Nepal Red Cross Society, Kathmandu District Chapter

Nepal Red Cross Society, Kathmandu District Chapter This Page is for sharing the information, notices, activities, etc of NRCS Kathmandu District Chapter

माघ २ गते भूकम्प सुरक्षा दिवस र ट्राफिक सप्ताहको अवसरमा सडक दुर्घटनाबाट बच्ने र भएमा तत्काल गर्नु पर्ने प्राथमिक उपचारका...
16/01/2026

माघ २ गते भूकम्प सुरक्षा दिवस र ट्राफिक सप्ताहको अवसरमा सडक दुर्घटनाबाट बच्ने र भएमा तत्काल गर्नु पर्ने प्राथमिक उपचारका बारेमा किर्तिम अभ्यास मार्फत जानकारी गराउदै नेरेसो काठमाडौ जिल्लाका स्वयंसेवक ।

काठमाडौको प्रमुख पूजा मध्येको "नासःपूजा" गत पुस २७ गते सम्पन्न भयो । ५५ स्थानका विभित्र देवी देउताको पूजा गर्न निस्कनु भ...
12/01/2026

काठमाडौको प्रमुख पूजा मध्येको "नासःपूजा" गत पुस २७ गते सम्पन्न भयो । ५५ स्थानका विभित्र देवी देउताको पूजा गर्न निस्कनु भएका भक्तजनहरुलाइ प्राथमिक उपचार सेवा उपलब्ध गराउदै नेरेसो काठमाडौ जिल्ला शाखा र उपशाखाका स्वयंसेवकहरु ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाका सल्लाहकार, निवर्तमान मन्त्री एवं काठमाडौ महानगरका प्रवक्ता श्री नवीन मानन्धर...
01/01/2026

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाका सल्लाहकार, निवर्तमान मन्त्री एवं काठमाडौ महानगरका प्रवक्ता श्री नवीन मानन्धरज्यूलाइ जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

नेरेसो मिनभवन कोटेश्वरको उपशाखाको वार्षिक उपशाखा सभा सम्पन्न भएको छ । सभाले सचिव लक्ष्मि कार्की र कोषाध्यक्षद्वारा प्रस्...
31/12/2025

नेरेसो मिनभवन कोटेश्वरको उपशाखाको वार्षिक उपशाखा सभा सम्पन्न भएको छ । सभाले सचिव लक्ष्मि कार्की र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरु पारित गरेको छ । उपशाखाका का वा सभापति सिता कडेल पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेरेसो काठमाडौ जिल्लाका सभापति श्यामकाजी डोटेल, नेरेसोका पुर्व बरिस्ठ उपाध्यक्ष चन्द्रकला कार्कीले रेडक्रस अभियानका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
#२०८२/९/१५ #

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला ,काठमाडौँ र ललित...
26/12/2025

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला ,काठमाडौँ र ललितपुर जिल्ला शाखामा संचालित Youth in climate entrepreneurship project को समिक्षात्मक कार्यक्रममा शुभकामना राख्नु हुँदै नेरेसो काठमाडौ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले उद्दम गर्न रेडक्रस सोसाइटीद्वारा प्रदान गरिएको तालिम आर्थिक सहयोगबाट सफल उद्द्मी बन्नका लागि शुभकामना व्यक्त गर्नु भयो । नेरेसो भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा निवर्तमान उप महामन्त्री मनोजकुमार थापा, नेरेसी काठमाडौ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्री, नेरेसो ललितपुरका सदस्यहरुले धारणा राख्नु भएको थियो । वातावरण अनुकुल उद्द्म प्रवर्द्धन कार्यक्रममा नेरेसो काठमाडौ जिल्ला शाखाका ९ जना गरि ३ वटा जिल्लाका २७ जनाको सहभागीता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी बुढानिलकण्ठ उपशाखाको २२ औं उपशाखा सभाको उद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवं नेरेसो का...
25/12/2025

नेपाल रेडक्रस सोसाइटी बुढानिलकण्ठ उपशाखाको २२ औं उपशाखा सभाको उद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवं नेरेसो काठमाडौ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले समुदायमा मानवीय कार्य गरेर रेडक्रसकर्मिले आम जनसमुदायको मन जित्नु पर्ने बेला आएको बताउनु भएको छ । आफैंले आफ्ना कार्यहरूको बयान गर्नु भन्दा समुदायबाट यो कार्य रेडक्रसले गरेको हो भन्ने वातावरण बन्नु पर्नेमा जिल्ला सभापतिले जोड दिनु भयो । उपशाखा सभापति दिपक धितालको सभापतित्वमा सम्पन्न सभामा सचीव कृष्णप्रसाद लामिछानेले प्रगती विवरण र उप कोषाध्यक्ष राधाकृष्ण भण्डारीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय को सहयोगमा नेपाल रेडक्रस सोसाइटी काठमाडौ  जिल्ला शाखा जिल्ला कार्यसमिति पदाधिका...
24/12/2025

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय को सहयोगमा नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा जिल्ला कार्यसमिति पदाधिकारी, २१ वटा उपशाखाहरूका प्रतिनिधि र कर्मचारीहरूका लागि Community Trust Index Survey को result sharing र फिडब्याक डिजिटाइजेसन सम्बन्धमा कार्यशाला सम्पन्न ।
#२०८२/९/९ #

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला  शाखाका मन्त्री राममणी खनालज्यूको आज पौष १ गते दिउँसो हृदयघात भई ५३ वर्षको उमेरमा भएक...
16/12/2025

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका मन्त्री राममणी खनालज्यूको आज पौष १ गते दिउँसो हृदयघात भई ५३ वर्षको उमेरमा भएको असामयिक निधनबाट हामी अत्यन्तै मर्माहत भएका छौं । दिवङ्गत आत्माको चिरशान्तिको लागि भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

श्यामकाजी डोटेल
सभापति
एवं नेरेसो काठमाडौ जिल्ला शाखा परिवार

https://pahichan.com/2025/12/07/33980/?fbclid=IwdGRjcAOiDAljbGNrA6IMAWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAAB...
07/12/2025

https://pahichan.com/2025/12/07/33980/?fbclid=IwdGRjcAOiDAljbGNrA6IMAWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHqSenmZ_zufuR1Y-7qApFC6HAh5nPtX9HSSyOiLHxgSMjtmh1UQUicyn4T2B_aem_S6PCP22zY4Y4MVIVDGZQsA

काभ्रेपलान्चोक – रोशी खोलामा वर्षौँदेखि दोहोरिने बाढी–पहिरोको जोखिम, त्यसमाथि खानेपानी संरचना र सडक–सञ्चारवि.....

मङ्गलटारका बासिन्दालाई अब पानीको दुख नहोस् ।नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले गत २०८२ असोज १८-१९ को वर्षा र बा...
06/12/2025

मङ्गलटारका बासिन्दालाई अब पानीको दुख नहोस् ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले गत २०८२ असोज १८-१९ को वर्षा र बाढीबाट क्षतिग्रस्त देउराली चौतारा खानेपानीलाई पुनः निर्माण गरेर आज २०८२ मंसिर २० गते नेरेसो मङगलटार उपशाखालाई हस्तान्तरण गरेको छ । रोशी गाउँपालिका वडा न ९ र नेरेसो मङ्गलटार उपशाखाको अनुरोधमा नेरेसो काठमाडौ जिल्ला शाखा र उपशाखाहरुको आर्थिक सहयोगमा मुहानदेखि नै पुनः निर्माण गरिएको उक्त खानेपानी योजनाबाट प्रत्यक्षरुपमा ३० घरधुरी लाभान्वित हुनेछन् भने मङ्गलटार हुँदै तिमाल जाने बटुवाहरुले पनि उक्त धाराबाट पानी पिउने छन् । आज मङ्गलटारमा आयोजित कार्यक्रममा नेरेसो काठमाडौ जिल्ला शाखाका सभापति श्री श्यामकाजी डोटेलले नेरेसो मङ्गलटार उपशाखाका सभापति दामोदर श्रेष्ठलाई पानी संचालन गरेर हस्तान्तरण गर्नु भयो । कार्यक्रममा नेरेसो काभ्रेपलान्चोकका सभापति, उपसभापति, मन्त्री, जिल्ला सदस्यहरु, काठमाडौ जिल्ला शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री वृद्धिमान शाक्य, जिल्ला सदस्यहरु, काठमाडौ जिल्ला शाखाक १९ वटा उपशाखाका प्रतिनिधि, युवा सर्कल प्रतिनिधि र स्थानीय उपभोक्तको बाक्लो उपस्थिति रहेको थियो ।

05/12/2025

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा सदैव मानवीय सेवामा समर्पित स्वयंसेवकहरुमा हार्दिक शुभकामना ।
नेरेसो काठमाडौ जिल्ला शाखा ।

Address

Baghbazar
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715329410

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society, Kathmandu District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Red Cross Society, Kathmandu District Chapter:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram