03/01/2026
नागार्जुन नगरपालिका वडा नम्बर ७ गोदामथोक काठमाडौको आयोजना तथा रिटर्नी फेडेरेसन नेपालको समन्वयमा नेपाल आँखा अस्पतालले आज मिति २०८२ पौष १९ गते वडा नम्बर ७ गोदामथोकमा आज एकिदने निशुल्क आँखा शिविर सन्चालन गरि २३५ जनाको आँखा जाँच तथा उपचार गर्यो । शिविरमा ८ जना मोतिबिन्दुका बिरामीहरु छनौट गरि शल्यक्रियाका लागि नेपाल आँखा अस्पताल त्रिपुरेस्वरमा पठाईएको छ । साथै वडा कार्यलायको सहयोगमा १३३ जना स्थानीयलाई नजिक पढ्न लेख्न सहयोह हुने चस्मा पनि निशुल्क बितरण गरिएको थियो ।