Mr. Parash Mani Gelal, Udayapur 1

Mr. Parash Mani Gelal, Udayapur 1 Stop judging a person's potential by looking at his face and the area he lives in. Only a young man with a good idea can be a true leader.
(2)

I will remain committed to a welfare state and scientific social communism. नया नौलो जानकारी,मनोरन्जनात्मक सामग्री साथमा ताजा खबरहरुको लागी हामि संगै रहनुहोला l

10/05/2026

प्रशिक्षण समापन कार्यक्रम मा साम्सदहरुलाई सम्बोधन र निर्देश गर्दै आदरणीय सभापति रवि लामिछने ज्यु ।

रोशी खोला जबर्जस्ती हायस गाडी हालेर यात्रुहरु जोखिममा पर्नु भएछ, उद्दारको लागि सम्बन्धित निकायमा खबर गरिएको छ । सुन्नमा ...
04/05/2026

रोशी खोला जबर्जस्ती हायस गाडी हालेर यात्रुहरु जोखिममा पर्नु भएछ, उद्दारको लागि सम्बन्धित निकायमा खबर गरिएको छ । सुन्नमा आए बमोजिम खोला बढिरहेको छ । गाडी बिचमा फसेको छ । दुई साईड खोला उर्लेर आएको छ गाडिहरु बिछ भाग जमिनमा छन ।

01/05/2026
श्रमको सम्मान गरौं, राष्ट्र निर्माणमा जुटौं। मे १ (विश्व मजदुर दिवस) को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्...
01/05/2026

श्रमको सम्मान गरौं, राष्ट्र निर्माणमा जुटौं। मे १ (विश्व मजदुर दिवस) को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

अहिंसा परमो धर्म:। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस, राग र द्वेषलाई त्यागेर सत्य र करुणाको बाटोमा लाग्ने प्रेरणा मिलोस्...
01/05/2026

अहिंसा परमो धर्म:। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस, राग र द्वेषलाई त्यागेर सत्य र करुणाको बाटोमा लाग्ने प्रेरणा मिलोस्। बुद्ध जयन्तीको हार्दिक शुभकामना!

30/04/2026

उदयपुर सिमेन्ट उद्द्योगमा काम गर्ने कर्मचारी र मन्त्रालयमा काम गर्ने कर्मचारीमा किन विभेद सरकार ? १३ महिनादेखी तलब नपाउदा परिवार कसरी पाल्नु ? कि मानवता हुन्न ?
तलब देउ सरकार !!!

29/04/2026

आम नागरिकहरुको अध्यादेश बारेमा आएका धेरै प्रश्न, कौतुहलता को बारेमा जनप्रतिनिधि भएको कारण उत्तर दिनु पनि मेरो दायित्व नै हो । हामिलाई थाहा छ आज दुईतिहाइको नजिक पुगेको सरकारले व्यवस्थापिका संसदको लोकतान्त्रिक अधिकार कुण्ठित गर्नु सरकारको बाध्यता, रहर वा जन उत्तरदायी सरकार बन्न छिटो छरितो कार्य ब्यबस्था गर्नुपर्ने अबस्था हो त्यो त थाहा भएन तर कुनै पनि अर्थमा अध्यादेश ल्याउनु चाहि “उच्चतम लोकतान्त्रिक अभ्यास” होइन, बरु त्यो लोकतन्त्रको मूल आत्मा विपरीत जाने जोखिमपूर्ण प्रवृत्ति पनि बन्न सक्छ।

लोकतन्त्रको सार शक्ति सन्तुलन (checks and balances) कायम रहोस् । संसद केवल बहुमतको औपचारिक मोहर होइन, त्यो सरकारलाई प्रश्न गर्ने, नियन्त्रण गर्ने र जनताको आवाज प्रतिबिम्बित गर्ने सर्वोच्च स्थान हो। जब सरकारसँग बलियो बहुमत हुन्छ, तब उसले अझ बढी उत्तरदायी र सहिष्णु बन्नुपर्ने जनअपेक्षा हुन्छ ।

संसदका अधिकारहरू, जस्तै:
विधेयकमाथि गहिरो छलफल,
संसदीय समितिको प्रभावकारी भूमिका,
विपक्षको आवाज सुन्ने अभ्यास
लाई सशक्त र बलियो बनाएर जानू उच्चतम लोकतान्त्रिक अभ्यास हो।

दुईतिहाइ बहुमत छेउ रहेको सरकारले लोकतन्त्र बलियो बनाउन ब्यबस्थापिका संसदको उच्चतम प्रयोग हुनुपर्छ, नियन्त्रण गर्न हुन्न।

सतर्कताका लागि अनुरोध छ! सचेत रहौं!
28/04/2026

सतर्कताका लागि अनुरोध छ! सचेत रहौं!

Address

Beltar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Parash Mani Gelal, Udayapur 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share