटो देखाउनु हुन्थ्यो। एकदिन महात्मा गुरु बाट दर्शनको बारेमा बुझ्न-जान्नका लागि एक जना विद्वान प्रोफेसर महात्मालाई भेट्न जानू हुन्छ, ती विद्वान प्रोफेसर धेरै विषयहरूमा राम्रो जानकार थिए र आफ्नो ज्ञानमा गर्व पनि गर्थे। जब प्रोफेसर महात्मा कहाँ आइपुगे तब उनले आफूले जानेका सबै कुराहरू सुनाउन थाले, प्रश्नहरू सोधे तर महात्मा गुरुलाई बोल्ने अवसर नदिइ आफ्ना विचारहरू मात्र साझा गरिरहे।

विद्वान प्रोफेसर आफ्नै विचार र ज्ञानले भरिपूर्ण रहेको प्रमाणित गरिरहेको स्पष्ट देखिन्थ्यो, उनले महात्मा गुरुलाई बारम्बार आफ्नै कथाहरू सुनाएर रोके, महात्मा गुरुले धैर्य पूर्वक उसको कुरा सुनि रहनु भयो तर महात्मा गुरु बाट दर्शन बुझ्न सुन्न प्रोफेसर असफल भए। प्रोफेसर आफ्नो ज्ञान प्राप्त गर्नुको सट्टा देखाउनमा धेरै नै केन्द्रित थिए। अन्तमा महात्मा गुरुले शान्त पूर्वक प्रोफेसरलाई चिया पिउन अनुरोध गर्नु भयो, त्यसपछि महात्मा गुरुले चिया दिने प्रस्ताव राख्नु भयो, उहाँले विद्वानको कपमा चिया खन्याउन थाल्नु भयो र चियाले कप भरिएर टेबलमा पोखिन्दा सम्म पनि खन्याउन जारी नै राख्नु भयो, प्रोफेसरले चिच्याएर भन्नू भयो, "रोक्नुहोस्! कप पहिले नै भरिएको छ, के तपाईं देख्न सक्नुहुन्न?"

महात्मा गुरुले मुस्कुराउँदै जवाफ दिनु भयो, "प्रोफेसर यो कप जस्तै हजुर पनि यति धेरै विचारहरूले भरिएको हुनुहुन्छ कि अब उपरान्त केही पनि हजुरमा थप्दा अट्दैन। यहाँ बाट केही लग्नको लागि खाली कप लिएर म कहाँ फर्केर आउनुहोस्।"

प्रियजन यस कथाले व्यक्तिहरूलाई नम्रता र जिज्ञासाका साथ नयाँ परिस्थितिहरूमा जान आग्रह गर्दछ। नम्रताको महत्त्व, नयाँ विचारहरू प्रति खुलापन र हाम्रा पूर्वकल्पित धारणाहरूलाई चुनौती दिन्छ, साँचो सिकाइ साथै नयाँ दृष्टिकोणको लागि ठाउँ सिर्जना गर्न अवस्थित पूर्वाग्रहहरूलाई त्याग्न आवश्यक छ, आफ्नो विचार, ज्ञान, वा अनुभव प्रस्तुत गर्नमा धेरै व्यस्त नभई अरुको बिचार वा अरुलाई सुन्ने धैर्यता राख्नु पर्छ, जसरी चिया पिउन कप खाली हुनुपर्छ त्यसरी नै नयाँ विचारहरू स्वीकार गर्न दिमाग पूर्वकल्पित धारणाहरू बाट खाली हुनुपर्छ। यस कथाले बौद्धिक अभिमानले बुद्धिको लागि बाधाको रूपमा काम गर्न सक्छ भन्ने कुरालाई प्रकाश पार्दछ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Master Godangel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share