Bashudev Adhikari आचार्य वासुदेब

Bashudev Adhikari आचार्य वासुदेब ज्योतिषाचार्य
Master's degree in astrology
from n.s.u. 2070 BS
नेपाली ज्योतिष
www.nepalijyotish.com

ज्योतिष र वास्तुशास्त्र सँग सम्बन्धित विषयमा अध्ययनशील एक बिद्यार्थी ।

30/11/2025

I got over 8,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

निगम कल्पतरोर्गलितं फलम्शुकमुखादमृतद्रवसङ्ग्युतम् ।पिबत भागवतं रसालयंमुहुरहो रसिका भुवि भावुकाः ॥वेदरूपी कल्पवृक्षको सबै...
29/11/2025

निगम कल्पतरोर्गलितं फलम्
शुकमुखादमृतद्रवसङ्ग्युतम् ।
पिबत भागवतं रसालयं
मुहुरहो रसिका भुवि भावुकाः ॥

वेदरूपी कल्पवृक्षको सबैभन्दा मीठो, पवित्र, परिपक्व फल —
श्रीमद्भागवत हो।
यो फल शुकदेवजीले मुखरूप अमृतले झनै रसिलो बनाइदिनुभएको छ।
भक्तिमार्गका रस बुझ्ने र भगवानप्रति प्रेम हुनेहरूले
यो भागवतलाई बारम्बार पिउँदै जाऊन्,
किनकि यो दिव्य आनन्द र प्रेमको खानी हो।

“गुरु नवग्रहको पूजा किन गर्ने ? श्यामखनालोवाचम मुस्कुराएँ। कारण, शास्त्रले पहिले नै दिने उत्तरहरूकहिलेकाहीँ प्रश्नभन्दा ...
29/11/2025

“गुरु नवग्रहको पूजा किन गर्ने ?
श्यामखनालोवाच

म मुस्कुराएँ। कारण, शास्त्रले पहिले नै दिने उत्तरहरू
कहिलेकाहीँ प्रश्नभन्दा धेरै विशाल हुन्छन्। किनभने धर्म र कर्म प्रश्नले होइन, अनुभवले बुझिन्छ। पूजा भनेको प्रश्नबाट होइन, ऊर्जा र साम्यभित्रबाट गरिने हो।”

अब जाऊ प्रसङ्गमा, नवग्रह पूजा गर्नु भनेको बाहिरका ग्रहसँग हार्दिक नाता गाँस्नु र सकारात्मक ऊर्जा ग्रहण गर्नु मात्र होइन, आफ्ना भित्री ग्रहहरू—राग, द्वेष, क्रोध, भय, मोह आदि सबैलाई पनि शान्त पार्नु हो।

ग्रहको कुरा मुख्य गृह्यसूत्रहरूमा देखिन्छ। साथै हिरण्यकेशिगृह्यसूत्रमा र बौधायनगृह्यशेषसूत्रमा पनि ग्रहातिथ्यविधान विस्तृत रूपमा प्रतिपादित देखिन्छ। आश्वलायनगृह्यपरिशिष्टमा पनि यो विधान पाइन्छ। अग्निवेश्य गृहसुत्रमा, आपस्तम्बगृह्यसूत्रमा, जैमिनिगृह्यसूत्रमा र वैखानसगृह्यसूत्रमा यी विधा पाइन्छ। ज्योतिषको वसिष्ठसंहितामा पनि यस विषयको विस्तृत प्रतिपादन पाइन्छ।

त्यति मात्र होइन, याज्ञवल्क्यस्मृतिमा आचाराध्यायमा (श्लोक २९३) पनि यो विषय विस्तृत रूपमा उल्लेख गरिएको छ।

बृहत्त्पाराशरस्मृतिमा (११/३४), लघ्वाश्वलायनस्मृतिमा (८/१६४), अग्निपुराण (१६४ अध्याय), भविष्वपुराण ब्राह्मपर्व (अध्याय ५६/१९–१४) र मत्स्यपुराण (९३/१) मा पनि ग्रहको विस्तृत विधि देखिन्छ।

धर्मशास्त्रनिबन्ध ‘गृहशान्ति’ स्कन्दपुराणमा तथा विष्णुधर्मोत्तरपुराणमा पनि धेरै वचन उद्धृत पाइन्छ।

पारस्करगृह्यसूत्रको ‘संस्काराणां पतिः’ भन्ने व्याख्यामा पनि ग्रहयज्ञको विस्तृत प्रतिपादन भेटिन्छ।

याज्ञवल्क्यस्मृतिमा ग्रहपूजा गर्ने कोहीले सुखफल प्राप्त गर्छ भन्ने कुरा निम्न श्लोकमा उल्लेख छ—

“एवं विनायकं पूज्य ग्रहांश्चैव विधावतः।
कर्मणां फलमाप्नोति श्रीमच्छान्दोग्यनृत्तमम्॥” (१/१३३)

शातातपकृत विधानमा पनि शुभकर्म अघि नवग्रहपूजा आवश्यक भएको कुरा यसरी भनिएको छ—

“आदौ नवग्रहार्च्च ततः कर्म समाचरेत्।
नवग्रहानर्चने तु न सिद्धिर्विधिचोदिते॥”

हाम्रा परम्परामा विवाहादि संस्कारहरूमा पूर्वाङ्गका रूपमा ग्रहयाग गर्ने प्रचलन प्राचीन समयदेखि देखिन्छ।

नित्यानन्द–पतञ्जलिले संस्कारदीपिकामा सके होमसहित नवग्रह पूजा गर्न, नसके पूजा मात्र गर्न, र त्यो पनि नसके “ब्रह्मा मृगिरिः” इत्यादि मन्त्र पठेर पुष्पाञ्जलि समर्पण गर्नुपर्छ भनेका छन्।
अझ उपनयन–विवाह आदि शुभकर्ममा त होमप्रधान ग्रहयाग नै गर्न उचित हुन्छ भन्ने कुरा उनले स्पष्ट रूपमा उल्लेख गरेका छन् (प्रथम भाग, पृ. १४५)।

वर्तमान युग पूर्ववत् युगको तुलनामा भौतिक श्रोत साधन र अन्य विषयवस्तुमा सम्पन्न रहेतापनि अध्यात्मिक चेतनामा भने अतिनै न्य...
28/11/2025

वर्तमान युग पूर्ववत् युगको तुलनामा भौतिक श्रोत साधन र अन्य विषयवस्तुमा सम्पन्न रहेतापनि अध्यात्मिक चेतनामा भने अतिनै न्यून स्तरमा रहेकोले कैयौं विकराल चुनौति विश्वमानवले झेल्नु परिरहेको छ। मानव जगत झन्झन् अधर्म अस्तित्वहीन दिशातर्फ लम्किरहेको स्थितिमा,
"विश्वमानव सभ्यता विनाशको निकट गइरहेको हो" भनेर अनुमान गर्न सकिन्छ।
सभ्यता जोगाउन आध्यात्मिक जागरण र प्रयोग अनिवार्य छ।
जय होस्🙏🙏🙏

हाम्रा सन्तानले  (बच्चाहरूले ) हामीलाइ नभनेका कुराहरूहामीले बुझिदिनु पर्ने कुराहरु🙏  १. म सँग चर्को आवाज नबोल्नुहोस् ।तप...
27/11/2025

हाम्रा सन्तानले (बच्चाहरूले ) हामीलाइ नभनेका कुराहरू
हामीले बुझिदिनु पर्ने कुराहरु🙏

१. म सँग चर्को आवाज नबोल्नुहोस् ।
तपाईंको आवाज चर्को हुँदा म डराउँछु। पक्कै मेरो कुनै गल्ती हो जस्तो महसुस हुन्छ।

२. मेरो कुरा सुन्नुहोस् ।
जब म आफ्ना कुरा भन्छु । मेरो आँखामा हेर्नुहोस्। जसले गर्दा मलाई र मेरो सानो संसारलाई तपाईंले महत्व दिनुभएको छ भनेर म आशावादी हुन्छु ।

३. मलाई मेरो गति अनुसार बढ्न दिनुहोस्।
कुनै कुराको लागी म तयार छैन भने दबाब नदिनुहोस्। याद गर्नुहोस म बच्चा हुँ । म खेल्दै¸ अन्वेषण गर्दै त्यसैको आधारमा राम्रो सँग सिकीरहेको हुन्छु ।

४. मलाई समय दिनुहोस् ।
तपाईंले मलाई समय दिनुभयो भने म खुशी हुन्छु । मलाइ त्यो धेरै मन पर्छ । तपाईं खुसी मनस्थितिमा हुनुहुन्छ भने मसँग खेल्नुहोस् । हाँस्नुहोस् । तपाइको सामिप्यतामा घुलमिल हुँदै बनेका यादहरू मेरो जीबनको अन्त्यसम्म पनि साथमै रहनेछन् ।

५. मलाई दाजुभाइ–दिदीबहिनी वा अरू बच्चासँग तुलना नगर्नुहोस्।
यसो गर्दा म आँफुले आँफैलाई कमजोर ठान्न बाध्य हुन्छु । मेरो मनोबल कमजोर हुन्छ । मलाई सबैभन्दा बढी चाहिएको तपाईंको स्वीकार र साथ हो।

६. म दुखी हुँदा मलाई समाउनुहोस्।
मलाई रुन दिनुहोस्। "तिमी धेरै नाटक नगर" भनेर गालि नगर्नुहोस् । मेरा भावना पनि तपाईंकै भावनाजस्तै वास्तविक हुन्छन् ।

७. मलाई आफूलाई कसरी हेरचाह गर्ने भनेर सिकाउनुहोस्।
तपाइ आँफू पनि आराम गर्नुहोस् । सुत्नुहोस् । मनपर्ने कामहरू गर्नुहोस् । साथीभाइ भेट्नुहोस्। अभिभावक हुनु आनन्दको कुरा हो भनेर देखाउनुहोस्। तपाईं थकित, रिसाएको वा सबै कुरामा त्याग गरेको देख्दा मलाई दुख लाग्छ । किनकि यो सबै मेरो कारणले त होइन ? भनेर मैले सोच्न सक्छु ।

८. म डराउँदा नजिकै बसिदिनुहोस् ।
मेरा बालसुलभ डरहरूमा नहाँस्नुहोस्। तपाईं पनि सधैं अँध्यारोबाट डरिनुहुन्थ्यो भनेर मलाइ भन्नुहोस् । अनि मेरो सिरानी मुनि टर्च लाइट राख्न दिनुहोस्।

९. मलाई केवल म भएको कारणले माया गर्नुहोस्।
म छिटो दौडिन्छु । कविता सुनाउँछु । त्यस्तै अनेक परिपक्व व्यवहार गर्दा मात्र हैन म गलत हुँदा पनि माया गर्नुहोस् । मेरा गल्तीहरूमा समेत तपाईंको माया हराउँदैन भनेर मैले थाहा पाउनु आवश्यक छ।

१०. आफ्नो जीवनसाथीलाई माया देखाउनुहोस्।
झगडा कसरी गर्ने? झगडा भउमा कसरी मिलाउने ? कठिनाइको सामना कसरी गर्ने ? साँचो प्रेम कस्तो हुन्छ भन्ने कुरा म आमाको गर्भभित्रहुँदैमा तपाइबाटै सिकिरहेको हुन्छु ।

११. म तपाइँकै विश्वासहरुबाट सिक्दै हुर्किरहेको हुन्छु ।
म प्राय तपाईंका विश्वासहरू नै सिकेर हुर्किन्छु । मेरो बारेमा । अरूको बारेमा । जीवनका बारेमा । यी विश्वासहरू सही छन् कि छैनन ? मेरो जीवनमा सहयोग प्रभाव पार्छन ? त्यो कुरा सोच्नुस् । यदि दपाइले यो संसार खतरा छ । मानिसहरू खराब छन् भन्ने सोच लिनुहुन्छ भने म पनि डर र अविश्वासकै गोरेटोमा हिँडिरहेको हुन सक्छु ।

१२. म तपाईँलाइ बुझिरहेको हुन्छु ।
मलाइ यो कुरा थाहा छ की तपाईंले मलाई माया गर्नुहुन्छ । त्यसका लागी दुख र कष्ट सहँदै अनेक प्रयास गर्नुहुन्छ। खराब दिन र साना असफलताहरू सामान्य हुन्छन भनेर मलाइ सिकाउनुहोस । आँफु पनि सिक्नुहोस् । आफ्नो पनि ख्याल गर्नुहोस् । आफुले आफैलाई क्षमा गर्नुहोस । अनि म पनि त्यहीबाट सिक्नेछु।

१३. मलाई मुस्कान दिनुहोस् ।
तपाईंको साँचो मुस्कानले मलाई शान्त पार्छ। मलाई सुरक्षित महसुस गराउँछ। यसले मलाई माया पाइरहेको छु जस्तो महसुस गराउँछ। तपाइका ममतामयी हातहरुले मेरा हात समाउँदै मेरो कपाल सुम्सुम्याएर स्पर्श सहित मलाइ मुस्कान दिनुभयो भने मेरा धेरै डरहरु हराउनेछन् ।
शुभ जन्मोत्सव छोरो

आज मङ्गलबार प्राकृतिक रुपमा स्थापित गणेश भगवानको दर्शन गरौं।शिला गणेश 🙏🙏🙏
25/11/2025

आज मङ्गलबार
प्राकृतिक रुपमा स्थापित गणेश भगवानको दर्शन गरौं।
शिला गणेश 🙏🙏🙏

भैरवका आठ रुपहरू छन्, जसलाई अष्ट भैरव भनिन्छ। यी रूपहरू हुन्: असिताङ्ग, रुरु, चण्ड, क्रोध, उन्मत्त, कपाली, भिषण, र संहार...
23/11/2025

भैरवका आठ रुपहरू छन्, जसलाई अष्ट भैरव भनिन्छ। यी रूपहरू हुन्: असिताङ्ग, रुरु, चण्ड, क्रोध, उन्मत्त, कपाली, भिषण, र संहार। साधकले लक्ष्यप्रति सतत प्रयास गर्दै गएपछि यी भैरवको अनुभूति गर्न थाल्छ।

असिताङ्ग भैरव – स्वरूपको अनुभव अनन्त निलो आकाशजस्तै हुन्छ।

रुरु भैरव – अनुत्तर ध्वनिको श्रवणबाट यसको अनुभूति हुन्छ।

चण्ड भैरव – अनन्त आनन्दको भावमा पूर्ण रूपले लीन हुनु यसको अनुभव हो।

क्रोध भैरव – रहस्यपूर्ण परम आनन्दबाट स्वतः अश्रुविन्दु झर्नु यसको अनुभूति हो।

उन्मत्त भैरव – 'स्व' स्वरूपमा नशामा लय भयर जानु यसको अनुभव हो।

कपाली भैरव – जीवभावलाई भोजन पात्र बनाउनु यसको अनुभूति हो।

भिषण भैरव – भयंकर अथवा अनन्त स्वरूप हुनु यसको अनुभव हो।

संहार भैरव – सारा वहिजगत र इन्द्रियहरूको आभास नहुनु यसको अनुभव हो।

🇳🇵 नेपालको राष्ट्रिय झण्डा संसारकै अनौठो गैर–आयताकार (त्रिकोण आकार) को झण्डा हो, जसमा हाम्रो धर्म, संस्कृति र राष्ट्रिय ...
22/11/2025

🇳🇵 नेपालको राष्ट्रिय झण्डा संसारकै अनौठो गैर–आयताकार (त्रिकोण आकार) को झण्डा हो, जसमा हाम्रो धर्म, संस्कृति र राष्ट्रिय पहिचानको गौरवमय प्रतीक समेटिएको छ। यसको दुई त्रिकोणले हिमाल, पहाड र तराईको भूगोललाई प्रतिनिधित्व गर्छन्। माथि रहेको चन्द्रमा शान्ति, शीतलता र करुणाको प्रतीक हो भने तलको सूर्य शक्ति, तेज र जीवनको स्रोतको प्रतीक हो। रातो रङ साहस, वीरता र बलिदानको चिन्ह हो भने निलो किनारा शान्ति र सन्तुलनको सूचक हो। सूर्य र चन्द्रले हामीलाई सन्देश दिन्छन् – जसरी सूर्य र चन्द्र अनन्त छन्, त्यसरी नै नेपाल सदैव अटल रहोस्। यो झण्डा केवल कपडाको टुक्रा होइन; यो हाम्रो इतिहास, संस्कृति, आत्मा र राष्ट्रिय अस्मिताको महान् प्रतीक हो।

🇳🇵 The national flag of Nepal is the world’s only unique non-rectangular flag, embodying the proud symbols of our religion, culture, and national identity. Its two triangles represent the geography of the Himalayas, hills, and the Terai region. The moon at the top symbolizes peace, serenity, and compassion, while the sun at the bottom represents strength, radiance, and the source of life. The red color signifies courage, bravery, and sacrifice, whereas the blue border stands for peace and harmony. The sun and moon convey a message – just as the sun and moon are eternal, may Nepal remain steadfast forever. This flag is not merely a piece of cloth; it is a profound symbol of our history, culture, spirit, and national pride. 🇳🇵

गुरु बाट ज्ञान सिक्नु बुबा बाट संघर्ष सिक्नु आमाबाट संस्कार सिक्नु बाकी सबै समय र समाजले सिकाउँछ।  #चाणक्य  #चाणक्यनीति📖...
22/11/2025

गुरु बाट ज्ञान सिक्नु
बुबा बाट संघर्ष सिक्नु
आमाबाट संस्कार सिक्नु
बाकी सबै समय र समाजले सिकाउँछ।
#चाणक्य #चाणक्यनीति📖 #चाणक्यनीतिश्लोक

यो भर्खरैको ताज़ा फोटो हो ।10:50 am काठमाडौं नयाँ बसपार्कमा बेबारिसे लास भेटिएपछि अनुसन्धानको लागि जम्मा भएका प्रहरी तथा...
22/11/2025

यो भर्खरैको ताज़ा फोटो हो ।
10:50 am

काठमाडौं नयाँ बसपार्कमा बेबारिसे लास भेटिएपछि अनुसन्धानको लागि जम्मा भएका प्रहरी तथा सर्वसाधारण।

माजूफल माजीम्फल (माझीफल ) का अनेकौँ फाइदाहरू माजूफलका अनेकौँ फाइदाहरू छन्। यसको प्रयोगले मुखका संक्रमण, गिजा  सुन्निने स...
20/11/2025

माजूफल माजीम्फल (माझीफल ) का अनेकौँ फाइदाहरू

माजूफलका अनेकौँ फाइदाहरू छन्। यसको प्रयोगले मुखका संक्रमण, गिजा सुन्निने समस्या, पखला, छाला सम्बन्धी रोग, कपाल झर्ने समस्या, महिलामा हुने सेतो पानी (ल्यूकोरिया) र योनिको संक्रमण जस्ता समस्यामा राहत मिल्छ।

स्वास्थ्यसम्बन्धी फाइदाहरू
१. मुखको स्वास्थ्यका लागि
माजूफलले दाँतदुखाइ, मसूडा सुन्निने, पायरिया तथा मुखको छाला–छालामा फाइदा गर्छ। यसलाई फिटकरी वा सुपारीसँग मिलाएर मन्जनको रूपमा प्रयोग गर्न सकिन्छ।
२. पेट र पाचनका लागि
यसको कसैलोपनले दस्त तथा आन्द्रा सुन्निने समस्यामा आराम दिन्छ।
३. छालाका समस्या सुधार्न
माजूफलको लेप लगाउँदा छालाको खुजली, मुहाँसासहित साना–ठूला घाउ निको हुन्छन्। यसले घाउ चाँडो सुकाउन र रक्तस्राव रोक्न मद्दत गर्छ।
४. महिलाको स्वास्थ्यका लागि
यो योनिको संक्रमण र सेतो पानी (ल्यूकोरिया) मा विशेष फाइदाजनक मानिन्छ। प्रसूति पछि योनि कसिलो बनाउन पनि यसको प्रयोग गरिन्छ।

५. कपालका लागि
माजूफल मिसाइएको तेलले कपाल झर्नु रोक्छ र काख्रा (ड्यान्ड्रफ) हटाउँछ।
६. घाँटी तथा टन्सिलका लागि
माजूफलको काढाले कुल्ला गर्दा घाँटी दुख्ने, सुन्निने तथा टन्सिलको समस्यामा राहत मिल्छ।
७. मधुमेहका लागि
यसमा पाइने ‘ग्यालिक एसिड’ ले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउन सक्छ।
८. अन्य फाइदाहरू
यो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र नसाको सुन्निने समस्या कम गर्न मद्दत गर्छ।

प्रयोग गर्ने तरिका
कुल्ला गर्न: माजूफलको पाउडर पानीमा मिसाएर कुल्ला गर्न सकिन्छ।
लेप बनाउन: पाउडरलाई पानी वा आवश्यक सामग्रीसँग मिसाएर छालामा लगाउने।
काढा बनाउन: काढा बनाई कुल्ला गर्न वा आवश्यक भए सेवन गर्न सकिन्छ।
मिश्रणमा प्रयोग: केही समस्या अनुसार अन्य जडीबुटीसँग मिसाएर प्रयोग गर्न सकिन्छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bashudev Adhikari आचार्य वासुदेब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bashudev Adhikari आचार्य वासुदेब:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram