29/11/2025
Godangel bani 29 November 2025,
प्रिय आमा बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्दछु ।
प्रेमवादको शाब्दिक अर्थमा कसैको मनमा प्रश्न चिन्ह खडा हुन सक्छ । प्रेमको शाब्दिक अर्थले सायद यसको असिमितता अटाउन सक्दैन । प्रेमको बुझाईलाई केवल व्यवहारबाट मात्रै व्यख्या गर्न सकिन्छ । प्रेमलाई बुझ्नु भन्दा महसुस गर्नु बढी सार्थक हुन्छ अनि शाश्वत प्रेमको एउटा सानो आभासलाई मात्रै महसुस गर्नु भएका जो कोहिले पनि हुनुहुन्छ भने उहाँले प्रेमलाई गलत अर्थमा बुझ्नु हुन्न । किनकि प्रेमवाद असल अनि व्यवहारिक दर्शन हो जस्ले केवल मस्तिस्कलाई मात्र प्रभाव पर्दैन, यसमा मननै परिवर्तन गर्न सक्ने गुण छ ।
हामीले प्रेमलाई फराकिलो धार बाट महशुस गर्नु पर्छ । प्रेम केवल प्रेमि-प्रेमिका विच मात्र सिमित छैन । प्रेमी-प्रेमिकाको सम्बन्ध पनि प्रेमका कयौँ रुप मध्यको एक रुप हो, तर शाश्वत प्रेम अझै सुन्दर अनि विशाल हुन्छ । प्रेम शान्त हुन्छ, अविचलित हुन्छ, गुणवाण हुन्छ अनि फलदायी हुन्छ । केवल यो संसारमा बाँच्नको लागि मात्र नभएर शाश्वत प्रेमको आवश्यकता आत्मिकी जिवनको निम्ती पनि अत्यावश्यक हुन्छ । शाश्वत प्रेम अपनाउन सक्नु भनेको हामीले बुधत्व प्रप्त गर्नु सरह हुन्छ । तर सांसारिक मोहमा डुबेर भने शाश्वत प्रेम प्राप्त गर्न असम्भव हुन्छ । यदी हामीले माया र प्रेम बीचको भिन्नता नबुझ्ने हो भने प्रेममै खोट देखिन्छ । तर सत्य कुरा यही हो शाश्वत प्रेम पवित्र हुन्छ, स्वच्छन्द आकाश भन्दा विशाल हुन्छ ।
शाश्वत प्रेममा कुनै किसिमको पिडा हुँदैन किनभने त्यहाँ आशा नै गरिएको हुँदैन । तर सांसारिक मायामा चाँही आशा, आकांक्षा, भरोशा जस्तो आशक्तीले भरिएको हुन्छ, आशक्ती मायामा आफुले माया गरेको मन्छेले सबै कुरा आफुले भनेको जस्तै गरे हुन्थ्यो जस्तो लाग्छ, जसको कारण एक-अर्कालाई बन्धनमा बाँध्ने कोशिश गरिन्छ । जब मान्छेले आफुले माया गरेको ब्यक्ति आफ्नो बहसमा बस्दैन, आफुले लगाएको बन्धनबाट छुट्न खोज्छ,आफुले चाहेको बन्धनमा बस्दैन, तब त्यही बाट उनीहरुको दु:खको उत्पती हुन थाल्छ । कति प्रेमी-प्रेमिकाहरु मायामा आफुले चाहे जस्तो नहुँदा आत्माहत्या सम्म गरेको छन् । अनि प्रेमले सुसाईड गरायो भनेर प्रेमलाई आरोप लगाईन्छ तर त्यो सुसाईड गर्न बाध्य बनाउने चाँही माया र त्यस्मा भएको आकाङ्छा हो, प्रेम त बिचरा एउटा निर्दोष बालक जस्तै छ, जस्को मन शुद्ध छ, जसमा कुनै पापको कल्पना पनि गर्न सकिदैन । आशक्ती मायाले गरेको गल्ती निर्दोष पबित्र प्रेमलाई आरोप लगाउनु भनेको शाश्वत प्रेमलाई नबुझ्नु हो ।
प्रेमवाद दर्शनहरुको पनि दर्शन हो, प्रेमवाद सारा आस्तिकहरुको साझा मार्ग हो । प्रेमवाद दर्शन बिज्ञान सम्मत छ, प्रेमवाद दर्शनले न्यायको ढोका खोल्दछ । प्रेमवाद दर्शनको उदेश्य यो संसारलाई बचाउनु हो, एक मानवले अर्को मानवलाई प्रेम गर्न सिकाउनु हो, यो संसारमा भएको हरेक प्राणी र प्रकृतिलाई पनि आफूलाई सरह प्रेम गर्नु हो । प्रेमवादको लक्ष्य संसारमा दिगो शान्ति छाओस्, सबैको मनमा प्रेमभाव जागोस भन्ने हो । प्रेमवाद एकताको मार्ग हो, जीवनको सत्य बाटो हो । प्रेमवादमा कुनै अन्धविश्वासलाई ठाउँ दिइन्न यो एउटा बिज्ञान सम्मत मार्ग हो । प्रेमवाद करुणाको मार्ग हो, मानवताको मार्ग हो जहाँ सधै सबैलाई आत्मियताको ढोका खोली स्वागत गर्दछ, सबै धर्म वर्गको साझा माग हो । प्रेम गर्दा प्रेम पाउने आशा होईन केवल प्रेमनै गरौँ । प्रेम गर्नुको लक्ष्य, प्रेम पाउनु होईन, प्रेम गर्नु नै हो । अत: प्रेमवादको दर्शनलाई आफ्नु जिवनमा प्रयोग गरी यस भौतिक संसारमा आत्मिकी यात्रा गरिरहनु भएको हजुरहरु सबैमा धन्यवाद चढाउछु ।
Jai Prem !
With love and blessings
Guruhajur,