07/05/2024
मानसिक, नशा तथा यौन दुर्बलता सम्बन्धी रोगहरुको उपचार।
वरिष्ठ मानसिक, नशा तथा यौन रोग विशेषज्ञ डाक्टर सरोज अधिकारी द्वारा हरेक मंगलवार बिहान 8:00 बजे देखि मानसिक, टाउको, नशा तथा यौन रोग सम्बन्धी रोगहरुको उपचार हुने जानकारी गराउदछौ।
बिस्तृत जानकारीको लागि
01 4917641
लक्ष्यण तथा उपचार हुने बिषयहरु:
-निन्द्रा नलाग्ने, छट पटि हुने, मनमा कुरा धेरै खेल्ने।
-मुटु धेरै चल्ने, डर लाग्ने, मन बेचैनि हुने।
-आलस्यता, टोलाउने, निराश हुने।
-काम गर्न मन नलाग्ने, दिक्क लाग्ने।
-आत्महत्या गर्ने सोच आउने तथा प्रयास गर्ने।
-राती निद्रा बाट ब्युझेर डराउने, कराउने, चिच्याउने आादिl
-बेहोस हुने, मुर्छा पर्ने।
-छारे/मिर्गी रोग (epilepsy) ।
-बिन कारण आबेगमा आउनेl
-एउटै सोच पटक पटक आएर दुख दिनेl
-एउटै क्रियाकलाप पटकपटक दोहोर्याएर गर्नु(जस्तै, पटक पटक आवस्यक भन्दा बढी हात धुनु, पटक पटक ग्यास स्टोभ, झ्याल ढोका बन्द गरे कि नाइ भनेर चेक गरिरहनु, ढोकामा ताला लगाइ सके पछी फेरि बार बार दोहोर्याएर हेर्न जानु, … आदी।
-शंका गर्ने, एक्लै हास्ने, एक्लै बोल्ने,धेरै झर्किने , रिसाउने , अराजक हुने, घर छाडेर हिड्ने आदी।
-नशा झमझमाउने, सरिरको बिभिन्न भागहरु पोल्ने दुख्ने।
-धेरै पटक अस्पताल गएर चेक जांच गर्दा पनि रोग पत्ता नलागेको अथवा निको नभएका समस्याहरु।
-जांड, रक्सि, गांजा जस्ता मादक तथा लागू औसधको कुलत छुटाउने ।
-यौन दुर्बलता, यौन इक्षामा कमि तथ अधिक यौन उत्तेजना हुने।
-रिगटा लाग्ने समस्याहरु।
-बृद्ध हरु को समस्या जस्तै, बिर्सिने, Confusion हुने, कराइरहने, झिझो झ्र्को मान्ने, घर छाडेर हिड्ने, आफ्नो नजिकका मान्छे नचिन्ने आदी।
-माइग्रने तथा बिभिन्न टाउको दुख्ने समस्याहरु ।
-बालबालिकाहरु धेरै झगडा गर्ने, रिसाउने, स्कुल जान नमान्ने, सुस्त मनस्थिति, Autism आदी
-केटाकेटी तथा ठुला मान्छेले ओछ्यानमा पिसाव गर्ने।