Gopal Dhakal Psychologist

Gopal Dhakal Psychologist psychologist & editor " pratham paila" National Monthly Magazine of Health & psychology.
☎️9️⃣8️⃣1️⃣3️⃣5️⃣2️⃣7️⃣7️⃣3️⃣2️⃣

18/06/2025
11/06/2025

A Voxpop Nepal Presentationबच्चालाई मोबाईल दिनुहुन्छ ? होसियार ! हुनसक्छ मानसिक रोग । Voxpop NepalReport: Rinku DasEdit: Aashish ThapaConcept: SwapnimeyFollo...

"बा" लाई बालेनको चिठीमाननीय केपी ओलीज्यू,आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्त...
06/07/2024

"बा" लाई बालेनको चिठी

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।
- B***n

20/05/2024

पहिलाको घटनाले सताउँछ?
# जीवनमा घटना घटेको महिनौं र बर्षौं दिन बित्दा पनि अचानक पुन उक्त घटना अझै घटिरहेको महसुस हुने गर्छ (flashbacks memory आउने गर्छ); आँफु पुन पहिलेकै घटनामा भैरहेको, अहिले पनि भोगिरहेको, तड्पिरहेको जस्तो अनुभब हुन्छ भने तपाईंलाई Post Traumatic Stress Disorder (PTSD) भएको हुन सक्छ।

# आंफुले पहिले भोगेको घटनाको सम्झना नआओस् भनेर उक्त घटना सम्बन्धि शब्दहरु उच्चारण गर्न नखोज्ने वा लेख्न नखोज्ने;
घटनाको याद दिलाउने मानिसको संगत नगर्ने वा घटनाको याद दिलाउने ठाउँहरुमा नजाने, घरबाटै ननिस्कने, Radio TV को समाचार सुन्न नखोज्ने जस्ता avoidance behavior अलि धेरैनै देखाउनु भएको छ भने तपाईंलाई Post Traumatic Stress Disorder (PTSD) भएको हुन सक्छ।

# सानो आवाजमा पनि सामान्य व्यक्ति भन्दा धेरै तर्सने; राती सुत्दा चक्कु वा बन्दुक वा अन्य हतियार नजिकै राखेर सुत्ने, राति तर्सिएर चिच्याएर उठ्ने, ढोका लगाएर कोठा भित्र बस्न नसक्ने, कोहि आउँछन् कि भनेर आँफु पछाडी हेरेको हेरै गर्ने गर्नु हुन्छ भने तपाईंलाई Post Traumatic Stress Disorder (PTSD) भएको हुन सक्छ।

# पुरानो घटना पश्चात depression, anxiety, निन्द्राको समस्या, रिसाउने झर्कने, परिवार र समाजमा राम्रो सम्बन्ध बनाउन नसक्ने भएको छ भने तपाईंलाई Post Traumatic Stress Disorder (PTSD) भएको हुन सक्छ।

यहि कारण घर, परिवार, सम्बन्ध, काम आदिमा समेत प्रतक्ष्य असर परेको छ भने तुरुन्त औषधि सुरु गर्नुपर्छ र लगत्तै counseling को आवस्यक्ता पर्छ।

30/12/2023
15/09/2023

आत्महत्या सम्बन्धी जिम्मेवार रिपोर्टिङ्ग कसरी गर्ने ?

१. सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिने
२. आत्महत्या र आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउने
३. जीवनका तनावहरू वा आत्महत्याका सोचाइसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन्छ भन्ने जस्ता कथाहरू सम्प्रेषण गर्ने
४. प्रख्यात व्यक्तित्वहरूको आत्महत्या बारे समाचार सम्पे्रषण गर्दा सावधानी अपनाउने
५. शोकाकुल परिवारजन तथा साथीसँग अन्तर्वार्ता लिँदा सावधानी अपनाउने
६. आत्महत्या सम्बन्धी समाचार सामाग्रीबाट सञ्चारकर्मी आफैलाई पनि असर पर्न सक्ने बारे सञ्चारगृह र सञ्चारकर्मी सचेत रहने
७. आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु नबनाउने र अनावश्यक रुपमा
नदोहोराउने
८. आत्महत्यालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र त्यसलाई एक मात्र सही सामाधानको रुपमा चित्रण नगर्ने
९. आत्महत्याको साधन र तरिकालाई व्याख्या नगर्ने
१०. आत्महत्या भएको स्थान बारे विस्तृत जानकारी नदिने
११. सनसनीपूर्ण शीर्षक प्रयोग नगर्ने
१२. फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्ने

01/09/2023
15/08/2023

बिधालयमा शिक्षकहरुका लागि मनोशिक्षा कार्यक्रम
- 9813527732

Address

Baudha

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779813527732

Alerts

Be the first to know and let us send you an email when Gopal Dhakal Psychologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gopal Dhakal Psychologist:

Share

Category