Nawa Upakar Nepal Sudhar Kendra

Nawa Upakar Nepal Sudhar Kendra We gave a strength and courage to those who are in critical for living a serene life. We have the way to live like a the way which was forgot.
(1)

नव उपकार सुधार केन्द्र नशा मुक्ति र सामाजिक पुनर्स्थापनाको लागि समर्पित एक सुधार केन्द्र हो यसले लागूऔषधको दुव्यर्सनमा फसेका व्यक्तिहरूलाई चिकित्सा, परामर्श, र सिप विकासका माध्यमबाट सुधार गर्न मद्दत गर्दछ। So for a recover life come and believe us.

08/12/2025

Just for today, December~8
Calling defect a defect (दोष त दोष नै हो)
"जब हामी यो देख्ने गर्दछौ कि हाम्रो जीवनमा कती धेरै दोष हरु मौजुद छ र स्विकार गर्दछौ, तब मात्र हामी तिनिहरुलाई जान दिनेछौ र आफ्नो नयाँ जीवन सँग अगाडि बढने गर्दछौ।"
Basic Text, p. 35
--------------=--------------
कहिले काही हामी आफ्नो चारित्रिक दोष हरुलाई हटाउनको लागि गरिने हाम्रो तैयारी यो कुरामा निर्भर हुने गर्दछ कि हामी त्यसलाई कुन नाम ले पुकार्ने गर्दछौ। यदी हामी द्वारा दिएको उनिहरुलाई दिएको गलत नाम उनिहरुलाई कम दोषपूर्ण देखिन मद्घत गर्छ भने हामी यो देख्न सक्तैनौ कि उनिहरुले हाम्रो कती क्षति गरेको छ र यदी त्यो हाम्रो लागि हानिकारक नै लाग्दैन भने हामी हाम्रो उच्च शक्ति सँग त्यसलाई हाम्रो जीवन बाट हटाइदिनको को लागि किन प्रार्थना गर्छौ र ?
उदाहरण को लागि "अरुलाई खुशी बनाउने बानी लाई नै लियौ" के यो त्यती सारो नराम्रो छ र ? यसको अर्थ यती नै हो कि हामी अरुसँग ठीक व्यवहार गर्ने गर्दछौ, के सहि हो ? यस्तो त होइन। सिधा भाषा मा भन्दा यसको अर्थ यो हो कि हामी बेइमान र धोखेबाज हौ। हामी आफ्नो भावना, आफ्नो मान्यता र आफ्नो आवश्यकता को बारेमा झुठ बोल्ने गर्दछौ र आफ्नो इच्छा लाई स्विकृत गराउनको लागि सहानभुति पूर्ण भूमिका बनाउने गर्दछौ।
अथवा, शायद हामी यो सोच्दछौ कि हामी "भला मानुस" हौ। तर के "भला मानुस" को अर्थ यही हो कि हामी आफ्नो घरेलु काम लाई वेवास्ता गरौ ? सामना गर्न बाट भागौ र आफुलाई सजिलो बाटो मा मात्र राखी राखौ ? तब यसको लागि एक राम्रो नाम यही नै हुन सक्छ कि अल्छि, ढिला सुस्ती गर्ने या भय।
हामी मध्ये धेरैलाई आफ्नो चारित्रिक दोष लाइ पहिचान गर्न समस्या हुने गर्दछ। यदि हाम्रो साथ् पनि यस्तो हुन्छ भने हामी आफ्नो स्पोन्सर वा एन.ए को मित्रहरुसंग कुरा कानी गर्ने गर्नु पर्दछ। हामी पुरा स्पष्टता र इमान्दार भएर आफ्नो व्यवहार को बारेमा उनीहरु संग चर्चा गर्न सक्तछौ र आफ्नो दोष लाइ पहिचान गर्नको लागि उनीहरुको सहायता लिन सक्तछौ। यसरी जसो जसो समय बित्दै जानेछ, हामी अझ बढी प्रगतिपूर्ण तरिका बाट आफै नै आफ्नो चारित्रिक दोष हरुलाई पहिचान गर्न योग्य हुनेछौ र फेरी त्यसलाई त्यसको सहि नाम बाट बोलाउन सक्तछौ।
---------------=---------------
आजको निम्ति मात्र - म मेरो दोष लाइ त्यसको सहि नाम बाट बोलाउने छु। र यसो गर्दा मैले यदि कुनै समस्या को अनुभव गर्छु भने म आफ्नो स्पोन्सर को सहायता माग्ने छु।

अमेरिकी दूतावास, नेपालबाट स्वास्थ्य तथा कल्याणप्रति गरेको हाम्रो योगदानको सम्मान पाएकोमा हामी गौरवान्वित छौँ।नव उपकार ने...
07/12/2025

अमेरिकी दूतावास, नेपालबाट स्वास्थ्य तथा कल्याणप्रति गरेको हाम्रो योगदानको सम्मान पाएकोमा हामी गौरवान्वित छौँ।
नव उपकार नेपालले समुदायमा सकारात्मक परिवर्तन र आशा फैलाउन निरन्तर रूपमा काम गरिरहनेछ।

🇳🇵🤝🇺🇸
Honored to be acknowledged by the U.S. Embassy Nepal for our contribution to health and wellness.
Nawa Upakar Nepal will continue working to bring positive change and hope to our community




07/12/2025

Just for today, December~7
Surviving our emotions (भावना मा डुबेर पनि आफुलाई बचाई राख्नु)
"हामी तमाम उपलब्ध भएको साधन हरुलाई उपयोग गर्दै भावनामा डुबि रहेर पनि आफुलाई बचाई राख्ने योग्यता बिकसित गर्ने गर्दछौ।"
Basic Text, p. 31
----------------=----------------
"भावना मा डुबि रहेर पनि आफुलाई बचाउ" हामी मध्ये केही यो भन्ने गर्दछ। तपाईं अवश्य मजाक गरिरहनु भएको छ !" जब हामी नशा लिने गर्दथ्यौ, तब हामीले कहिले पनि आफैलाइ यो अवसर दिएनौ कि कसरी आफुलाई बचाउने भनेर। हामीले यो सोच्यौ कि हामी आफ्नो भावनामा डुबेर आफुलाई बचायेका होइन रहेछौ, अपितु हामी त्यसलाई नशा दिएर सूताइ रहेका थियौ। समस्या त्यो थियो कि, आफ्नो सहन नसक्ने भावना बाट आफुलाई बचाउनको लागि हामीले नशाको रुपमा जुन उपचार भेटाएको थियौ त्यसैले नै हामीलाई मारी रहेको थियो। तब, जब हामी नारकोटिक्स एनोनिमोस मा आयौ र बाह्र पाइला मा कार्य गर्न सुरु गर्यौ र परिणाम : हामी भावनात्मक तवरले परिपक्क हुँदै गयौ।
हामी मध्ये धेरैले सुरुवात बाट नै भावनात्मक राहत प्राप्त गर्यौ। हामी यो दिखावटी गर्दा गर्दै थकित भइसकेका थियौ कि हाम्रो दुर्व्यसन र हाम्रो जीवन हाम्रो आफ्नै नियन्त्रण मा थियो भनेर। र वास्तवमा हामीले अन्त न पन्त यो स्विकार गरेर राम्रो महसुस गर्न पायौ कि त्यो सहि नरहेछ। आफ्नो स्पोन्सर सँग आफ्नो कार्य सुची लाई सेयर गरेपछी हामीले यो महसुस गर्यौ कि हामी को हौ र के महसुस गर्छौ भनेर नकार्न पर्दैन र कसैले अस्विकार गर्छ भनेर डराउनु पर्दैन। जब हामीले आफ्नो तमाम क्षतिपूर्ति पुरा गर्यौ तब हामीले यो बुझ्यौ कि अब हामी ले कुनै प्रकारको अपराध बोध बाट ग्रष्त रहन आवश्यक छैन अब हामी यसको लागि आँफैलाई जिम्मेवार मान्न सक्छौ तर यसले हामीलाई मार्न सक्तैन। जती नै हामी एन ए को सुधार कार्यक्रम काम गर्यौ त्यसरी नै जीवन जुन रुपमा हामी सामु आउने गर्दछ त्यसलाई त्यसरी नै जिएर हामी आफुलाई राम्रो महसुस गर्न सक्यौ।
कार्यक्रमले आज पनि त्यसरी नै प्रभावकारी ढंगले काम गर्ने गर्छ जती पहिला सधैं गर्ने गरेको थियो। आफ्नो दैनिक कार्य हरुको हिसाब किताब राखेर र यसमा इमान्दार भएर आफ्नो भूमिका को आँकलन गर्दै तथा हरेक वास्तविकता को सामु समर्पण गर्दै गरेर हामी आफ्नो त्यो भावनाहरुमा फसेर पनि आफुलाई बचाउन सक्तछौ जुन जीवनले हाम्रो मार्गमा फ्याक्ने गर्दछ। उपलब्ध साधन लाई प्रयोग गरेर हामी आफ्नो भावना हरुमा आँफैलाई बचाउन सिकेका छौ ।
----------------=----------------
आजको निम्ती मात्र - म आफ्नो भावनाहरुलाई स्विकार गर्ने छु। जीवन जस्तो छ त्यसको सामु इमान्दार भएर आफुलाई समर्पर्ण गर्ने छु। म कार्यक्रमको सबै साधनलाई प्रयोग गर्ने छु जसले गर्दा मा आफ्नो भावना को सामना गर्न सक्ने छु।

06/12/2025

Just for today, December~6
Romance and recovery (प्रेमलीला र सुधार)
"सम्बन्ध को दायरा एकदमै पिडादायी हुन सक्तछ।"
Basic Text, p. 82
----------------=----------------
हामी मध्ये केही को लागि प्रेम एक अमृत जस्तै हुने गर्दछ। कुनै नयाँ प्रेमीको उत्तेजना, घनिष्ठता बढाउनाले हुने रोमान्चक अनुभुती, जुन हामी अरुबाट गोप्य नै राख्ने गर्दछौ। यो सबै अत्यन्त शाक्तिशाली भावनाहरु हो। तर हामी यो बिर्सन सक्तनौ कि हामी हाम्रो दुर्व्यसन बाट छुटकारा केवल एक दिन को हिसाबले मात्र पाउने गर्दछौ। कुनै पनि सुधारमा भएको दुर्व्यसनी ले आफ्नो जीवनमा दुर्व्यसन बाट यो दैनिक मुक्ति लाई जहिले पनि पहिलो प्राथमिकता मा नै राख्ने गर्नु पर्दछ।
हामी हाम्रो सम्बन्धमा धेरै गहिराइ सम्म डुब्न सक्तछौ। यो प्रक्रियामा हामी आफ्नो पुरानो साथी तथा आफ्नो स्पोन्सर समेत लाई वेवास्ता गर्न सक्तछौ। र तब, जब हालत धेरै बिग्रदै जान्छ तब हामी प्राय यो महसुस गर्ने गर्दछौ कि अब हामी तिनिहरु सामु हाथ पुराउन सक्तैनौ जसले हामीलाई हामी यो प्रेमको चक्करमा पर्नु भन्दा अगाडि हाम्रो मद्घत गर्ने गरेको थियो। यही अनुभुती नै हाम्रो लागि फेरी सक्रिय दुर्व्यसनमा फर्कने कारण बन्न सक्तछ। तर नियमित हाम्रो कार्यक्रममा कार्य गर्दै र नियमित बैठकमा सहभागि भैइरहनाले हामी आँफैलाई आवश्वस्त पार्न सक्तछौ हामी सँग सुधारको एक सन्जाल छ, भलै हामी प्रेम लीला मा को गहिराइ मा जती पनि डुबेका किन नहोस।
प्रेम को लागि कसै सँग जोडिनु हाम्रो चाहना एक स्वभाविक कुरा हो। तर हामीले यो कहिले पनि बिर्सन हुँदैन कि बिना एन.ए कार्यक्रम कुनै पनि स्वस्थ्य सम्वन्धले पनि हामीलाई दुर्व्यसन को शक्तिशाली खिचाव बाट बचाउन सक्तैन।
---------------=---------------
आजको निम्ती मात्र- प्रेमलीला को चाहनामा परेर म मेरो सुधार लाई वेवास्ता गर्ने छैन।

04/12/2025

You can help by yourself 😊

04/12/2025

Just for today, December~4
Gods will, not ours (हाम्रो होइन, ईश्वर को इच्छा)
"हामीले बुझेका छौ कि यदी हामी ईश्वर को इच्छा को लागि प्रार्थना गर्यौ भने हामीले त्यो सबै प्राप्त गर्न सक्छौ जुन हाम्रो लागि सबै भन्दा राम्रो हुन्छ चाहे हामी जे पनि सोचौ।"
Basic Text, p. 46
-----------------=----------------
त्यो समय जब हामी एन.ए मा आएका थियौ, हाम्रो अन्तरात्मा को आवाज एकदमै अविश्वशनिय एबम आत्मघाती बनिसकेको थियो। दुर्व्यसन ले हाम्रो इच्छा हरु हाम्रो अभिरुची हरु र हाम्रो लागि सबै भन्दा उचित के छ, हाम्रो यो सबै भावना हरुलाई पूर्ण रुपले बिकृत बनाइ सकेको थियो। त्यसैले यो यती अधिक महत्वपूर्ण भएको छ कि हामी आफ्नो सुधारको क्रममा आफु भन्दा महान एक उच्च शक्ति प्रती आफ्नो विश्वास लाई विकसित गरौ। जस्ले हामी आँफै स्वयम बाट भन्दा पनि बढी विश्वशनिय र विवेकपूर्ण मार्ग दर्शन प्राप्त गर्न सकौ। हामीले त्यो उच्च शक्ति को हेरचाह माथि कसरी पूर्ण भरोसा गर्ने र त्यो भित्री निर्देशन जुन हामीलाई उपलब्ध गराइएको छ त्यो माथि कसरी विश्वास गर्ने हो भनेर हामी सिक्न सुरुवात गरी रहेका छौ।
जसो कि सबै सिक्ने प्रकिया हरुमा भएको जस्तै यस आफ्नो लागि ईश्वर को इच्छा बुझ्न को लागि र त्यस लाई पुरा गर्नको लागि चाहिने शक्ति को लागि प्रार्थना को लगातार अभ्यास गर्नु पर्ने हुन्छ। हाम्रो दुर्व्यसन को समय मा जुन स्वार्थी तथा अहंकारी दृष्‍टिकोण लाई आफु भित्र बिकसित गरेका थियौ त्यसलाई राता रात त टाढा बनाउन सक्तैनौ। यो दृष्‍टिकोण ले हाम्रो प्रथाना गर्ने तरिका लाई प्रभावित गर्न सक्तछ। हामी आफुलाई केही यस् तरिकाले पनि प्रार्थना गरेको पनि पाउन सक्तछौ कि - हे ईश्वर, मलाई मेरो यि चारित्रिक दोष हरुबाट मुक्त गरिदिनुहोस ताकी म एक राम्रो मानिस बन्न सकु।
हामी आफ्नो सोच र इच्छा हरु प्रती जती धेरै सिधा र सफा हुन्छौ, त्यती नै हामी हाम्रो लागि हाम्रो आफ्नो र ईश्वर को इच्छा को भिन्नता बुझ्न सजिलो हुने गर्दछ। "हे ईश्वर! मात्र तपाईंले दिएको जानकारी को लागि! हामी प्रार्थना गर्ने गर्न सक्तछौ। "यही नै हो, जुन मैले हालको परिस्थिती मा चाहेको छु । फेरी पनि प्रार्थना गर्ने छु कि मेरो इच्छा होइन तपाईंको इच्छा चलोस।" जब एक पटक हामी यस्तो गर्दछौ, तब हामी आफ्नो उच्च शक्ती को मार्ग दर्शन लाई बुझ्न र स्विकार गर्नको लागि आफुलाई तैेयार पार्न सक्तछौ।
----------------=-----------------
आजको निम्ती मात्र- हे उच्च शक्ति, मैले तपाईंको मार्ग दर्शन मा विश्वास गर्ने सिकेको छु। तर पनि अझै मेरो आफ्नो नै केही सोच हरु छ कि म कस्तो जीवन जिउन चाहन्छु। मलाई त्यो तमाम सोच तपाईं सँग सेयर गर्न दिनुहोस र मलाई मेरो लागि तपाईंको इच्छा लाई सफा सँग बुझ्न दिनुहोस् र अन्तमा म यो नै चाहन्छु कि मेरो होइन तपाईंको नै इच्छा चलोस।

02/12/2025

Just for today, December~2
Recovery : our first priority (सुधार: हाम्रो पहिलो प्राथमिकता)
"हामी ले हाम्रो सुधार लाई सबै भन्दा अगाडि र आफ्नो प्रथमिकता हरुलाई व्यवस्थित गर्नु पर्दछ।"
Basic Text, p. 82
----------------=----------------
एन.ए मा आउनु भन्दा अगाडि हामी हाम्रो नशा खाने बानी लाई उचित ठहराउन धेरै सफाइ दिने गर्दथ्यौ। "ऊ म माथि करायो।" "उस्ले त्यसो भन्यो।" "मेरो साथीले मलाई छाडेर गयो।" "मलाई जागिर बाट निश्कासित गरियो।" हामी आफ्नो नशा प्रयोग गर्ने समस्या को समाधान खोज्न को लागि यि बहाना हरुको प्रयोग गर्ने गर्दथ्यौ, तथापी हामीले यो मान्नै पर्‍यो कि यि सबै कुरा हरु यस् कारणले घटिरहेको छ कि हामीले बारम्बार नशा प्रयोग गरिरहेका छौ। केवल तब मात्र, जब हामीले सुधार लाई पहिलो प्राथमिकता मा राख्यौ तब ति सबै कुराहरु बदालिदै गयो।
आज पनि हामीसँग त्यो बहाना गर्ने प्रवृती हुन सक्तछ। हामी बैठक मा सहभागि हुन नखोज्नु, सेवा कार्य मा नबस्नाको लागि बहाना बनाउने गर्दछौ। तर हाम्रो यो बहाना केही अलग स्वाभाव को हुने गर्दछ। "म घरमा आफ्नो बच्चा हरुलाई एक्लै छाडन सक्तैन।" "बिदा मनएर आएकोले म थकित भएको छु।" "मैले मेरो यो योजना लाई हर हाल मा पुरा गर्नु छ, जस्ले गर्दा मैले आफ्नो हाकिम लाई खुशी पार्न सकु।" तर यदी हामी सुधार लाई आफ्नो पहिलो प्राथमिकता बनाउदैनौ भने यो कुरा को पुरा सम्भावना छ कि फेरी हामीलाई यो बहाना हरुको बारेमा त्यती धेरै चिन्ता गर्नु पर्ने आवश्यक रहने गर्दैन। बच्चा, जागिर, पेशा, बिदा हाम्रो जीवन मा रहने गर्दैन यदी हामी रिल्याप्स हुन्छौ भने।
हाम्रो सुधार सधैं पहिला आउनु पर्दछ। जागिर होस् या नहोस्, सम्बन्ध हरु होस् या नहोस्। हामी बैठक मा उपस्थित हुनै पर्दछ, पाइला हरुमा कार्य गर्नै पर्दछ, आफ्नो स्पोन्सर सँग कुरा गर्नै पर्दछ र ईश्वर तथा अरुको सेवा गर्नै पर्ने हुन्छ। यि स-साना सरल कार्य हरु नै हो जस को कारणले यो सम्भव हुने गर्दछ कि हामी बिदामा, परिवार र आफ्नो हाकिम लाई लिएर चिन्तित हुन पाएका छौ। सुधार हाम्रो जीवनको आधार हो, जसले बाँकी रहेका हरेक कुराहरुलाई सम्भव बनाउने गर्दछ।
---------------=---------------
आजको निम्ती मात्र - म मेरो प्राथमिकता हरुलाई क्रमबद्ध मिलाएर राख्ने छु। र मेरो सुची मा मेरो सुधार नै पहिलो नम्बर मा पर्ने गर्दछ।

01/12/2025
01/12/2025

Just for today, December~1
Life's rewards (जीवनको पुरुस्कार)
"हामी आफ्नो लागि ईश्वर को इच्छा को को लागि प्रार्थना गर्न सुरु गर्दछौ। यसरी नै हामी केवल त्यती नै पाउन सक्तछौ जती हामी सम्भाल्न योग्य छौ।
Basic Text, p. 49
-----------------=-----------------
कल्पना गर्नुहोस, के हुन्छ होला यदी हामीले चाहेको कुरा सबै हामीलाई ईश्वर ले दियो भने ? एउटा नयाँ महँगो गाडी, तलब मा चौगुना बृद्धी, आदी धेरै कुरा हरु बिना मिहेनत केवल मागेको भरमा सबै पायो भने !
अब यसो त्यो समस्या हरुको बारेमा सोच्नु होस् जुन बिना कमाइ को सम्पत्ति को साथ मा आउने गर्दछ। नयाँ भन्दा नयाँ महँगो गाडी र बिना योग्यता प्राप्त भएको पढाईको झुठो प्रमाण पत्र -इनिहरुले समस्या मात्र बढाउने गर्दछ जुन बिन तर्कपूर्ण आधार मा प्राप्त गरेको हुने गर्दछ, यती धेरै तलब बृद्धी को पैसा ली हामीले के गर्ने हो र ? हामी आफ्नो नयाँ आर्थिक जिम्मेवारी हरुलाई कसरी सम्हाल्छौ ? र के हामी त्यो तलब बृद्धी बाट हामी माथि गरिएको अपेक्षा लाई पुरा गर्न सक्छौ ? के हामी अरुलाई यो साबित गर्न सक्छौ हामी साच्चै नै महँगो तलब को लागि योग्य छौ, जबकी वास्तविकता यो हो कि हामी योग्य छैनौ।
त्यो महँगो नयाँ गाडी को के हुन्छ ? धेरै जस्तो महँगो विलासी गाडी हरुको लाई महँगो बिमा को किस्ता दिनु पर्ने र मर्मत सम्भार को महँगो खर्च सहित आउने गर्दछ। के हामी ले जे मागेका छौ त्यसको हेरचाह गर्न तयार छौ ?
पढाई बाट प्राप्त हुने सम्मान ? हामीले जुन धेरै अंक प्राप्त गरेका छौ जुन बस्तुत हामीले आफ्नो मिहेनत ले हासिल गरेका होइनौ। के हामी एक मिहेनती बिद्यार्थी जसरी त्यो योग्यता प्रदर्शन गर्न सक्छौ ? हामी तब के गर्छौ जब हाम्रो धोखाधडि को भेद अरु सामु खुलिन्छ ?
जब हामी ईश्वर सँग कुरा गर्दछौ, हामीले यो स्मरण गर्ने गर्नु पर्दछ हामी वास्तविक संसार बस्ने वाला हौ। हामी पुरुस्कार पाउदछौ र त्यस्लाई सम्हाल्न पनि सिक्दछौ आफ्नो ईश्वर कि इच्छा बुझ्न को लागि गरिने प्रार्थना को दायरा मा आँफैलाई सिमित राख्दै त्यसलाई बुझेर त्यसलाई अमल गर्नको लागि शक्ती हासिल गरेर र त्यो बाट प्राप्त हुने तमाम परिणाम हरुको साथ रहन सक्ने योग्यता बटुल्दै हामी आवश्वस्त हुने गर्दछौ कि हामी त्यो भन्दा बढी प्राप्त गर्न सक्तैनौ जती हामी सम्हाल्न सक्दछौ।
-----------------=----------------
आजको निम्ती मात्र - म केवल ईश्वर को इच्छा बुझ्न को लागि र आफ्नो वास्तविक संसार त्यसलाई अमल गर्नको लागि चाहिने शक्ति को लागि मात्र प्रार्थना गर्ने छु।

30/11/2025

Just for today, November~30
Sharing the real me (मेरो वास्तविकता लाई सेयर गर्नु)
"अरु सँग सेयरिङ् गर्नाले हामी लाई एक्लोपना र एकांकी पनाको अनुभुती बाट बचाउने गर्दछ।"
Basic Text, p. 85
-----------------=-----------------
कुनै दोश्रो व्यक्ति सँग आफ्नो भित्री भावना र सोच हरुलाई सेयर गर्नु लाई नै घनिष्टता भनिने गर्दछ। हामी मध्ये धेरैले त्यस्तै सहयात्री को चाहना राख्ने गर्दछ जुन हामी घनिष्ठता बाट मात्र प्राप्त गर्ने गर्दछौ। तर त्यस्तो अनुभुती प्रयत्न बिना प्राप्त गर्न सक्तैनौ। आफ्नो दुर्व्यसन को समय मा हामी अरुबाट आफुलाई बचाउदै हिंड्ने गर्दथ्यौ कतै हाम्रो नशा खाने बानिलाई बाधा नपरोस। तर सुधारमा आएपछी हामीले यो बुझ्यौ कि अरु माथि कसरी विश्वास गर्नु पर्छ भनेर। घनिष्ठता बढाउनको लागि यो जरुरी हुने गर्दछ कि हामीले पहिला अरुको लाई बन्द गरेको ढोका खोल्नु पर्दछ घनिष्ठता बाट प्राप्त हुने आत्मियता को अनिभुती गर्नको लागि पहिला यो जरुरी छ कि हामी अरुलाई आफ्नो नजिग आउन दियौ। आफ्नो वास्तविक व्यक्तित्व को नजिग आउन देउ।
यदी हामी आफु भित्र पद्धती को "स्व्यम"लाई अरु सँग सेयर गरौ तब पहिला हामीले यो बुझ्न जरुरी छ कि वास्तवमा त्यो भित्र पद्धति "स्व्यम" के हो ? हामी नियमित रुपमा आफ्नो जिवनलाइ यो बुझ्नको लागि जाची रहेका हुन्छौ कि वास्तवमा हामी को हौ, वास्तवमा हामी के चाहन्छौ र वास्तवमा कस्तो महसुस गर्ने गर्दछौ ? तब आफ्नो नियमित कार्य सुची को आधार मा मात्रै हामी आफ्नो मित्र हरु प्रती त्यती नै पूर्णता र ढृढता को साथ इमान्दार हुन सक्दछौ, जती कि हामी हुन सक्तछौ।
घनिष्ठता जीवन को एक अंग हो र त्यसैले यो स्वच्छ रहि रहनाको पनि एक भाग हो र सुधार कार्यक्रम बांकी अन्य चिजहरु जस्तै घनिष्ठता को पनि एक मुल्य हुने गर्दछ। घनिष्ठता ले जुन पिडादायी आत्म बिश्लेशण को माग गर्ने गर्छ त्यस्ले हामी बाट कठिन परिश्रम को अपेक्षा राख्ने गर्दछ। र घनिष्ठता को पूर्ण इमान्दारी ले प्राय अनेक समस्या हरु पनि जन्म दिने गर्दछ। तर एक्लोपना र एकांकीपना बाट छुटकारा जुन घनिष्ठता को कारणले प्राप्त हुने गर्दछ त्यो साच्चै नै प्रयास गर्नको लागि योग्य छ।
---------------=----------------
आजको निम्ती मात्र - म एक्लोपना र एकाँकीपना मुक्त हुनको लागि प्रयास गर्ने छु जुन घनिष्ठता ले लिएर आउने गर्दछ। आज म आफ्नो व्यक्तिगत कार्यसुची लाई परीक्षण गरेर आफ्नो वास्तविक "स्व्यम" लाई बुझ्ने चेष्टा गर्नेछु र अरु सँग पूर्ण तवरले ईमान्दार रहने छु।

29/11/2025

Just for today, November~29
Our Higher Power's care (आफ्नो उच्च शक्ति को हेरचाह)
"हामीलाई यो विश्वास छ कि हाम्रो उच्च शक्तिले हाम्रो हेरचाह गर्ने छ।"
Basic Text, p. 58
----------------=----------------
हाम्रो कार्यक्रम यो बिचार मा आधारित छ कि यि सामान्य सिद्दान्त लाई प्रयोग गर्नाले हामी आफ्नो जीवन मा अथाह प्रभाव ल्याउन सक्तछौ। ति मध्ये एक सिद्दान्त यो छ कि यदी हामी ले मद्घत माग्यौ भने हाम्रो उच्च शक्ति ले हाम्रो हेरचाह गर्ने छ। किनभने यो नै आधारभुत सिद्दान्त हो कि जसलाई हामी वेवास्ता गर्ने गर्दछौ। जब सम्म हामी यो आध्यात्मिक सत्य लाई पूर्ण तवरले सचेत भएर अमल मा ल्याउन सिक्दैनौ तब सम्म हामी बारम्बार केही यस्तो कुरा गुमाइ रहने गर्दछौ जुन हाम्रो सुधार को लागि त्यती नै अनिवार्य हुने गर्दछ जती जीवन को लागि सास को जरुरी पर्ने गर्दछ।
जब हामी आफुलाई तनावग्रस्त र आतंकित अवस्था मा पाउदछौ, तब के हुन्छ ? यदी हामी लगातार आफ्नो उच्च शक्ति सँग आफ्नो सम्बन्ध सुधार गर्न जारी गरी राखेका छै भने तब हामी सामु कुनै पनि समस्या आउने गर्दैन। तब हामी एकासी आतिनु को ठाउमा एकैछिन अडकिएर बिस्तार पुर्वक मन मनै त्यो पल लाई याद गर्ने गर्दछौ जब बितेको समय मा कुनै बिशेष प्रकारको समस्या आउँदा हाम्रो उच्च शक्ति ले कसरी हाम्रो हेरचाह गरेको थियो र हामीलाई त्यो समस्या बाट बहिर निकालेको थियो। यो कुराले हामी लाई अाश्वस्त गर्ने गर्दछ कि हाम्रो जीवन अहिले पनि हाम्रो उच्च शक्ति को हेरचाह मा छ। तब हामीले आफ्नो वर्तमान परिस्थिती को सामना गर्नको लागि मार्ग निर्देशन् र शक्ति प्राप्त गर्दछौ र शान्त भएर पूर्ण विश्वस्त को साथ यो विश्वास मा अगाडि बढ्दछौ कि अब हाम्रो जीवन हाम्रो ईश्वर को हाथ मा छ।
"हाम्रो कार्यक्रम सिद्दान्त हरुको एक सङ्रह हो" हाम्रो white booklet ले हामीलाई यो भन्दछ जती नै बढी हामी यि सिद्दान्त लाई सचेत भएर कदर गर्नेछौ त्यती नै सजिलो तरिकाले हामी त्यस्लाई आफ्नो जीवन मा लागु गर्न सक्तछौ।
---------------=---------------
आजको निम्ती मात्र - म आफ्नो उच्च शक्ति सँगको आफ्नो सचेत संपर्क लाई बढाउने कोशीश गर्ने छु, जसले मेरो हेरचाह गर्ने गर्दछ, मैले बुझेको छु जब जब मलाई आवश्यक पर्ने गर्दछ, म उनैको हेरचाह को भरोसा गर्ने छु।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nawa Upakar Nepal Sudhar Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nawa Upakar Nepal Sudhar Kendra:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram