14/03/2026
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसद Mahabir Pun ले चुनाव खर्चको विवरण सार्वजनिक गरेका छन्।
उनका अनुसार दाताहरूले उपलब्ध गराएको रकमबाट चुनावमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको छ। चुनावपछि २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बैंकमा बाँकी रहेको उनले जानकारी दिएका छन्।
पुनले बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गर्न प्रयोग गरिने बताएका छन्। उक्त कार्यालयमार्फत गाउँघरबाट सरकारी कामका लागि सदरमुकाम आउने सर्वसाधारणलाई आवश्यक परे निःशुल्क सामान्य सहयोग प्रदान गरिने उनले बताएका छन्।
उनले चुनावमा सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद दिँदै बाँकी रकम पारदर्शी रूपमा जनसेवामा प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।