09/05/2025
गण्डकी प्रदेशमा सुस्त श्रवण समुदायको सशक्तिकरणतर्फ एक महत्वपूर्ण कदम! 👂🏼🌱
श्रुति संस्थाको समन्वयमा तथा Abilis फाउन्डेसनको आर्थिक सहयोगमा, बैशाख २३ र २४ गते पोखरा उपमहानगरपालिकामा दुई दिने "सीआरपीडी र दिगो विकास लक्ष्य (SDGs)" सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदा हामी अत्यन्तै गर्वित छौं।
उक्त अवसरमा डायना श्रेष्ठको अध्यक्षतामा गण्डकी प्रदेश, पोखरामा नयाँ सुस्त श्रवण समूह गठन गरिएको छ, जुन समावेशी समाज निर्माणतर्फको एक प्रेरणादायी र दूरदर्शी पहल हो। तालिम तथा समूह गठनमा पोखरा उपमहानगरपालिकामा रहेका सुस्त श्रवण व्यक्तिहरूको उत्साहजनक सहभागिता र समर्थनप्रति SHRUTI संस्थाले हार्दिक धन्यवाद ज्ञापन गर्दछ। विशेषगरी, यस पहललाई सफल बनाउन समर्पित साथ र योगदान पुर्याउनु भएका सचिव भोजराज भुजेल र उपाध्यक्ष धनेश्वरी गुरुङप्रति संस्था गहिरो कृतज्ञता प्रकट गर्दछ।
त्यसैगरी, सुस्त श्रवण व्यक्तिहरूको पहुँच, सहभागिता र समावेशीता सुनिश्चित गर्न SHRUTI संस्थाले पोखरा उपमहानगरपालिकाका उप-मेयरज्यू, गण्डकी प्रादेशिक अस्पतालका निर्देशकज्यू र INF सँग भएको छोटो तर फलदायी छलफलको लागि माननीय प्रकाश बराल र डा. माया लामाप्रति विशेष आभार व्यक्त गर्दछ।
🔵 SHRUTI सधैं समावेशी समाज निर्माणमा प्रतिबद्ध रहँदै, सुस्त श्रवण समुदायको हक, अधिकार र अवसर सुनिश्चित गर्न यस्ता प्रयासहरूलाई अझ सशक्त ढंगले अगाडि बढाइरहनेछ।
💙
A Significant Step Toward the Empowerment of the Hard of Hearing Community in Gandaki Province! 👂🏼🌱
We are extremely proud to share that, under the coordination of SHRUTI and with the financial support of Abilis Foundation, a two-day training on "CRPD and Sustainable Development Goals (SDGs)" was successfully conducted on Baisakh 23 and 24 at Pokhara Metropolitan City.
On this occasion, a Hard of Hearing Group was established in Pokhara, Gandaki Province, under the leadership of Diana Shrestha — a truly inspiring and visionary initiative toward building an inclusive society.
SHRUTI expresses its heartfelt gratitude to the hard of hearing individuals in Pokhara Metropolitan City for their enthusiastic participation and support in the training and group formation.
In particular, we deeply appreciate the meaningful contributions made by Secretary Bhojraj Bhujel and Vice President Dhaneshwori Gurung in making this effort a success.
Likewise, to ensure accessibility, participation, and inclusion of hard of hearing persons, SHRUTI extends special thanks to Hon. Prakash Baral and Dr. Maya Lama for their valuable coordination in facilitating fruitful discussions with the Deputy Mayor of Pokhara Metropolitan City, the Director of Gandaki Provincial Hospital, and INF.
🔵 SHRUTI remains committed to building an inclusive society and will continue to advance such efforts to safeguard the rights, opportunities, and empowerment of the hard of hearing community.
💙