Bashudev Adhikari आचार्य वासुदेब

Bashudev Adhikari आचार्य वासुदेब ज्योतिषाचार्य
Master's degree in astrology
from n.s.u. 2070 BS
नेपाली ज्योतिष
www.nepalijyotish.com
(1)

ज्योतिष र वास्तुशास्त्र सँग सम्बन्धित विषयमा अध्ययनशील एक बिद्यार्थी ।

"सरल" हुन जतिको  "जटिल" जीवनमा कुनै कुरा छैन।अझै गहिरिएर यी शब्दको भावलाई नियाल्नोस्।सकिन्छ त सरल हुन? शक्ति देऊ भोलानाथ...
17/04/2026

"सरल" हुन जतिको "जटिल" जीवनमा कुनै कुरा छैन।
अझै गहिरिएर यी शब्दको भावलाई नियाल्नोस्।
सकिन्छ त सरल हुन?
शक्ति देऊ भोलानाथ🙏
प्रयत्न गर्नुहोस् , बिस्तारै सकिन्छ🙏

गजाननं भूतगणादि सेवितंकपित्थजम्बूफलचारुभक्षणम्।उमासुतं शोकविनाशकारणंनमामि विघ्नेश्वरपादपङ्कजम्॥भावार्थ:हात्तीमुख भएका, भ...
14/04/2026

गजाननं भूतगणादि सेवितं
कपित्थजम्बूफलचारुभक्षणम्।
उमासुतं शोकविनाशकारणं
नमामि विघ्नेश्वरपादपङ्कजम्॥
भावार्थ:
हात्तीमुख भएका, भूतगणले सेवा गर्ने, कपित्थ र जम्बू फल प्रिय, पार्वतीका पुत्र, शोक नाश गर्ने विघ्नेश्वरलाई नमस्कार गर्दछु।

नयाँ वर्ष २०८३ सालको पावन, मंगलमय तथा शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मान्यजन, इष्टमित्र, साथीभाइ, दिदी...
13/04/2026

नयाँ वर्ष २०८३ सालको पावन, मंगलमय तथा शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मान्यजन, इष्टमित्र, साथीभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
स्वर्णिम वर्ष 2083

एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः ।स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ॥यस देश (आर्यावर्त/भारतभूमि) मा जन्मि...
11/03/2026

एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ॥

यस देश (आर्यावर्त/भारतभूमि) मा जन्मिएका श्रेष्ठ र अग्रज व्यक्तिहरूबाट पृथ्वीका सबै मानिसहरूले आफ्नो–आफ्नो आचरण (सदाचार, संस्कार, जीवनपद्धति) सिकून्।
राधे राधे 🙏🙏

ॐ श्रीश्चते लक्ष्मीश्च पत्न्यावहोरात्रे पार्श्वे नक्षत्राणि रुपमश्विनौ व्यात्तम्।इषन्निषाणां मुम्म$ इषाण सर्वलोकं$इषाण ।...
10/03/2026

ॐ श्रीश्चते लक्ष्मीश्च पत्न्यावहोरात्रे पार्श्वे नक्षत्राणि रुपमश्विनौ व्यात्तम्।
इषन्निषाणां मुम्म$ इषाण सर्वलोकं$इषाण ।।

हे प्रकाश स्वरुप परमात्मा?सवैलाइ प्रशन्नता प्रदान गर्ने वैभवरुपी लक्ष्मी तिम्रै पत्नीकारुपमा छिन्।रात्रि दिन नक्षत्रहरु तिम्रा भुजाका रुपमाछन्, द्युलोक र पृथ्वीलोक तिम्रा मुख जस्तै हुन्। इच्छाशक्तिले सवैका इच्छापुरागराउनमा समर्थ तिमीनै छौ।हे ईश्वर? हाम्रो उत्तम लोक प्राप्त गर्ने इच्छा तिमीलेनै पुरागराउ।

09/03/2026

निर्वाचन सकियो परिणाम पनि आयो।
जसले जिते पनि हारे पनि यति शिक्षा लिनु होला।

‎* अर्काको खेदो खन्नु हुँदैन। 😬 (हर्क साम्पाङ)
‎* धेरै लोभ गर्नु हुँदैन l 🙄 (कुलमान घिसिङ)
‎* अति गर्नु अत्याचार नगर्नु। 😡(महेश बस्नेत)
‎* अरूलाई पनि मौका दिनुपर्छ। 😷(शेर बहादुर देउबा)
‎* म हिरो अरू जिरो सोच्नुहुन्न। 🤧(गगन थापा)
‎* सादगी जीवन जिउनुपर्छ। 😍 (महाबिर पुन)
‎* सबैको एकदिन पालो आउँछ l 😍 (राजु नाथ पाण्डे)
* सहन सक्नु पर्छ । 😎 (रबि लामिछाने)
‎* ईतिहास भनेको फेरिने चिज हो। 🤫 (बालेन शाह)
* पाप धुरी बाट कराउछ। 😆 (केपी ओली)

अयं निजः परो वेति गणना लघुचेतसाम् ।उदारचरितानां तु वसुधैव कुटुम्बकम् ॥यो मेरो र त्यो पराई भन्ने सोच सानो मन भएकाको हो,उद...
09/03/2026

अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ॥
यो मेरो र त्यो पराई भन्ने सोच सानो मन भएकाको हो,
उदार हृदय भएकाहरूका लागि सम्पूर्ण संसार नै परिवार हो।शुभ प्रभात बिर्तामोड,
धार्मिक सेवा तथा आध्यात्मिक कार्यमा
परिवर्तनको (स्थूल बीजारोपण भएको) भूमि झापाबाट🙏🙏

चन्द्र ग्रहण: शास्त्रीय रहस्यदेखि वैज्ञानिक यथार्थसम्म​ग्रहणलाई केवल खगोलीय घटना मात्र नभएर आत्म-शुद्धि र ऊर्जा सञ्चयको ...
03/03/2026

चन्द्र ग्रहण: शास्त्रीय रहस्यदेखि वैज्ञानिक यथार्थसम्म
​ग्रहणलाई केवल खगोलीय घटना मात्र नभएर आत्म-शुद्धि र ऊर्जा सञ्चयको एउटा महान अवसर मानिन्छ। यस विशेष समयको महत्त्वलाई निम्न तीन पक्षबाट बुझ्न सकिन्छ:
​१. पौराणिक तथा शास्त्रीय रहस्य
​पौराणिक मान्यता अनुसार समुद्र मन्थनको समयमा अमृत पान गर्ने स्वरभानु दैत्यलाई भगवान विष्णुले सुदर्शन चक्रले काट्दा शिर राहु र शरीर केतु बन्यो। तिनै राहु-केतुले सूर्य र चन्द्रमालाई 'ग्रास' गर्ने समय नै ग्रहण हो।
​सूतक मर्यादा: यो समयमा मन्दिरका ढोका बन्द गर्नु र भोजन नगर्नुको अर्थ प्रकृतिसँग संयमित रहनु हो।
​पुण्य काल: ग्रहणको समयलाई व्यर्थ फाल्नुभन्दा साधना र जपमा लगाउनु श्रेयस्कर मानिन्छ।
​२. आध्यात्मिक ऊर्जा र साधना
​अध्यात्मले ग्रहणलाई "बाहिरको अन्धकारमा भित्रको उज्यालो खोज्ने" समय भन्दछ।
​मन्त्रको शक्ति: भनिन्छ, ग्रहण कालमा गरिएको १ माला जप सामान्य समयको लाखौँ गुणा बढी फलदायी हुन्छ।
​चक्र जागृत: यो समयमा पृथ्वीको चुम्बकीय क्षेत्रमा आउने परिवर्तनले मानव शरीरका सात चक्रलाई जागृत गर्न विशेष मद्दत पुर्याउँछ।
​शुद्धिकरण: ग्रहण पश्चात् गरिने स्नान र दानले मनका विकार हटाएर नयाँ ऊर्जा प्रदान गर्छ।
​३. वैज्ञानिक दृष्टिकोण र प्रभाव
​विज्ञानले यसलाई सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा आउने प्रक्रिया (Linear Alignment) मान्दछ।
​गुरुत्वाकर्षण: चन्द्रमाको खिचावटले समुद्रमा छाल आए जस्तै, ७०% पानी भएको मानव शरीरमा पनि यसले सूक्ष्म प्रभाव पार्छ।
​तुलसीको महत्त्व: ग्रहणको समयमा वायुमण्डलमा हुने विकिरण (Radiation) बाट जोगिन पकाएको खानामा तुलसी राख्ने गरिन्छ, जसले 'एन्टी-ब्याक्टेरियल' सुरक्षा कवचको काम गर्छ।
​निष्कर्ष: शास्त्रले हामीलाई धैर्य, अध्यात्मले शान्ति र विज्ञानले सत्य सिकाउँछ। त्यसैले ग्रहणलाई डर वा त्रासको रूपमा भन्दा पनि आत्म-मन्थन र शुद्धिको उत्सवको रूपमा लिनु पर्दछ।

(खण्डग्रास चन्द्रग्रहण) नेपालमा लाग्ने समय असर र फल सहितको जानकारी विं सं २०८२ साल फागुन १९ गते फाल्गुन शुक्लपूर्णिमा ति...
01/03/2026

(खण्डग्रास चन्द्रग्रहण) नेपालमा लाग्ने समय असर र फल सहितको जानकारी
विं सं २०८२ साल फागुन १९ गते
फाल्गुन शुक्लपूर्णिमा तिथि,मंगलबार (३ मार्चः सन् २०२६)

ग्रहण विवरण :
ग्रहण आरम्भ चन्द्रोदयसँगै साँझ ०६:०३ बजे।
मोक्ष:साँझ ०७:०२ बजे।

यो ग्रहण नेपाली समय अनुसार दिवा ०३:३४ बजे स्पर्श हुन्छ। खग्रास चन्द्र ग्रहण भएत पनि काठमाडौंबाट चन्द्रमा उदाएपछि खण्डग्रास मात्र देखिनेछ।

सुतक आरम्भ २०८२ फागुन १९ गते ९:०३ बजेबाट ।
सुतक समापन १९:०२ बजे।

ग्रहणमा गर्न हुने कार्यहरू
ग्रहणे च विशेषेण जपदानादिकं शुभम्।
अनन्तफलं आप्नोति स्नानं दानं विशेषतः॥
अर्थ (नेपाली):
ग्रहणको समयमा जप, तप, दान आदि गर्नु अत्यन्त शुभ हुन्छ। त्यस बेला गरिएको स्नान र दानले अनन्त पुण्य फल दिन्छ।

ग्रहणे स्नानदानाभ्यां सर्वपापैः प्रमुच्यते॥
अर्थ:
ग्रहणको समयमा स्नान र दान गरेमा मानिस सबै पापबाट मुक्त हुन्छ।
ग्रहणे च विशेषेण जपदानादिकं शुभम्।
अनन्तफलमाप्नोति स्नानं दानं विशेषतः॥
अर्थ
ग्रहणको समयमा जप, तप, दान आदि गर्नु अत्यन्त शुभ हुन्छ। त्यस बेला गरिएको स्नान र दानले अनन्त पुण्य फल दिन्छ।
यस समयमा गायत्री मन्त्र, महामृत्युंजय मन्त्र, विष्णुसहस्रनाम, दुर्गासप्तशती आदिको जप गर्न उत्तम मानिन्छ।
ग्रहणकालमा गरिएको जप, होम र दान अक्षय (कहिल्यै नष्ट नहुने) फल दिने हुन्छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bashudev Adhikari आचार्य वासुदेब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bashudev Adhikari आचार्य वासुदेब:

Share