Nepal Red Cross Society, Kathmandu District Chapter

Nepal Red Cross Society, Kathmandu District Chapter This Page is for sharing the information, notices, activities, etc of NRCS Kathmandu District Chapter

कामपा वडा न १४ मा काठमाडौं महानगर र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाबाट सन्चालित ४ दिने आधारभूत प्राथमिक उपचार...
12/04/2026

कामपा वडा न १४ मा काठमाडौं महानगर र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाबाट सन्चालित ४ दिने आधारभूत प्राथमिक उपचार तालिम सफलता पूर्वक आज सम्पन्न भएको छ ।

प्राथमिक उपचार तालिमप्रती उल्लेख्य आकर्षण ।काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शा...
10/04/2026

प्राथमिक उपचार तालिमप्रती उल्लेख्य आकर्षण ।

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार तालिमप्रती स्थानीय जनसमुदायको उल्लेख्य आकर्षण देखिएको छ । हालसम्म ६ वटा वडामा संचालन गरिएको तालीममा रहेको सहभागीता र लगावले काठमाडौ उपत्यकामा यसको आवश्यकता र महत्त्वलाई प्रष्ट पारेको छ । कामपा-९ र १४ का स्थानीय बासिन्दा जीवन बचाउने ज्ञान सिक्दै हुनुहुन्छ ।

काठमाडौ महानगरपालिका सङ्गको सहकार्यमा संचालन भैराखेको आधारभूत प्राथमिक उपचार तालिम अन्तरगत कामपा २९ को प्रशिक्षण समापन ह...
09/04/2026

काठमाडौ महानगरपालिका सङ्गको सहकार्यमा संचालन भैराखेको आधारभूत प्राथमिक उपचार तालिम अन्तरगत कामपा २९ को प्रशिक्षण समापन हुँदै । समुदायबाट अत्यन्तै रुचाइएको यो तालीमको समापनमा सहभागीहरुलाइ प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै कामपा २९ का वडा अध्यक्ष कुश ढकाल, स्वास्थ्य बिभाग प्रमुख दिपक कुमार के सी एवं वडा सदस्यज्यूहरु ।
#२०८२/१२/२६ #

कामपा वडा न १५ मा संचालन भएको आधारभूत प्राथमिक उपचार तालीम आज २०८२ चैत्र २५ गते समापन भएको छ । नेरेसो काठमाडौ जिल्ला शाख...
08/04/2026

कामपा वडा न १५ मा संचालन भएको आधारभूत प्राथमिक उपचार तालीम आज २०८२ चैत्र २५ गते समापन भएको छ । नेरेसो काठमाडौ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलको सभापतित्वमा भएको समापन कार्यक्रममा कामपा वडा न १५ का वडा अध्यक्ष इश्वरमान डङ्गोल, कामपाका स्वास्थ्य बिभागका अधिकृत ज्ञान बहादुर ओलि, वडा सदस्यहरु, नेरेसो काठमाडौ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्यको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि एवं रेडक्रसकर्मिहरुले तालिमका सहभागीहरुलाइ प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेरेसो काठमाडौ जिल्ला शाखाद्वारा आयोजना भइराखेको समुदायका लागि ४ दिने आधारभूत प्रा...
07/04/2026

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेरेसो काठमाडौ जिल्ला शाखाद्वारा आयोजना भइराखेको समुदायका लागि ४ दिने आधारभूत प्राथमिक उपचार तालिम कार्यक्रम अन्तर्गत कामपा वडा न २९ अनामनगरमा आज चैत्र २४ गते दोस्रो दिनको तालिम लिदै वडावासीहरु ।
तालीम लिन इच्छुक महानगरवासिले आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेरेसो काठमाडौ जिल्ला शाखाद्वारा आयोजना भइराखेको समुदायका लागि ४ दिने आधारभूत प्रा...
05/04/2026

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेरेसो काठमाडौ जिल्ला शाखाद्वारा आयोजना भइराखेको समुदायका लागि ४ दिने आधारभूत प्राथमिक उपचार तालिम कार्यक्रम अन्तर्गत आज २०८२ चैत्र २२ गतेदेखी कामपा वडा न १५ डल्लुमा शुरु भएको छ ।
तालीम लिन इच्छुक महानगरवासिले आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेरेसो काठमाडौ जिल्ला शाखाद्वारा कामपा वडा न १ र १२ मा आयोजना गरिएको ४ दिने आधारभू...
01/04/2026

काठमाडौ महानगर पालिकासङ्गको सहकार्यमा नेरेसो काठमाडौ जिल्ला शाखाद्वारा कामपा वडा न १ र १२ मा आयोजना गरिएको ४ दिने आधारभूत प्राथमिक उपचार तालिमको समापन हुँदै ।
#२०८२/१२/१८ #

विरोध प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटनाबाट पीडितका लागि माइतीघर क्षेत्रमा एम्बुलेन्स सहित  नेरेसो काठमाडौ जिल्ला शा...
30/03/2026

विरोध प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटनाबाट पीडितका लागि माइतीघर क्षेत्रमा एम्बुलेन्स सहित नेरेसो काठमाडौ जिल्ला शाखाका स्वयंसेवक ।
#२०८२/१२/१६ #

काठमाडौ महानगर पालिकाको सहकार्यमा आजदेखी नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले महानगरका विभिन्न वडाहरुमा ४ दिने आध...
29/03/2026

काठमाडौ महानगर पालिकाको सहकार्यमा आजदेखी नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले महानगरका विभिन्न वडाहरुमा ४ दिने आधारभूत प्राथमिक उपचार तालिम शुरु गरेको छ । चैत १५ देखि १८ गतेसम्म कामपा वडा न १ र १२ मा तालिम संचालन हुनेछ । हरेक घर र समुदायका लागि उपयोगी यो तालिममा महानगरका महिलाहरुको उत्साह जनक सहभागीता पाइयो ।

नोवेल युवा सर्कलले चार दिने आधारभूत प्राथमिक उपचार आज सप्पन्न गरेको छ । सहभागी विद्यार्थीहरुको कार्यक्रम समापन पछि सामुह...
28/03/2026

नोवेल युवा सर्कलले चार दिने आधारभूत प्राथमिक उपचार आज सप्पन्न गरेको छ । सहभागी विद्यार्थीहरुको कार्यक्रम समापन पछि सामुहिक तस्वीर खिच्दै ।
#२०८२/१२/१४ #

आजबाट काठमाडौमा शुरु भएको सेतो मच्छिन्द्रनाथ रथयात्राका क्रममा प्राथमिक उपचार सेवा उपलब्ध गराउदै नेरेसो काठमाडौ जिल्ला श...
26/03/2026

आजबाट काठमाडौमा शुरु भएको सेतो मच्छिन्द्रनाथ रथयात्राका क्रममा प्राथमिक उपचार सेवा उपलब्ध गराउदै नेरेसो काठमाडौ जिल्ला शाखाका स्वयंसेवक ।
#२०८२/१२/१२ #

Address

Baghbazar
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715329410

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society, Kathmandu District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Red Cross Society, Kathmandu District Chapter:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram