Summit Hospital Pvt Ltd

Summit Hospital Pvt Ltd The Summit Hospital is a multi-specialty hospital located in Lokhanthali-16,Bhaktapur,Nepal. The facilities has been recognized as one of best.

03/12/2021

ओमिक्रोन भेरियन्टसँग तर्सिने होइन सतर्क हुनु आवश्यक छ: डा शेरबहादुर पुन

काठमाडौं - कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका विषयमा विश्वभर बहस भइरहेको छ। कतिपय वैज्ञानिकहरु दिनरात यसको अध्ययन अनुसन्धानमा जुटिरहेका छन्।

यसअघि भेटिएका डेल्टा भेरियन्ट भन्दा यसमा तीन गुणा बढी म्युटेसन भएको बताइएको छ। त्यसैले पनि यो बढी संक्रामक र छिटो फैलन सक्ने विज्ञहरुले अनुमान गरेका छन्। यद्यपि यी सबै कुरा अध्ययनबाट पुष्टि हुन भने बाँकी छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनसँग हामीले ओमिक्रोन भेरियन्टको बारेमा थप जान्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

अहिले देखिएको ओमिक्रोन भेरियन्ट के हो र यो कत्तिको संक्रामक छ?
– विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को नाम दिएको छ।
– यो भेरियन्टमा अत्यधिक म्युटेसन अर्थात् उत्परिवर्तन देखिएको छ।
– म्युटेसन धेरै भएकाले पनि यो धेरै संक्रामक र छिटो फैलन सक्ने अनुमान गरिएको हो। यद्यपि यो पुष्टि हुन बाँकी छ।

सामान्य भाषामा म्युटेसन भनेको के हो? धेरै पटक म्युटेसन हुँदैमा यो खराब हुन्छ?
– आफू बाँच्न र औषधिविरुद्ध लड्न भाइरसले आफ्नो आणुवांशिक तत्व (जीन) मा गर्ने परिवर्तन नै म्युटेसन हो।
– म्युटेसन हुँदैमा यसले जटिल अवस्था ल्याउने भन्ने हुँदैन। तर नियाल्न आवश्यक छ।

ओमिक्रोन भेरियन्टलाई रोक्न हाल बनेका खोप कतिको उपयोगी हुने अध्ययनले देखाएको छ?
– ओमिक्रोन भेरियन्टमा खोप कत्तिको प्रभावकारी छ÷छैन भनेर अहिले भन्न सक्ने अवस्था छैन।
– तर भाइरसको ‘स्पाइक प्रोटिन’मा म्युटेसन भएकाले प्रभावकारितामा केही कमी आउन सक्ला। तर पूर्ण रुपमा काम गर्न सक्दैन भन्ने मलाई लाग्दैन।
– यसअघि डेल्टा भेरियन्टमा पनि खोपले काम नगर्ने अनुमान गरिएको थियो। तर डेल्टालाई यसले काम गर्‍यो।

दक्षिण अफ्रिकामा भेटिएका संक्रमितलाई नियाल्दा यो भेरियन्ट कत्तिको घातक देखिन्छ?
– दक्षिण अफ्रिकाको चिकित्सकहरुको भनाईलाई हेर्न हो भने यो सोचेको जस्तो कडा देखिएको छैन।
– एकदम माइल्ड लक्षणहरु देखिएका छन् भनिएको छ। सामान्य थकान हुने, शरीर दुख्ने, हल्का रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन्।
– विगतमा म्युटेसन धेरै भएर दुख दिएको भएकाले पनि मानिसहरुको चासो बढी देखिएको हो।

त्यसो भए अहिलेको अवस्थामा डराउनु भन्दा पनि सतर्क हुन आवश्यक हो?
– यो भेरियन्ट कत्तिको संक्रामक छ, कतिको घातक छ, खोपलाई काम गर्छ/गर्दैन भन्ने केही कुरा थाहा भइनसकेकाले डराउनुपर्ने आवश्यकता छैन।
– डराउनुभन्दा पनि अहिले हामी सतर्क हुन आवश्यक छ।
– किनभने दक्षिण अफ्रिकामा हालसम्म त्यस्तो कडा खालको अवस्था निम्त्याएको देखिसकेको छैन।

सर्वसाधारणलाई यहाँको सुझाव के छ?
– कोरोना भाइरसको जोखिम घटिसकेको छैन। त्यसैले जनस्वास्थ्यका मापदण्ड कडा रुपमा पालना गर्नुपर्छ।
– ओमिक्रोन भेरियन्ट नेपालमा प्रवेश गरिसकेको पुष्टि भइसकेको छैन। तर पनि सावधानी अपनाउनु धेरै आवश्यक छ।
– सबै जनालाई खोपको पहुँचमा ल्याउन आवश्यक छ।
– खोप लगाएर ६ महिना कटिसकेका र जोखिममा परेका समूहले बुस्टर डोज लगाउनु राम्रो हुन्छ।

स्वास्थ्य खबर पत्रिका copy/paste सुर्य बहादुर मगर

13/11/2021

नकारात्मक सोचाई, रिस, दम्भ, घृणा आदिले पनि मुटु रोग लाग्छ – डा. ओम मूर्ति अनिल

 २०७८ कार्तिक ८ गते १७:११

मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलसँग हामीले अहिले नेपालमा मुटु रोगीहरुको अवस्था र समस्याको बारेमा कुराकानी गरेका छौं ।

नेपालमा मुटु रोगीको अवस्था के छ ?

नेपालमा व्यवस्थित अध्ययनको अभाव रहेकोले मुटुरोगीको संख्या यति नै छ भन्न सक्ने अवस्था छैन । तर यति कुरा भन्न सकिन्छ कि पछिल्लो समय मुटु रोगीको संख्या बढेको छ । संख्यामा मुटुरोगीको संख्या बढिरहँदा यसको २ कारण हुन सक्छन् ।

पहिलो त हिजोआज अस्वस्थ जीवनशैली अपनाउनेहरुको संख्या बढ्दो मात्रामा छ । दोस्रो भनेको मान्छेमा जागरुकता बढेकोले पहिचान धेरै भएको पनि हुन सक्छ । जे भए पनि तथ्यांकलाई आधार मान्दा मुटुरोगीको संख्या पछिल्लो समय बढ्दो मात्रामा छ । यो संख्या नेपालमा मात्रै नभएर धेरै विकाशोन्मुख मुलुकमा देखिने समस्या हो ।

मुटु रोगको मुख्य कारण के हो ?

मुटु रोगको मुख्य कारण भनेको एउटा त अस्वस्थ जीवनशैली नै हो । अस्वस्थ जीवनशैलीभित्र पनि शारीरिक निष्कृयता र अस्वस्थ खाना यसको मुख्य कारण हो । अर्काे भनेको व्यावहारिक कारण हो । त्यो भनेको चुरोट, मदिरा जस्ता दुव्र्यसनीमा फस्नु पनि मुटु रोगको कारण हो । हिजोआज चुरोट, मदिरा आदिको प्रयोग घटेको छैन । वातावरणीय प्रदूषण पनि आजको दिनमा मुटु रोगको मुख्य कारण बनेको छ । यसले हाम्रो रक्तसञ्चार प्रणालीलाई असर पारेको छ । भलै यो अदृश्य समस्या हो । तर कैयौं अदृश्य समस्या नै मृत्युको कारण बन्न सक्छ ।

अर्काे भनेको भावनात्मक कारणले पनि मुटुको समस्या देखिन्छ । जस्तो, हामी नेगेटिभ इमोसन धेरै पाल्ने गर्छाैं । जस्तो, रिस उठ्ने, एन्जाइटी, घृणा र अस्वस्थ प्रतिष्पर्धा आदि पनि मुटु रोगको कारण हो । यस्ता समस्याले हाम्रो मस्तिष्क र मुटुमा प्रभाव पार्छ । त्यसले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र रक्तसञ्चार प्रणालीमा ठूलो क्षति पु¥याउँछ । जुन अदृश्य हुन्छ तर धेरै जोखिमयुक्त हुन्छ । अर्काे त मुटु रोग वंशाणुगत कारणले पनि हुन सक्छ । अस्वस्थ खानाको कारणले पनि मुटुमा असर गर्छ ।

मुटु रोग लागेको संकेत के हुनसक्छ ? कसरी थाहा पाउन सकिन्छ ?

मुटु रोगका मुख्यतया पाँचवटा लक्षणहरू हुन्छन् । जस्तै, छाती दुख्नु, स्याँस्याँ हुनु, ढुकढुक हुनु, बेहोस हुनु, थकाइ धेरै लाग्नु र जिउ–खुट्टा सुनिनु मुटु रोगको मुख्य लक्षण हो ।

मुटु रोग लागेपछि त्यसको उपचार कति सहज छ ? नेपालमा मुटु रोग उपचार कति सम्भव छ ?

विगतको एक दशकको जानकारीलाई आधार मान्दा मुटुरोगको उपचारमा नेपालले धेरै प्रगति गरेको छ । जसमा काठमाडौंभित्र मात्रै नभएर बाहिरका ठूला शहरहरुमा समेत मुटुको शल्यक्रिया सम्बन्धी सेवा दिन थालिएको छ । अहिलेको अवस्थामा मुटु प्रत्यारोपणबाहेक धेरै किसिमका मुटुको शल्यक्रिया नेपालमै हुने गर्छ । जस्तै, थोरै चिरेर उपचार गर्ने प्रविधिको पनि नेपालमै विकास भएको छ । सीमित स्रोत र साधनका बाबजुद पनि नेपालले पछिल्लो १० वर्षमा धेरै मुटु रोगको उपचारमा धेरै प्रगति गरेको छ ।

मुटु रोग लाग्नै नदिन के गर्ने ?

मुटु रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु उचित हुन्छ । यसको लागि हामीले जे गर्नुपर्छ र गर्नु हुँदैन भनेर जानेका छौं, त्यस्ता जीवनशैलीगत परिवर्तनमा ध्यान दिनुपर्छ । सानोतिनो समस्यालाई ठूलो सम्झिनु हुँदैन । उच्च रक्तचाप, मधुमेह भएका मान्छेले झनै बढी जीवनशैलीमा ध्यान दिनुपर्छ । माथि उल्लेख भएका भावनात्मक कुराहरुमा ध्यान दिने र सकारात्मक सोचको विकास गर्नुपर्छ ।

मुटु रोग लागिसकेपछि के कस्ता सावधानी अपनाउनुपर्छ ?

मुटु रोग लागि सकेपछि हामीले सबैभन्दा पहिले आफ्नो खानपान र दैनिक जीवनशैलीलाई ध्यान दिनुपर्छ । के गर्न हुने र नहुने विषयमा चिकित्सकसँग छलफल गर्नुपर्छ । दीर्घ रोगको समस्या छ भने त्यही अनुसार संवेदनशील भएर दैनिक क्रियाकलापहरु गर्नुपर्छ ।

मुटुको शल्यक्रिया गरेकाहरुले के कस्ता कुरामा सर्तक रहनुपर्छ ?

मुटु रोग लागेका र शल्यक्रिया गरेकाहरुले अपनाउनु पर्ने सावधानी मुख्यतः एउटै खालको हुन्छ । पहिलो नियमित चेकअप गर्नुपर्छ । रोगहरु हेरेर चिकित्सकसँग नियमित परामर्श लिएर मुटु मात्रै नभएर अन्य समस्याको पनि परीक्षण गर्नुपर्ने हुन सक्छ । औषधि नियमित खानुपर्छ । स्वस्थ जीवनशैलीलाई ध्यान दिनुपर्छ ।

copy / paste / सुर्य बहादुर मगर

23/04/2021

‘अबको नौ हप्ता हाम्रा लागि कठीन’ – स्वास्थ्य मन्त्रालय

- नेपाली हेल्थ

काठमाडौँ ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै नौ सातासम्म कोरोना संक्रमणले तिब्रता लिन सक्ने आकलन गरेको छ । संक्रमणले उचाई लिन थालेपछि पिक अवस्थामा पुगि ओरालो लाग्न १४ साता लाग्ने विभिन्न अनुसन्धानले देखाएको भन्दै मन्त्रालयले अबको नौ साता अझै कठिन रहेको बताएको हो ।

बुधबार भरच्युअल रुपमा गरिएको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अझै ९ साता कोरोना नियन्त्रणका लागि कठिन अवधी रहेको बताए । उनले भने, ‘संक्रमणको नयाँ लहर देखिएको छ । यो सुरु भएपछि नियन्त्रण उन्मुख हुनका लागि झण्डै १४ साता लाग्ने विगतमा विभिन्न देशमा भएका अनुसन्धानले देखाएको छ । हामीकहाँ पनि झण्डै ५ साता वितिसकेको छ । अबको ९ साता हाम्रा लागि कठिन घडि हो । त्यसका लागि सबै निकाय र सबै समुदाय गम्भीर भएर आ आफ्ना ठाँउबाट लाग्नु पर्नेछ ।’

उनले महानगरमा १ हजार एक्टीभ केस, उपमहानगरमा ५ सय र नगरपालिका तथा गाँउपालिकामा २ सय बढी सक्रिय संक्रमित भएपछि स्थानीय तहले थप आदेशहरु जारी गर्न सक्ने नयाँ आदेश सरकारले दिईसकेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नागरिकको जीवन जोगाउने सरकारको पहिलो दायित्व भन्दै अहिले जति पनि आदेश जारी भएको छ त्यसलाई त्यहि रुपमा लिन आग्रह गरे । उनले सरकार भरसक लकडाउनमा नजाने भन्दै भविस्यमा अवस्था हेरेर उपयुक्त कदम चाल्ने बताए ।

Copy/ paste सुर्य ब मगर

07/03/2020

कोरोना संक्रमण : आत्तिनु पर्दैन
--------डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ | तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ |

- कोरोना कमजोर भाइरस हो | यसको संक्रमण सबैलाई हुँदैन | दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ |
- कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन | यसको मृत्युदर निकै कम छ | १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ | सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन |
- कोरोना संक्रमणको औषधि छैन | तसर्थ उपचारमा धेरै खर्च हुँदैन | ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने | गाह्रो भएमात्र अस्पताल जाने |
- कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ | तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन |
- कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ | जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि |
- सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो | गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ |
- विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन |
- बजारमा मास्कको अभाव छ | कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ | बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन | तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन | मास्क भन्दा पंजा महत्वपूर्ण छ |
- बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ |
- कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन | विश्व स्वास्थ्य संघ, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन |
- कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो | हामीकहाँ गर्मी सुरु भएको छ | तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ |
- कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ |
- क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो | तसर्थ डराउनु पर्दैन |
- यसको रोकथाम हाम्रो हातमा छ | भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० % रोकथाम हुन्छ |
Copy/ paste Surya magar

25/01/2020

सबैलाई जानकारी लागि
Coronoavirus बारेमा जान्नु पर्ने कुराहरु!

१; यो आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने virus संग जोगिने उपाय जस्तै उपाय गर्नु पर्छ। जस्तै:
- यस्तो virus आफ्नो ठाउं नजिक फैलिएको थाहा भएपछि mask लगाएर हिड्ने; घर बाहिरको कुरा हातले छुने बित्तिकै साबुन पानीले हात धोई हाल्ने वा alcohol sanitizer प्रयोग गर्ने; भिडभाडमा नजाने; बृद्ध, रोगी, बालबच्चा र गर्भवतीलाई अति आवश्यक नपरी घर बाहिर ननिकाल्ने; मिल्दासम्म बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्ने र washing machine मा धुने अनि ति कपडा नधोई अरुलाई छुन नदिने; राम्रो diet गर्ने; अरुलाई नसरोस भनेर आंफुले खोक्दा मुख छोपेर खोक्ने; मिल्छ भने छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने; खाने भाँडाकुँडा आँफै माझेर सुकाउने; निको नहुँदासम्म वा उपचार बिधि नसकिंदासम्म छुट्टै बस्ने।

२; आँफुलाई रुघाखोकी सुरु भएको र सामान्य रुघाखोकीले भन्दा ज्यादा गलाएको महसुस हुने बित्तिकै आँफु नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा phone गरेर मात्र जाने। जाँदा mask लगाएर जाने।

३; प्राय (अधिकतम case मा, संसारभर नै) मानिस-मानिस बीच सर्ने virus ले (हजारौं बर्षसम्म मानबले त्यस बिरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेको कारण) स्वस्थ व्यक्तिको ज्यान लिंदैन तर अहिले फैलिएको coronavirus पुरानै class को virus ले आफ्नै genetic component परिवर्तन गरेर नयाँ जात (strain) बनाएको अवस्था हो। यो virus (Coronavirus 2019-nCoV) को औषधि उपचार छैन। यसले पार्ने असर कम गर्न मात्र सकिन्छ।

४; नेपालको case मा यदि काठमाडौँमा यो virus एउटा मानिसबाट अर्को ३-४ जनामा सर्यो भने यसलाई रोकथाम गर्न (नेपाल सरकारले केहि समय अघिको dengue लाई रोक्न देखाएको सक्रियतालाई आधार मान्दा) यो नेपालले थेग्न सक्दैन। त्रिभुवन विमानस्थलमा बाहिरबाट आउनेको 24 hrs health चेकजांच गर्ने ठाउं हेर्दा र सक्रियता हेर्दा उदेक लाग्दो छ।

५; Coronavirus (2019-nCoV) बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकि छ त्यसैले थप information आउने बित्तिकै अर्को पोस्ट update गर्नेछु।

[[यो जनचेतनाको लागि भएको हुँदा कृपया बिभिन्न Facebook group हरुमा Share गरिदिनुहोला। ]]

Dr. Kalyan Subedi, DNP, PMHNP
Twitter:
( copy / past सुर्य बहादुर मगर ,Health officer )

डेंगु राेगकाे ल्याब परिक्षण र उपचार हुनेछ ....
17/09/2019

डेंगु राेगकाे ल्याब परिक्षण र उपचार हुनेछ ....

04/07/2017

जन हितकाे लागि समिट अस्पतालकाे जानकारी
अत्यधिक गर्मीमा के गर्नु पर्दछ ?
– २४ घण्टामा ४–५ लिटर र पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, तरकारी, दालको झोल पिउनु पर्दछ । २४ घण्टामा हरेक स्वास्थ्य व्यक्तिले कम्तीमा १ लिटर पिसाव फेर्नु पर्दछ ।
– अत्यधिक गर्मीको समयमा खेत बारीमा काम गर्नु वा कडा व्यायाम गर्नु हुदैन । खेत बारीमा काम गर्नेले पनि विहान बेलुकाको समयमा काम गर्ने र दिउसो शितल ठाउमा बस्नु पर्दछ ।
– ‘लु ’ अर्थात तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनु हुदैन , घर भित्र बस्नु पर्दछ ।
– अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनु पर्दा छाता ओढ्ने र कालो चस्मा लगाउने गर्नु पर्दछ ।
– साना बालबालिकाहरु , अशक्त, बृद्ध व्यक्तिहरु, पुरानो रोग भै औषधि सेवन गरी रहेका व्यक्तिहरु, ज्वरो आएका विरामीहरु, धेरै मोटा व्यक्तिहरु गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुदा उनीहरुको स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुपर्छ ।
– गर्मी समयमा पुरै शरीर ढाकिने गरी खुकुलो र हल्का रंगका लुगा लगाउने गर्नु पर्दछ ।
– अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा लगि सल्लाह लिनु पर्दछ ।
के गर्नु हुदैन ?
– रक्सी खानु हुदैन , यसले झन जल वियोजन वा पानीको कमी गराउछ ।
–धेरै गुलिया खानेकुरा खानु हुदैन, यसबाट पनि शरीरमा झन गर्मी उत्पन्न हुन सक्दछ ।
– बालबालिका र शिशुहरुलाई तोरीको तेल वा अन्य यस्तै तेल लगाउनु हुदैन , यसबाट पसिना कम निस्कन गै झन गर्मी हुन सक्दछ ।
– धेरै गह्रौ काम वा कडा व्यायम गर्नु हुदैन ।
सुर्य बहादुर मगर

जन चेतनाकाे लागि .....
14/05/2017

जन चेतनाकाे लागि .....

28/01/2017
20/10/2016

किन हुन्छ थाइराइडमा समस्या ?
लक्षणहरु के के हुन् ?
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।
थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ ।
हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारणले हुने रोग हो । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यो रोग महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।
बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ ।
अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
लक्षण तथा चिन्ह
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् ।
हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ ।
रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
यश समिट हस्पिटल मा थाइराइडकाे ल्याब परिक्षण हुन्छ साथै Whole Body Check Up Panal मा पनि समाबेश गरिएकाे छ ।
समय समयमा स्वास्थ्य परिक्षण गर्नुनै राम्रो हाे।

Address

Lokanthali/16, Bhaktapur, Bagmati
Kathmandu

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

01-6631736

Alerts

Be the first to know and let us send you an email when Summit Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Summit Hospital Pvt Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram