28/07/2025
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस ‘भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने उद्देश्य’ का साथ नेपाललगायत विश्वभर मनाइएको छ ।
हरेक वर्ष जुलाई २८ तारिखमा मनाइने दिवसको यस वर्षको नारा ‘हेपाटाइटिस लेट्स ब्रेक इट्स डाउन’ हेपाटाइटिसलाई तोडौं भन्ने राखिएको छ ।
स्वास्थ्य समस्याका रूपमा विकराल रूप लिँदै गएको यो रोगबाट विश्वमा करिब ३० करोड मानिस पीडित छन् भने हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमणका कारण वर्षमा १३ देखि १४ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
नेपालमा यसको तथ्याङ्क सरकारसँग छैन । तर तीन लाख बढी मानिस हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । कलेजोको समस्या लिएर उपचारका लागि आउने धेरै बिरामीमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमण रहेको पाइएको कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल बताउँछन् ।
काठमाडौं– आज विश्व हेपाटाइटिसविरुद्धको दिवस ‘भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने उद्देश.....