Mom’s Prenatal Yoga

Mom’s Prenatal Yoga Discover the blissful journey of motherhood with prenatal yoga ❤️

25/11/2025

✨ बच्चाहरूले हामीलाइ नभनेका कुराहरू ✨

🔴 १. म सँग चर्को आवाज नबोल्नुहोस् ।
तपाईंको आवाज चर्को हुँदा म डराउँछु। पक्कै मेरो कुनै गल्ती हो जस्तो महसुस हुन्छ।

🔴 २. मेरो कुरा सुन्नुहोस् ।
जब म आफ्ना कुरा भन्छु । मेरो आँखामा हेर्नुहोस्। जसले गर्दा मलाई र मेरो सानो संसारलाई तपाईंले महत्व दिनुभएको छ भनेर म आशावादी हुन्छु ।

🔴 ३. मलाई मेरो गति अनुसार बढ्न दिनुहोस्।
कुनै कुराको लागी म तयार छैन भने दबाब नदिनुहोस्। याद गर्नुहोस म बच्चा हुँ । म खेल्दै¸ अन्वेषण गर्दै त्यसैको आधारमा राम्रो सँग सिकीरहेको हुन्छु ।

🔴 ४. मलाई समय दिनुहोस् ।
तपाईंले मलाई समय दिनुभयो भने म खुशी हुन्छु । मलाइ त्यो धेरै मन पर्छ । तपाईं खुसी मनस्थितिमा हुनुहुन्छ भने मसँग खेल्नुहोस् । हाँस्नुहोस् । तपाइको सामिप्यतामा घुलमिल हुँदै बनेका यादहरू मेरो जीबनको अन्त्यसम्म पनि साथमै रहनेछन् ।

🔴 ५. मलाई दाजुभाइ–दिदीबहिनी वा अरू बच्चासँग तुलना नगर्नुहोस्।
यसो गर्दा म आँफुले आँफैलाई कमजोर ठान्न बाध्य हुन्छु । मेरो मनोबल कमजोर हुन्छ । मलाई सबैभन्दा बढी चाहिएको तपाईंको स्वीकार र साथ हो।

🔴 ६. म दुखी हुँदा मलाई समाउनुहोस्।
मलाई रुन दिनुहोस्। "तिमी धेरै नाटक नगर" भनेर गालि नगर्नुहोस् । मेरा भावना पनि तपाईंकै भावनाजस्तै वास्तविक हुन्छन् ।

🔴 ७. मलाई आफूलाई कसरी हेरचाह गर्ने भनेर सिकाउनुहोस्।
तपाइ आँफू पनि आराम गर्नुहोस् । सुत्नुहोस् । मनपर्ने कामहरू गर्नुहोस् । साथीभाइ भेट्नुहोस्। अभिभावक हुनु आनन्दको कुरा हो भनेर देखाउनुहोस्। तपाईं थकित, रिसाएको वा सबै कुरामा त्याग गरेको देख्दा मलाई दुख लाग्छ । किनकि यो सबै मेरो कारणले त होइन ? भनेर मैले सोच्न सक्छु ।

🔴 ८. म डराउँदा नजिकै बसिदिनुहोस् ।
मेरा बालसुलभ डरहरूमा नहाँस्नुहोस्। तपाईं पनि सधैं अँध्यारोबाट डरिनुहुन्थ्यो भनेर मलाइ भन्नुहोस् । अनि मेरो सिरानी मुनि टर्च लाइट राख्न दिनुहोस्।

🔴 ९. मलाई केवल म भएको कारणले माया गर्नुहोस्।
म छिटो दौडिन्छु । कविता सुनाउँछु । त्यस्तै अनेक परिपक्व व्यवहार गर्दा मात्र हैन म गलत हुँदा पनि माया गर्नुहोस् । मेरा गल्तीहरूमा समेत तपाईंको माया हराउँदैन भनेर मैले थाहा पाउनु आवश्यक छ।

🔴 १०. आफ्नो जीवनसाथीलाई माया देखाउनुहोस्।
झगडा कसरी गर्ने? झगडा भउमा कसरी मिलाउने ? कठिनाइको सामना कसरी गर्ने ? साँचो प्रेम कस्तो हुन्छ भन्ने कुरा म आमाको गर्भभित्रहुँदैमा तपाइबाटै सिकिरहेको हुन्छु ।

🔴 ११. म तपाइँकै विश्वासहरुबाट सिक्दै हुर्किरहेको हुन्छु ।
म प्राय तपाईंका विश्वासहरू नै सिकेर हुर्किन्छु । मेरो बारेमा । अरूको बारेमा । जीवनका बारेमा । यी विश्वासहरू सही छन् कि छैनन ? मेरो जीवनमा सहयोग प्रभाव पार्छन ? त्यो कुरा सोच्नुस् । यदि दपाइले यो संसार खतरा छ । मानिसहरू खराब छन् भन्ने सोच लिनुहुन्छ भने म पनि डर र अविश्वासकै गोरेटोमा हिँडिरहेको हुन सक्छु ।

🔴 १२. म तपाईँलाइ बुझिरहेको हुन्छु ।
मलाइ यो कुरा थाहा छ की तपाईंले मलाई माया गर्नुहुन्छ । त्यसका लागी दुख र कष्ट सहँदै अनेक प्रयास गर्नुहुन्छ। खराब दिन र साना असफलताहरू सामान्य हुन्छन भनेर मलाइ सिकाउनुहोस । आँफु पनि सिक्नुहोस् । आफ्नो पनि ख्याल गर्नुहोस् । आफुले आफैलाई क्षमा गर्नुहोस । अनि म पनि त्यहीबाट सिक्नेछु।

🔴 १३. मलाई मुस्कान दिनुहोस् ।
तपाईंको साँचो मुस्कानले मलाई शान्त पार्छ। मलाई सुरक्षित महसुस गराउँछ। यसले मलाई माया पाइरहेको छु जस्तो महसुस गराउँछ। तपाइका ममतामयी हातहरुले मेरा हात समाउँदै मेरो कपाल सुम्सुम्याएर स्पर्श सहित मलाइ मुस्कान दिनुभयो भने मेरा धेरै डरहरु हराउनेछन् ।

Address

Kathmandu
BAGMATI

Telephone

+9779860288699

Website

Alerts

Be the first to know and let us send you an email when Mom’s Prenatal Yoga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share