Just Nepal Foundation

Just Nepal Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Just Nepal Foundation, 171 Mahapur Marga, Bansbari, Kathmandu/03, Kathmandu.

As a local civil society organization, we support actions of poor & marginalized people in the development of locally owned sustainable solutions & in raising their diverse and locally-grounded voices for equitable development at home and wider society.

हेलम्बु गाउँपालिकाको कृषि विकास शाखाको अगुवाइ र जष्ट नेपाल फाउण्डेशन को सहकार्यमा प्रकाशित सुचना अनुसार ५० प्रतिशत अनुदा...
07/05/2026

हेलम्बु गाउँपालिकाको कृषि विकास शाखाको अगुवाइ र जष्ट नेपाल फाउण्डेशन को सहकार्यमा प्रकाशित सुचना अनुसार ५० प्रतिशत अनुदानमा प्राप्त हुने विभिन्न फलफूल, मसला वाली, नगदेवाली तथा डालेघाँसका बिरुवाहरूको लागि माग फारम पेश गर्नु भएका किसानहरुले यही जेठ १० गते भित्र कृषि शाखामा सम्पर्क गरी विरुवाको यसै साथ संलग्न दरभाउ अनुसार ५० प्रतिशतले हुन आउने रकम दाखिला गर्नुहुन अनुरोध गरिन्छ।
दाखिला गर्नुपर्ने अन्तिम मिति २०८३ जेठ १० गते सम्म
सम्पर्कः हेलम्बु गाउँपालिका कृषि विकास शाखा वा जष्ट नेपाल फाउण्डेशनको कार्यालय किउल ।
थप जानकारीको लागि आशिश कुंवर (९८१६६९७४४५)

धन्यवाद।

01/05/2026
३ दिने आधारभूत मौरी पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगम...
30/04/2026

३ दिने आधारभूत मौरी पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको उक्त तालिम विशेष गरी लामो समयदेखि मौरी पालन गर्दै आउनु भएका तर प्राविधिक ज्ञानको अभाव रहेका किसानहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।
कार्यक्रम २०८३ साल बैशाख १५ गते उद्घाटन भई १७ गते समापन गरिएको थियो। समापन कार्यक्रममा हेलम्बु गाउँपालिका ७ का वडा अध्यक्ष, वडा नं. २ का वडा अध्यक्ष, कृषि शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो।
तालिम अवधिभर सहभागी किसानहरूलाई मौरी पालन सम्बन्धी विभिन्न महत्त्वपूर्ण विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। जसमा महको महत्त्व, मौरीको संरचना (रानी, कर्मी र भाले मौरी), मौरी घार तथा गोला व्यवस्थापन, परम्परागत र आधुनिक घारबीचको तुलनात्मक अध्ययन, मौरी सार्ने तरिका, हुल निस्कने प्रक्रिया, गृह त्याग, गोला विभाजन तथा समायोजन, मौरीका भित्री तथा बाहिरी शत्रुहरूको पहिचान र नियन्त्रण, खोपा मौरीलाई आधुनिक घारमा स्थानान्तरण गर्ने विधि तथा मौरीमा लाग्ने रोग तथा किराको नियन्त्रण जस्ता विषयहरू समेटिएका थिए। साथै, फिल्ड भिजिटमार्फत प्रत्यक्ष अवलोकन र अभ्यासको अवसर पनि प्रदान गरिएको थियो।
समापन समारोहमा सहभागी किसानहरूलाई मौरी पालनमा आवश्यक सामग्रीहरू जस्तै टोपी, पन्जा तथा मौरी झोला वितरण गरिएको थियो। उक्त तालिमले सहभागी किसानहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ, जसले भविष्यमा मौरी पालन व्यवसायलाई अझ प्रभावकारी र उत्पादनमुखी बनाउन सहयोग पुग्ने छ।

हेलम्बु गाउँपालिकालाई केरामा आत्मनिर्भर बनाउने उद्देश्यसहित, हेलम्बु गाउँपालिकाको समन्वय तथा Just Nepal Foundation को आय...
21/04/2026

हेलम्बु गाउँपालिकालाई केरामा आत्मनिर्भर बनाउने उद्देश्यसहित, हेलम्बु गाउँपालिकाको समन्वय तथा Just Nepal Foundation को आयोजनामा मिति २०८३ वैशाख ४ देखि ६ गतेसम्म ३ दिने केरा खेती सम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।

यस महत्वपूर्ण भ्रमणका क्रममा किसानहरूले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ स्थित माछा प्रजनन केन्द्र, सखुवा हाट बजार, निजगढको केरा खेती क्षेत्र तथा मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विश्वविद्यालयको अवलोकन गरेका थिए। साथै, केरा खेतीमा संलग्न उद्यमीहरूसँग अन्तरक्रिया गर्दै व्यावहारिक अनुभव आदानप्रदान गर्ने अवसर पनि प्राप्त भयो।

भ्रमणबाट किसानहरूले आधुनिक केरा खेतीका प्रविधि, उत्पादन वृद्धि, बजार व्यवस्थापन, साथै कृषि र अनुसन्धान सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेका छन्। यसले हेलम्बुमा केरा खेतीको विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

किसानहरूको उत्साह, सिकाइप्रतिको लगाव र सहकार्यले हेलम्बुलाई कृषि क्षेत्रमा अझै समृद्ध बनाउने दृढ आधार तयार भएको छ।
केराको बजार माग, उपलव्ध प्रविधी, प्रती इकाइ लागत, ब्यबस्थापकिय सहजता, भौगोलिक अनुकुलता र गुणस्तर कायम गर्न सहज भएकै कारण किसान र उपभोक्ताहरुको रोजाईमा झापाली मालभोग जातको केरा देखियो । यो केरा रैथाने जातको रुपमा लामो समय देखि हेलम्बुमा लगाउँदै आएको पनि हो ।
केराको जीवन चक्र र ब्यबसायिक खेतिमा आधारित सिकाइ प्रवर्द्धनका लागि केरा बालिमा कृषक पाठशाला पनि सन्चालन हुनुपर्ने भ्रमणको प्रतिकृया रह्यो ।
यो वर्ष हेलम्बुका विभिन्न वडाका 42 जना किसानहरुले केरा खेती गर्न बिरुवा माग गरेको देखिन्छ । त्यस मध्यबाट ठूलो परिमाणमा खेति गर्न चाहने 16 जना किसानहरु र जनप्रतिनिधि तथा कृषि शाखा प्रतिनिधि समेत यो अध्ययन अबलोकनमा जोडिनुभएको थियो।

खाध्य सुरक्षाको हिसाबले अति जोखिममा रहेका साखिनचौरका 35  घरपरिवारको उत्पादकत्व वृद्धि र प्रती इकाइ लागत घटाइ उत्पादन प्र...
10/04/2026

खाध्य सुरक्षाको हिसाबले अति जोखिममा रहेका साखिनचौरका 35 घरपरिवारको उत्पादकत्व वृद्धि र प्रती इकाइ लागत घटाइ उत्पादन प्रणालिमा केही हदसम्म टेवा पुगोस भन्ने उद्धेश्यले खेतवारी जोत्नका लागि मिनि टिलर प्रदान गरिएको छ । टिलर सन्चालनको कार्यबिधिमा साखिनचौरे महिला कृषक समूह सहमत भएपछी रोजगारी समेत सिर्जना हुने अपेक्षा गरिएको छ । वडा नं ६ का वडाध्यक्ष सन्च बहादुर तामाङले एक कार्यक्रमका माझ टिलर हस्तान्तरण गर्नु भएको थियो । स्थानियको अगुवाईमा अनुकुलनका असल अभ्यास कार्यक्रमले उनीहरुको खाध्य सुरक्षामा टेवा पुर्याउन जैबिक पद्धतिबाट खेती गर्ने, करेसाबारी सुधार गर्ने र बचेको उत्पादनको बजारिकरण गर्न होस्टेमा हैंसे गर्दै जाने गरि कार्य अगाडि बढाएको छ ।

हेलम्बु गाउँपालिका वडा नं. १ तिम्बु (समुद्र सतहदेखि करिब १३०० मिटर उचाइ) क्षेत्रमा विगतदेखि कृषकहरूले कागती, सुन्तला, जु...
08/04/2026

हेलम्बु गाउँपालिका वडा नं. १ तिम्बु (समुद्र सतहदेखि करिब १३०० मिटर उचाइ) क्षेत्रमा विगतदेखि कृषकहरूले कागती, सुन्तला, जुनार लगायत सिट्रस बाली उत्पादन गर्दै आएका छन्। अनुकूल हावापानी, उपयुक्त माटो र कृषकहरूको अनुभवका कारण यो क्षेत्र सिट्रस खेतीका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ।
मिति २०८२/१०/२५ गते बुधबार, जस्ट नेपाल कृषि हेल्पलाइनमा प्राप्त गुनासोको आधारमा हेलम्बु गाउँपालिका कृषि शाखाका प्राविधिक श्री प्रशान्त आचार्यज्यूसँग समन्वय गरी उक्त क्षेत्रमा स्थलगत अवलोकन गरिएको थियो। अवलोकनका क्रममा सुन्तला जातका बालीमा देखिएको खराने रोगको प्रकोप, साथै काँटछाँट र बगैंचा व्यवस्थापनमा रहेका कमजोरीहरू पहिचान गरिनुका साथै कृषकहरूलाई समस्या र समाधानका उपायहरूबारे प्राविधिक जानकारी प्रदान गरिएको थियो।
रोग न्यूनीकरण तथा व्यवस्थापनका लागि कृषकहरूलाई निम्न सुझावहरू दिइएको छ: • प्रमाणित नर्सरीबाट उत्पादन भएका स्वस्थ बिरुवा मात्र रोप्ने।
• उचित दूरी कायम गर्ने (कलमी बिरुवा ४×४ मिटर र बीउबाट उत्पादन भएका बिरुवा ७×७ मिटर)।
• जाडो याममा सुक्खा, मरेका र बाक्ला हाँगाहरू काटछाँट गर्ने।
• चोर हाँगा (Water Shoots) हटाई रोगको फैलावट रोक्ने।
• बगैंचाभित्र मकै तथा फर्सी वर्गका बाली नलगाउने।
• नयाँ पालुवा निस्कने समयमा गाईको पिसाब १:५ अनुपातमा पानीमा मिसाई ५ दिनको अन्तरमा २–३ पटक छर्कने।
• संक्रमित पात तथा हाँगा हटाई बगैंचा सफा राख्ने।
• नाइट्रोजन मलको अत्यधिक प्रयोग नगर्ने।
• उच्च संक्रमण भएका क्षेत्रहरूमा पुनः रोपाइँ नगर्ने।
• आवश्यक परेमा मेन्कोजेब जस्ता ढुसीनाशक विषादी प्रयोग गर्ने।
यसरी, सम्बन्धित निकायसँगको समन्वयमा गरिएको स्थलगत अवलोकनबाट कृषकहरूलाई व्यवहारिक समाधान प्रदान गर्दै सिट्रस खेतीको उत्पादन र गुणस्तर सुधार गर्ने दिशामा महत्वपूर्ण पहल गरिएको छ।

हेलम्बु गाउँपालिका र Just Nepal Foundation को आयोजनामा मिति २०८२/१२/१५–१६ मा सम्पन्न दुई दिने आवासीय आधारभूत मौरी पालन त...
31/03/2026

हेलम्बु गाउँपालिका र Just Nepal Foundation को आयोजनामा मिति २०८२/१२/१५–१६ मा सम्पन्न दुई दिने आवासीय आधारभूत मौरी पालन तालिममा सहभागी कृषकहरूलाई मौरीको जीवनचक्र, घार व्यवस्थापन, रोग नियन्त्रण, मह उत्पादन तथा बजारिकरणसम्बन्धी ज्ञान र सीप प्रदान गरिएको छ।
तालीममा हेलम्बु गाउँपालिकाका अपाङ्ग र अपांग परिवारका सदस्य गरी २७ जनाको सकृय उपस्थिति रहेको थियो ।तालिममा उपस्थित सबैलाई मौरीसहितको घार तथा आवश्यक सामाग्री समेत बितरण गरिएको छ।
यस तालिमले उच्च जोखिम वर्गका परिवारहरुको खाध्य सुरक्षामा यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

30/03/2026

ललितपुर  तरकारी उत्पादनका समयमा गरिने तरकारीमा हुने अत्यधिक विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्.....

अगुवा किसान अन्तरकृयात्मक कार्यशाला गोष्टी सम्पन्न भएको छ । कार्यक्रममा ...... कृषक समूह र 3 वटा कृषि सहकारी संस्थाको सह...
25/03/2026

अगुवा किसान अन्तरकृयात्मक कार्यशाला गोष्टी सम्पन्न भएको छ । कार्यक्रममा ...... कृषक समूह र 3 वटा कृषि सहकारी संस्थाको सहभागिता रहेको थियो । सहभागिहरु माझ हेलम्बुको कृषिको समग्र अबस्थाको परिबेश विश्लेषण, समस्याहरु, त्यस्को कारण र असर पहिचान गर्ने काम भयो । मुख्य समस्याको रुपमा जगली जनावरको प्रकोप, बजारीकरण, गुणस्तरिय बिउको उपलब्धता, ग्यान, सीप र प्रबिधिमा किसानको पहुँच कम देखियो । छनफलमा कृषक पाठशाला संचालन गरेर ज्ञान् सीप वृद्धि गर्ने, बजारमुखी उत्पादन गर्ने, समुहलाई उत्पादनशील बनाउन तर्फ जोड दिने र जंगली जनावरको आतंक न्युनिकरण गर्न स्थानिय सरकारले पनि अनाबस्यक झाडी हटाउन ध्यान दिन आवस्यक देखियो । निराकरण र अनुकुलनका उपायहरु बिच तालमेल मिलाएर अगाडि बढ्न सके मात्र जंगली जनाबरको प्रकोप बाट बाली जोगाउन सकिने देखियो । स्थानिय बिउको जगेर्ना, सुधार र प्रसार गर्न तर्फ अगुवा किसानहरु जुट्नु पर्ने देखियो । कार्यक्रम हेलम्बु गापाको कृषि बिकास शाखाको आयोजनामा जष्ट नेपाल फाउन्डेशनको सहजिकरण र डेनमार्क सरकारको आर्थिक सहयोग रहेको थियो । किसानको लागि किसान अभियान मार्फत खाध्य सुरक्षा, किसानमुखी नीति तथा कार्यक्रम र जलवायु अनुकुलनका असल अभ्यासहरु प्रबर्द्धन गर्ने कुरामा सबै किसानहरु मिलेर अघि बढ्नु पर्ने आबस्यकता देखियो ।

हेलम्बु गाउँपालिका वडा नं ७ तल्लो पातिङमा दुई दिने जैविक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । व्यवसायिक तरकारी खे...
18/03/2026

हेलम्बु गाउँपालिका वडा नं ७ तल्लो पातिङमा दुई दिने जैविक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । व्यवसायिक तरकारी खेती तालिममा किसानहरूको सक्रिय उपस्थिति रहेको थियो । तालिममा किसानहरुले मौसमी तथा बेमौमी तरकारी खेती, राेग तथा कीराको जैविक व्यवस्थापन , नर्सरी व्यवस्थापन, जैविक विषादी तयारी र प्रयोग विधि, गोठेमल सुधार र कम्पोष्ट मल सम्बन्धि सीप तथा ब्यबहारिक ज्ञान दिईएको छ ।

हेलम्बु गाउँपालिका वडा नं २ किउलमा  दुई दिने जैविक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । व्यवसायिक तरकारी खेती ताल...
11/03/2026

हेलम्बु गाउँपालिका वडा नं २ किउलमा दुई दिने जैविक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । व्यवसायिक तरकारी खेती तालिममा किसानहरूको सक्रिय उपस्थिति रहेको थियो । तालिममा किसानहरुले मौसमी तथा बेमौमी तरकारी खेती, राेग तथा कीराको जैविक व्यवस्थापन , नर्सरी व्यवस्थापन, जैविक विषादी तयारी र प्रयोग विधि, गोठेमल सुधार र कम्पोष्ट मल सम्बन्धि सीप तथा ब्यबहारिक ज्ञान दिईएको छ ।

परियोजनाको वडा स्तरको प्रगती समीक्षा गर्ने, परियोजनाको अध्याबधिक गर्ने, लाभग्राहिहरुको जिबिकोपार्जन योजना बनाउन आबस्यक प...
08/03/2026

परियोजनाको वडा स्तरको प्रगती समीक्षा गर्ने, परियोजनाको अध्याबधिक गर्ने, लाभग्राहिहरुको जिबिकोपार्जन योजना बनाउन आबस्यक पर्ने आधारभुत बिबरणहरु संकलन गर्ने सम्बन्धामा टोलिका सदस्यहरु माझ समान बुझाइ बनाउन एक दिवसिय कार्यशाला चनौटेमा सम्पन्न भयो । बजारमुखी उत्पादन गर्ने किसानहरुको शुचि तयार गर्ने, आबस्यकता अनुसार उनिहरुलाई जैबिक उत्पादन गर्ने ज्ञान सीप प्रदान गर्ने, खाध्य संकटमा परेका जोखिम बर्गका घरपरिवारको जिबिकोपार्जनमा टेवा पुर्याउने सक्ने आय आर्जनका उपायहरुको पहिचान गरी उनिहरुको जिबिकोपार्जन सुधारको योजनामा योगदान गर्न परियोजनाको श्रोत प्रभाबकारी रुपमा परिचालन गर्ने विधि र प्रकृयामा छलफल भयो । वडाको पहिचान स्थापित गर्न सक्ने गरि ब्यबसायिक रुपमा कृषि उपजहरु उत्पादन गर्न सम्भाबित बालीहरु छनोट गरियो । अति न्यून आय भएका परिवारहरु लागि तत्कालै नतिजा दिने कृयाकलापहरु गर्ने, मध्यम स्तरको आय भएका परिवारहरुलाई अल्पकालिन उत्पादनका कृयाकलापहरु र लगानी गर्न सक्ने परिवारहरुको लागि दिर्घकालिन उत्पादनका कृयाकलापहरुमा सहजिकरण गर्ने तर्फ परियोजनाको श्रोत परिचालन हुनेछ ।

Address

171 Mahapur Marga, Bansbari, Kathmandu/03
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714378812

Alerts

Be the first to know and let us send you an email when Just Nepal Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Just Nepal Foundation:

Share