Loan Béo - Hải Sản Ba Miền

Loan Béo - Hải Sản Ba Miền online as well as door service of lab, pharmacy and health consult.

नमीठो डकार आउँछ? यस्ता छन् घरेलु रोकथामका उपाय: कहिलेकाहिँ अपच हुने गरी खाना खाँदा, बोसो अनि मसालेदार खाना खाँदा, धुम्रप...
13/08/2019

नमीठो डकार आउँछ? यस्ता छन् घरेलु रोकथामका उपाय:

कहिलेकाहिँ अपच हुने गरी खाना खाँदा, बोसो अनि मसालेदार खाना खाँदा, धुम्रपान तथा मद्यपान गर्दा अधिकांशलाई नमीठो डकार आउने समस्या आउन सक्छ। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘एसिड रिफ्लक्स’ (Acid Reflux) भनिन्छ।

ग्यास्ट्रिकको समस्या, पेटको गडबडी र पित्तथैलीको समस्याको कारण एसिड रिफ्लक्स हुने चिकित्सकहरू बताउँछन्। त्यसलगायत कसैकसैलाई मोटोपना र तनावको कारण पनि नमीठो डकार आउने, छात्ती पोल्ने अनि पेट फुल्ने जस्ता समस्याहरू देखा पर्दछन्।

यस्तो अवस्थालाई न्यूनीकरण गर्न अनि यसबाट छुट्कारा पाउनका लागि आज हामी तपाईँहरूलाई केहि घरेलु रोकथामका उपायहरू बताउन गैरहेका छौँ-

१. पुदीना
एक गिलास पानीमा पुदीनाको ५ पत्ता राखी उमालेर पिउनुहोस्।
यसमा पाइने एण्टासिड (Antacid) ले पेटमा अपच भएर बसेका खानेकुराहरूलाई पचाउन मद्दत गर्दछ र त्यसबाट निस्कने नमीठो डकारलाई रोक्दछ।
२. कागती
विहान उठ्ने बित्तिकै १ गिलास पानीमा ३/४ थोपा कागतीको रस चुहाएर पिउनुहोस्।
यसमा हुने एण्टिअक्सिडेण्टले पेटमा भएको गडबडीलाई समाधान गरी पेट फुल्लिएको र नमीठो डकार आउने समस्याबाट राहत प्रदान गर्दछ।
३. मेवा
मेवामा ‘पापिन’ नामक इन्जाइम पाइन्छ। जसले नमीठो डकार आउने समस्याबाट राहत प्रदान गर्दछ।
त्यसैले खाना खाइसकेपछि मेवा खाने बानी बसाल्नुहोस्। यसले खानालाई पचाउन पनि मद्दत गर्दछ।
४. दही
पेट दुखेको बेला, ग्यास्ट्रिकले सताएको बेला, गानो गएको बेला अनि नमीठो डकार आएको बेलामा १ गिलास दहीमा १ चिम्टी बेसार राखेर खानुहोस्। तुरुन्तै राहत मिल्दछ।
५. सुकमेल
१ गिलास पानीमा ३/४ दाना सुकमेल पिसेर मिसाउनुहोस् र त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्।
त्यसलाई मनतातो बनाएर पिउनुहोस्। यसले दुर्गन्धित सास, नमीठो डकार जस्ता समस्याबाट छुट्कारा दिन्छ।

25/09/2017

क्यान्सर लाग्न वा फैलन भन्दा अगाडिनै screening (जांच) गर्न मिल्ने केहि tests हरु:
१. महिलामा स्तन क्यान्सर छ छैन पत्ता लगाउन
-- Mammogram: महिलाको ४० बर्ष उमेर पुगेपछि प्रत्येक साल
(** सरदर प्रत्येक ८ जना महिलामा एक जनालाई breast cancer हुन्छ तर गरिब मुलुकमा धेरैलाई आँफुलाई breast cancer भएको थाह नपाई मृत्यु हुन्छ )
२. गर्भाशय र यो संग सम्बन्धित अंगहरुमा क्यान्सर छ छैन पत्ता लगाउन
-- Pap Test र Human Papillomavirus (HPV) testing: महिलाको उमेर २१ बर्ष देखि ३० बर्ष सम्म प्रत्येक ३ सालमा र त्यसपछि ६५ बर्षसम्म प्रत्येक ५ बर्षमा
३. गुदद्वार देखि ठुलो आन्द्रामा क्यान्सर छ छैन पत्ता लगाउन
-- Colonoscopy: महिला-पुरुष दुबैले ५० देखि ७५ बर्षमा प्रत्येक १० बर्ष
४. ३० बर्ष जति चुरोट पिएकाको फोक्सोमा क्यान्सर छ छैन पत्ता लगाउन
-- A low-dose CT scan (LDCT): ५५ देखि ८० बर्षको उमेरसम्मकाले
५. प्रसटेटमा क्यान्सर छ छैन पत्ता लगाउन
-- ४५ बर्षको उमेर पछि ७६ बर्षसम्मका पुरुषले DRE (digital re**al exam) प्रत्येक साल; PSA test प्रत्येक २-३ बर्षमा
६. छालामा क्यान्सर छ छैन पत्ता लगाउन
-- Skin screening/biopsy: सबै उमेरमा यदि छालामा अनौठो दाग आएमा वा बढ्दै गएमा
-----------------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
Talk2Kalyan/Twitter
----------------------------------
**३० बर्ष नाघेकाले प्रत्येक साल check गर्नु पर्ने:
-- Total cholesterol, HDL, LDL, Triglycerides आदि
-- यी कुराहरु normal राख्न सकियो भने मुटु र रक्तनलीलाई स्वस्थ राखेर heart attack, stroke (मस्तिस्कघात/ पक्षघात) हुन बाट बचाउन सहयोग पुग्छ l
** American Cancer Society (Jan 7, 2017) को बिज्ञप्ति अनुसार अमेरिकामा अघिल्लो २१ बर्षमा रोग लाग्न भन्दा अगाडिनै screening (जांच) गर्नाले क्यान्सरबाट मर्नेको संख्या २३ प्रतिशत झरेछ l रोग लागेपछि मात्र अस्पताल/
क्लिनिक जाने होइन, स्वस्थ भएको बेलामा रोगै लाग्न नदिने उपाय लिन पनि बार्षिक रुपमा अस्पताल/क्लिनिक गएर डाक्टरसंग सरसल्लाह लिन, चेक जांच गर्न जानु पर्दछ भन्ने कुराको पुष्टि गर्छ यो समाचारले l

13/11/2016

विवाहमा कति वर्ष ग्याप राम्रो ?
अधिकांश पुरुष आफूभन्दा कम उमेरका लाई विवाह गर्न रुचाउछन् । भविष्यमा त्यही उमेर भिन्नताले यौन जीवनमा प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन । चिकित्सकहरु विवाहका लागि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन ।
तर नेपाली समाजमा १५ वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ । प्रायः जोडीको अन्तर १० वर्षको हुन्छ । उमेरको बढी अन्तरले यौनजीवन प्रभावित हुनसक्छ । मानौं १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ । महिला ४० वर्षमा यौनमा निकै सक्रिय रहन्छन् तर प्रायः पुरुषमा ५५ वर्षको उमेरमा यौनक्षमतामा ह्रास हुँदै गएको हुन्छ । यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ । उमेरको धेरै ग्यापले यौन भावना पनि अन्तर ल्याउछ ।
मानिसमा २० देखि ३० वर्Èको उमेरसम्म यौन इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः मानिसको विवाह गर्ने उमेर पनि यही हो । चिकित्सकहरु पुरुषका लागि २८ देखि ३० वर्षको उमेर विवाहका लागि उपयुक्त भएको बताउछन् । महिलाका लागि २५ देखि २८ वर्षको उमेर राम्रो मानिन्छ ।
तर सेक्सोलोजीष्टहरु यौन चाहनालाई उमेर सीमामा बाध्नु गलत भएको बताउँछन् । उनीहरु यौनलाइ इच्छामा भर पर्ने विषय मान्छन् । (via: swasthyakhabar)

26/04/2016

सुत्केरी पछि सेक्स कहिले ?
चिकित्सकले सुत्केरी अवस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । पुरुषहरू भने सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । महिलालाई सुत्केरी हुनु अगाडि र सुत्केरी भएश्चात एउटै प्रकारको यौन सुख नमिल्न सक्छ । सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो । यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिने हुन्छ । महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरीपश्चात कम्तीमा पनि ३ महिनासम्म यौन सम्पर्क नराख्नु राम्रो मानिन्छ । सुत्केरीपश्चात महिलाको केही हार्मोन्समा पनि परिवर्तन हुन जान्छ । यसकारण सुत्केरीपश्चात महिलामा उदासीपन बढ्न सक्छ । हार्मोन परिवर्तनको कारण महिलालाई सुत्केरीपश्चात लामो समयपछि मात्र यौन इच्छा शुरू हुन सक्छ । सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कमा रुची नदेखाएमा यसलाई नकारात्मक रुपमा लिनु हँुदैन । सुत्केरीपश्चात सेक्स र चरम सुखको अवस्थामा फर्किन महिलालाई लामो समय पनि लाग्न सक्छ । त्यसैले सेक्सकालागि हतार गर्नु हुँदैन|
source* swaathy sawaal

पाठक को जिज्ञाशा:Name: A..... ......gठेगाना*: ..................Age*: 47Email*: ....................@ yahoo.comलिंग *: प...
08/04/2016

पाठक को जिज्ञाशा:
Name: A..... ......g
ठेगाना*: ..................
Age*: 47
Email*: ....................@ yahoo.com
लिंग *: पुरुष
Marital Status*: बिबाहित
अरु कुनै बीमारी छ भने *: बिपि
तपाइको समस्या *: dherai din bhayo karib 1 yrs nidra
kam lagnea.man ma chinta jato mahasus hune.kasai lai yo bimari lagyeaxha bhanda afulai pani tyaso ta bhayeko haina bhanera dar lagnea.pisap dherai lagnea.pet n chati ma kahile kata kahile kamber tira asajilo jasto mahasush hunea.ani maile altra sound pani garea kehi xhina bhanxha.bela bela ma kehi rog lagyo ki bhanera dherai dar lagnea.man ma chinta lagi rahanea.kahile
kahi marnea ta haina bhani dar lagnea.
स्वास्थ्य संसारको जवाफ :
तपाइको समस्या सुन्दा आत्तिने बिमारी अर्थात Anxiety Disorder संग धेरै मिल्छ ....यो समस्याको कारण मानिसहरुमा तपाईलाई भएको जस्तै मन आत्तिने, डर लाग्ने, निद्रा नलाग्ने, शरीर छाती टाउको भारि भइराख्ने दुख्ने असजिलो हुने जस्ता लक्षण देखिन्छन ...कैलेकाही मुटु ढुकढुक धेरै हुने, सास लिनै गारो भएझैँ हुन्छ...मनमा अनावस्यक र सानोतिनो कुराहरु चलिराखने, सोच्दिन भन्दा पनि अनावस्यक कुरा खेलीराख्ने पनि हुन्छ...शरीरको भिभिन्न भागमा लक्षणदेखिने भएकाले मानिसहरु कहिले मुटुको डाक्टर, कहिले पेटकोडाक्टर, कहिले हड्डीको डाक्टर त कहिले टाउकोको डाक्टरलाइ देखाउन पुग्छन तर रिपोर्टमा खराबी देखिदैन..यदि तपाईलाई पनि यस्तै समस्या हो भने एकपटक मनोरोग बिशेसज्ञ लाइ देखाउनुहोस...साथमा चुरोट रक्सि चिया कफी धेरै खाने बानिछ भने हटाउनुहोस..सक्नुहुन्छ भने नियमित योग तथा नियमित ब्यायाम गर्नुहोस...डाक्टरको सल्लाह बिना निद्राको औषधि खादै हुनुहुन्छ भने कमगर्दै गएर छोड्नुहोस...धन्यबाद

A new welcome to Yahoo. The new Yahoo experience makes it easier to discover the news and information that you care about most. It's the web ordered for you.

मिर्गौलाको पथ्थरी हुँदा के खाने? के नखाने?मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनकोठूलो महत्व छ। विशेषत: य...
27/01/2016

मिर्गौलाको पथ्थरी हुँदा के खाने? के नखाने?
मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको
ठूलो महत्व छ। विशेषत: यो रोग केहि हदसम्म बंसानुगत भए पनि
यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। रोग निरोध
गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-
पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ।
के खाने ?
१ . पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि
छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला
मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ।
२ . पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ ।
नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन
बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु
छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी
बन्ने प्रक्रियालाई रोक्छ।
३ . हरियो मकैको चीया: यसमा प्रसस्तै मात्रामा प्रोटीन,
कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले
मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा
टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ।
यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र
मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।
४ . जौ को मांड: जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै
मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।
५ . भुई-कटहरको रस: भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने
इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि
मद्दत गर्छ।
६ . पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा
भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट
क्रिस्टल बन्न दिदैन।
७ . बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम
पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।
८ . कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले
क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।
९ . गहतको झोल: गहतको झोललाई शक्तिशालि पथ्थरी समक
द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको
पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ।
१० . करेला: करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस
पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।
११ . गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले
पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने
केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ
निकोपार्न मद्दत गर्छ.
के नखाने ?
पथ्थरी भएका हरूले पालुंगोको साग, गोलभेडा, अमला, चिकू फल,
काजु , काक्रो र कालो अंगुर को पहरेज गर्नु पर्छ। यी फल हरू मा
अक्जलेट को मात्र धेरै छ जसले क्याल्सियम संग मिलेर कयाल्सियम
अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ। यसै गरी मिर्गौलाको
पथ्थरी भएकाहरू ले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्य
हरू को पनि पहरेज गर्नु पर्छ। यी खाद्यान्न मा युरिक एसिड
बनाउने प्यूरिन न्यूक्लियोटाइड प्रशस्तै पाइन्छ। खाना मा यी
तत्वहरूको समाबेस भए युरीक एसिड र अक्जलेटको क्रिस्टल बनि
चाडै पथ्थरी हुञ्छ .

25/01/2016

जानी राखौ र शेयर गरेर अरुलाई पनि जानकारी गराउँ !ज्ञान बाँड्नु
सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न
नभुल्नुहोला !!
===========
तपाईंको आँखामुनि कालो धब्बा छ ?
कतिपय युवापुस्तालाई आँखामुनी कालो धब्बा आउने समस्याले
सताउने गरेको छ । आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्दा
उनीहरु आफ्नो सौन्दर्य र अनुहारप्रति चिन्तित हुन्छन् । तर यो
खासै ठूलो समस्या भने नभएको विज्ञहरु बताउँछन् । छाला विज्ञ
जस्टिन हेक्सटलका अनुसार कालो धब्बा आफैंमा छालाको रंग नभई
रगत र पानीको प्रवाह कम हुँदा देखिने समस्या हो । जब शरिर
सुख्खा तथा शरिरमा पानीको मात्रा कम हुन्छ त्यस्तो बेला यो कालो
धब्बा गाढा कालो रंगमा देखिने उनको भनाई छ । छालाको आधारभूत
पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुँदा यस्तो
देखिने हुन्छ । अघिल्लो रात सुख्खा खाइएको छ वा पानी कम
पिइएको छ भने भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा
पर्नेदेखि कालो धब्बासम्म हुने हुन्छ । अझ साँझ पख कफी खाइएमा
यसको स्ष्ट असर भोलिपल्ट बिहान आँखामा देखापर्छ । कफीले
आँखाको नरम छालाको पानी विस्तारै सोस्ने र छाला कालो हुने
विज्ञहरु बताउँछन् । यस्तै, एसी वा ताप दिने कोठामा बस्ने बानी छ
भने त यसको असर सिधै आँखा मुनिको भागमा पर्ने हुन्छ । मानिस
थकित हुँदा पनि आँखामुनी कालो धब्बा र रेखा देखिन्छ । यस्तै,
राम्रोसँग निद्रा पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ ।
अनिदै बस्दा छाला खराब हुने समस्या बढी मात्रामा देखिन्छ ।
कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुन सक्छन् । यस्ता धब्बा
उपचार गरेर ठीक नहुन पनि सक्छन् । उमेर छिप्पिँदै जाँदा वा पाको
भएपछि पनि यस्तो समस्या देखिने हुन्छ ।

30/11/2015

किन सुनिन्छ खुट्टा ? राजधानीको वसुन्धरा बस्ने
४५ वर्षीया मीना खुट्टा सुन्निने समस्याले दिक्क
भइसकेकी थिइन् । उनी चिकित्सककहाँ पुगिन् ।
पिसाब खुलाउने औषधि दिए चिकित्सकले । समस्या
सल्टिनुको साटो थपियो ।
उनले व्यावसायिक नाम ‘लेसिक्स’ भएको
‘फ्रुसिमाइड’ समूहको पिसाब गराउने औषधि एक
साता सेवन गरेपछि खुट्टा सुन्निने समस्या त
हरायो, तर रिंगटा लाग्ने, रक्तचाप घट्नेजस्ता
समस्याले हैरान पार्यो ।
अब रिंगटा लाग्ने, रक्तचाप घट्ने समस्या हटाउन
उनी मुटु रोग विशेषज्ञकहाँ पुगिन् । रक्तचापमा
कमी, मृगौलाको कार्य प्रणालीमा समस्या आदि
देखिएको बताए चिकित्सकले ।
‘उहाँलाई पिसाब गराउने औषधि सेवन गरेकै कारण
रक्तचापमा कमी, मृगौलाको कार्यप्रणालीमा
समस्या देखिएको हो,’ मुटु रोग विशेषज्ञ डा. ओम
मूर्ति अनिल भन्छन्, ‘खुट्टा सुन्निएको कारण थाहा
नपाई औषधि सेवन गर्नु धेरै खतरनाक हो ।’
दुखाइ नाशक जस्तै पिसाब लगाउने औषधिसमेत
खतरनाक मानिन्छ । यो औषधिले मृगौलालाई बढी
पिसाब लगाउन बाध्य पार्छ । यसले शरीरमा
पानीको कमी, सोडियम, पोटेसियम, क्लोराइड जस्ता
खनिज लवणको सन्तुलन बिग्रिन्छ ।
‘यो खनिज लवणको सन्तुलन स्वस्थ व्यक्तिसँगै
रक्तचाप, मुटु र मृगौला रोगीको लागि भने झनै
अत्यावश्यक छ,’ डा. ओम भन्छन् ।
मीनाका आफन्तका अनुसार, खुट्टा सुन्निएपछि एक
चिकित्सककहाँ देखाउँदा उनले पिसाब लगाउने
औषधि प्रस्तावित गरेका थिए । एक साता उक्त
औषधि सेवन गर्दा खुट्टा सुन्निने समस्या कम भए
पनि रिंगटा लाग्ने, रक्तचाप घट्नेजस्ता समस्याले
आत्तिएर उनलाई मुटु रोग विशेषज्ञकहाँ पुग्नुपरेको
थियो ।
खुट्टा सुन्निनेबित्तिकै सुन्नाइ गर्न फ्रुसिमाइड
औषधिको प्रयोग एउटा विशेषज्ञद्वारा रोग
पहिचान भइसकेपछि मात्र उपयुक्त मात्रामा
निर्धारित समयको लागि चिकित्सकीयसुपरीवेक्षण र
औषधिको साइड इफेक्टलाई नियमित अनुगम गर्दै
प्रस्तावित गरिन्छ ।
‘मुटु र मृगौला रोगीहरूमा यस्ता औषधिहरूको प्रयोग
निगरानीबिना गरिँदा प्राणघातक समेत हुन सक्छ,’
ओम भन्छन्, ‘विशेषगरी पोटेसियमको सन्तुलन मुटु
रोगीको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।’
विज्ञहरूका अनुसार, खुट्टा सुन्निनु अर्थात् इडिमा
एकदमै सामान्य समस्या हो । यसका कारणहरू अति
सामान्यदेखि अत्यन्त जटिलसम्म हुन सक्छन् ।
४०–४५ वर्षका महिलाहरूमा हार्मोनको असन्तुलन
वा मोटोपनाले पनि खुट्टा सु

26/09/2015

एसिडिटीले पेटमा मात्र होइन,
घाँटीमा समेत समस्या
प्रकाशित: आश्विन ९, २०७२
आश्विन ९, २०७२- तपाईंलाई घाँटीमा
केही अड्केजस्तो हुन्छ ? जलन,
खसखस, अनावश्यक खाकखुक हुन्छ ? केही निल्दा
दुख्ने, मुखमा अमिलो पानी आउने, स्वर धोद्रो हुने
हुन्छ ? हुन्छ भने, तपाईंलाई घाँटीको मात्र नभएर
पेटको समस्यासमेत हुन सक्छ । यसको कारक
ग्यास्ट्रोइसोफेगल रिफ्लेक्स डिजिज (जीईआरडी)
हुन सक्छ, जसलाई सामान्य भाषामा एसिड
रिफ्लेक्स वा एसिडिटी पनि भनिन्छ ।
‘सामान्यत: २० प्रतिशत घाँटीका रोगीहरूमा देखिने
विभिन्न खाले समस्या थ्रोट प्रोब्लम नभएर
एसिडिटीले गर्दा भएको हुन्छ,’ मेडिकेयर
अस्पतालका पेट रोग विशेषज्ञ डा. प्रदीप यादव
भन्छन्, ‘एसिडिटीले निमोनिया र खोकीसमेत
विकसित हुन सक्छ ।’
एसिडिटी पुरुष र महिला सबैलाई उत्तिकै मात्रामा
हुने गर्छ । विभिन्न चिकित्सकीय तथ्यपत्रहरूका
अनुसार, हाल बालबालिका, किशोर र युवाहरूमा समेत
यो समस्या पाउन थालिएको छ ।
द एसोसिएसन अफ पेडियाट्रिक
ग्यास्ट्रोइन्टरोलोजी एन्ड न्युट्रिसन नर्सको
तथ्यपत्र अनुसार, अमेरिकाका करिब १० प्रतिशत
किशोरकिशोरी जीईआरडीबाट प्रभावित छन् ।
एसिडिटीले पीडितहरूको पेटमा समेत सामान्य
व्यक्तिमा हुनेजतिकै एसिड हुने गर्छ । तर, यो
एसिड पेटमै सीमित नरहेर अन्ननली (इसोफ्यागस)
मा जान थालेपछि समस्या सुरु हुन्छ । एसिडिटीका
कारण घाँटीमा केही अड्केजस्तो हुने, बिझाइरहेजस्तो
लाग्ने, आवाज धोद्रो हुने, बोल्दा दुख्ने लगायतका
समेत देखिन सक्ने उल्लेख गर्दै नाक कान घाँटी रोग
विशेषज्ञ डा. तोरण केसी भन्छन्, ‘तपार्इंको
घाँटीका विभिन्न लक्षण हेरेर यो एसिडिटीकै कारण
भएको हो भनेर सतप्रतिशत किटान गर्न गाह्रो
हुन्छ ।’
उनका अनुसार, नाक कान घाँटीका विशेषज्ञकहाँ
एसिडिटीले गर्दा घाँटीको यस्ता समस्या लिएर
आउनेहरूको संख्या कुल बिरामीको १० प्रतिशतजति
हुन्छ ।
विज्ञहरूका अनुसार, पाचनतन्त्रको समस्याले
गर्दासमेत घाँटीमा खसखस हुन सक्छ । सामान्य
स्वस्थ व्यक्तिलाई रुघाखोकी नभए पनि खाना
खाँदा घाँटी दुख्छ, पोल्छ, काँडा बिझाएझैँ लाग्छ,
स्वर धोद्रो हुन्छ भने यसको कारण एसिड
रिफ्लेक्स हुन सक्छ ।
अफिसमा घन्टौं बसेर काम गर्ने, अति बढी टेन्सन
लिने, आत्तिने, छिटछिटो काम गर्नेहरूमा एसिडिटीले
गर्दा हुने घाँटीको समस्या बढी पाएको अनुभव डा.
केसीको छ । एसिडिटीले गर्दा कानमा पनि समस्या
हुने गरेको छ ।
हाम्रो अन्ननलीभन्दा तल खानाको थैलो अर्थात् पेट
हुन्छ । पाचनतन्त्रको नियमित प्रक्रिया अन्तर्गत
यसको भित्री भित्तोबाट हाइड्रोक्लोरिक एसिड र
पेप्सिनको स्राव भइरहन्छ । खाना पचाउने काम
यही एसिडले गर्छ ।
‘यो एसिडको उत्पादन हाम्रो आवश्यकताभन्दा बढी
हुन थाल्यो भने समस्या उत्पन्न हुन्छ,’ डा. यादव
भन्छन्, ‘यस्तै लोअर इसोफ्यागियल स्फिङटर
(एलईएस) मा समस्या भए पनि एसिड घाँटीसम्म
पुग्ने गरेको छ ।’ पेटमा बनेको एसिड माथि गएर
सासनलीमा पुगे खोकी, निमोनिया हुन सक्छ ।
आमाशय र अन्ननली जोडिने ठाउँमा भएको एउटा
विशेष प्रकारको मांसपेशीलाई एलईएस भनिन्छ ।
आमाशय र अन्ननलीबीच भएको यो एउटा
ढोकाजस्तै अंग हो, जुन खानपानको समयमा मात्र
खुल्छ । हामीले खाने आहारा आमाशयमा पुग्नासाथ
यो आफै बन्द हँुुदा आमाशयको एसिड अन्ननलीमा
पुग्न पाउँदैन ।

25/09/2015

मुटु स्वास्थ राखौं
यतिबेला मानिसहरुमा मुटु रोगको समस्या दिम प्रतिदिन बढी
रहेको छ । आउनुहोस जानौं केहि मुटु जोगाउने उपाईहरु:
–नुनको अधिक र कम दुवै सेवन शरीरमा हृदयघातको
आमन्त्रण हो । अधिक नुन खानाले शरीरमा हृदयघातको
समस्या देखिन सक्छ ।
–आफ्नो खानामा घ्यू तथा तेलको मात्रा सीमित राख्नु
पर्दछ । यिनको अधिकता हृदयको दुश्मन हुन जान्छ ।
–दैनिक आधा घण्टा मर्निङ वाक राम्रो हुन्छ । यसले
स्वास्थ्यलाई नियन्त्रित राख्दछ । जसका कारण हृदय पनि
स्वस्थ रहन्छ ।
–एक अमेरिकी शोधका अनुसार, मानिसको कम्मर जति बढ्दै
जान्छ त्यति नै रोगको संख्या बढ्दै जाने बताएको छ ।
त्यसैकारण मानिसले आफ्नो शरीर आवश्यकताभन्दा बढी
हुन दिनु हुँदैन । शरीर बढ्दै जानु हृदयसम्बन्धी रोगहरूको
आगमन हुनसक्छ ।
–आफ्नो भोजनमा हरियो सागसब्जी तथा मौसमी फलहरूलाई
विशेष जोड दिनुपर्दछ । प्रतिदिन भोजनमा यदि फरक फरक
फल तथा तरकारी हुन सकेमा हृदय रोगहरू लाग्नबाट बच्न
सकिन्छ ।
–तनावग्रस्त रहने हो भने मुटुमा बोझ पर्न जान्छ । अधिक
तनावका कारण रक्तचाप बढ्ने र हृदयघातमा असर पार्न
सक्छ । यसैकारण सकारात्मक सोच राख्ने र सँधै खुसी हुने
कोशिश गर्नुपर्दछ ।
मुटुलाई सधै तन्दुरुस्त राख्नका लागि यस्ता उपायहरु
अपनाउनुहोस :
– नुन को प्रयोग धेरै मात्रामा नगर्नुहोस
– खानामा घ्यू तथा तेलको मात्रा सीमित राख्नुहोस
– धेरै छिटो रिसाउने बानि नगर्नुहोस
– धेरै तनावग्रस्त/टेन्सनमा नरहने गर्नुहोस
– नियमित रुपमा योग गर्नुहोस
– हरियो सागसब्जी तथा मौसमी फलहरूलाई विशेष जोड
दिनुहोस
– आफ्नो रक्तचाप बेलाबेलामा जाची राख्नुहोस

11/08/2015

Sorry for all the reader, Due to some technichal problem we are realy unble to reach with you and your HEALTH PROBLEM.We will start our services soon, the main reason for this was due unablelavail of internet services!!!

साताको प्रश्न मलाई योनि चिलाउने र पिसाब गर्दा पोल्ने समस्या छ । मसिना बिबिराहरू पनि आएका छन् ।री.योनिमार्ग चिलाउनुको कार...
17/06/2015

साताको प्रश्न
मलाई योनि चिलाउने र पिसाब गर्दा पोल्ने समस्या छ । मसिना बिबिराहरू पनि आएका छन् ।
री.
योनिमार्ग चिलाउनुको कारण भजाइनल क्यान्डियासिस हुनसक्छ । यो एक किसिमको फङ्गल संक्रमण हो र सर्ने रोग हो । यसलाई सजिलै ठीक गर्न सकिन्छ तर यौनसाथीको पनि उपचार गराउनुका साथै सरसफाइमा ध्यान पुर्याउनुपर्छ । अण्डरवेयरबाट पनि यसका जीवाणु सर्न सक्ने भएकाले सावधानी अपनाउनुहोला । मसिना राता बिबिरा फन्जाईको संक्रमणमा पनि देखा पर्छ । सेतो बिबिराजस्तो छ भने भाइरल अर्थात् वार्ट (मुसा) हुन सक्छ । यस्ता संक्रमण सजिलै ठिक हुने भएकाले चिन्ता लिनु पर्दैन । प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर औषधि सेवन गर्नुहोला ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loan Béo - Hải Sản Ba Miền posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share