09/12/2025
𝗗𝗮𝘆 2 𝗛𝗶𝗴𝗵𝗹𝗶𝗴𝗵𝘁: 𝗦𝗰𝗵𝗼𝗼𝗹 𝗡𝘂𝗿𝘀𝗲𝘀 𝗖𝗮𝗽𝗮𝗰𝗶𝘁𝘆 𝗕𝘂𝗶𝗹𝗱𝗶𝗻𝗴 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴
“सबैको लागि सु–स्वास्थ्य” परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोकका विद्यालय नर्सहरूका लागि आयोजित “मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान र प्राथमिक सहयोग” सम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिमको दोस्रो दिन पनि उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भयो।
दोस्रो दिनको सत्रमा विद्यालयमा देखा पर्ने जटिल व्यवहारिक तथा मानसिक स्वास्थ्य समस्याहरूको प्रारम्भिक सहयोग, व्यवहारिक अभ्यास, सुरक्षित र सहयोगी विद्यालय वातावरण बनाउन आवश्यक र अभिभावक तथा विद्यालयसँग प्रभावकारी समन्वय गर्ने सीपहरूमा विशेष रूपमा केन्द्रित गरियो।
समन्वय, सक्रिय सहभागिता र प्रतिबद्धताको लागि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक तथा सबै सहभागी विद्यालय नर्सहरूलाई हार्दिक धन्यवाद।
साथ र सहयोगका लागि Nepal Rising तथा प्रशिक्षक र सहजकर्ताहरूलाई विशेष धन्यवाद।