न्यून शुल्क डेन्टल क्लिनिक

  • Home
  • Nepal
  • Kathmandu
  • न्यून शुल्क डेन्टल क्लिनिक

न्यून शुल्क डेन्टल क्लिनिक Dental Clinic

Dental carige
12/04/2019

Dental carige

14/03/2019
08/03/2019

बच्चाको दाँत सम्बन्धि ध्यान दिनुपर्ने कुराहरू
बच्चा बिमारी हुदा बच्चा लगायत सम्पूर्ण परिवार लाई समस्या हुने हुदा बेलैमा बुद्धि पुर्याउनु आवस्यक छ। बेलैमा बुद्धी पुर्याए बच्चाको दाँतमा किरा लाग्ने, दाँत दुख्ने लगायत गिजा सम्बन्धि समस्या रोकथाम गर्न सकिन्छ।

ध्यान दिनुपर्ने कुराहरू:
१. बच्चाको दाँत नउम्रिदै हरेक पटक दूध चुसाएपछि र अन्य खानेकुरा खुवाएपछि नरम कपडाले उसको मुख सफा गरिदिनुपर्छ।
२. बच्चाको दाँत आएदेखि नै ब्रस गराउनु पर्छ। बालबालिकाले ब्रस गर्न नसकेको अवस्थामा अभिभावक आफैले ब्रस गरिदिनुपर्छ।
३. बोतलको दुध सकेसम्म नखुवाउने।
४. सुतेर दुध नखुवाउने।
५. दिनको दुई पटक विहान र बेलुका खाना खाएपछि ब्रस गराऊनु पर्छ।
४. राति सुत्ने समयमा cavity गराऊने छ्यमता भएको खानेकुरा नखुवाउने।
५. जंक फुडले दाँत बिगारने लगायत सरिरमा अन्य समस्या ल्याउने हुनाले यस्तो खानबाट बच्चा लाई निरूत्साहित गर्ने।
६. कम्तीमा वर्षको एक पटक दन्त चिकित्सकसँग जाँच गराउनुपर्छ ।
७. दन्त चिकित्सकले Scaling & Topical flouride application, Pit and fissure sealant application, Restoration, diet counseling, Arrest of caries technique, cavity modification, proper oral hygeine maintainence instructions लगायतका बिभिन्न तरिका अप्नाई दाँत दुख्ने र गिजा सम्बन्धि समस्याबाट बच्चा लाई जोगाउन सकिन्छ।

Prevention is Better than Cure. Adopt proper habits among the children and prevent dental caries and other oral diseases that can be prevented. This should start from house, reinforced in school and evaluated by dentists. Our near future plan is to start Oral health awareness among school children.
KEEP SMILING
:) :) :) :) :) :)

21/02/2019

दुखेर खप्न नसक्ने हुन्जेल वा गिजा सुन्निएर ज्वरो नफुट्दासम्म दाँतको समस्या भएको ठानिन्न । न परीक्षण नै गर्ने वानी छ । जथाभावी खानपानले दाँतको समस्या बढ्दै गएको छ । कम हेरचाह, गुलियो खाना, फास्ट फुड, चकलेट, विस्कुट चाउचाउ जस्ताखानाले दाँतको समस्या थप्दै लगेको छ। नेपालमा करिब ६५ देखि ७० प्रतिशत बालबालिका र ९० प्रतिशत बयष्कका दाँतमा कुनै न कुनैसमस्या छ ।नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. सुदिन शाक्यका अनुसार सहरी क्षेत्रमा दाँतमा कीरा लाग्ने र ग्रामीण क्षेत्रमा गिजाको समस्या बढी छ । डा.शाक्य भन्छन्, ‘झण्डै दुई तिहाई नेपालीको दाँतमा कीराले खाएको छ ।’धेरैजसो अवस्थामा किराले खाएर नशा नछुँदासम्म दुख्न नथाल्ने भएकाले गम्भीर अवस्था नहुँदासम्म अस्पताल नआउने चिकित्सकको भनाई छ । ‘सबै उमेरका मानिसले दाँत गुमाउनुपर्ने प्रमुख कारण यहि हो’, उनले भने ।डा.शाक्यका अनुसार कीराका साथै गिजामा हुने समस्या, दाँत सुन्निने, दाँतको कारण अनुहार सुन्निने, गिजामा फोहोर जम्मा भएर रगत आउने समस्या बढ्दै गएको छ। डा.कोइरालाका अनुसार सुन्दर देखिन दाँत मिलाउने चलन र दुर्घटनाका कारण दाँत बिग्रिने दर पनि बढीरहेको छ । त्यसैगरी सुर्तिजन्य पदार्थले गिजा, मुखमा क्यान्सर हुने दर बढाएको छ ।खाना चपाएर पचाउने योग्य बनाउने दाँतलाई खानाले नै बिगार्छ । डा.कोइरालाका अनुसार बढी गुलियो खाँदा र त्यस्तो पदार्थ मुखमा धेरै समय राख्दा अमिलोपन बढेर ब्याक्टेरियाले आक्रमण गर्छ । फास्टफुड पनि दाँतमा टाँसिएर कीटाणु उत्पन्न भई क्षती पुग्न थाल्छ । दाँत किराले खाने कारणमा दाँतका लेउमा भएका किटाणुले खानालाई बिकारका रुपमा अम्ल बनाउनु हो । अम्लले नै दाँतको बाहिरी सतह खियाउँदै दाँतमा प्वाल पनि पार्छ ।उचित सफाइ अभावमा ब्याक्टेरिया बढ्दै जाने र ल्याक्टिक एसिड बन्ने चिकित्सक बताउँछन् । यो अम्लले दाँतको बलियो खोल अर्थात् इनामेल नष्ट गर्दै लान्छ । खानापछि तत्काल कुल्ला नगरे मुखका कणलाई करिव २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ । ब्याक्टेरियाका कारण उत्पन्न हुने अम्ल मुखको ¥यालसँग मिलेर टाँसिने पदार्थ बन्छ । धेरैबेरसम्म टाँसिदा कडा भएर दाँत र गिजामा असर पु¥याउन थाल्छ ।‘दाँत माझ्ने तरीका मात्रै जान्ने हो भनेपछि बच्न सकिन्छ ।

‘बेलुका सुत्नु अघि र विहान खानापछि दाँत माझ्नु सबैभन्दा बैज्ञानिक तरीका हो, रातभर कीटाणु बढ्न दिएर बिहान केही नखाँदै माझ्नुको धेरै अर्थ हुन्न ।’

सरसफाइमा मात्रै ध्यान दिए ५५ देखि ६० प्रतिशत दन्त रोगको दर कम गर्न सकिने कोइराला बताउँछन् ।उनका अनुसार दाँत बिग्रिन्छ भनेर खान÷खुवाउनै छोड्ने भन्दा यसले दाँतमा कस्तो असर पु¥याउँछ भन्ने जानेर सावधानी अपनाउनु बुद्धिमानी हो । दाँतमा कालो खैरो दाग देखिने, खाना अडकन सुरु गरे, चिसो वा तातो खाँदा दाँत सिरिङ्ङ गर्न थाले दाँत प्वाल परेको हुनसक्छ ।दाँत र मुखको उपयुक्त हेरचाह गरे भर्खरै किरा लाग्न शुरु समस्या रोक्न सकिन्छ ।शुरुको अवस्थामा रोकथाम र उपचार गर्न सके दाँत निकाल्नुपर्ने, खाना खान नसक्ने, दाँत दुख्ने, बोल्न नसक्ने जस्ता समस्यावाट छुटकारा पाउन सकिने विज्ञ बताउँछन् ।दाँत सुरक्षाका लागि बाल्यकालदेखि नै ध्यान पु¥याउनु पर्छ । आइसकेपछि बच्चालाईदुध, लिटो खुवाइ सकेपछि राम्रोसँग सफा गरेन भने दाँत किराले खानसक्ने डा.कोइराला बताउँछन् । ‘आमाले बच्चालाई सुताएर दुध खुवाउँदा पनि समस्या आउन सक्छ । स्तनपान नगराई बच्चालाई बोतलको दूध खुवाउनाले पनि दाँत बिग्रिन्छ ।’किराको समस्याबाट छुटकारा पाउन दिनको दुइपटक खाना खाइसकेपछि फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नु पर्छ । बच्चालाई माझ्न सिकाउनु पर्छ । माझेर आएको फिँज केही समय मुखमा राख्दा दाँतलाई सफा राख्न मद्दत पुग्छ ।‘गुलियो खानेकुरा खानु हुँदैन । पोषिलो खानेकुरा खानुपर्छ’, डा.कोइराला भन्छन् ‘कतिपय दाँतका समस्या पोषणका कारण भएका हुन्छन् ।’खाना खाएपछि गिजामा फोहोर बस्छ । धेरै फोहोर जम्मा भए पछि रगत आउँछ । समस्या बढ्दै गए दाँत हल्लिने र निकाल्नै पर्ने हुनसक्छ ।दाँतका विरामीलाई विस्तारै पेट सम्बन्धी समस्या थपिन्छ । ‘चपाउन सकिएन भने आन्द्रा र पेटमा राम्रोसँग पाचन क्रिया हुनसक्दैन । जसको कारण पेटको समस्या बढ्दै जान्छ ।’कम्तिमा ६–६ महिना अन्तरालमा दाँत जचाउनु पर्ने डा. शाक्यले बताए । उनका अनुसार गुलियो कम खाने र खाइ हाले पनि खानेवित्तिकै कुल्ला गरे पनि धेरै हदसम्मदाँत जोगाउन सकिन्छ ।दाँत स्वस्थ राख्नबिहान र बेलुका ब्रस गर्नेब्रेक फास्टपछि ब्रस गर्नु राम्रोनियमित परीक्षण गर्नेगुलियो कम खानेखाएपछि कुल्ला गर्नेनरम ब्रस प्रयोग गर्ने
साभार

brush technique (ब्रश गर्ने तरीका )दिनमा दुइचोटी ब्रश गर्दा पनि दाँत सफा भयन भनेर dental clinic मा धेरै दन्त बिरामी आउछन...
20/02/2019

brush technique (ब्रश गर्ने तरीका )
दिनमा दुइचोटी ब्रश गर्दा पनि दाँत सफा भयन भनेर dental clinic मा धेरै दन्त बिरामी आउछन् । तर सहि ब्रश नगर्नाले दाँत सफा नहुनुका साथै दाँत र गिजामा पनि असर गर्न सक्छ ।

09/01/2019

दात निकाले पछि ध्यान दिनुपर्ने कुराहरु:- १ दात निकालेको कम्सेकम आधा घण्टासम्म कपास टोकि राख्ने २) २ घण्टासम्म्कुनै पनि खानेकुरा नखाने । ३) दात निकस्लेको ठाउँमा जिब्रोले औलाले नचलाउने । ४) २४ घण्टा सम्म नथुक्ने कुल्ला नगर्ने। ५) २४ घण्टा सम्म तातो पिरो साह्रो नखाने ।६) पेय पदार्थ पिउदा पाईप्ले नय्सन्ने गिलासमा खन्याएर पिउने र चुरोट नखाने ।

Address

SHORKHUTTE
Kathmandu

Telephone

9841265343

Website

Alerts

Be the first to know and let us send you an email when न्यून शुल्क डेन्टल क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to न्यून शुल्क डेन्टल क्लिनिक:

Share

Category