Dr. Binaya Kumar Regmi

Dr. Binaya Kumar Regmi जनरल फिजिसियन तथा बरिष्ठ बाथरोग

बाथ कसरी चिन्ने?
25/11/2025

बाथ कसरी चिन्ने?

जाडो महिनामा जोर्नी दुखाइ किन हुन्छ??
24/11/2025

जाडो महिनामा जोर्नी दुखाइ किन हुन्छ??

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट नेपालको आह्वान

15/11/2025

होलबड़ी चेक भन्ने कुनै Terminology हुँदैन।त्यस जाँचले न त होल बड़ी को बारेमा थाहा हुन्छ। यसलाई जनरल चेक अप भन्न मिल्छ।
के के थाहा हुन्छ त?
CBC जाँच
शरीरमा भएको रगत को मात्रा, abnormal cells हरु।रगतमा साधारण तया हुने प्लेटलेट आदि।।कहिलेकाहीं यो जाँच बाट ब्लड क्यान्सर भएको नभएको पनि संका गर्न सकिन्छ।
LFT :
यो कलेजो को जाँच हो।यसबाट कलेजो ले गरेको काम को बारेमा थाहा हुन्छ।कलेजो बिग्रेको छ या छैन जन्डिस छ या छैन यस जाँच बाट थाहा हुन्छ।
RFT ले मृगौला सम्बन्धी जाँच को बारेमा जानकारी दिन्छ।
Lipid Profile ले शरीरमा रगत मा हुने राम्रो र नराम्रो चिल्लो पदार्थ को बारेमा जानकारी दिन्छ।।
Thyrod Function Test ले थाइराइड सम्बन्धी, FBS HBA1C ले सुगर सम्बन्धी,
Xray ले फोक्सो सम्बन्धी,त्यस्तै भिडियो एक्सरेले पेट भित्र कलेजो मृगौला पथ्थरी, फियो ,प्रोस्टेट पाठेघर अग्नसय,आदि को जानकारी दिन्छ।
Urine चेक ले पिसाब को संक्रमण ,मृगौला का रोग हरु देखि पिसाब मा प्रोटीन लिक भएको आदि को बारेमा जानकारी दिन्छ।भनिन्छ पिसाब जाँचले मृगौला को धेरै जानकारी दिन्छ।
होलबडी जाँच ले जस्तै टाउकोमा ढाड मा हड्डी मा आदि भएको जानकारी पाइँदैन।लुकेका बाथरोग क्यान्सर आदि नदेखिन सक्छ।त्यसको लागि छुट्टै जाँच गर्नु पर्छ। पेट अर्थात आमाशय हेर्न इण्डोस्कोपी नै गर्नु पर्दछ। कतिप अवस्थामा शरीरबाट मासु निकालेर जाँच गर्नु पर्ने र त्यस अवस्थामा TB या क्यान्सर रोग पत्ता लगाउन सकिने हुन्छ।
होलबढी जाँच ले हामीलाई धेरै कुराको सुराकी दिन चाहिँ सक्छ।तर होलबडि जाँच गरेको छु केहि भएको छैन भनेर ढुक्क बस्नु चाहिँ मूर्खता नै हुन्छ।
वर्षमा एक पटक जनरल चेक गर्नु जरुरी छ।अरु चिकित्सक सल्लाह अनुसार जाँच गर्ने हो।
आफ्नो परिवारमा वंशाणुगत रोग छ भने त्यही अनुसार जाँच गर्नु पर्छ उदाहरण को लागि बुवा या आमा लाई आन्द्राको क्यान्सर छ भने छोरा छोरी ले बेला बेलामा कोलोनोस्कपी गर्नु पर्ने हुन्छ।बुवा आमा लाई ऋदयघात भएको छ भने त्यही अनुसार मुटुको जाँच हुनु पर्दछ। मधुमेह उच्च रक्तचाप का बिरामीहरूले आँखा जाँच गराउनु पर्दछ।महिलाहरुले वर्षमा एक पटक स्त्रीरोग को चिकित्सक लाई देखाउनु पर्दछ।पाठेघरको पनि जाँच गर्दा पनि क्यान्सर रोग पत्ता लगाउन सकिन्छ।
आफ्नो चिकित्सक लाई सबै कुरा जानकारी गराउनु पर्दछ।
सुगर प्रेसर भएका बिरामीले नित्य औषधि सेवन गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने
चिकित्सक को सल्लाह बिना औषधी सेवन नगर्ने
वर्षमा एक पटक चेक अप गर्ने ।केही देखिएमा चिकित्सकको फलो अप मा बस्ने।
जथाभावी दर्द को दबाई या एन्टिबायोटिक नखाने।
रोग लागि हाले स्वास्थ्य संस्थामा जाने र परामर्श लिने बानी बसाल्नु होला।।
सबै ज्वरो टाइफाइड हुँदैन।सबै ज्वरो डी- कोल्ड ले निको हुँदैन।
सबै जोर्नी दुख्ने युरिक एसिड हुँदैन।
सबै खोकी TB होइन ।सबै स्या स्या दम होइन।

धन्यबाद।।

11/11/2025

जनचेतना को लागि....

11/11/2025

कार्तिक २८ गते बुटवलमा मेडिकेयर क्लिनिक मा आउँदै छु। बाथ रोगका बिरामी हरुले क्लिनिक मा सम्पर्क राख्नु होला।।
धन्यबाद।।

14/06/2025

किन सुन्निन्छन गोडा??

04/06/2025

गर्मी याम र वर्षा सुरु भए संगै अब विभिन्न रोगहरूको प्रकोप बढ्न सक्छ।जस्तै झाडा पखाला ज्वरो टाइफाइड देखि डेङ्गु मलेरिया आदि रोग देखिन सक्छ।
गर्मी ठाउँमा साप को टोकाइ बाट धेरै जनाले ज्यान गुमाउन परेको हामीले देखेकै हो।तराई मधेस तिर अन्य रोग मेनिन्जाइटिस , इन्सिफलाइटिस आदि संक्रमण धेरै देखिन्छ।

के गर्ने:
------------
साफ पानी धेरै पिउने,
बसी खानेकुरा सेवन नगर्ने
लामखुट्टे को टोकाइ बाट बच्ने उपाय गर्ने
पानी जम्ने ठाउँ हरु नष्ट गर्ने
फूल बाउला भएको लुगा लगाउने
बिरामी पर्ने बित्तिकै चिकित्सक को परामर्श लिने
विषादी हालेको फलफूल तरकारी नखाने
बारम्बार हात धुने बानी बसाल्ने।

31/10/2024

लक्ष्मी पूजाको शुभकामना

तौल घटाउने दबाइ भनेर यदि हजुरहरुले यस्ता नाम गरेका औषधिको सेवन गरी रहनु भएको छ भने विचार गर्नुहोला।Garcinia  Combogia भन...
23/08/2024

तौल घटाउने दबाइ भनेर यदि हजुरहरुले यस्ता नाम गरेका औषधिको सेवन गरी रहनु भएको छ भने विचार गर्नुहोला।Garcinia Combogia भन्ने जात ले lead toxicity गराउँछ। Lead हाम्रो शरीरलाई हानी पुर्याउन तत्व हो।
बिना कारण पेट दुखिरहने, जन्डिस हुने रक्त अल्पता हुने यसका मख्य लक्ष्यण हुन।।
होसियार हुनु होला। अनलाइन युट्युब आदिमा यस्ता दबाईहरुको खुब प्रचार भएको देखिन्छ। बिना चिकित्सकको परामर्श दबाइ नखानु होला।

जनहितमा जारी #
जय श्री कृष्ण

29/08/2022

डेङ्गु का बिरामीहरूले ध्यान दिनु पर्ने।।
1. धेरै पनि पिउने
2,ब्रुफेन् जस्ता दुखाइ कम गर्ने औषधि नखाने, खाने हो भने सिटामोल खाने। डेङ्गु मा एन्टिबायटिकहरू लिनु पर्दैन।
3, platelets मात्र हेर्ने होइन।। यदि हेमाटोक्रीट बढेको छ भने डर मान्नु पर्दछ। यो बढेमा रक्तचाप घट्न सक्छ र डेङ्गु मा रक्तचाप घट्नु नराम्रो हो ,यसले ज्यान लिन सक्छ।।
4, धेरै कमजोर हुनु , blood Pressure घट्नु तारन्तर उल्टी भएमा , कालो दिसा भएमा, तु अस्पताल जानु पर्छ।
5, सबै डेङ्गु का बिरामी हरुलाई अस्पताल भर्ना हुनु पर्दैन। तर चिकित्सक को सल्लाहा बमोजिम औषधि लिनु पर्दछ। जथाभवि औषधि पसलमा गएर औषधि किनेर खानु हुँदैन।।

20/08/2022

जनहितमा जारी # #
------------------
विगत केही हप्ता देखि डेङ्गु का बिरामी बढिरहेका छन्। अहिलेको ज्वरोमा रुघा खोकी घाँटी देखने र हल्का मांसपेशी दुख्ने कोविड हुन सक्छ।तर ज्वरो धेरै आउने टाउको दुख्ने र अत्याधिक मांसपेसी दुख्ने डेङ्गु का लक्षणहुन सक्छन्।त्यसैले अहिले आएको ज्वरोमा औषधि पसलमा गएर पसलेको सुझाब अनुसार दबाइ खाँदा डेङ्गु को जटिलता होला।औषधि पसल दबाइ किन्न जाने हो न कि उपचार गर्न।
हुन त धेरै मानिसहरूमा डेङ्गु रोग आफै निको हुने र अस्पताल भर्ना हुन नपर्ने हुन्छ,तर कसै कसैलाई डेङ्गु को जटिलता ले गर्दा मृत्यु पनि हुन सक्छ।
धेरै दिन ज्वरो आयो एकदमै थकाइ लाग्ने ,उल्टी हुने,रक्तचाप घट्ने, होस हराएको झै हुने, कालो दिसा हुने र रगत कतै बाट बग्ने भएमा यसलाई ख्याल नगरी तु अस्पताल जानु होला।।
डेङ्गु का बिरामीहरूले दुखाइ कम गराउने औषधिहरू(NSAIDs) जस्तै ब्रुफिन, निमुसलाइड न्याप्रोक्सेन् आदि खानु हुँदैन,यी औषधिको सेवनले प्लेटलेट घट्ने र रक्तस्राव हुन सक्छ। धेरै झोल कुरा पिउने ज्वरो को लाई सिटामोल लिने। एन्टिबायोटकहरू डेङ्गु मा लिनु हुँदैन।
रोगथाम को लागि
लामखुट्टे टोकाइ बाट बच्ने,घर वरिपरि पानि जम्न नदिने यही नै उत्तम उपाय हो।।

यदि कुनै पनि बिरामीलाई  समस्या छ र कोरोना को कारण अस्पताल आउन समस्या परेको छ भने।माथि दिएको app डाउनलोड गरेर म संग परामर...
26/01/2022

यदि कुनै पनि बिरामीलाई समस्या छ र कोरोना को कारण अस्पताल आउन समस्या परेको छ भने।माथि दिएको app डाउनलोड गरेर म संग परामर्श लिन सक्नु हुने छ।।

धन्यवाद।।।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Binaya Kumar Regmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category