
15/08/2025
📢 रोजगारीको अवसर
टि.पि.ओ. नेपालले मनोविमर्शकर्ता पदका लागि कर्मचारी माग गरेको छ।
अवधि: ३१ डिसेम्बर २०२५ सम्म (कार्यक्रमको आवश्यकता अनुसार अवधि थप हुन सक्ने)
संख्या: १ जना
स्थान: पकहा मैनपुर गाउँपालिका, पर्सा
आवेदन दिने अन्तिम मिति: २०८२ भाद्र ८ गते आइतबार
कामको प्रमुख जिम्मेवारीहरू:
▪️मनोसामाजिक सहयोगको आवश्यकता लेखाजोखा गर्ने र आवश्यकता अनुसार सहयोग प्रदान गर्ने।
▪️समूहमा मनोसामाजिक सहयोग तथा आवश्यकता अनुसार मनोवैज्ञानिक सहयोग प्रदान गर्ने।
▪️मनोवैज्ञानिक सहयोगका विभिन्न क्रियाकलाप सञ्चालन गर्ने।
▪️मनोसामाजिक समस्याको रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
▪️छोटो अवधिका मनोसामाजिक सहयोग सम्बन्धी तालिम तथा अभिमुखीकरण सञ्चालन गर्ने।
▪️सामुदायिक मनोसामाजिक कार्यकर्ताको सुपरिवेक्षण, अनुगमन तथा आवश्यक सहयोग गर्ने।
▪️परियोजना सञ्चालन क्षेत्रमा नियमित भ्रमण गर्ने र प्रतिवेदन पेश गर्ने।
योग्यता:
▪️नेपाली नागरिकता भएको महिला।
▪️मनोपरामर्श मनोविज्ञानमा पोष्ट ग्राजुएट वा कुनै विषयमा स्नातक र ६ महिने मनोविमर्श तालिम।
▪️कुनै आपराधिक अभिलेख नभएको र यौनजन्य हिंसा/शोषणको आरोप पुष्टि नभएको।
▪️समुदायमा राम्रोसँग घुलमिल हुने क्षमता र स्थानीय भाषा बुझ्ने/बोल्ने।
▪️कम्प्युटरको आधारभूत ज्ञान।
▪️समुदायमा लैंगिक हिंसा तथा बालबालिका/किशोरकिशोरीसँग कम्तीमा १ वर्षको अनुभव (प्राथमिकता)।
आवेदन पत्र, बायोडाटा, अनुभव प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपि इमेलमा पठाउनुहोस्
आवेदन पठाउने इमेल ठेगाना : hrtponepal@tponepal.org.np
📌 थप जानकारीका लागि:
QR कोड स्क्यान गर्नुहोस् वा TPO Nepal को वेबसाइटमा जानुहोस्।