Relief Medi Care Center

  • Home
  • Relief Medi Care Center

Relief Medi Care Center We specialize in comprehensive health checkups to ensuring wellness.

Relief Medi Care Center is Kathmandu’s trusted partner for medical lab tests tailored to foreign employment & studying abroad, delivering fast, accurate results to meet global standards.

05/07/2025

05/07/2025

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟🚫 टोकाइबाट बच्नु हे । अरु जान्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन् ? थप सुझावहरू 🔗 https://bit.ly/3aHFBO5

30/04/2025


25/04/2025


२०८२ बैशाख ३१ गते
देशैभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई छुट खोप दिईंदैछ ।
बालबालिकालाई नियमित खोप सेवाका रूपमा दिनुपर्ने ९ प्रकारका खोपहरू मध्ये कुनै खोप छुटेको भएमा सकेसम्म छिटो ५ वर्षको उमेरभित्र छुट खोप लगाउन हुन अनुरोध गर्दछौं ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal
#खोप #नियमितखोप

13/04/2025

रिलिफ मेडी केयर सेन्टरको तर्फबाट नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

नयाँ वर्ष २०८२ को अवसरमा हामी सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा साझेदारहरूलाई हाम्रा तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको निरन्तर साथ, विश्वास र सहयोगप्रति हामी आभारी छौं।

नयाँ वर्ष २०८२ ले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि लिएर ल्याओस् भन्ने हाम्रो शुभकामना!

नयाँ वर्षको अवसरमा सोमबार, १ गते वैशाख २०८२ मा कार्यालय बन्द रहनेछ, र मंगलबार, २ गते वैशाख २०८२ देखि पुनः नियमित सेवा संचालन हुनेछ।

– रिलिफ मेडी केयर परिवार

07/04/2025

01/04/2025

31/03/2025


क्षयरोगका मुख्य लक्षणहरु :
- २ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु
- खकारमा रगत देखिनु
- हल्का ज्वरो आउनु
- राती धेरै पसिना आउनु
- मुख सुक्नु
- खान मन नलाग्नु
- तौल कम हुँदै जानु
- थकान र कमजोरी महसुस हुनु

सरकारी स्वास्थ्य संस्थाहरुमा क्षयरोगको नि:शुल्क उपचार हुन्छ । त्यसैले उल्लेखित लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गरऔं ।
Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal
#क्षयरोग

Relief Medi Care Center Wishes You a Happy and Colorful Holi! 🎨🎉Holi is a celebration of love, unity, and joy. May this ...
12/03/2025

Relief Medi Care Center Wishes You a Happy and Colorful Holi! 🎨🎉

Holi is a celebration of love, unity, and joy. May this festival fill your life with vibrant colors, happiness, and good health. 🌸🔥


25/02/2025

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१

आफ्नो मिर्गौलाको सुरक्षा गर्नः
- स्वस्थ खाना खाऔँ
- सक्रिय जीवनशैली अपनाऔँ
- स्वस्थ शारीरिक तौल कायम गरौँ
- चिकित्सकको सल्लाह पालन गरौँ
- धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौँ

आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरौँ ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौं ।

Family Welfare Division National Health Education Information and Communication Centre Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal Department of Health Services Nepal HEOC Ministry of Health and Population-Nepal

21/02/2025


नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१

नियमित रुपमा स्वास्थ्य जाँच किन गर्नुपर्छ ?
- कुनै पनि प्राणघातक रोगहरुको प्रारम्भिक अवस्थामा नै लक्षणहरुको पहिचान भयो भने यस्ता रोगहरुबाट बच्न सकिन्छ ।
- उपचारमा लाग्ने खर्च कम हुन्छ ।
- नियमित जाँचले दीर्घ रोगीहरुको स्वास्थ्य सुधार गर्न सघाउँछ ।
- आफू स्वस्थ छु भन्ने आत्मसन्तुष्टि बढ्छ ।

स्वास्थ्य परीक्षण भनेको पूरा गर्नुपर्ने कुनै औपचारिकता होइन । यो तपाईंको स्वास्थ्यमा गरिने लगानी हो ।

आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, जाँच, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरौँ ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौं ।

Family Welfare Division HEOC National Health Education Information and Communication Centre Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal Department of Health Services Nepal Ministry of Health and Population-Nepal

21/02/2025

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१

हरेक ४ बयस्कहरुमा १ जनालाई उच्च रक्तचाप भएको कुरा सर्वेक्षणहरूले देखाएका छन् । उच्च रक्तचापबाट हुने जटिलताहरु जस्तै मस्तिस्कघात, हृदयघात, मिर्गौला सम्बन्धी दीर्घरोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठूलो धनराशि खर्च भइराखेको छ र अल्पायुमा नै मृत्यु भैरहेको छ । त्यसैले समयमा नै यसको पहिचान र उपचार गर्नुपर्दछ ।

आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरौँ ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौं ।
Family Welfare DivisionNational Health Education Information and Communication CentreDepartment of Health Services NepalHEOCMinistry of Health and Population-Nepal

Address

Basundhara/3

44600

Opening Hours

Monday 07:30 - 17:30
Tuesday 07:30 - 17:30
Wednesday 07:30 - 17:30
Thursday 07:30 - 17:30
Friday 07:30 - 17:30
Sunday 07:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when Relief Medi Care Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Relief Medi Care Center:

  • Want your practice to be the top-listed Clinic?

Share