20/08/2019
कति सजिलाे हुन्छ हामीलाइ भन्नलाइ, के थाहा हामीलाइ त्याे अचेत अवस्था काे पिडा भन्नलाइ भन्दिन्छौ हामी श्रावण महिना, अाैसी, पुर्णे भएर भएकाे होला? तर के अन्य बेहाेस हुने कारण बारे बुझेका छौ हामीले?
त्याे साथी डराउन त डराउछ म बेहाेस भएको बखतमा तर उसले नै मेराे अाखाँमा मलाइ गाह्रो हुने गरि बत्ति बाल्दिन्छ। भन्न त भन्छु म अोई नगर न तर के थाहा त्यसलाइ मेराे पिडा। याे समाज साेच्छ धेरै मेराे बारेमा अत्यन्त चिन्तित मलाइ त्याे अवस्थामा देखेर तर मेराे अवस्था भन्दा नि प्रिय छन यिनलाई वर्त र भगवान, याे शरीरलाइ लल्याकलुलुक भएर गाह्रो हुदाँ नि सुन्छु म अाज एकदिन त हाे नि त्यही नि तैले त्यही भात नखाको त हाे। के थाहा तिमिलाइ त्याे अचेत हुनु काे डर ठीक हुन त मन धेरै छ मलाइ तर सुनाउछौ तिमी मैले अौषधी नखानाले भएकाे हो की, अौषधी त खाएको थिए मैले तर त्याे बाहेक नि धेरै कुरा चल्छ मेराे मनमा के गर्नु बाच्छुँ म यो समाजमा जहाँ म भन्दा प्यारो धेरै कुरा हुन्छ तर के गर्नु याे मन खाेज्छ त्यही जे चाहन्छ .........