Divorce & Court Marriage, Nepal

Divorce & Court Marriage, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Divorce & Court Marriage, Nepal, Marriage Therapist, Anamnagar, Purbi Gate, Kathmandu, Kathmandu.

Court Marriage & Divorce Service, Nepal

नेपालभित्र र नेपाल बाहिरका नेपालीहरूको लागि ।

Documents- Court Procedure - Translation and Documents Delivery.

9851353926
(Whatsapp)

10/11/2025

Arrange marriage is scary!
विहे गरेको भोलि पल्ट श्रीमतीमा 'माता' चढ्यो र काम्न थालिन भने?😱

09/11/2025

छुट्टिएर कति बस्नु
Let's Do
Divorce

09/11/2025

माया बढिरहेछ ।
Let's Do
Court Marriage

दुई श्रीमान श्रीमती र दुई सन्तान एउटा शहरको डेरामा बस्थेश्रीमान कामको शिलशिलमा ९ बजे जान्थे अनि रातको ८ बजे आउथे । उनी आ...
27/10/2025

दुई श्रीमान श्रीमती र दुई सन्तान एउटा शहरको डेरामा बस्थे

श्रीमान कामको शिलशिलमा ९ बजे जान्थे अनि रातको ८ बजे आउथे । उनी आउँदा श्रीमती जहिल्यै मोबाइलमा हेर्दै लेखिरहेकी हुन्थिन । उनी पनि आएर खाना खान्थे अनि मोबाइल तिरै ब्यस्त हुन्थे । श्रीमान निन्द्राबाट बिउझिंदा आधा रातसम्म पनि श्रीमती त्यही मोबाइलमा घोरिरहेकी हुन्थिन । न बोल्थिन, न हाँस्थिन । वस एकोहोरो भएकी थिन । यस्तै क्रम महिनौं सम्म चलेपछि श्रीमानलाई श्रीमती कतै अन्त लागेकी होकि भन्ने शंका लाग्यो । एकदिन छुट्टिको दिन थियो । श्रीमती बच्चाहरुलाई स्कुल पुऱ्याएर आइन ।

तब श्रीमानले भने : तिम्रो मोबाइल देउन , श्रीमतीले आनाकानी गरिन । तब झन श्रीमानको शंकाको दायरा बढ्यो । उनले रिसाउदै भने तँ को सँग लागेकी छेस र तेरो मोबाइल मलाई दिन नहुने । खाली मोबाइलमा घोरिन्छे । आधारात सम्म सुत्दिनस । को छ तेरो भन् ! श्रीमती केही बोलिन । उनि त्यहाँबाट उठेर हिड्न खोजीन । श्रीमानले जबर्जस्ती मोबाइल खोसेर भने : म नहुँदा दुनियाँ सँग पल्केकी छेस हैन । यो मोबाइलको लक खोल ! श्रीमती केहि बोलिन। उनले लक खोलेर दिइन । तब श्रीमानले फेसबुक, इन्स्ट्रा, हृाक्ट्सप, इमो सबै तिर चेक गरे तर कहिँ कतै केही सुराक भेटेनन । अनि फेरि रिसाउदै भने : तँ मोबाइलमा के गरेर बस्छेस ? कि म घरमा बसेको भनेर बाटोमै सबै डिलेट गरेर आइस ? श्रीमतीले आफ्नो फोनमा लेखेको नोटहरु देखाइन ।

श्रीमानले एकएक गर्दै पढे ।

तब उनले था पाए । मै मूर्ख रहेछु । मैले काम काम भन्दाभन्दै आफ्नो श्रीमती इच्छा केछ, बिरामी के छ, अवस्था के छ सबै भुलिसकेछु ।

किनकी श्रीमती दिनभर घरमा हुन्थिन । साना बच्चाहरु सम्हाल्ने, न गाह्रो भन्न पाउने न साह्रो भन्न पाउने । श्रीमानलाई कामको बाहेक न आफ्नो हालत सुनाउने फुर्सद थियो न श्रीमतीको हालत बुझ्ने फुर्सद । एउटै खाटमा निदाउदा पनि कसको मनमा के छ कहिल्यै था हुँदैन थियो । श्रीमान त दिनभर काममा ब्यस्त हुन्थे तर दिनप्रतिदिन श्रीमतीलाई एक्लोपनले हुँदै थियो । साथमै भएर पनि उनी एक्लो हुँदै थिइन । उनलाई भित्रभित्रै अनेक सोच अनेक जिज्ञासाले सताउदै थियो। जिन्दगी देखि दिक्क लाग्दै थियो । त्यसैले उनले आफ्नो एक्लोपनको दुख भुलाउने सहारा मोबाइल र शब्दहरुलाई बनाएकी थिइन । उनी शब्दमै हाँस्थीन, शब्दमै रुन्थिन, शब्दमै हराउथीन, शब्दलाई नै सोध्थीन अनि शब्दलाई नै सुनाउथीन ।

श्रीमानले श्रीमतीलाई माफी माग्दै भने Sorry बुढी । अबदेखि म तिमीलाई कहिल्यै एक्लो महसुस हुन दिन्न । नोट : एउटै खाटमा निदाउदैमा र एउटै चुलोमा पाकेको खाँदैमा कोहि साथमा छ भन्ने हुँदैन । हामीले एकार्काको दुख सुख सुन्ने सुनाउने गरे मात्रै मनमा के
हुँदैन । हामीले एकार्काको दुख सुख सुन्ने सुनाउने गरे मात्रै मनमा के छ भन्ने बुझिन्छ । बाहिर काम गर्ने भन्दा घरमा बस्नेहरू झन मानसिक रुपमा कमजोर हुन्छन् । किनकी उनीहरूलाई सुनिदिने कोहि हुँदैन । बस खाएको र बसेको मात्रै देखिन्छ । त्यसैले मोबाइललाई खबर आदानप्रदान र मनोरञ्जनको साधन बनाउ एक्लोपनको साथी र घर बिगार्ने जहर होइन ।…✍️

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छ...
24/10/2025

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस।
गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे। मैले आफ्नै रोजाइमा बिबाह गरे,मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन। अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने तर मनमा नराम्रो चाहिँ थिएन।
झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे।
बिहे पछि सुरु सुरुमा सबैकुरा राम्रै चलिराको थियोे। तर म एकदम भावुक किसिमको थिए, अलिक रिसालु पनि थिए। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी भिनाज, दाजु भाउजू, भाइ बुहारी आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर मैले गरेको गल्ती चाहिँ लुकाउथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन, र मलाई सहारा दिन्छन्- अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोच्ने गर्थे।
एकदिन कुरै कुरामा हाम्रो झगडा भयो- कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो- त्यो एक झापडले मेरो जीवन लाई बदल्छ।
रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफुले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाए, देखाए। त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षस सँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरे। प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे।
म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त?
केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो।
मैले मुद्दा फिर्ता लिए, तर म उसँग उसको घरमा गइन। केही दिन पछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवन यापन गर्नु परिवारले भने। म पनि सहमत भए।
पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो- र म मेरो आमाबुबाको घरमा आए।
केही दिन पछि मेरो श्रीमान बिरामी छन भनेको कुरा सुने। माइतीघरका सबैले स्वास्नी फर्केर आउछे भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनिहरुको साथमा जान्छु भन्ने मनमा सोचे।
तर कोहि आएनन्। बरु घरमा एउटा पत्र आउँछ- सम्बन्धविच्छेद पत्र।
पत्र हातमा परेपछि मन मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोचे, यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले "कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो" भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा १००० किलोको ढुंगाको वजनले थिचे जस्तो महसुस हुँदै थियोे, सास फेर्न गाह्रो भएको थियोे। त्यसबेला एक सब्द पनि नसोची सबै कुरा स्वीकार गरे।
बच्चा मसँग आयो, आर्थिक सुरक्षा- र उसको हातबाट म स्वतन्त्र भए।
आज साढे तीन बर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे- तर म?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो- यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर हामी डिभोर्सी सँग रात कटाउन घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।
आज म सोच्ने गर्छु- एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंको लागि सकियो।
उसले मलाई एकपटक एक झापड हान्यो- तर मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दु:ख दिए। आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकुल हुनु, मायामा कमि हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।
सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ- भनेर जसले सोचिरहेका छन। स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।
🌸 दिदीबहिनीहरु आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बद्लिन्छ। अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गाकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफुले गरेकोछ्, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोच्ने गर्नु।।

23/10/2025
12/10/2025

काठमाडौँ जिल्ला अदालतमा
Court Marriage
खुल्ला भएको छ ।

Very informative
16/08/2025

Very informative

In this compelling episode, I sit down with Manshi Gyawali (amgunalawfirm@gmail.com) to address the critical issue of sexual harassment, with a focus on its ...

Address

Anamnagar, Purbi Gate, Kathmandu
Kathmandu
0977

Telephone

+9779851138064

Website

Alerts

Be the first to know and let us send you an email when Divorce & Court Marriage, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Divorce & Court Marriage, Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram